Pages

Subscribe:

Rukum

.

Wednesday 30 December, 2009

रोल्पा र रुकुमका सम्पदाहरू

कुनै पनि देशको कुनै पनि समयको कला, वास्तुकलाले त्यस देशको तत्कालीन सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं वैदेशिक सम्बन्धका बारेमा समेत जानकारी दिने काम गरेको हुन्छ । कलाले मानव सभ्यताको उचाइलाई नाप्ने काम गर्दछ । जुन समयमा कलाको राम्रो विकास भएको हुन्छ, त्यस समयमा देश हरेक दृष्टिले सम्पन्न थियो भन्ने कुरा बुझ्न सकिन्छ । जसरी लिच्छविकालीन उत्कृष्ट कलाकृतिले लिच्छविकालको सम्पन्नतालाई पुष्टि गरेको छ । त्यसैले त नेपालकै इतिहासमा लिच्छविकाल 'स्वर्णयुग'को नामले अलङ्कृत बन्न पुग्यो यसरी कला र वास्तुकलाले देशको तत्कालीन सम्पूर्ण अवस्थाको चित्रण गर्ने हुँदा देशको समग्र इतिहास अध्ययन गर्ने कार्यका लागि कला र वास्तुकलाले अत्यन्त महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ यस्ता प्राचीन इतिहासलाई प्रमाणित गर्ने भरपर्दा र महìवपूर्ण प्रमाणहरूको रूपमा देशभरि छरिएर रहेका सांस्कृतिक र पुरातात्विक सम्पदाहरूको खोजीखोजी संरक्षण गर्नु अत्यन्तै जरुरी हुन्छ ।
प्राचीन स्मारक संरक्षण ऐन- २०१३ ले अधिराज्यभर यत्रतत्र छरिएर रहेका सम्पदाहरूको अन्वेषण, उत्खनन्, संरक्षण र सम्बर्द्धन गरी त्यसको व्यवस्थापन गर्ने अधिकार पुरातत्व विभागलाई दिएको छ तर पुरातत्व विभागले २०४३ सालमा आएर मात्र ७२ वटा जिल्लाका सांस्कृतिक सम्पदाहरूको प्रारम्भिक सर्वेक्षण गरी प्रतिवेदन तयार पार्ने काम गरेको थियो । यद्यपि पर्याप्त जनशक्तिको अभाव र फोटोग्राफीसमेत नभएकोले त्यो अपुरो रहन गयो । अपुरो तर महìवपूर्ण उक्त कार्यलाई पूर्णता दिनको लागि पुरातत्व विभागले आर्थिक वर्ष २०६४/६५ देखि देशभरि छरिएर रहेका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको सूची तयार पार्नका लागि सर्वेक्षणको कार्य सुरु गरेको छ । सांस्कृतिक तथा पुरतात्विक सम्पदाहरूलाई तिनको व्यापकता, ऐतिहासिक पृष्ठभूमि, सामाजिक-सांस्कृतिक महìव, कला, वास्तुकला आदिलाई आधार बनाएर वर्गीकरण गरी तिनको संरक्षण गर्नु यस सर्वेक्षणको उद्देश्य रहेको छ ।
पुरात्व विभागको यो महìवपूर्ण उद्देश्य पूरा गर्नको लागि संस्कृतिकर्मीको हैसियतले मैले पनि एउटा अवसर प्राप्त गरेको थिएँ । रुकुम र रोल्पा जिल्लाका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको सर्वेक्षण विवरण तयार गर्ने कामको जिम्मा मैले लिएको थिएँ । अध्ययनक्रममा रोल्पा र रुकुम जिल्लामा सांस्कृतिक सम्पदाका रूपमा बहुसङ्ख्यामा मन्दिर र केही कोटहरू पाइयो । त्यहाँ पाइएका मन्दिरहरूको प्राचीनता प्रमाणित गर्ने कुनै पनि ठोस प्रमाणहरू -पुरातात्विक प्रमाण) नभेटिने हुँदा मन्दिरमा पूजा गर्ने पुजारीको पुस्ता गन्ती गरेर र स्थानीय बूढापाकाको भनाइलाई आधार मानेर कुन मन्दिर कति पुरानो हो भन्ने कुराको निक्र्योल गर्नुपर्ने अवस्था रहेको छ । अधिकांश मन्दिरहरू किंवदन्तीका आधारमा स्थापना गरिएको पाइन्छ । हुन त नेपालका प्रायः मन्दिरहरू यसरी नै स्थापना गरिएका पाइन्छन् । मन्दिरहरूमा मन्दिर स्थापनाकालमा राखिएका मूर्ति भेटिँदैनन् । भेटिए पनि पछिल्लो समयमा राखिएका मूर्तिहरू भेटिन्छन् । कुनैकुनै मन्दिरमा भेटिने स्थापनाकालकै मूर्तिहरू पनि सम्बन्धित देवदेवीको वास्तविक स्वरूपमा नभई प्रतीकात्मक स्वरूपको प्रस्तरको सादा मूर्ति भेटिन्छन् । भेटिएका प्रायः सबै मूर्तिहरू प्रस्तरबाट बनेका पाइन्छन् । कुनैकुनै मन्दिरहरू सामान्य कलात्मक देखिए पनि अधिकांश मन्दिरहरू कलाबिहीन पाइन्छन् । यसरी रोल्पा र रुकुमका सम्पदाहरू ऐतिहासिक पृष्ठभूमि, कला र वास्तुकलाका दृष्टिले त्यति महìवपूर्ण नरहे तापनि सामाजिक, सांस्कृतिक, धार्मिक दृष्टिले नेपालका अन्य नाम चलेका मन्दिरहरू भन्दा कम महìवका छैनन् ।
ऐतिहासिक एवं कला र वास्तुकलाको दृष्टिले कम महìवका भए तापनि सामाजिक र सांस्कृतिक महìव बोकेका यी मन्दिरहरूको उचित संरक्षण र सम्बर्द्धन गर्नु अति आवश्यक छ । संरक्षणका अभावमा मूर्तिहरू चोरी हुने, सम्पदाका नाममा भएका गुठी जग्गाहरू व्यक्तिद्वारा हडप्ने काम भइरहेको छ । जसले गर्दा मन्दिर व्यवस्थापनमा असर परिरहेको छ । त्यस्तै सम्बन्धित निकाय -पुरातत्व विभाग)को उचित ध्यान नपुग्दा सम्पदा पुनर्निर्माण वा जीर्णोद्धारको समयमा पुरातत्वको मूल्य, मान्यता र नियमको ख्याल नगरी सिमेन्टको प्रयोग गर्ने, मौलिक स्वरूपलाई परिवर्तन गरिदनेे, मन्दिर नै अर्को स्थानमा सारेर पुनर्निर्माण गर्नेजस्ता कामहरू भएको पाइन्छ । त्यति मात्र होइन, चौबीसे राजाहरूको दरबार, जुन पछिल्लो समयमा आएर कोटका रूपमा परिचित भए, जसले वर्तमान समयमा उक्त स्थानको पहिचान गराउने महìवपूर्ण काम गरेको छ, ती महìवपूर्ण ऐतिहासिक कोटहरू संरक्षणको अभावमा यतिखेर पृथ्वीको गर्भमा विलिन भएका छन् । जुन बाँकी छन् ती पनि लोप हुनेक्रममा रहेका छन् ।
खास गरी रुकुम जिल्लाका मुसिकोट, रुकुमकोटलगायत थुप्रै ऐतिहासिक कोटहरू यतिखेर अवशेषको रूपमा पनि भटिँदैनन्् । रुकुम जिल्लाकै न्वारन गर्ने शोभा गाउँ विकास समिति वडा नं. १ कोटडाँडामा रहेको हाल नाम निसानै फेला पार्न नसकिने रुकुमकोट, जहाँ पहिले चौबीसे राजाको दरबार थियो । सम्बन्धित निकायको ध्यान नपुग्दा आज पूर्णतया लोप हुन पुगेको छ । यहाँसम्म कि कोटको जगमा लगाइएका इँटा, ढुङ्गासमेत कोट रहेको स्थानमा भेटिँदैनन्् । यसै गरी, रुकुम जिल्लाकै खलङ्गा गाउँ विकास समिति वडा नं. ७ बोहोरा गाउँमा अवस्थित जिल्लाकै सदरमुकामको पहिचान गराउने ऐतिहासिक महìव बोकेको मुसीकोटको हविगत पनि अत्यन्तै नाजुक रहेको छ । रुकमुकोटमा कोटको कुनै पनि अवशेष नपाइए तापनि कमसेकम कोट रहेको स्थान त हालसम्म कसैले कब्जा गरेको छैन, सुरक्षित छ तर मुसिकोट रहेको स्थान नेपाली सेनाले कब्जा गरी ब्यारेकमा परिणत गरेको छ । यहाँ पनि कोटको कुनै अवशेष भेटिँदैन । त्यसैले होला सेनाले कोटको सर्वेक्षण विवरण तयार पार्नका लागि अनुमति दिन असाध्यै गाह्रो मानेको थियो । यही ब्यारेक भएको स्थान नजिकै अवस्थित एउटा देवी मन्दिर, जुन भवानी मन्दिरका नामले चिनिएको छ, लाई बज्रदल नामको सैनिक सङ्गठनले पुनर्निर्माण गर्दा मन्दिरको मौलिक स्वरूप परिवर्तन गर्नुको साथै देवीको नामको अगाडि सङ्गठनको नाम जोडेर बज्रभवानी नामकरण गरी सम्पदाको मौलिक नामसमेत परिवर्तन गरिदिएको छ । यो कार्यले पुरातत्व विभागलाई नै चुनौती दिएको देखिन्छ । जबकि पुरातत्व विभागको नियमअनुसार मौलिक स्वरूप पनि परिवर्तन गर्न पाइँदैन । रुकुम र रोल्पामा यस्ता अन्य थुप्रै सम्पदाहरू रहेका छन्, जुन संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । रोल्पाको चौबीसे राजाको खुङ्ग्रीकोटको दरबार संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ । त्यस्तै ऐतिहासिक गजुलकोट संरक्षणको पर्खाइमा रहेको छ ।
इतिहासको विभिन्न कालखण्डका मानव समाज, सभ्यता र संस्कृतिका विकासका प्रमाणहरूलाई सम्बन्धित निकायले गम्भीरताका साथ उचित संरक्षण र सम्बर्द्धन नगर्ने हो भने एक दिन मानव विकासको इतिहास नै गम्भीर खतरामा पर्न जाने निश्चित छ ।
Source: Duryodhan Basnet Madhupark(MAngsir,2066)

Friday 11 December, 2009

दोषीमाथि तत्काल कारबाही ः महासंघ

काठमाडौ, २०६६ मंसिर २५ - नेपाल पत्रकार महासंघले रुकुमकी पत्रकार टीका बिष्टमाथि सांघातिक आक्रमण गर्ने अपराधी पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेको छ । तत्काल अपराधी पत्ता लगाउन दबाब दिँदै महासंघले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि ४५ मिनेट धर्ना दिएर विरोध प्रदर्शन गर्‍यो ।
मुलुकमा श्रमजीवी पत्रकारहरू असुरक्षित भएको भन्दै महासंघले बिष्टका अपराधीलाई कारबाही नगरेसम्म चरणबद्ध रूपले आन्दोलनमा उत्रने जनाएको छ । पत्रकार बिष्टलाई अज्ञात समूहले मंगलबार दिउँसो नियन्त्रणमा लिई चरम यातना दिएको थियो ।
महासंघका अध्यक्ष धर्मेन्द्र झाले राज्य अनुत्तरदायी भएकाले विडम्बनापूर्वक आफूहरू मानवअधिकार दिवसका अवसरमा पत्रकारको सुरक्षा माग्दै विरोध प्रदर्शन गर्न बाध्य भएको जनाए । दण्डहीनताका कारण अपराधीले राजनीतिक संरक्षण पाएको बताउँदै राजनीतिक पूर्वाग्रह नराखी घटनाको छानबिन गर्न उनले आग्रह गरे ।
'४८ घन्टा बितिसक्दा पनि सरकारले घटनामा संलग्नलाई कारबाहीको घेरामा ल्याउन सकेको छैन,' झाले भने, 'तर पनि निर्लज्जतापूर्वक भनिरहेको छ, 'हामी अनुसन्धान गरिरहेका छौं, बिष्टको उपचार खर्च सरकारले बेहोर्नेछ ।' सरकारले खर्च गरेर मात्र पत्रकारको मनोबल उच्च नहुने उनले बताए ।
माओवादी पोलिटब्युरो सदस्य जर्नादन शर्मा प्रभाकरले जुनसुकै पार्टीको भए पनि अपराधीलाई हदैसम्मको कारबाही गरिनुपर्ने बताए । उनले भने, 'यो घटनाले सरकारी वा राजनीतिक संरक्षण पाउनु हुँदैन ।'
पत्रकार बिष्टमाथि भएको घटनाको भत्र्सना गर्दै बिहीबारै दक्षिण एसियाली पत्रकार महिला सञ्जाल -स्वाम), साफ्मा नेपाल, आदिवासी जनजाति पत्रकार संघ, क्रियाशील पत्रकार महिला लगायतका संस्थाले विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । देशमा पत्रकार महिलाको संख्या न्यून रहेको र लामो समयसम्म पत्रकारितामा महिलाको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको अवस्थामा एकपछि अर्को गर्दै पत्रकार महिलामाथि भएका यस्ता घटनाले नकारात्मक असर पार्ने स्वामको विज्ञप्तिमा भनिएको छ ।
महासंघले बिहीबारै समयमै संविधान निर्माण गर्नका लागि दबाब दिन देशव्यापी रूपमा संकलन गरेको हस्ताक्षर संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई बुझाएको छ ।

पत्रकार बिष्टको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं -कास)- नकावधारी समूहको मंगलबार सांघातिक आक्रमणमा परेकी रुकुमकी पत्रकार टीका बिष्टको स्वास्थ्यमा सुधार देखिएको छ । दुई दिनदेखि बेहोस अवस्थामा रहेकी बिष्ट बिहीबार होसमा आइन् ।
उपचारमा संलग्न हाडजोर्नी शल्यचिकित्सक शिक्षाप्रकाश श्रेष्ठले ७२ घन्टा नभई उनको स्वास्थ्यबारे केही भन्न नसकिने बताएका छन् । 'टाउकाको सिटिस्क्यानको रिपोर्टमा माइनर क्र्याक देखिएको छ,' श्रेष्ठले भने, 'हिजो लामो समय बेहोस भएकाले ७२ घन्टापछि चक्कर लाग्न र बान्ता पनि हुन सक्छ ।' होसमा भए पनि दिसापिसाब राम्ररी हुन सकेको छैन । चिकित्सकले भने, 'पाइप लगाएर मात्र युरिन पास भइरहेको छ ।' बिष्टको अल्ट्रासाउन्डको रिपोर्ट आउन बाँकी भएकाले उनको स्वास्थ्यस्थितिबारे बोल्न नसकिने बताएका हुन् ।
अन्य मेडिकल जाँचमा घाइतेको पाखुरा र तिघ्रामा असर देखिएको उनले बताए । घाइतेलाई पिटेर यातना दिइएकाले जीउभरि नीलडाम रहेको बताउँदै उनले भने, 'हातखुट्टाका मांसपेशीहरूमा बढी असर देखिएको छ ।'
होसमा रहेकी बिष्टले बोल्दा टाउको दुख्ने बताएकी छन् । बिहीबार कुराकानी गर्न खोज्दा 'बोल्यो भने टाउको दुख्छ' मात्र भनिन् । हिजोभन्दा केही सुधार भएको बिष्टका दाजु उदयकुमार बिष्टले बताए । 'आज बिहानैदेखि होसमा छिन्, मान्छे चिन्छिन् ।' तीन दिनदेखि केही नखाएकी बिरामीले थोरै झोल कुरा खाएकाले चाँडै निको हुने आशा गरेको उनले बताए ।
तर बिरामीलाई बोल्न अप्ठ्यारो भइरहेको बताउँदै उनले भने, 'उनलाई बोल्दा अप्ठ्यारो भइरहेको छ, खालि टाउको दुख्यो मात्र भन्छिन् ।' हाल पत्रकार महासंघले उनको उपचार खर्च बेहोरिरहेको पनि बिष्टले जानकारी दिए ।
Source: Kantipur

Tuesday 8 December, 2009

रुकुमका महिला घरायसी काम त्यागेर व्यवसायतिर

रुकुम । जिल्लाको साँख गाविस वडा नं ४ मेलचौरकी लक्ष्मी बुढाले महिलाहरूले के गर्न सक्छन् र ? भन्ने मान्यतालाई ठूलो चुनौती दिएकी छिन् ।
सधँै ढिकीजाँतो र दैलोकुचोमा मात्र सीमित हुने लक्ष्मी सिलाइकटाई तालिम सिकेर व्यवसाय गर्न थालेकी छिन् ।
दुई छोरीकी आमा लक्ष्मीले सिलाइकटाइबाट दैनिक रु. एक हजार आम्दानी गर्छिन् । पहिले छोरीलाई पढाउन गाह्रो भएको बताउने लक्ष्मीले अहिले निजी विद्यालयमा राम्रोसँग पढाइरहेकी छिन् ।
आफूलाई चाहिने पैसा माग्दा र खर्च गर्दासमेत श्रीमान्लाई सोध्ने लक्ष्मीले आफ्नो कमाइबाट गृहस्थी र छोरीको शिक्षा-दीक्षाको गर्जो टारिरहेकी छिन् ।
वासुदेवी विष्टलाई पनि यो व्यवसायप्रति चासो नभएको पनि होइन तर, उनलाई परिवारले यो पेसालाई स्वीकार गर्दैन कि भन्ने डर लागिहेको थियो ।
उनी भन्छिन्- आफ्नो जातिले नगर्ने काम किनगर्ने भनेर परिवारबाट गाली आउँछ कि भन्ने डर लागेको थियो तर, मेरो परिश्रम र लगनलाई देखेर परिवारले झन् हौसला दिएपछि भोकोले खीर पाएझैं भएको छ ।
जति कपडा सिलायो उतिनै सीपमा वृद्वि हुने बताउने वासुदेवीले अहिले महिलाका लागि सबै कपडा राम्रोसँग सिलाउँछिन् । समयको सदुपयोग हुने र पैसाको लागि अरु कुनै कामको जोहो गर्नुनपरेको भन्ने वासुदेवीले आफ्नो परिवारको आर्थिक स्थितिसमेत बलियो बनाएकी छिन् ।
त्यस्तै परिवारको लुकीछिपीमा जुत्ता सिलाइ तालिम सिकेकी विमलालाई परिवारले गालीसमेत गरेको उल्लेख गर्दै गर्वसाथ भन्छिन्-’म मेरो कामप्रति सन्तुष्ट छु । परिश्रम गरेर खानेलाई कसैले रोक्न सक्दैन, त्यसैले म अझ ठूलो पसल थाप्ने विचार गरेकी छु ।’
पौरख र लगन भएपछि जस्तोसुकै गाह्रा र तगारालाई सजिलै परास्त गर्न सकिन्छ भन्ने उदाहरण बनेकी विमलासँग अहिले तीनजना महिलाले काम गर्दै आएका छन् ।
महिला आफैँ अघि सरे समाजमा विस्तारै फरक सोच पलाउँदै जान्छ भन्दै महिला विकास रुकुम साखामा कार्यरत् भावना साह भन्नुहुन्छ- ‘महिलालाई काम गर्नको लागि घरपरिवार तथा समाज कसैले पनि स्वीकृती दिँदैन, महिला आफैँ अगाडि बढ्न जान्नुपर्दछ ।’
Source:FNN

जडिबुटीको सही मूल्यांकन हुन सकेन

रुकुम जिल्लाको सन्दर्भमा जडिबुटीको सम्भावना हुँदाहुँदै पनि यसको उचित संरक्षण र सम्बद्र्धन हुन सकेको छैन । सिस्ने हिमालको काखमा अवस्थित जडिबुटीको धनी र सम्पन्न जिल्ला मानिन्छ रुकुम । यस जिल्लामा दुर्लभ र मूल्यवान् अति उपयोगी एवं लोकपि्रय विभिन्न प्रकारका जडिबुटीहरु पाइन्छन । तर विडम्बना नै मान्नुपर्छ हाम्रा यी अमूल्य जडिबुटीको सदुपयोग हुन सकेको छैन महत्व बुझ्न अझै सकिएको छैन । रुकुम जिल्लाका मूल्यवान् जडिबुटीहरु त्यसै खेर गइरहेका छन् भने कतिपय जडिबुटीहरु एकदमै कम मूल्यमा बाहिरिएका छन् । तर तिनै जडिबुटीबाट बनेका विदेशी औषधीहरु किन्न लाखौँ रुपैयाँ खर्च भइरहेको छ । यस जिल्लाको केही जडिबुटीहरु दलालको माध्ययमबाट निकै सस्तो मूल्यमा विक्री वितरण भइरहेको छ ।
रुकुम जिल्लामा पाइने जडिबुटीमा यार्चागुम्बा पाचाऔँले कटुकी चिराइतो सर्पगन्ध देवदार जटामसी भलायो असुरो सुगन्ध कोकिला रिठ्ठा शिलाजीत कस्तुरी पाखनबेदजस्ता दुर्लभ जडिबुटीहरु पाइन्छन् । यहाँ पाइने जडिबुटीहरुको आर्थिक महत्वका बारेमा स्थानीय उपभोक्ताहरु अहिलेसम्म अनविज्ञ नै छन् । प्रशस्त मात्रामा स्थानीय वैद्यहरु रहेकाले जिल्लामा करिब दुई तिहाई जनसंख्या स्वास्थ्य उपचार आयुर्वेदिक चिकित्सा पद्धतिमा नै निर्भर रहेका छन् । जिल्ला विकास समिति रुकुमको एक तत्याङ्कअनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडिबुटीहरुमा यार्चागुम्बा कुरिलो जस टिमुर रिठ्ठा सेतरवाजरा जटामसी भलायो बुकी फुल दालचिनी अमला तितेपानी पाचाऔँले सुगन्ध कोकिला तिते कालादाना साधारण झ्याउ आदि रहेका छन् ।
जिल्लामा पाइने जडिबुटीहरु अत्यन्तै दुर्लभ एवं अमृततुल्य मानिएका यार्चागुम्बा पाचाऔँले कस्तुरी शिलाजीत आदि दिनप्रतिदिन दुर्लभ भइरहेका छन् । जिल्लाका हुकाम मैकोट जाङ्ग र सिस्ने गाविस यार्चागुम्बा पाइने क्षेत्र हो । वास्तवमा भन्ने हो भने रुकुमजस्तो विकट जिल्लामा पाइने जडिबुटीहरु अवैध बिक्री वितरण भइरहेका छन । जडिबुटीको चोरी निकासी भइरहेको छ । यसको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ । जडिबुटी खेतीलाई प्रोत्साहन गरी उसको खेतीलाई सामाजिक अभियानको रुपमा साचालन गर्दै जडिबुटीको भण्डारणलाई सम्बर्धन र संरक्षण गर्न हामी सबैको दायित्व हो । रुकुमजस्तो न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्ने हो भने तत्कालैदेखि एक स्पष्ट गुरुयोजना बनाई कार्यान्वयन गर्नुपर्नु बताउँछन् स्थानीय बुद्धिजीवीहरु ।
रुकुममा जडिबुटी विकास सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायबाट पहल गरिए तापनि संरक्षण र सम्बर्धनका लागि खासै कुनै पनि प्रयास भएको देखिँदैन । रुकुमका वासिन्दाहरुलाई जडिबुटीको महत्वबारे जनचेतना नहुनु संकलनकर्ताले आफ्नो पारिश्रमको उचित मूल्य नपाउनु जडिबुटीको परिणाम यकिन नहुनु जिल्लाको दुर्गम क्षेत्रमा अमूल्य जडिबुटी पाइनु संकलन गर्न उचित समय तथा संकलन विधि थाहा नहुनुजस्ता समस्याहरु रहेका छन् । एकातर्फ दुर्लभ र महत्वपूर्ण जडिबुटीहरुलाई संरक्षण र सम्बर्धन गर्न आवश्यक छ भने अर्कोतर्फ प्रशोधन केन्द्रको स्थापना गरी जडिबुटी तथा लघुवन पौदावारको माध्यमबाट रोजगारका अवसरहरु सृजना गर्नुपर्ने स्थानीय वासिन्दाको भनाइरहेको छ ।
सम्बन्धित निकायले यसको लागि जनचेतना वृद्धि गराउनुका साथसाथै व्यवस्थित रुपमा संकलन र खेतीसम्बन्धी प्रविधि विकासको आवश्यक छ । कुन जडिबुटी महत्वपूर्ण छ पारिश्रमिक र लगानी कति छ र दिगो रुपमा कसरी निरन्तरता दिन सकिन्छ । यस विषयमा कुनै संरक्षण हुन सकेको छैन । सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक स्रोतको संरक्षण जडिबुटीको व्यवस्थापन र उसलाई निरन्तरता दिँदै व्यवस्थित रुपले संकलन तथा खेती विस्तार गरी अत्याधिक मात्रामा आयआर्जनको वृद्धि गरी जडिबुटी विकासलाई बढाउँदै लैजानु रुकुम जिल्लाजस्तो न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्नमा केही टेवा पुग्ने थियो कि !
Source:Yuba Bahas

सामान ल्याउन गएका व्यापारी बेपत्ता

रुकुम सदरमुकाम खलङ्गामा पाँच वर्षदेखि फेन्सी व्यापार गर्दै आएका प्वांग गाविसका भुवन केसी सामान ल्याउन काठमाडौँ गएको समयमा बेपत्ता भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
एक हप्ताअघि सामान ल्याउन भनी उनी काठमाडाँै गएको भए पनि अझैसम्म सम्पर्कमा नआएको उहाँको परिवारले जानकारी दिएको छ । उनले केही दिनपहिले फोन गरी आफू अज्ञात समूहको अपहरणमा परेको बताएको उहाँका भाइ मोहन केसीले बताउनुभएको छ । दाइको खोजतलासका लागि पहल गरिदिन बहिनी मनिसा केसीले सबैसँग आग्रह गर्नुभएको छ ।
source:नेपालब्रिटेन डट् कम् संवाददाता

महिला पत्रकार टिका विष्ट माथि कुटपीट

डिसीनेपाल डटकम संवाददाता -
रुकुमकी महिला पत्रकार टिका विष्ट माथि अज्ञात समूहले कुटपीट गरेको छ । कुटपिटबाट उनको अबस्था चिन्ताजनक रहेको छ । बिष्टलाइ गएराति अज्ञात समूहले कुटपीट गरी मरेको आशंकामा नजिकैको जंगलमा फालेको थियो ।
कुटपीटबाट गम्भीर घाइते बिष्टलाइ जिल्ला अस्पत्ताल सल्लेमा उपचार गरी थप उपचारका लागी काठमाण्डौ रेफर गरिएको छ । उनको टाउकोमा चोट लागको छ । उनलाई मंगलबार दिउसो १२ वजे बेहोस अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
Source : Dcnepal.com

Saturday 5 December, 2009

गाउँ फर्केर तरकारी खेतीमा

खलङ्गा (रुकुम) । भारत गएर मजदुरी गर्ने छिवाङ गाविसको एक दलित बस्तीका दुई दर्जनभन्दा बढी परिवार गाउँमै फर्केर व्यावसायिक तरकारी खेतीमा लागेको छ ।
कम लगानीबाट पनि मनग्य फाइदा हुन थालेपछि छिवाङ-७ का फलामेढुङ्गाका २५ भन्दा बढी परिवारका दलितहरूले व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । पहिलो अन्नबालीको खेती गर्दा खान नपुग्ने भएकोले उनीहरू वषार्ैदेखि मजदुरी गर्न सपरिवार भारत गएका थिए । सत्तरी परिवार रहेको फलामेढुङ्गाका २५ परिवार अघिल्लो दसैँमामात्र गाउँ फर्किएका हुन् ।
सात वर्षपछि आठजनाको परिवारसहित गाउँ फर्केर तरकारीखेती गरिरहेका टङ्कबहादुर ददेलले भन्नुभयो-” असोजमा सुरु गरेको ३५ दिने मुला खेतीबाट राम्रो फाइदा भएपछि यतै बसेर तरकारीखेती गर्ने निर्णय गरेका हौँ ।”
उहाँका अनुसार भारतबाट सँगै फर्किएका १७ परिवार तरकारीखेती मै छन् ।
“अब कालापहाड नजाने” ३८ वषर्ीय शुकराम ददेलले भन्नुभयो-”गाजर खेतीबाट तीन महिनामा रु.४० हजार नाफा भयो । कालापहाडमा गर्नेजति दुःख गाउँमै गर्ने हो भने त यही ठाउँलाई स्वर्ग बनाउन सकिने उहाँको धारणा थियो ।
गाउँमा सिँचाइ सुविधा पनि भएकाले तरकारीखेती गर्न सजिलो भएको स्थानीय कृष्ण ददेलले बताउनुभयो । रुकुम जिल्लाको सदरमुकाम मुसीकोटबाट डेढ घन्टा टाढा रहेको फलामेढुङ्गाका सबै परिवार अहिले तरकारीखेतीमा लागेका छन् ।
अन्नबाटभन्दा तरकारीखेतीबाट दोब्बर फाइदा हुने स्थानीय गोविन्द ददेलले बताउनुभयो । “बजार पनि नजिक भएकाले राम्रो फाइदा छ”, उहाँले भन्नुभयो- “आम्दानीको स्रोत त्यसै खेर गइरहेको छ, हामी भने विदेशीको चाकरी गरिरहेका छौँ ।”
भारतमा मजदुरी गर्दा पनि बल्लबल्ल खान पुग्ने दलितहरू तरकारीखेतीबाट औसत मासिक रु. पाँचदेखि २० हजारसम्म बचत हुने बताउँछन् ।
बेमौसमी खेतीबाट प्रशस्त आम्दानी हुने भएकाले उनीहरू त्यतैतिर आकषिर्त भएको स्थानीय शिक्षक हरिबहादुर ओलीले बताउनुभयो । आर्थिक अभावका कारण छोराछोरीलाई विद्यालय पठाउन नसक्ने अभिभावकले समेत अहिले निजी विद्यालयमा पढाउन थालेको उहाँले बताउनुभयो ।
यहाँका कृषकले मुख्यरुपमा बन्दा, काउली, लौका, भन्टा, करेला, मुला, गाजरको खेती गर्ने गरेको स्थानीय जेटिए दीपक केसीले जानकारी दिनुभयो ।
यहाँको तरकारी सदरमुकाम मुसीकोट, सल्यान र दाङको तुलसीपुरसम्म पुग्ने स्थानीय कृषकहरू बताउँछन् ।
गाउँलेहरू मिलेर बिक्रीका लागि छिट्टै तरकारी सङ्कलन केन्द्रको स्थापना गर्न लागिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार उक्त गाउँका कृषकले मात्र ४० हेक्टर क्षेत्रफलमा तरकारीखेती गरेका छन् ।
कृषकले गाउँमा चारवटा तरकारी उत्पादन समूहसमेत गठन गरेका छन् । दीर्घकालीन कृषि विकास योजना – एपिपिएसपी) रुकुमले समूहहरूलाई कृषि सामग्रीहरू र कृषि अनुदान दिन थालेपछि उनीहरू थप लाभान्वित बनेका छन् ।
Source : FNN

Thursday 12 November, 2009

बस र जहाज भाडा बराबर

सल्यान, २५ कात्तिक
तपाईं रुकुमको चौरजहारीबाट नेपालगन्जसम्मको हवाईयात्रा गर्दै हुनुहुन्छ ? मध्यपश्चिम पहाडी क्षेत्रको व्यापारिक केन्द्र चौरजहारीबाट नेपालगन्जसम्म यात्रा गर्न हवाईजहाज र बससेवा दुवै पाउनुहुनेछ । तर, बस र जहाजको भाडामा भने तीन सय रुपैयाँको मात्र अन्तर पाउनुहुनेछ ।
यस क्षेत्रमा सञ्चालित यातायात व्यवसायी समितिले महँगो भाडा लिने र चौरजहारीबाट गाडी सञ्चालन हुनासाथ नेपाल वायुसेवा निगमले भाडादर घटाएपछि बस र जहाजको भाडा एउटै पर्न गएको हो ।
चौरजहारीबाट नेपालगन्जम्म मध्यपश्चिमका चार व्यवसायी समितिका गाडी सञ्चालन हँुदै आएका छन् । भेरी, मध्यपश्चिम, वागेश्वरी र भेरी-राप्ती व्यवसायी समितिले महँगो भाडा लिएपछि सो सडकखण्डमा यात्रा गर्ने सर्वसाधारण मर्कामा परेका छन् । चौरजहारीका रमेश लामिछाने भन्छन्, 'यातायात व्यवसायीको मनपरीले जहाज-भाडा तिर्न बाध्य भएका छौँ ।'
सल्यानको सल्लीबजारमा प्रधान कार्यालय रहेको भेरी-राप्ती बस व्यवसायी समितिले चौरजहारीदेखि सल्लीबजारसम्मको ४१ किलोमिटर सडकमा चार सय रुपैयाँ लिने गरेको छ । सल्लीबजारदेखि नेपालगन्जसम्म पालोअनुसार चार समितिका गाडीबाट यात्रु ओसार-पसार गरिँदै आएको छ भने सबैले चार सय रुपैयाँ भाडा लिने गरेका छन् ।
बससँग प्रतिस्पर्धा गर्ने भनी वायुसेवा निगमले १९ सय रुपैयाँबाट भाडा घटाएर ११ सयमा झारेको छ । बस र जहाजको भाडादरमा फरक नभएपछि यात्रु जहाजका लागि महिनौँअघि टिकट लिने गर्छन् । भाडादर घटाए पनि निगमले सातामा चार उडान मात्र भर्ने गरेकाले यात्रुले बसमा महँगो भाडा तिर्नुपरिरहेको स्थानीय शमशेर बुढाथोकीले बताए । वायुसेवा निगम चौरजहारीका स्टेसन इन्चार्ज सन्तोष बुढाले सातामा एक उडान काठमाडौं र सोमबार, बुधबार र शुक्रबार नेपालगन्ज उडान हुँदै आएको जानकारी दिए । १९ सिट मात्र भएका साना जहाज मात्र सञ्चालन हुने भएकाले यात्रुले सुविधा भने पाउन सकेका छैनन् ।
सल्यान, रुकुम, जाजरकोट र डोल्पावासीले सो ठाउँबाट यात्रा गर्दै आएका छन् । भाडामा अन्तर नभए पनि गाडीबाट नेपालगन्ज र्झन आठ घन्टा लाग्छ भने जहाजमा २० मिनेटमा पुगिन्छ । 'गाडीमा धेरै समय लाग्ने भए पनि खर्च भने बराबर हुने गरेको छ,' स्थानीय बुढाले बताए, 'जहाजमा यात्रा गर्दा समय बचत हुने गरेको छ भने गाडीबाट समय र रकम दुवैको बचत हुँदैन ।'
यस क्षेत्रमा सञ्चालित बस व्यवसायी समितिले हवाईजहाजको भाडासरहको रकम यात्रुबाट वर्षांदेखि असुल्दै आए पनि घटाउनेतिर प्रशासन र अन्य सरोकारवाला निकायले वास्ता नगरेको गुनासो स्थानीयवासीको छ । उपयुक्त भाडादर निर्धारण गर्न माग गर्दै स्थानीयवासी तथा विद्यार्थीले सडकजाम गरे पनि प्रशासनका आडमा व्यवसायीले महँगो भाडा असुल्दै आएका छन् ।
Source: Naya Patrika

Wednesday 11 November, 2009

रुकुमका जनताले यात्राका लागि कष्ठ झेल्नु नपर्ने

रुकुम, २५ कात्तिक । आफ्‍नो घर जान रुकुमका जनताले हवार्इजहाजको टिकटका लागि अब हप्तौ कुर्नुपर्ने समस्याबाट मुक्त भएका छन्।
हवाई जहाजको वैकल्पिक यातायातको साधन हुन नसकेका कारण स्थानीयवासीले काठमाडौ आउन यात हप्तौं कुर्नुपर्ने या नेपालगञ्ज हुँदै आउनुपर्ने समस्या थियो ।
रुकुमको सदरमुकाम मुसिकोट खलङ्‍गादेखि काठमाडाँसम्म चल्ने रात्रिबस सेवा हिजोदेखि सञ्चालन भएपछि त्यहँाका जनता उक्त समस्याबाट मुक्त भएका हुन्।
बस व्यवसायी सुदन शाहले भन्नुभयो "अब त्यहाँका यात्रुहरूले सल्यान, दाङ तथा अन्य काठमाडौ जानका लागि सिधैं काठमाडौको टिकट काट्‍ने छन्‍, रात्रिबसमा तुल्सीपुर उज्यालो हुँदै काठमाडौ पुगेको पत्तै पाउने छैनन्।"

रुकुममा दैनिक तेइस घण्टा लोडसेडिङ

रुकुम, १७ कात्तिक । रुकुमको एक गाविसमा दैनिक २३ घण्टा विद्युत लोडसेडिङ हुनेगरेको छ ।
जिल्लाको पश्चिमी विजयश्वरी गाविसमा विजयश्वरी हाइड्रोपावर कम्पनीबाट सञ्चालित उक्त विद्युत पानीकै अभावले गर्दा दैनिक एक घण्टामात्र सञ्चालनमा ल्याइएको छ ।
वि.सं. २०४३ मा निर्माण भएको उत्तm विद्युत पानीको कमीले गर्दा विस्तारै प्रसारण पनि कटौती हुँदैगएको छ ।
सञ्चालनको सुरुमा सेवाग्राहीहरू निकै लाभान्वित भए पनि यहाँका बासिन्दाहरू अहिले निकै मर्कामा परेका छन्‍ । उक्त गाविसमा सञ्चालन गरिएको विद्युतलाइन जिल्लाका विजयश्वरी, कोटजहारी, गाविस र जाजरकोट सदरमुकाम खलङ्‍गामा पनि लाइन विस्तार गरिएको थियो । विद्युत भए पनि अन्धकारमा बस्नुपरेको विजयश्वरी- ५ का स्थानीय राजु लामिछानेले गुनासो गर्नुभयो ।

मध्यपश्चिममा ७० प्रतिशत जनता रोजगारमा सँलग्न

नेपालगन्ज, १७ कात्तिक । मध्यपश्चिमाञ्चलका ७० प्रतिशत जनता पूर्ण रोजगारमा संलग्न भएको तथ्याङ्‍क सार्वजनिक गरिएको छ ।
केन्द्रीय तथ्याङ्‍क विभाग घरपरिवार सर्वेक्षण शाखाले सार्वजनिक गरेको सर्वेक्षण तथ्याङ्‍क साथै मध्यपश्चिम क्षेत्रमा १९.२ प्रतिशतले २० घण्टाभन्दा बढी र ९.९ प्रतिशतले दुई घण्टाभन्दा कम समय काम गर्दैआएको सो तथ्याङ्‍कमा उल्लेख छ ।
केन्द्रीय तथ्याङ्‍क विभागले हप्तामा ४० घण्टाभन्दा बढी काम गर्नेलाई पूर्ण रोजगार तथा सो समयभन्दा कम समय काम गर्नेलाई अर्ध बेरोजगार र रोजगारी नपाएको सूचीमा राख्नेगरेको छ ।

Monday 2 November, 2009

रुकुमका गाउँमा इन्टरनेट विस्तार हुने

रुकुम, २८ असोज ।
सूचनाको पहुच र विकास क्रमसँगै अव दुर्गम जिल्ला रुकुमका गाउँगाउँमा इन्टरनेट सेवा विस्तार हुने भएको छ । ग्रामीण सूचना केन्द्र रुकुमले सूचना प्रविधिकेन्द्र नेपाल (सिआइटी)र उच्चस्तरीय सूचना आयोगको भौतिक सहयोगमा अब रुकुमका गाउँगाउँमा इन्टरनेट सेवा पुग्ने भएको छ ।
जिल्लामा सूचना प्रविधिको मागलाई ध्यानमा राखेर यस्तो योजना गरिएको हो । उक्त इन्टरनेट सेवा जिल्लाका बाँफिकोट, पोखरा, शोभा, खलङ्गा, आठबिसकोटलगायतका गाविसमा विस्तार हुने भएको छ । यस इन्टरनेट सेवाबाट दुर्गम गाउँका स्थानीय उपभोक्ता लाभान्वित हुने भएका छन् । गाउँगाउँमा इन्टरनेट सेवा विस्तार भएपछि इमेल, इन्टरनेट, सूचना प्राप्त गर्नका लागि सदरमुकाम खलङ्गा आउनुपर्ने बाध्यता पनि टरेर जाने भएको छ । विभिन्न स्थानीय उपभोक्ता समितिमार्फ सञ्चालन गरिएको जिल्लाको एकमात्र ग्रामीण सूचना केन्द्र -ग्रासूके)ले अब गाउँगाउँमा इन्टरनेट सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । रुकुममा सञ्चालनमा आएको सामुदायिक इन्टरनेट सेवामा इमेल गर्न दैनिक करिब तीनघण्टा पालो कुरेर बस्नुपर्ने बाध्यता थियो । गएको जेष्ठ महिनादेखि समुदायलेनै सञ्चालनमा ल्याएको एक मात्र इन्टरनेट सेवामा एउटा कम्युटर मात्र भएकाले तीनघण्टा पालो कुर्नुपरेको थियो । ग्रामीण सूचनाकेन्द्र रुकुमले सूचना प्रविधि केन्द्र नेपाल (सिआइटी) र उच्चस्तरीय सूचना आयोगको भौतिक सहयोगमा स्थानीय उपभोक्ता समितीमार्फ जिल्लामा एकमात्र केन्द्र सञ्चालन गरिएको हो । सदरमुकाम खलङ्गामा पनि सेवाग्राहीको सेवालाई ध्यानमा राखी इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिने सूचना केन्द्रले जानकारी दिएको छ ।

घुमघाम रोल्पा रुकुमतिर

चक्रपाणी नेपाल
मर्सिकोर इन्टरनेसनलका उपाध्यक्ष नान्सी लिन्डवर्गले नेपालसम्बन्धी यौटा खोजमूलक प्रतिवेदनमा भक्तपुरको ५५ झ्याले दरबार राणाहरुले बनाएको उल्लेख छ। पश्चिमा विद्वानहरुले नेपालसम्बन्धी गरेका/गराइएका खोज, अनुसन्धानहरु तथ्यसँग कति नजिक छन् भन्ने यो यौटा हाम्रा नीति निर्माताहरुका लागि चोटिलो चड्कन हो भन्दा अत्युक्ति हुँदैन। १९७० सम्म रुकुम जिल्लाको सदरमुकाम रुकुमकोटमा थियो। त्यो बाहुन–ठाना गाविसमा पर्दथ्यो। पूर्वराजा ज्ञानेन्द्रको बहिनीको त्यहाँका चौबीसे राजाका खलक मोहनबहादुर शाहीसँग बिहे भयो। शोभाले जब आफ्नो खसमको गृह गाउँको यात्रा गरिन्, तबदेखि त्यो गाउँको नाम परिवर्तन गरी शोभा नाम राखियो। ज्ञानेन्द्रकी अर्की बहिनी शारदाको पनि मुसिकोटे राजा कुमार खड्गविक्रम शाहसँग विवाह भएको थियो, जो दरबार हत्याकाण्डमा मारिए। यी ठकुरीहरु जुम्लाबाट बसाईं सरी रुकुम आएर त्यहाँका अन्य ठकुरीलाई हटाएर आफैं राजा भएका थिए। त्यसैले, रुकुमको मुसिकोटलाई आज पनि बुढापाकाहरु जुम्ली खलंगा भन्दछन्। जाजरकोट खानदानका ठकुरीहरु मुसिकोटबाट बाफलीकोट गाउँमा बसाईं सरेर गए। मुसिकोटेभन्दा यिनीहरुको राजनीतिक भूमिका ठूलो भएको हुँदा राजा महेन्द्रसँग राम्रो सम्बन्ध थियो। ध्रुवविक्रम शाह यस खलकका प्रभावशाली व्यक्ति थिए। राष्ट्रिय पञ्चायतमा दुईपटक सदस्य भएका ध्रुवविक्रम शाहका छोरा सेनाका जर्नेल विवेक शाह पूर्वराजा ज्ञानेन्द्रका सैनिक सल्लाहकार थिए। यी दुई ठकुरी परिवारको आपसी जुँगाको लडाईंले गर्दा रुकुम जिल्ला ०५०/०५५ सालसम्म सडक यातायातबाट बञ्चित रह्यो। त्यति हुँदाहुँदै पनि ३५/४० वर्षअघि रुकुम, रोल्पाका जनता अहिलेभन्दा धेरै राम्रो आर्थिक हैसियतका थिए। नेपालको पश्चिम पहाडी क्षेत्रमा यी जिल्ला सबैभन्दा सम्पन्न थिए। १९७० को दशकसम्म नेपाली गाँजा खेतीमा यो ठाउँ अब्बल दर्जामा गनिन्थ्यो। विश्वभरमा यहाँको गाँजाको गुणस्तर पहिलो नम्बरमा आउँथ्यो। दोस्रो विश्वयुद्धताकादेखि नै यहाँको गाँजाले भारतीय बजार कब्जा गरिसकेको थियो। गाँजाको आयबाट नुनतेल, लत्ताकपडा, खाद्यान्नदेखि त्यहाँका महिलाहरुले गलामा लगाउने मोहरीया, चाँदीका हार र सुनका गहनासमेत खरिद गर्दथे। गाँजाको बोट जंगल क्षेत्र र पातलो बस्तीका खोल्सा, करेसा भएका रुकुमको उत्तरी भाग, रोल्पाको अधिकांश क्षेत्रदेखि पूर्वी सल्यान र सुर्खेतका कतिपय भू–भागमा आफैं वर्षेनी बढ्ने, हुर्कने गर्दछ। यसको बोटको खस्रो बोक्राबाट रेशा निकाली झोला, थैला, बोरा बनाइन्थ्यो, र बाँकी मसिनो धागोबाट कोट, बख्खु स्थानीय भाषामा भांग्रा कपडा बुन्ने गरिन्थ्यो। गाँजाको बियाँको अचार तिलको भन्दा स्वादिलो हुन्छ। आज पनि त्यतातिर भाङको अचार प्रख्यात छ। गाँजाको बोटको टुप्पा र पातमा एक प्रकारको सल्लाको खोटोजस्तो चोप निस्कन्छ, त्यही नै चरेस हो। चोप संकलन गरेर तोला बराबरका गोली बनाई बिक्री हुन्थ्यो। त्यो चरेसका काठमाडौंमा मात्रै एक दर्जनजति चरेसका दोकान र रेष्टुरेन्ट थिए। झोंछेको होटल इडेन पश्चिमा नसडीहरुका लागि स्वर्गै थियो। तर, १९७६ देखि सरकारले लागूऔषध ऐन जारी गर्यो , र गाँजा खेतीमाथि प्रतिबन्ध लगायो। यसअघि राज्यको कुनै पनि प्रशासनिक निकाय शून्य रहेको त्यो क्षेत्रका ग्रामीण इलाकामा जग्गा नापीको नाममा सरकार प्रकट भयो। गाँजाको बोट लगाएको निजी जमिनलाई जंगल क्षेत्र भनेर वर्गीकरण गर्न थाल्यो, कतिपय स्थानमा गरिदियो पनि। काठमाडौंले गरेको शासकीय कारबाहीमा ग्रामीण भेगसम्म पुगेको यो यौटा निकै सफल योजना थियो। तर, गाँजा समूल नष्ट भने भएन। प्रहरी र प्रशासनको राम्रो आयश्रोत आज पनि छँदैछ। अर्धभूमिगत कम्युनिस्ट नेता मोहनविक्रम सिंहका बाबु जुम्लाबाट प्युठान बसाईं सरेका हुन्। मोहनविक्रमका बाबुको नाम खेमबहादुर घर्ती हो। पछि उनले आफ्नो नाम खेमविक्रम सिंह (के. वि. सिंह) बनाए, र सामाजिक हैसियत माथि उचालेका थिए। नाम फेरेर सिंह बनाएकोमा राणा सरकारले जरिवाना गर्योक। जरिवाना तिरे पनि नाम फेरेनन्। प्युठानको ओखरबोटमा केवि सिंहले ५५ झ्याल हालेर दरबार बनाए। त्यसबेला त्यस्तो महल बनाउनु राणाहरुका लागि सह्य हुँदैनथ्यो। त्यसैले, राणा सरकारले चेक जाँच गर्न टोली पठायो। चतुर केवि सिंहले दुईवटा झ्याल छोपछाप पारेर ५५ भन्दा कम झ्याल रहेको निष्कर्ष लिएर टोली फर्कियो। यहाँ पनि केवि सिंहले चाहेको काम पूरा गरे। २०१५ सालको आम चुनावमा रोल्पाको थवाङमा सात सय तीन मतदातामा सात सय मत प्राप्त गरेको थियो, नेपाल कम्युनिस्ट पार्टीले। यसबाट के प्रष्ट हुन्छ भने ०१५ सालअघि देखि नै रोल्पाली खाम मगर बस्तीहरु कम्युनिस्ट पार्टीका आधार क्षेत्र थिए। मोहनविक्रम सिंह र वर्मन बुढाको यहाँ महत्वपूर्ण भूमिका थियो, जुन आज पर्यन्त छँदैछ। ०३७ सालमा पहिलोपटक यो गफाडी रोल्पाको थवाङ पुगेको थियो। जनमत संग्रहको राजनीतिक चहलपहल मनग्यै चलेको थियो। भेटघाटका लागि एकाबिहानै कुनै मगरको घरमा पुग्यो भने चियाको बदला घरपालुवा रक्सीको गिलासले स्वागत गरेका थिए। पहिलोपटक हालेको गिलासको रक्सी खालि नहुँदै पुनः थपिँदै गर्ने अतिथि सत्कार यहाँको आफ्नै संस्कृति हो। अविवाहित तरुनी केटीहरु, विधवा अथवा सम्बन्ध विच्छेद गरेर बसेका महिलाहरु, जसको नियमित आयश्रोत छैन, उनीहरुका लागि जाँड, रक्सी बनाउनु र बिक्री गर्नु सामान्य चलन हो। अतिथि सत्कार, धार्मिक पूजाआजा, चाडपर्व र उपहारको आदान–प्रदानमा रक्सी अनिवार्य वस्तु हो।

Friday 30 October, 2009

रुकुम कारागार तोडफोड

गजेन्द्र बोहरा, दाङ कात्तिक १२-
रुकुमको कारागार कैदीले तोडफोड गरेका छन्। कारागार प्रशासनले आफ्ना माग पूरा नगरेको भन्दै उनीहरुले बुधबार राति तोडफोड गरेका हुन्। माग पूरा गराउन पटक-पटक कारागार प्रशासनलाई दबाब दिँदै आएका कैदी नै आन्दोलनका विषयमा आपसमा बाझिएपछि तोडफोड भएको हो।
दुई पक्षका कैदीबीच ढुङ्गा हानाहान भएपछि १ जना महिला प्रहरी र दुई कैदी घाइते भएको कारागार इन्चार्ज रोशन शाहले जानकारी दिए। 'हामीले शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्यौ', अर्का पक्षका कैदी धनबहादुर नाथले भने- तर उसले भने जबर्जस्ती तोडफोड गर्न थाल्यो।कैदी नाइके भनिएका डम्बरबहादुर शाहीलाई प्रहरीले थुनेको छ। तोडफोडबाट कोठाका झ्याल, ढोका फुटेका छन् भने कपडा पनि च्यात्तिएर काम नलाग्ने भएका छन्। कैदी बस्ने ६ वटै कोठाका ढोका काम नलाग्ने भएको कारागारले जनाएको छ। तोडफोड भए पनि कैदी भने भाग्न नपाएको कारागारले जनाएको छ। अहिले कारागारमा थप प्रहरी लगाएर सुरक्षा दिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले जनकारी दिए।यसअघि कैदीले कारागारमा सीपमूलक तालिम व्यवस्था हुनुपर्ने, पत्रपत्रिकाको व्यवस्था गरिनुपर्ने तथा शौचालयलाई व्यवस्थित गरिनुपर्नेलगायतका माग राखेका थिए। पटकपटक मागबारे जानकारी गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कैदी नाइके शाहीले बताए। २५ कैदी अट्ने क्षमताको उक्त कारागारमा ४० कैदी राखिएको छ।
सोर्स : नागरिक दैनिकी

Tuesday 27 October, 2009

मेरो रुकुम

- मानव बाटाला `उदास ` (आठबिसकोट रुकुम हाल मलेसिया )

पैदल यात्रा नै गर्न मन पर्छ मलाइ,
रेल गाडिहरू नै किन नगुरून
मेरै गाउ पाखाहरू मन पर्छ मलाइ,
म कुनै विदेशी शहरमा नै किन नरहु
सिस्ने र चित्रीपाटन नै मन पर्छ मलाइ,
कञ्चनजंगा र सगरमाथामा नै किन नरहु
स्यार्पु ताल र कमल दह नै मन पर्छ मलाइ,
फोक्सण्डो र तिलीचो मा नै किन नरहु

रुकुमकोट नयाँ अनुहारमा


रुकुमकोट को नयाँ अनुहार ......साथमा बन्दै गरेको राप्ती राजमार्ग

फोटो : दीपक बीसी /पोशन केसी

Monday 26 October, 2009

रुकुममा नदीमा खसेर एक बालक बेपत्ता सगै अर्का बालकको अपहरण पछि हत्या

नेपालीप्रेस डटकम - रुकुममा एक बालक सानो भेरी नदीमा बेपत्ता भएका छन् । गरायला गाबिस १ का ४ वर्षीय बालक प्रकाश बिक वेपत्ता भएका हुन् ।बाबुसँग नदीमा नुहाउन गएको बेला आइतबार बेलुकि उनी बेपत्ता भएका हुन् । बेपत्ता बालकको अहिले स्थानिय बासीन्दाले खोजि गरीरहेको बताइएको छ ।
यसैबीच रुकुममा एक जनाको हत्या भएको छ । दुइदिन अघि अज्ञात समुहको अपहरणमा परेका घेत्मा गाबिस १ का १७ वर्षीय सुशील कुमार ओलीलाई आफनै घरवाट अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ । ओलीको शव घर नजिकैको बारीमा फेला पारेको पारिवारिक स्रोतले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Sunday 25 October, 2009

शिक्षण पेसा छोडेर तरकारी खेती

रुकुम,२३ असोज/ रुकुममा एकजना शिक्षकले आफ्नो शिक्षण पेसालाई छोडी कृषि पेसातिर गर्नुभएको छ । नुवाकोट-७ का शिक्षक (हाल कृषक) डिल्लीजङ्ग केसीले पैसा कमाउन विदेश जाने युवालाई चुनौती दिनलाई आफूले यस्तो निर्णय गरेको बताउनुहुन्छ । नयाँ पुस्ताका युवा पैसाकै लागि ऋण काढेर विदेश जान थालेपछि यस्तो निर्णय गरेको हुँ । केसीले भन्नुभयो, विदेशमा गएर धरधरी पसिना चुहाउन लाज नमान्ने तर आफ्नै गाउँघरमा लाज मान्ने प्रवृत्तिलाई चुनौती दिन मैले मेलै यस्तो निर्णय लिएको हुँ । घर व्यवहार धान्नलाई जागिर नै खानुपर्छ भन्ने नभएको बताउँदै कृषक केसीले भन्नुभयो, समाजका अरूलाई पनि आत्मनिर्भर बनाउन उदारहणका रूपमा केही गरेर देखाउनुपर्दछ । आफू शिक्षक जागिरमा छँदाको अवस्था सम्भिदै केसी भन्नुहुन्छ, धेरै काम एउटैले गर्दा कुनै पनि काम राम्रो हुँदैन । दिनभर विद्यालयमा गर्ने जति परिश्रम घरमा गर्ने हो भने त गजबले कमाइ हुँदोरहेछ । नौजनाको परिवार पाल्नका लागि मात्र कृषक नबनेको उहाँको भनाइ छ । ‘जागिर खाँदा आएको पैसा जोगिँदैन्थ्यो, अचेल भने वाषिर्क एक लाख रुपियाँभन्दा बढी बचत भइरहेको छ ।’ उहाँले थप्नुभयो, कृषिलाई पेसाकै रूपमा अँगालेपछि सिजन अनुसार ताजा तरकारी र फलफूल खान पाइएको छ । करिब १० रोपनी जमिनमा सिजन अनुसार मूला, प्याज, रायो, काउली, बन्दगोपी, आलु लगायतका नगदेबालीबाट मात्रै वाषिर्क एकलाख ३० हजार आम्दानी गरेको उहाँले बताउनुभयो । यसरी कृषि पेसामा लागेका केसीले यसभन्दा अघि स्थानीय प्राथमिक विद्यालयमा पढाउँदै आउनुभएको थियो । आफूसँग विदेश जानलाई ऋण माग्न आउने युवालाई सम्झाइबुझाइ गरेर कृषि पेसामा लाग्न उत्प्रेरित गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । अहिले आफ्नै कारणले सो गाउँका धेरै मान्छे कालापहाडका साथै विदेश जान छोडेको पनि उहाँको भनाइ छ । यो पेसालाई अझै राम्रो बनाउन व्यवस्थित बजार र आवश्यक सामग्री मलखाद, बीउका साथै औषधि पनि सुलभ हुनुपर्नेमा उहाँको जोड थियो ।
Source:nepalportugal.com

दसैँ दशा भयो बादी परिवारलाई

तपाईँहरुले दशैँ मनाउनु भयो ? कस्तो भयो त यसपालिको दशैँ तपाईँहरुको। तपाईँहरुको दशैँभन्दा बिल्कुल फरक दशैँ मनाए रुकुमको वादी परिवारले। ती परिवारमा दसैँमा राम्रो लगाउने भन्दा पनि केटाकेटी कसरी बचाउने भन्ने चिन्ता रहेको छ। चिसो भुइँमा बसेर दैनिक जाल बुन्दै अनि हरेक परिवारलाई कसरी पाल्न सकिन्छ भन्ने चिन्ता उनीहरुको हुन्छ।
रुकुमका बादी परिवारलाई यसपटकको दसैँले कत्ति पनि छोएन।
उनीहरुलाई न दसैँ आयो, न दसैँ आएकोमा खुसी नै। नदीको किनारमा बस्दैआएका बादी परिवारको वासस्थान वर्षात्को भेलले बगाएपछि विगत १० महिनादेखि ओढारमा बस्दैआएका उनीहरु पहिले नदीको छेउमा बस्दैआएका थिए। नदीको किनारमा बस्दैआएको बादी परिवारको दशकौं भयो तर उनीहरुका लागि हालसम्म पनी स्थायी बसोवासको ठेगान छैन।
पुर्खादेखि बस्दैआएको परम्परा अझै कायमै राखेको बताउँछन् नाइके उजिरे बादी। २१आँै शताब्दीमा धेरै परिवर्तन आएको छ। देशमा राजतन्त्र फालेर गणतन्त्रको स्थापना भए पनि जङ्गली मान्छेको रुपमा बस्नु कस्तो अवस्था हो? भुइँको चिसो र टहरामुनिको बासबाट कत्ति पनि बिचलित भएका छैनन् बादी परिवार।
दसैँको बेलामा सबैको घरघरमा राम्रो लुगा लगाउने र मीठो खाने भए पनि रुकुम छिबाङका बादी परिवारमा साँझ र बिहानको छाक कसरी टार्न सकिन्छ भन्ने चिन्ता दैनिकरुपमा बढ्दै गइरहेको छ।
बिहान ४ बजे नै माछा मार्नका लागि पासा, जाल समाएर नदी र खोलातिर जानुपर्ने बाध्यता रहेको छ। तीस जनाको परिवार ओडारमा र त्रिपालमा बस्दा काम गरेर पाल्ने दुईजनामात्र रहेका छन्।
ती परिवारमा दसैँमा राम्रो लगाउने भन्दा पनि केटाकेटी कसरी बचाउने भन्ने चिन्ता रहेको छ। चिसो भुइँमा बसेर दैनिक जाल बुन्दै अनि हरेक परिवारलाई कसरी पाल्न सकिन्छ भन्ने चिन्ता बढेको बताउँछन् २१ वर्षीय राजन नेपाली।
थोरै मागेको पिठोको रोटी बनाएर खाएको बताउने उनीहरु परिवारका मुली कतिबेला माछा मारी चामल किनेर ल्याउलान् भनेर कुरिरहेका हुन्छन्।
ओडारमा बस्नेको त चुलोमा आगो नै बलेको थिएन। बासी माछामा भिँ्कगा भन्किरहेका देखिन्थे। बच्चाहरु मात्रै भएका परिवार त आमाबुबाले कतिबेला खानेकुरा ल्याउलान् र खाउँला भन्दै पर्खिरहेका थिए।
उनीहरुले दसैँ बाटोमा हिँडिरहेका बटुवाबाट मात्र थाहा पाएको बताउँथे।
नदीछेउमा बसोवास गर्ने धेरै बादीहरु दसैँको रहर कहिल्यै पूरा नभएको बताउँछन्। रुकुमका छिबाङ, गरायला पुर्तिमकाँडा, घेत्मा, कोटजहारी, बिजेश्वरी, पिपल शोभा, आठबिसकोट, खोलागाउँ, नुवाकोटलगायतका दुई दर्जन बढी गाविसमा फिजिएर बसेका बादी परिवारको पुर्ख्यौली पेसा सङ्कटमा परेपछि उनीहरुलाई बाँच्नसमेत कठिन परेको बताउनुहुन्छ बादी जातिबाट संविधानसभामा नेकपा माओवादीको समानुपातिक सूचीमा परेका पुष्प बादी।
उहाँ थप्नुहुन्छ— ‘अरुहरु सबै सडकमा ओर्लिएर आन्दोलन गर्छन्, अधिकार माग्छन् तर हामीलाई भने छाककै समस्या छ।’
‘गाउँमा मागेर कसैले दिँदैन, हामीले निर्माण गर्ने मादल, सुल्पालगातका सामान अन्य क्षेत्रबाट आएपछि हाम्रो पेसा सङ्कटमा परेको छ।’ भन्नुहुन्छ छिबाङकै सैजने बादी। आफ्नो छाक र वासको समस्या व्यक्त गर्दै सैजनेले थपे …पहिलेको जस्तो मागेर खाने चलन हटिसक्यो हामीसँग बास बनाउने जग्गा पनि छैन।’ उनको भन्दा फरक छैन पीडा त्यहीँ बस्तीका नरेश बादीको पनि।
उहाँले भन्नुभयो— ‘नदीको छेउमै बसेर रात काटनुपर्छ, रातमा माछा लागे पेट भरिन्छ नत्र त भोकै बस्ने बानी भइसकेको छ।’ रुकुमका विभिन्न ठाउँमा बसोवास गर्ने बादी परिवारको कसैसँग तथ्याङ्कसमेत छैन।
नेताहरु संविधानसभाको चुनावमा हात जोर्दै आउँथे तर संविधानमा समेटनुपर्ने कुराहरु सोध्न कोही पनि नआएको उनीहरु बताउँछन्।
देशमा धेरै परिवर्तन आएको कुरा उनीहरु स्वीकार्न चाहँदैनन्। धेरै परिवर्तन आए पनि आफूहरु यसरी नदीको किनारमा बस्दा कसैले सोध्नसमेत आएको छैन।
सोही बस्तीका रामलाल बादी भन्नुहुन्छ— ‘हाम्रो बाध्यता छ, हामीसँग जग्गाको नाममा लास बिछ्याउनसम्म पनि ठाउँ छैन।’ गोजीमा एक कौडीसम्म नभएको बेला आएको दसैँलाई कसरी दसैँ आयो भन्नु र? भन्दै प्रतिप्रश्न तेर्स्याउँछन उनीहरु। अन्य जातिझँै आफूहरु पनि खेतीपाती गरेर खान सक्ने उनीहरुको दाबी छ।
केही आक्रोशित मुद्रामा सैजनेले प्रतिप्रश्न गर्दै भन्नुभयो— ‘पहिला जग्गा मात्र पाउँ त गरेर खान सकिन्छ कि सकिँदैन।’ अरुजस्तै काम गरेर खान सक्छाँै भन्ने हिम्मत भएको उनीहरु बताउँछन्।
रुकुम जिल्लामा दलित अनि पिछडिएका वर्गको लागि आएको करोडौँ रकम कुन ठाउँमा प्रयोग भइरहेको कसैलाई पनि थाहा छैन। सदरमुकामदेखि आधा घण्टा पैदल दूरीमा रहेका बादी परिवारको यो सङ्ख्यालाई कसैले एक सुका राहातसमेत दिएको छैन।
गरिबका नाममा धैरै संस्था खोल्नेको होडबाजीमा रहेका व्यक्तिहरुको ध्यान यस्ता धेरै परिवारमा कहिले पुग्ला ?
रासस

गुम्बामा सशस्त्र समूहको आक्रमण

पुजारीको हत्या, ५० घाइते, लाखौँ लुटियो
खलङ्गा (रुकुम), असोज ३१- रुकुम र बागलुङ जिल्लाको सिमाना पर्ने ढोरपाटन वन्यजन्तु आरक्षण केन्द्रभित्र रहेको गुम्बामा सशस्त्र समूहले आक्रमण गरी पुजारीको हत्या गरेको छ। उनीहरुले गुम्बाभित्र रहेको लाखौँ रुपैयाँ मूल्यबराबरको चल तथ अचल सम्पत्ति लुटेर लगेको प्रहरीले बताएको छ। हत्या भएका पुजारीको सनाखत हुन सकेको छैन।
घटनामा गुम्बामा रहेका ५० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुमका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले जानकारी दिए।
हत्यामा संलग्न समूहको खोजीका लागि इलाका प्रहरी कार्यालय, टक्सेराबाट प्रहरीको ठूलो समूह खटाइएको उपरीक्षक धानुकले बताए।
आक्रमणमा संलग्न समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन।
रासस

Tuesday 20 October, 2009

आपराधिक घटना बढ्यो

दाङ, २०६६ कार्तिक १ - राप्ती अञ्चलमा बर्सेनि आपराधिक घटना बढ्न थालेका छन् । जनसंख्या वृद्धि, बेरोजगारको संख्या बढ्नु, सामाजिक उथलपुथल हुनु जस्ता कारणले आपराधिक घटना बढ्ने गरेको सम्बन्धित विज्ञहरूको भनाइ छ ।

राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले तयार पारेको त्रिवषर्ीय अपराध तथ्यांकअनुसार प्रत्येक वर्ष अपराधका घटनाको संख्या बढिरहेको छ । तीन वर्षअघि राप्तीमा ४ सय ७ वटा मात्रै आपराधिक घटना भएकामा बितेको आर्थिक वर्षमा त्यो घटना बढेर ६ सय २ मा पुगेको छ । आर्थिक वर्ष २०६३/०६४ मा राप्तीमा ४ सय २ वटा, ०६४/०६५ मा ५ सय १३ र आव २०६५/०६६ मा ६ सय २ वटा आपराधिक घटना भएका छन् । यस आर्थिक वर्षको तीन महिनामा मात्रै १ सय ४३ वटा आपराधिक घटना भएका छन् । अपराधका घटनामध्ये सबैभन्दा बढी प्रत्येक वर्षजसो दाङमा भएका छन् ।

दाङमा तीन वर्षअघि २ सय ९० वटा मात्रै आपराधिक घटना भएकामा बितेको आर्थिक वर्षमा ३ सय ४५ वटा भएका छन् । त्यसपछि प्यूठानमा धेरै घटना भएका छन् । तीन वर्षअघि ५३ वटा मात्रै घटना भएकामा बितेको वर्ष १ सय ८ वटा भएका छन् । प्यूठानपछि रोल्पा तेस्रो नम्बरमा परेको छ । रोल्पामा तीन वर्षअघि २३ वटा मात्रै घटना भएकामा बितेको वर्ष ८० पुगेको छ । यसैगरी सल्यानमा तीन वर्षअघि २२ वटा घटना भएकामा बितेको वर्ष ७४ घटना भएका छन् । सबैभन्दा कम घटना हुुनेमा रुकुम परेको छ । रुकुममा तीन वर्षअघि २९ घटना भएकामा बितेको वर्ष ५९ मात्रै घटना भएका छन् ।

आपराधिक घटनामध्ये सबैभन्दा बढी आत्महत्याका घटना हुने गरेका छन् भने सबैभन्दा कम अपरहणका छन् । तीन वर्षमा राप्तीमा ५ सय ८३ वटा आत्महत्याका घटना भएका छन्, अपहरणको घटना एउटा मात्रै भएको छ । सार्वजनिक अपराध, कर्तव्य ज्यान, डाँका चोरी, ज्यान मार्ने उद्योग, ठगी, जीउ मास्नेबेच्ने, अवैध लागू औषध कारोबार, हातहतियार तथा खरखजाना, बलात्कारजस्ता घटना बढी भएका छन् ।

राप्तीमा बर्सेनि आपराधिक घटना बढ्नुमा बेरोजगारी समूहको संख्यामा वृद्धि हुनु, सामाजिक उथलपुथल कामय रहनु, समाजका प्रत्येक नागरिकले आपराधिक क्रियाकलाप नियन्त्रणतर्फ चासो नदिनु, सबै काम प्रहरीकै हो भनेर छोडिदिनु जस्ता कारण रहेको राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजबहादुर विष्टले बताए ।

'घटना नियन्त्रणको प्रमुख जिम्मेवारी त समाजको हुन्छ नि । हरेक नागरिकले आपराधिक घटना र व्यक्तिबारे प्रहरीलाई सूचना दिने, आफू सजग हुने गरेमा घटना नियन्त्रण गर्न सजिलो हुन्छ,' उनले भने, 'तर यहाँ त्यस्तो देखिएन । कुनै आपराध गरेको मान्छे हाम्रै समाजमा हुन्छ तर प्रहरी आफंैले खोजोस् भनेर मानिस पन्छिन्छन् । सबै काम प्रहरीको मात्रै हो भनेर छोड्दा घटना बढ्छन् । प्रहरी एक्लैले केही गर्न सक्दैन । हरेक नागरिकले सहयोग गनर्ुपर्छ ।' समाजमा जनसंख्या वृद्धि तथा बसाइँसराइ भइरहने र सो क्रममा विभिन्न थरी मानिसको जमघट हुने भएकाले पनि आपराधिक घटना बर्सेनि बढेको देखिने गरेको उनको भनाइ छ ।

बेरोजगार युवालाई व्यवस्थित गर्न नसक्दा नै आपराधिक घटना बढेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पुष्कलराज रेग्मी बताउँछन् । 'बेरोजगारको संख्या धेरै छ । उनीहरूले उचित काम नपाउँदा आपराधिक क्रियाकलापमा लागेका छन्,' उनले भने, 'दाङमा यस्ता घटना धेरै देखिएका छन् । नियन्त्रणका लागि प्रहरी क्रियाशील छ तर सबैको सहयोग चाहिन्छ ।'

आपराधिक क्रियाकलापको वृद्धिसँगै त्यसलाई नियन्त्रण गर्न प्रहरीले देखाएको सक्रियताका कारण अधिकांश घटनाका दोषी पक्राउ पर्ने गरेको प्रहरीको दाबी छ तर राजनीतिक हस्तक्षेप र विभिन्नखाले दबाबका कारण अपराधीलाई उचित कानुनी सजाय दिन नसकिएकामा भने प्रहरी दुखित छ ।
Source kantipur

Thursday 8 October, 2009

Rukum schools demean edu philosophy

RUKUM: The numbers of secondary and higher secondary schools in Rukum has been increasing for the last few years for a reason other than the education uplift. The schools are run as the owners are guided with a motive that if they run secondary and higher secondary classes they can operate SLC exam centre and pass several students while making money for the same.
Over two dozens of higher secondary schools are being run in Taksera, Pipal, Kankri, Pokhara, Pwang, Mahat and Rungha areas of Rukum for the past two years. Didstrict Education Office record shows that a total of 16 higher secondary schools and 49 lower secondary schools are operating in the district.
Nevertheless,rural students are happy at getting higher secondary education at their doorstep, however, they are unaware that the teachers do not maintain the quality. Most of the teachers at those schools are teaching are unqualified and untrained while they lack the required educational qualification, some with fake teaching license, stated a survey. The dilapidated physical infrastructures, while, at the same time is ridiculing the Higher Secondary Education Board for the incompetence on its part too.
"I doubt in the quality of education as unqualified teachers are teaching us and our future seems doomed for the world is so competitive," Ram Bahadur Khadka, a student from Mahat Secondary School said. Likewise, most of the students in rural areas shared almost the same lines.
Many question lay afield: The DEO has all the information of the malpractice but still why is it not acting? How about the guardians? The management was handed to the community and that led to hiring of unqualified teachers, the locals said.
However, the DEO is simply turning a blind eye to the problem. Guardians said that they could not hire qualified teachers due to lack of fund. The students were reluctant to raise their voice for they feared that the school would close and they would have to walk miles for the same.
Source: The Himalayan

Friday 25 September, 2009

जहाज अपहरणको धम्की दिने चिकित्सक पक्राउ

रुकुम,
असोज १- नेपाल वायुसेवा निगमको जहाज अपहरण गर्छु भन्दै पाइलटलाई अभद्र व्यवहार गर्ने विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलाई रुकुम प्रहरीले सल्ले विमानस्थलबाट पक्राउ गरेको छ । झाडापखाला महामारी नियन्त्रण भएपछि जिल्लाको अवस्था अध्ययन गर्न रुकुम आएका सङ्गठनका प्रतिनिधि डा नवीन घिमिरे पक्राउ परेका हुन् ।
घिमिरेले जहाजभित्र पाइलटलाई अभद्र व्यवहार गरेको तथा जहाज अपहरण गर्छु भन्ने जस्ता शब्दहरू प्रयोग गरेकोले उनलाई पक्राउ गरिएको रुकुम प्रहरीले बताएको छ । नेपालगञ्जबाट नेपाल वायुसेवा निगमको जहाज चढेर आएका घिमिरेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

Wednesday 16 September, 2009

रुकुमको मुसिकोटमा ट्राफिक व्यवस्था

खलङ्गा, २९ भदौ/ पटकपटक भएका दुर्घटनामा धेरैले ज्यान गुमाई सकेपछि हालैमात्र सल्यान रुकुम मुसिकोट सडकखण्डमा ट्राफिक व्यवस्था गरिएको छ । सो क्षेत्रमा ट्राफिक प्रहरीका व्यवस्था गर्नुपर्‍यो भनेर स्थानीय बासिन्दाले माग गरेको एकवर्षछि मात्र सो व्यवस्था गरिएको हो । ‘अवैध मालसामान चेक जाँचको अभावमा यही बाटो हुदै तुलसीपुर, नेपालगन्ज, काठमाडौ जाने गरेको थाहा पाएपछि ट्राफिक आवश्यकता परेको हो’ - रुकुमका प्रहरी निरीक्षक यादवराज उप्रेतीले भन्नुभयो-’लाइसेन्स विनाका गाडीहरू पनि चल्न थालेकाले सवारी दुर्घटना रोक्न पनि सघाउ पुर्‍याउनेछ ।’ सुरुमा सदरमुकाम मुसिकोट खलङ्गा, बैरागीठाँटी बजारमा राखिने र मङ्सिरदेखि जिल्लाका अन्य ठाउँमा पनि सो व्यवस्था गरिने प्रहरी निरीक्षक उप्रेतीले जानकारी गराउनुभयो ।

कारागारमा क्षमताभन्दा बढी कैदी

रुकुम जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी राखिएका कारण कारागारभित्र समस्या देखिएको छ । पन्ध्र कैदी राख्नसकिने सो कारागारमा हाल ७२ जना थुनुवा र कैदी रहेका छन्।
साँघुरा कोठा र त्यसमाथि वर्षात्को पानी कोठाभित्र पसेर रातभर सुत्नै सकिँदैन भन्दै कैदीहरुका नाइके लालबहादुर सार्कीले भने-'महिला र पुरुष अलग अलग बस्नुपर्नेमा अटेसमटेस गरेर एकैठाउँमा बसिएको छ ।'
पुराना भौतिक संरचना भएको उक्त कारागारमा शौचालयको समेत समस्या भएको कैदी तथा थुनुवाहरु बताउँछन् ।
सो कारागारमा वि.सं.२०६५ देखि कैदी जीवन बिताइरहेकी खारा-४ की पवित्रा खत्रीले भनिन्-'सबै बाहिर निस्कि हो भने पाइला टेक्ने ठाउँसम्म हुँदैन ।'
कारागारमा खेल मैदानको त कुरै छोडौँ, जुठो पानीसमेत फाल्ने ठाउँ नभएपछि उनीहरु झन हैरान भएका छन् । 'हामी पनि त यही देशका नागरिक हौँ' एक कैदीले आफ्नो दुःखेसो पोख्दै भने-एक दिनको अन्जानले गर्दा सधैँभरि पश्चाताप गरिरहनुपर्‍यो ।
कारागारका प्रमुख प्रहरी सहायक निरीक्षक रोशन शाह सो समस्या सम्बन्धमा हामीले पटकपटक केन्द्रलाई भन्यौ तर सुनुवाइ नभएको बताउनुहुन्छ।
Source: NepalBritain.com

जडिबुटीको सही मूल्यांकन हुन सकेन

सिस्ने हिमालको काखमा अवस्थित प्राकृतिक रुपमा अत्यन्त सुन्दर र सम्पन्न जिल्ला मानिने रुकुम जिल्लामा प्रशष्त जडिबुटी हुंदाहुंदै पनि यसको उचित संरक्षण र सम्बर्द्धन हुन सकेको छैन । यहां यार्चागुम्बा, पांचऔंले, कटुकी, चिराइतो, सर्पगन्ध, देवदार, जटामसी, भलायो, असुरो, सुगन्ध कोकिला, रिठ्ठा, शिलाजीत, कस्तुरी, पाखनबेदजस्ता दुर्लभ र मूल्यवान एवं उपयोगी र लोकप्रिय जडिबुटीहरू पाइन्छन । तर, विडम्बना, यी अमूल्य जडिबुटीको सदुपयोग अझैसम्म हुन सकेको छैन, महत्व बुझ्न र वुझाउन सकिएको छैन ।
यहां रहेका अनेकौं मूल्यवान् जडिबुटीहरू त्यसै खेर गइरहेका छन् भने कतिपय जडिबुटीहरू अत्यन्त कम मूल्यमा बाहिरिएका छन् । तर, तिनै जडिबुटीबाट बनेका विदेशी औषधीहरू किन्न लाखौं रूपैयां खर्च भइरहेको छ । केहि स्थानीय वैद्यहरूले स्वास्थ्य उपचारका लागी आयुर्वेदिक चिकित्सा पद्धतिमा प्रयोग गरेपनि व्यवस्थित नभएकाले स्थानिय जनता यसमै निर्भर रहन सकेका छैनन् । वहुसंख्यक समुदाय तथा स्थानीय उपभोक्ताहरू यि वहुमुल्य जडिबुटीहरूको आर्थिक महत्वका बारेमा अहिलेसम्म अनविज्ञ नै छन् । यिनै कारणले जिल्लामा केही जडिबुटीहरू दलालको माध्यमबाट निकै सस्तो मूल्यमा विक्री पैठारी भइरहेको छ ।
जिल्ला विकास समिति रुकुमको एक तथ्यांक अनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडिबुटीहरूमा यार्चागुम्बा, कुरिलो जस, टिमुर, रिठ्ठा, सेतरवाजरा, जटामसी, भलायो, बुकी फुल, दालचिनी, अमला, तितेपाती, पाचाऔंले, सुगन्ध कोकिला, तिते, कालादाना, साधारण झ्याउ आदि रहेका छन् । यस जिल्लामा पाइने जडिबुटीहरू अत्यन्तै दुर्लभ एवं अमृततुल्य मानिएका यार्चागुम्बा, पाचाऔंले, कस्तुरी शिलाजीत आदि दिनप्रतिदिन दुर्लभ भइरहेका छन् । जिल्लाका हुकाम, मैकोट, जाङ्ग र सिस्ने गाविस यार्चागुम्बा पाइने प्रमुख क्षेत्र हो । विकट जिल्ला भएकाले कसैको पनि प्रत्यक्ष निगरानी नभएको हुंदा यहां पाइने जडिबुटीहरू अवैध बिक्री वितरण भइरहेका छन् । सरकार तथा स्थानियवासीले समेत थाहा नपाउनेगरि जडिबुटीको चोरी निकासी भइरहेको छ । तर, यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले खासै ध्यान दिएको देखिंदैन ।
जडिबुटी खेतीलाई प्रोत्साहन गरी उसको खेतीलाई सामाजिक अभियानको रूपमा सञ्चालन गर्दै जडिबुटीको भण्डारणलाई संरक्षण र सम्बर्धन गर्नु आम नेपालीको दायित्व हो । त्यसमाथी, रुकुमजस्तो न्यून आय भएको जिल्लामा तत्कालैदेखि एक स्पष्ट गुरुयोजना बनाई कार्यान्वयन गरिएमा समुदायको आर्थिक अवस्था सुधार्न धेरै समय नलाग्ने बताउंछन्, स्थानीय बुद्धिजीवीहरू । रुकुममा जडिबुटी विकास सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायबाट सामान्य पहल भए तापनि, यो पर्याप्त छैन, झन् सरकारि निकायवाट त कुनै प्रयास समेत भएको छैन ।
यहां एकातर्फ दुर्लभ र महत्वपूर्ण जडिबुटीहरूलाई उचित संरक्षण तथा सम्बर्धन गर्न आवश्यक छ भने अर्कोतर्फ प्रशोधन केन्द्रको स्थापना गरी जडिबुटी तथा लघुवन पौदावारको माध्यमबाट रोजगारका अवसरहरू श्रृजना गर्नुपर्ने देखिन्छ । तर, स्थानिय वासिन्दाहरूलाई जडिबुटीको महत्वबारे सामान्य चेतना समेत नहुनु, संकलनकर्ताले आफ्नो पारिश्रमको उचित मूल्य नपाउनु, जडिबुटीको परिणाम यकिन नहुनु, जिल्लाको दुर्गम क्षेत्रमा अमूल्य जडिबुटी पाइनु, संकलन गर्न उचित समय तथा संकलन विधि थाहा नहुनुजस्ता समस्याले स्थानिय पहलवाट मात्र यो संभव हुंदैन । तसर्थ, यसको लागि सम्बन्धित सरकारि निकायले कुन जडिबुटी महत्वपूर्ण छ, पारिश्रमिक र लगानी कति लाग्छ र यसलाई दिगो रूपमा कसरी निरन्तरता दिन सकिन्छ भन्नेवारे जनचेतना अभिवृद्धि गराउनुका साथै व्यवस्थित रूपमा जडिवुटि संकलन र खेतीसम्बन्धी वैज्ञानिक प्रविधि विकास गर्नु अति आवश्यक छ ।
सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक स्रोतको संरक्षण जडिबुटीको संरक्षण, व्यवस्थापन र उचित प्रयोगलाई निरन्तरता दिंदै पेशागत रूपमै संकलन तथा खेती विस्तारमा स्थानियवासीलाई प्रोत्साहन गर्न सकेमा आयआर्जनको वृद्धि हुनगई न्यून आयस्तरका जनताहरु भएको रुकुमजस्तो जिल्लाको समुदायीक विकास गर्न तथा जनताको आर्थिक अवस्था सुधार्नमा केही टेवा पुग्ने थियो कि ?

Wednesday 9 September, 2009

बिमारीको उद्दार

मन्त्रिपरिषद्को बैठकले ठूलो कि नागरिकको ज्यान? प्रधानमन्त्री माधवकुमार नेपालले भने नागरिकको ज्यानलाई महत्त्व दिएर आफूलाई लिन गएको हेलिकप्टर लिएर अत्याधिक रक्तश्रावका कारण जोखिममा रहेकी रुकुमकी एक महिलालाई उपचारका लागि काठमाडौं ल्याएका छन।
प्रधानमन्त्री नेपालले बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु हुनै लाग्दा अचानक रुकुमकी एक महिला अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा रहेको थाह पाएपछि बुधबार बिहान उनी आफै रुकुम पुगेर ती महिलालाई उपचारका लागि राजधानी ल्याएका हुन ।
बच्चा जन्माउने सिलसिलामा रुकुम जिल्ला अस्पतालमा भर्ना गरिएकी मुसिकोट- ८ रातामाटाकी २० वर्षिय गर्भवती कमला चन्दलाई ४ घण्टाभित्र थप उपचारका लागि काठमाडौं नलगिए मृत्यू हुने खतरा रहेको चिकित्सकले बताएका थिए ।
जिल्ला सदरमुकाम सल्लेमा नियमित हवाई उडान र अन्य यातायातको सुबिधा नभएका कारण ती महिलाको ज्यान जोखिममा रहेको खबर नेपालगञ्जमा रहनुभएका प्रधानमन्त्रीले पूर्व जिविस सभापति खेममान खड्का, प्रमुख जिल्ला अधिकारीलगायतबाट प्राप्त गरेका जनाइएको छ ।
त्यस लगत्तै प्रधानमन्त्री नेपाल आफूलाई लिन गएको हेलिकप्टर लिएर बिहान ७ बजे नेपालगञ्जबाट रुकुमको सदरमुकाम सल्ले पुगेर त्यसपछि ती महिलाको उद्धार गरी प्रधानमन्त्री राजधानी फर्किएका हुन। हाल ती महिलालाई प्रशुतीगृह थापाथलीमा भर्ना गरिएको छ ।
साक्षरता दिवसका उपलक्ष्यमा 'शिक्षा यात्रा' उद्घाटन कार्यक्रमको सिलसिलामा कञ्चनपुरको महेन्द्रनगर पुगेका प्रधानमन्त्री नेपाल सो कार्यक्रममा भाग लिई बुधबारै राजधानी फर्किएका छन ।
मन्त्रीपरिषदको नियमित बैठक आज बिहानका लागि तय भए पनि अपरान्ह २ बजेका लागि सारिएको छ। कार्यक्रममा सहभागी हुन सुदुरपश्चिम हुँदै बाँके पुगेएका प्रधानमन्त्री माधवकुमार नेपाल यही कारणले समयमै काठमाडौँमा आउन नसकेपछि बैठक अपरान्हका लागि सारिएको हो ।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण, नजिकिँदो चाडपर्वसँगै चर्को मुल्यवृद्धि नियन्त्रण, सर्वसाधरणलाई उपभोग्य वस्तुहरुमा उपलब्ध गराइने राहतलगायतका विषयमा छलफल हुने बुझिएको छ।
sporce: Dainiki

Sunday 6 September, 2009

यातायात बन्द

दाङ -कास)- नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ राप्तीले आइतबार र सोमबार अञ्चलभर यातायात बन्द आह्वान गरेको छ । यातायात बन्दका कारण आइतबारदेखि राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
दाङ, सल्यान, प्युठान, रोल्पा र रूकुममा कुनै पनि साधन चलेनन् । यातायात नचल्दा यात्रुलाई आवत जावतमा कठिनाइ भइरहेको छ । यातायात व्यवसायी महासंघले विभिन्न समयमा तोडफोड भएका र जलाइएका गाडीहरूको क्षतिपूर्तिको माग गर्दै राप्तीमा दुई दिने यातायात बन्दको आह्वान गरेको हो ।
source:kantipur

Sunday 30 August, 2009

राडी व्यवसायबाट आत्मनिर्भर

कृष्णप्रसाद गौतम
रुकुम, ग्रामीण भेगका महिलाले बुनेका राडीपाखीले राम्रो बजार पाउन थालेपछि उनीहरू राम्रो कमाइ गरेका छन् । विदेशमा समेत माग बढ्न थालेकाले उनीहरू हौसिएका छन् ।
हुकामकी सुभद्रा बुढा राडी -कम्बल) बेचेको पैसाले घरखर्च टर्ने गरेको बताउँछिन् । २०५६ सालमा श्रीमान् कालीबहादुरको माओवादी- सेनाको भिडन्तमा परी मृत्यु भएपछि तीन सन्तानको लालनपालनको जिम्मेवारी उनकै काँधमा परेको थियो । २०६० सालबाट राडी बुनेर सदरमुकाम बस्दै आएकी उनले यसैबाट मुसीकोटमा दुईकोठे पक्की घर बनाएकी छन् ।
तीन छोराछोरीमध्ये दुईलाई सदरमुकामका बोर्डिङ र एकलाई सरकारी विद्यालयमा पढाएकी छन् । उनी सातामा एउटा राडी तयार पार्छिन् । तकसेरा-६ की बिर्मी पुन पनि यसैबाट आत्मनिर्भर बनेकी छन् । एउटा राडीको मूल्य ८ सयदेखि २ हजार रुपैयाँसम्म पर्ने उनी सुनाउँछिन् । 'आम्दानी राम्रो भएकाले राडी बुन्ने पेसा रोजेको,' उनले सुनाइन् । 'मासिक ४ हजारदेखि ७ हजारसम्म आम्दानी हुन्छ,' उनले भनिन्, 'बजारको पनि समस्या छैन ।'
सजिलै बिक्री हुने र राम्रो आम्दानी हुने भएकाले महिलाहरू यो पेसाप्रति आकषिर्त भएका हुन् । भारत र चीनमा समेत यसको निर्यात हुन थालेपछि उनीहरूको व्यवसाय बढेको छ । जिल्लाको उत्तरी भागमा रहेको मगरबस्तीका महिलाहरूले राडी बुनाइलाई पेसा बनाउन थालेपछि भेडाको ऊनको पनि माग बढेको छ । भेडाको ऊनबाट निर्मित राडीपाखीले व्यावसायिकता हासिल गरेको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख सुनिलकुमार शर्मा बताउँछन् । उनका अनुसार घरेलु कार्यालयले वर्षमा एकपटक राडीपाखी बुनाई तालिम सञ्चालन गर्दै आएको छ । तकसेरा र हुकामका आधाभन्दा बढी पुरुष वैदेशिक रोजगारमा छन् ।
Posted on: 2009-08-30 23:57:49 source:kantipur

Thursday 27 August, 2009

मध्यपहाडी राजमार्ग फागुनभित्र पूर्वलाई राजधानी जोड्ने

विकास थापा
काठमाडौं, तराई मधेस बन्द वा चक्काजाम हुँदा राजधानीबाट पूर्वाञ्चल जान अब कुनै समस्या हुनेछैन । बहुचर्चित मध्यपहाडी राजमार्ग -पुष्पलाल मार्ग) अन्तर्गतको खुर्काेट-घुर्मी खण्ड आगामी फागुनदेखि पूरा हुँदैछ । यो खण्ड पूरा भएपछि पूर्वाञ्चलका सबै पहाडी र तराई जिल्ला पुग्न सकिनेछ ।
हाल एक हजार किलोमिटरको पूर्व पश्चिम -महेन्द्र) राजमार्ग मात्र छ । ओखलढुंगा, उदयपुर र सिन्धुलीको सीमा पर्ने घुर्मीदेखि सिन्धुलीको खुर्काेटसम्म ६३ किलोमिटर सडकको ट््रयाक फागुनसम्ममा खोलिसक्ने गरी सडक विभागले निर्माण गरिरहेको छ ।
हाल घुर्मीसम्म उदयपुर, ओखलढुंगा र दिक्तेलबाट गाडी सञ्चालन भइरहेको छ । घुर्मीबाट काठमाडौं आउन मोटरमा तीन घन्टा मात्र लाग्नेछ ।
बनेपा-बर्दिबास राजमार्गअन्तर्गत सिन्धुलीको खुर्काेटसम्म पिच भइसकेको छ । 'यो वर्ष जसरी पनि घुर्मीसम्मको ट्रयाक खोलिसकिनेछ,' मध्य पहाडी राजमार्गका प्रमुख प्रकाश बस्नेतले बताए, 'खुर्काेट-घुर्मी खुलिसकेपछि तराई बन्द हुँदासमेत राजधानीलाई पूर्वसम्म जोड्ने दोस्रो वैकल्पिक मार्ग हुनेछ ।'
गत वर्षदेखि निर्माण प्रारम्भ भएको १ हजार ७ सय किलोमिटर लामो राजमार्गको खुर्काेट-घुर्मी एउटा खण्ड हो । पाँचवटै विकास क्षेत्रका विभिन्न खण्डमा पर्ने ७ सय किलोमिटरको ट्रयाक एकसाथ खोल्ने कार्य भइहेको आयोजना प्रमुख बस्नेतले जानकारी दिए ।
मध्य पहाडी राजमार्गको कुल लम्बाइमध्ये एक हजार किलोमिटर बनिबनाउ छ । यो राजमार्ग सिक्किमको सिमाना नजिक पाँचथरको च्याङथापुबाट सुरु भएर बैतडीको झुलाघाटसम्म निर्माण हुनेछ । यसअन्तर्गत च्याङथापुदेखि इलामसम्म, तेह्रथुमको म्यालुङदेखि वसन्तपुर हुँदै धनकुटाको हिलेसम्म बाटो निर्माण गर्ने लक्ष्य छ ।
हिलेदेखि भोजपुर हुँदै खोटाङको दिक्तेलसम्म र त्यहाँबाट ओखलढुंगाको हिलेपानीदेखि सिन्धुलीको खुर्काेटसम्म सडक निर्माणको प्रस्ताव छ ।
खुर्काेटबाट काठमाडौं-पोखरा- बाग्लुङ र रुकुमको बुर्तीबाङ निर्माण हुनेछ । बुर्तीबाङबाट जाजरकोट-दैलेख कणर्ालीनिरको राकम-मंगलसेन साँफेबगर-डोटी-डडेल्धुरा र बैतडीको झुलाघाट गएर टुंगिनेछ ।
आर्थिक वर्ष २०६६/६७ मा राजमार्गको सबै ट्रयाक खोल्ने लक्ष्य छ । यसको विस्तृत सर्भे पूरा भएको बस्नेतले जानकारी दिए । राजमार्ग निर्माणको कुल लागत २३ अर्ब ५० करोड रुपैयाँ रहेको सडक विभागले जनाएको छ । कुल लागतमध्ये ट्रयाक खोल्न र पुल निर्माण गर्न १०/१० अर्ब र कालोपत्रे गर्ने ३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यसैगरी फिदिम ताप्लेजुङमा पर्ने मेची राजमार्गमा पर्ने गणेशचोकदेखि भारतको सिक्कम जोड्ने ५५ किलोमिटर सडक खण्ड पनि यसै वर्ष पूरा हुने जानकारी बस्नेतले दिए । यो खण्ड सम्पन्न भएपछि पूर्वाञ्चलको इलाम, ताप्लेजुङका उत्पादन सीधै भारत निकासी गर्न सहज हुनेछ ।
चालू वर्षमा करिब ८० किलोमिटर ट्रयाक खोल्न, ७५ वटा पुलेसाहरू निर्माण गर्न, ३ सय मिटर टेवा पर्खाल बनाउन, २० किलोमिटर सडक स्तरोन्नति गर्न २६ वटा ठेक्का प्याकेज भएको छ ।
राजमार्गको सबैभन्दा चुनौतीपूर्ण रहेको २ सय १० किलोमिटर बुर्तीबाङ- मुसिकोट-चौरजहारी खण्ड हो । यो नै अन्तिम ट्रयाक हो । यो ट्रयाक निर्माण भइसकेपछि बैतडीदेखि ताप्लेजुङसम्मका सबै खण्ड पूरा भइसक्नेछन् । आयोजना प्रमुख बस्नेतका अनुसार राजमार्गको ट्रयाक खोल्ने कार्यपछि कालोपत्रे गर्न द्विपक्षीय तथा बहुपक्षीय दाताहरू इच्छुक छन् । विदेशी दातामध्ये यो राजमार्गलाई सहयोग गर्न सबैभन्दा बढी इच्छुक जर्मन सरकार देखिएको छ ।
Posted on: 2009-08-27 22:35:54 Source: Kantipur

विद्यालयमा ताला

रुकुम -कास)- अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच विवादका कारण बाफीकोट ६, काँडास्थित रत्न निम्न माध्यमिक विद्यालय दस दिनदेखि तालाबन्दी गरिएको छ । शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलु खत्री र प्रधानाध्यापक अर्जुनलाल पुरीले मनपरी गरेको भन्दै भदौ १ गते अभिभावकले विद्यालयमा ताला लगाएका हुन् । विद्यालय बन्द भएको दुई साता बितिसक्दा पनि खुलाउनेतर्फ कसैले चासो देखाएको छैन । बन्दले विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयको ताला खोलेर तत्काल कक्षा सुचारु गर्न माग गर्दै बुधबार विद्यार्थीले नाराबाजीसमेत गरेका छन् ।
विद्यालयमा अनियमितता गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकमाथि कारबाही नगरुन्जेल विद्यालय नखोल्ने माओवादीका नेता हरिबहादुर केसीले बताए । प्रधानाध्यापक पुरीले भने कुनै पनि अनियमितता नभएको तर पूर्वाग्रही भएर केही व्यक्तिले विद्यालयमा राजनीति गर्न खोजेको बताए ।
Source: Kantipur

Monday 24 August, 2009

त्यो खाराको खरानी छ उस्तै

२०५६ फागुन १० गते । खारामा चिसो घटेको थिएन । अझ रातैभरि हिउँ परेर डाँडाकाँडा छपक्कै ढाकिएको थियो । हिउँदको वेला त्यति काम नभएकाले गाउँले सबै घरमै थिए । आँखा मिच्दै स-साना पेटहरू बासी ढिडोको पर्खाइमा अगेनावरिपरि झुम्मिँदै थिए । आकाश अघिल्लो रातजस्तै थियो, पृथ्वी आफ्नै गतिमा घुमिरहेको थियो । तर, पूर्ववत् गति र यतिमा त्यहाँ एकाएक झड्का लाग्छ, एकाएक ताण्डव-नाच मच्चिन्छ र घर-आँगन पनि एकाएक मसानघाट हुन्छ ।

यो रुकुमको खाराको घटना हो । अघिल्लो रात सुत्दा कसैले पनि त्यस्तो त्रासद घटनाको कल्पना गरेका थिएन् । तर, हेर्दाहेर्दै त्यो सुन्दर बस्ती एक घन्टामै खरानी-खरानी भयो । १५ जनाको जीवन एउटै चिहान भयो । ७१ घर जलेर खरानी भए । साना नानीले अघिल्लो रात सँगै सुतेका बुबालाई भोलिपल्ट कहिल्यै नउठ्नेगरी सुतेको भेट्टाए । बिहानै पानी लिन पधेरो गएका श्रीमतीहरू पानी लिएर र्फकंदा घरहरू बलिरहेका, गाईवस्तुहरू आगोमा जल्दै गरेका र श्रीमान् र छोराहरू एउटै खाटमा गोली लागेर रगतपच्छे ढलिरहेका देखे ।


'गृहमन्त्रीको आदेश छ, कसैलाई पनि नछोड्नू, सबैलाई मास्नुपर्छ,' तत्कालीन इन्स्पेक्टर शम्भु सुवेदी हुकुम दिँदै थिए । गाउँलेहरू आफ्नो मर्ने पालोमा पंक्तिबद्ध थिए । त्यहाँ मारिनेहरू कोही पनि बन्दुक बोकेका र राज्यविप्लव मच्चाएकाहरू थिएनन् । उनीहरू नेपाली कांगे्रसका सक्रिय नेता र कार्यकर्ता भएको प्रमाणित गर्न परिचयपत्र उनीहरूको घाँटीमा झुन्डिरहेको थियो । तर, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री खुमबहादुर खड्काको आदेशपालकले उनीहरूकै नेता र कार्यकतालाई लाइन लगाएर गोलीले मात्र भुटेनन्, कांग्रेसले नै बाँडेको परिचयपत्र हत्यापछि उनीहरूकै मुखमा कोचिदिए ।


सोही घटनामा गोली लागेका, तर लासको थुप्रोमा लासैजस्तो गरी ज्यान जोगाएका टन्टवीर वलीले खारा घटनाको बखान यसरी नै गरे । त्यतिवेला गाउँमा एकजना छिमेकीको घर बनाउने काम चलिरहेको थियो । 'म त्यहीँ मिस्त्रीको काम गर्थें, बिहान ७ बजे काममा जान लाग्दा गोली चलेको आवाज सुने । खोलापारीबाट प्रहरीहरू गोली चलाउँदै हाम्रो गाउँतिर आउँदै थिए । प्रहरीहरू खोला तरिसक्नेबित्तिकै सुरुकै घरमा आगो लगाउन थाले । घर दनदनी बल्न थाल्यो, मान्छेहरू चिच्याउँदै-रुँदै भाग्न थाले । हामीहरू डरले भित्र पस्यौँ । प्रहरीहरू आगो लगाउँदै माथि गाउँतिर उक्लिए,' उनले भने ।

टन्टवीरका आँखा त्यो दिन सम्झँदै गर्दा आज पनि उत्तिकै रसाएका छन् । 'जन्म दिने बाबु र एउटै कोखबाट जन्मेको दाइलाई आफ्नै अगाडि हत्या गरिँदा कसको मन पो रुन्न र ?' त्यो कहालीलाग्दो दिन सम्भझँदै टन्टवीरले भने, 'गाउँ पूरै खरानी बनाइसकेपछि प्रहरीहरू माथितिर गए, हाम्रो घरतिर आएनन् । हाम्रो घर नजल्ने भयो भन्ने आशा पलायो ।' टन्टविरका बाबु त्यतिवेला कांगे्रसका तर्फबाट वडाध्यक्ष थिए । उनी पनि कांगे्रसका सक्रिय कार्यकता थिए । 'बुबाले हामी सरकारका मान्छे हौं, कांग्रेसकै सरकार छ, केही गर्दैन, सबै परिवार सँगै बसौँ भन्नुभयो । सबैजना एकै ठाउँमा बसेका थियौं । दिनको १२ बजतिर प्रहरीहरू हाम्रो घरतिर ओर्लिए । ठुल्दाइ गोबर बोकेर खेतमा जान लाग्नुभएको थियो । प्रहरीको नाइकेले दाइलाई यहाँ आउनुहोस् भनेर बोलायो । त्यसपछि मलाई पनि बोलायो र लाइनमा बस्न भनियो । वरपरका घरबाट लोग्ने मान्छे जति तानेर लाइनमा बसायो । बुबाले हामी सबैलाई कांग्रेसको परिचयपत्र बनाइदिनुभएको थियो । त्यो दिन हामीले परिचयपत्र आ-आफ्नो घाँटीमा झुन्डाएका थियौं ।'

टन्टवीरलाई त्यस दिनको घटना सपनाजस्तो लाग्छ । गोलीले क्षतविक्षत लासका थुप्रा अहिले पनि उनको आँखामा झल्झली आउँछ । उनले भन्दै गए, 'हामीले सबैले परिचयपत्र झुन्डाएका थियौं । सबैभन्दा अगाडि बुबा हुनुहुन्थ्यो, त्यसपछि ठुल्दाइ, अनि म र क्रमशः मेरो पछाडि अरू थिए । बुबालाई प्रहरीको नाइकेले गोली ठोक्ने आदेश दियो । बुबाले प्राणको भीख माग्दै नमस्कार गरिरहनुभएको थियो । तर, नमस्कार गरेकै हातमा गोली हान्यो, बुबाका दुवै हात उडे, उहाँ ढल्नुभयो । मैले बाँच्ने आशा देखिनँ, होसहवास् उड्यो । क्रमशः गोली हान्दै आयो, ठुल्दाइ निधारमा गोली लागेर ढल्नुभयो । मेरो पालो आयो, वरिपरिका रूखहरू घरहरू घुमेजस्तै लाग्न थाल्यो । एउटै प्रहरी दसवटा देख्न थालेँ । ड्याम्म आवाज आयो । पाखुरामा केले छेडेको जस्तो लाग्यो, दाइको लासमाथि घोप्टिएँ, बुबा पानी भन्दै छट्पटाउँदै हुनुहुन्थ्यो । गोली क्रमशः अरूलाई हानियो । नाइकेले भन्यो, 'सबैलाई दोहोरो गोली हान्, कोही मरेका छैनन् ।' धेरै शरीर ममाथि घोप्टिएका थिए । फेरि दोहोरो गोली हानेर बुबालाई मार्‍यो, र परिचयपत्र मुखमा कोचिदियो । मलाई पनि मर्‍यो कि मरेन भनेर छामे । म मरेको जस्तै गरेर लासको थुप्रोमै घोप्टिरहेँ । छाम्नेवाला प्रहरीले सबै मरिसके गोली किन त्यसै खर्च गर्ने भनेपछि प्रहरीहरू गए ।'

'गाउँमा घरहरू जलेको धुवाँले आँखा देखिँदैनथ्यो । एकैछिन् पछि मुसिकोटबाट आएको हेलिकोप्टर धुवाँले गर्दा बस्न नसकेर फर्क्यो,' टन्टावीरले भने, 'त्यसपछि म बिस्तारै उठे । मेरो पाखुराको कुमबाट रगत बगिरहेको थियो । आमाले रुँदै गोली लागेको ठाउँमा कपडा बाँधिदिनुभयो । प्रहरी गएपछि गाउँलेहरू आए र रगत नरोकिएको मेरो हातलाई डोरीले दलिनमा झुन्डाएर भुइँमा सुताए । रगत चुहिने ठाउँमा कपडा थापिएको थियो । रातभरि आमाले घाउमा तेल र बेसार लगाउनुभयो । रगत चुहेर म पल्टेको ठाउँ आहाल परेको थियो । बुबा र दाजुको लास नउठाउन्जेल हामी कसैले केही खाएनौँ । पाँचौं दिन गाउँलेले लासहरू गाडे ।'

हत्याका लागि तयार पारिएको लाइनबाट भागेर बाँच्न सफल भएका थिए- नरबहादुर वली । त्यही दिन उनको आफ्नो छोरा लालबहादुर वलीको हत्या भएको थियो । उनले भने, 'गाउँमा प्रहरीले केही दिनअघिदेखि नै गस्ती गरिरहेको थियो । गाउँका कुखुरा, घ्यू, मह सबै लुटिएको थियो ।' तर, त्यस दिन भने प्रहरी एकाबिहानै गोली चलाउँदै गाउँमा पस्यो । अघिल्लो दिन हिउँ परेकाले बाहिर निस्कन गाह्रो थियो । 'परिवारका सबैजना अगेनावरिपरि बसेका थियौं । प्रहरी खोलावारि आगो झोस्दै उक्लियो । केही समयमै पूरा गाउँ खरानी भयो । घरभित्रका पैसा अन्नपात सबै जलिसकेका थिए । दस बजेतिर माथि डाँडामा हेलिकोप्टर बस्यो । प्रहरीले गाउँबाट लगेका कुखुरा र रक्सी खाएछन् ।'

वलीले भने, 'भोलिपल्ट १२ बजेतिर प्रहरी गाउँमा आयो म भैसी चराउँदै थिएँ । एकजना प्रहरीले मलाई बोलायो र राइफलको कुन्दैकुन्दाले हान्यो । डोप्याउँदै लगेर मलाई पनि लाइनमा लगायो । र, गोली हान्न थाल्यो । सकिन्छ भने भाग्नुपर्छ, आखिर मर्नु नै छ भने । मैले यस्तै ठानेँ र पछाडि फर्केर आँखा चिम्लेर भागेँ । केही प्रहरीहरू मेरो पछाडि गोली हान्दै दौडिए । अल्लि तल पुगेर म बाँसको झाडीभित्र कोचिएँ र बाँचे । बाँसको झाडीबाट निस्केर घरतिर लाग्दै गर्दा प्रहरीहरूले गाउँ छोडिसकेका थिए । गाउँलेहरूको लासको थुप्रो थियो, रगतको आहाल थियो । हामी गाउँलेहरू राति नै सदरमुकाम गयौँ । सदरमुकाममा प्रहरीले खाराका माओवादी भन्दै बन्द कोठामा कोचेर सबैलाई चुट्नसम्म चुट्यो । रातभरि सिमेन्टमा नांगै सुतायो । हामीलाई भोलिपल्ट फेरि खारातिर लखेटिदियो ।'

त्यस दिन हेलिकोप्टरले ओसारेका प्रहरी गाउँमा मात्र होइन्, जंगलभरि थिए । दुईजना गोठाला पनि मारिए । गोरुको आड लिएर बाँचेकी पार्वती खड्का भन्छिन्, 'हेलिकोप्टरले चारैतिरबाट गोली बर्साउन थाल्यो, दुईजना साथी र गाई-गोरु हेलिकोप्टरको निसाना परेर ठहरै भए । होसहवास थिएन । चार हातखुट्टा टेकेर घरमा आइपुग्दा श्रीमान्को हत्या भइसकेको रहेछ ।'

त्यस दिनको समाचार रेडियो नेपालले पनि प्रसारण गरेको थियो, मुठभेडमा १५ जना माओवादीको मृत्यु भएको र हातहतियार बरामद भएको भन्दै । खारा घटनामा कांग्रेसका वडाध्यक्ष त्रिमान वली, पार्टी सदस्यहरू धनबहादुर वली, देउमाया खत्री, गोपाल खत्री, लालबहादुर खत्री, टीकारम खत्री, हेमन्त खत्री र सर्वसाधारण गाउँलेहरू गोविन्द खड्का, देवीलाल, खर्कबहादुर, भद्रबहादुर, लक्ष्मी, लालबहादुर, प्रवीण खड्काको हत्या भएको थियो । २०५६ सालमा दनदनी बलेको खारामा अहिले समयको मलमबाहेक अरू केही सुख-शान्ति छैन । गाउँलेहरूले अहिलेसम्म न त राज्यबाट क्षतिपूर्ति पाएका छन्, न त राहत नै । गोली हान्न आदेश दिनेहरूको चुरीफुरी उस्तै छ । तर, खाराबासीको एक्लोपन र चिसो चुल्हो जस्ताको तस्तै छ । खरानी पारिएका घरहरू अहिलेसम्म व्यवस्थित हुन सकेका छैनन् ।

बितेको दशकको कहानी छ उस्तै

हेर, त्यो खाराको खरानी छ उस्तै !


Source: Naya Patrika(23/08/2009 07:46:00 शान्ता अधिकारी)

Sunday 23 August, 2009

चन्दाबाट विद्यालय

रुकुम -कास)- छिवाङ गाविसका दर्जन विद्यालय स्थानीयवासीको चन्दाबाट सञ्चालन भएका छन् । विद्यालयको भौतिक पूर्वाधार सुधार र शिक्षकको तलबका लागि बासिन्दाले घरघरबाट चन्दा उठाएका हुन् ।
स्थ्ाानीय झिमडाँडामा विद्यालय नभएका कारण गाउँले मिलेर चन्दा उर्ठा विद्यालय चलाएको स्थानीयवासी मानबहादुर ओलीले बताए । 'विद्यालयमा एकै जना सरकारी दरबन्दी छैन,' ओलीले भने, 'दैनिक सञ्चालन र र शिक्षकलाई तलब खुवाउन चन्दा अभियान सुरु गरेका हौं ।'
ज्ञानकुञ्ज प्राथमिक विद्यालय सादनचौर चौतारा सञ्चालनको मुख्य स्रोत देउसीभैलो र चन्दा भएको प्रअ काशीराम ओलीले जनाए । प्रअले भने, 'विद्यालय पूर्वाधार व्यवस्थापनका लागि प्रत्येक महिना अभिभावकबाट चन्दा लिने गरेका छौँ ।'
गाउँलेकै जनश्रमदानबाट ज्ञानपुञ्ज प्राविको तीनकोठे भवन निर्माण गरिएको अध्यक्ष छिताराम रावतले बताए । यस्तै जनजागृति प्रावि घुयालडाँडामा पनि स्थानीयकै चन्दाबाट तीनकोठे भवन निर्माण भएको छ ।
Source: kantipur

२४ बालबालिकाको मृत्यु

रुकुम -कास)- जिल्लामा दुई महिनादेखि महामारीको रूप लिएको झाडापखालाबाट २४ बालबालिकाको मृत्यु भएकोे छ । बालमजदुर सरोकार केन्द्र -सिविन) रुकुमले शुक्रबार २४ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो ।
जिल्लाको गोतमकोटबाट सुरु भएको झाडापखाला जिल्लाका ३० गाविसमा फैलिएको रोगबाट आधाभन्दा बढी बालबालिका प्रभावित भएको संस्थाले जानकारी दिएको छ । खाद्य अभाव भएपछि ती क्षेत्रका बासिन्दाले पेटभरि खान नपाएपछि कुपोषित भएका बालबालिकालाई रोगले बढी संक्रमित गरेको हो । मृत्यु हुनेमा पनि अधिकांश बालबालिका विद्यालय जाने उमेरका रहेको सिविन रुकुमका टिम लिडर सिद्धराज पनेरुले बताए ।
यसैगरी दूषित पानीको प्रयोगले अझै पनि बालबालिकालाई रोग दोहोरिन सक्ने खतरा भएको पनि कार्यक्रममा जानकारी गराएको थियो । सिविनका अनुसार झाडापखालाबाट जिल्लामा ४ हजार बढी बालबालिका प्रभावित छन् ।
Source:Kantipur

Friday 21 August, 2009

नदीमा पौडिँदै विद्यालय

कमल थापा/नयाँ पत्रिका

रुकुम, ३ भदौ : विद्यालयबाट घर र्फकेलगत्तै विद्यार्थीको मनमा प्रार्थना हुन्छ, 'हे भगवान् भरे राति पानी नपरोस् !' पानी परेपछि नदी बढेर विद्यालय जान गाह्रो हुने भएकाले उनीहरू यस्तो प्रार्थना गर्छन् ।
विद्यालय गएको समयमा बाढी आएमा अरूकै घरमा बास माग्नुपर्ने बाध्यता व्यहोर्दै आएका छन्, गरायला र झुल्ाा गाविसका विद्यार्थीले । गाउँमा माध्यमिक तहको पढाइ नभएका कारण ती विद्यार्थी वषर्ायामको नदीमा पौडिँदै छिमेकी गाविस छिवाङको महेन्द्र उच्च माध्यमिक विद्यालय जान्छन् ।
विद्यार्थीका लागि नागबेली भएर बगेको सानोभेरी नदी बाधक भएको छ । हिउँदको समयमा नदीमा पानीको मात्रा घट्ने भएकाले साँघु तरेर विद्यालय आवत-जावत गर्दै आएका विद्यार्थी वषर्ायाममा कम्मरमा 'चिन्ना' र ड्रम भिरेर विद्यालय जाने गरेका छन् । कपडा खोलेर किताब र खोलेका कपडा टाउकोमा बाँधी नदी तर्दा छात्रलाई भन्दा छात्रालाई बढी समस्या हुने गरेको छ ।
'केटाहरूले हाफपेन्ट लगाएर खोलामा पस्छन्, हामीलाई समस्या पर्छ,' दस कक्षामा अध्ययनरत भिमा पुनले भनिन्, 'पानीले भिज्ने भएकाले दुईजोर कपडा लिनुपर्छ ।'
नदीमा बाढी आए विद्यालय जान नसकिने र गए पनि साँझ कसैको घरमा बास माग्नुपरेको उनले दुखेसो पोखिन् ।
गरायला र झुला गाविसका ६० भन्दा बढी विद्यार्थी सानोभेरी नदी तरेर महेन्द्र माध्यमिक विद्यालय जाने गरेका छन् । विद्यार्थीहरूका अनुसार आजभोलि चिन्ना र ड्रम नभिरे तर्न सकिँदैन । हिउँदमा काठको साँघु बनाएर तर्ने विद्यार्थीलाई वषर्ायाममा त्यो सम्भव हँुदैन ।
सामान टाउकामा बाँधेर नदी पार गर्दा कहिलेकाहीँ कापी-कलम बगाएर रित्तै विद्यालय जाने गरेको उनीहरू बताउँछन् । कापी-कलम भिज्ने, जुत्ता-चप्पल बग्ने, भेलले पछार्दा खुट्टा फुट्ने, नङ जाने उनीहरूका लागि नियमित नै हो ।
जोखिमको यात्रा गरेर पढ्नुपर्ने हुनाले धेरै विद्यार्थीले पढाइ छाड्ने गरेको स्थानीय अभिभावक शशिराम विष्टले बताए । त्यस नदीमा ०५२ सालमै पुल बन्ने भनिए पनि द्वन्द्वका कारण गाउँमा बजेट जान नसक्दा यस्तो समस्या आइपरेको अभिभावक विष्टको भनाइ छ ।

Thursday 20 August, 2009

मूल्यवान् जडीबुटी भए मूल्यहीन

सुरेन्द्र खत्री/मुसीकोट
रुकुम, भदौ १ गते । रुकुम जिल्लामा जडीबुटीको सम्भावना हुँदाहँुदै पनि यसको उचित संरक्षण र प्रशोधनको व्यवस्था हुन सकेको छैन ।
रुकुम जिल्लाको सिस्ने गाविसमा पर्ने सिस्ने हिमालको काखमा रहेको जडीबुटीको धनी र सम्पन्न क्षेत्र मानिन्छ । यस जिल्लामा दुर्लभ तथा मूल्यवान् र अतिउपयोगी एवं लोकपि्रय जडीबुटी पाइन्छन् ।
तर, विडम्मना नै मान्नुपर्छ हामीले हाम्रा जडीबुटीको महत्त्व बुझ्न सकेका छैनाँै । विज्ञ तथा सरोकारवाला निकायहरूले यससम्बन्धमा ठोस कदम नै चाल्न सकेका छैनन् रुकुम जिल्लाका मूल्यवान जडीबुटीहरू त्यसै खेर गइरहेका छन् कतिपय जडीबुटीहरू एकदमै कम मूल्यमा बाहिरिएका छन् तर तिनै जडीबुटीबाट बनेका विदेशी औषधिहरू किन्न लाखौँ रुपियाँ खर्च गर्न परिरहेको छ ।
यस जिल्लाको केही जडीबुटीहरू दलालको माध्यमबाट निकै सस्तो मूल्यमा बिक्रीवितरण भइरहेको छ । रुकुम जिल्लामा पाइने जडीबुटीहरूमा यार्सागुम्बा, पाँचऔले, कटकटुकी, चिराइतो, सर्पगन्ध, देवदार, जटामसी, भलायो, असुरो, सुगन्धको सिलाजित, लताकस्तुरी, पाकनवेदजस्ता दुलर्भ जडीबुटीहरू यस जिल्लाका प्रशस्त मात्रामा पाइन्छन् यहाँ पाइने जडीबुटीहरूको आर्थिक महत्त्वबारे स्थानीयबासीहरू अनविज्ञ रहेको पूर्णबहादुर केसीले जानकारी दिनुभयो ।
प्रसस्त मात्रामा स्थानीय बैद्यहरू भएको यस जिल्लामा करिब दुई तिहाई जनसङ्ख्या स्वास्थ्य उपचारार्थ आयुर्वेदिक चिकित्सक पद्धतिमा नै निर्भर रहेको देखिन्छ । जिल्ला विकास रुकुमको एक तथ्याङ्क अनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडीबुटीमा यार्सागुम्बा, कुरिलो, टिम्मुर, सेतावाज, जटामसी, भलायो, बुकिफूल, लचिनि, अमला, तितेपाती, पाँचऔले, साधारण च्याउलगायतका रहेका छन् ।
यस जिल्लामा पाइने जडीबुटीहरू अत्यन्तै दुर्लभ एवं अमृततुल्य मान्यका यार्सागुम्बा, पाँचऔले कस्तुर, सिलाजित आदि दिनप्रतिदिन असुरक्षित भई लोप हुने प्रक्रियामा रहेका छन् ।
जिल्लाको हुकाम मैकोट, जानसिस्ने गाविसमा यार्सागुम्बा पाइने क्षेत्र मानिन्छ । वास्तवमा भन्ने हो भने रुकुमजस्तो विकट जिल्लामा पाइने जडीबुटीहरू अवैध बिक्रीवितरण भइरहेका छन् । जडीबुटीको चोरीनिकासी भइरहेको छ । यसको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ ।
जडीबुटी खेतीलाई प्रोत्साहान गरी यसको खेतीलाई सामाजिक अभियानको रूपमा सञ्चालन गर्दै जडीबुटीको भण्डार गर्न हामी सबैको दायित्व हो । रुकुमजस्तो न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्ने हो भने आजैदेखि हामीले योजना बनाइ कार्यान्वयन गर्नुपर्दछ ।
रुकुममा जडीबुटी विकास सम्बन्धमा यहाँ कुनै किसिमको सरकारी तथा गैरसरकारी निकायबाट संरक्षण र सम्बर्द्धनको लागि कुनै प्रक्रिया अपनाइएको छैन ।
रुकुम जिल्लाको आर्थिक विकार एवं सम्पन्नतालाई गति दिन एकातर्फ दुर्लभ महत्त्वपूर्ण जडीबुटीहरूलाई संरक्षण र संम्बर्धन गर्न आवश्यक छ प्रशोधन केन्द्रको स्थापना गरी जडीबुटी तथा लघुवन पैदावारको माध्यमबाट रोजगारको अवसरहरू सिर्जना गर्ने हो भने रुक्मेलीहरू विदेशिनु नपर्ने स्थानीयबासी धनबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
सम्बन्धित निकायले यसको लागि जनचेतना वृद्धि गराउनुको साथै व्यवस्थित रूपमा सङ्कलन र जडीबुटी खेतीसम्बन्धी प्रविधि विकासको अति आवश्यक भइरहेको महसुस गरेका छन् ।
अनुसन्धानको कमिले सही प्रयोग हुन सकेको छैन । कुन जडीबुटी कति महìव छ केही जानकारी छैन परिश्रममा कति लगानी भएको छ दिगो रूपमा कसरी निरन्तरता दिन सकिन्छ यस विषयमा कुनै सर्भेक्षण हुन सकेको छैन भने जडीबुटीसम्बन्धी ठोस नीतिनियम तथा कार्यक्रमको अभाव छ ।
जैविक विविधता ह्रास हँुदैछ । दिनानुदिन वनजङ्गल मासिदै छन् सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक स्रोतको संरक्षण जडीबुटीको व्यवस्थापन र यसलाई निरन्तरता दिँदै व्यवस्थित रूपमा सङ्कलन तथा खेती विस्तार गरे अत्याधिक मात्रामा आयआर्जन वृद्धि गरी सम्पन्नतालाई बढाउन जडीबुटी विकासलाई बढाउँदै लैजाने हो भने रुकुम जिल्ला न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्न टेवा पुग्ने थियो कि ?
source: Gorkhapatra

मूल्यवान् जडीबुटी भए मूल्यहीन

प्रहरीद्वारा बजारमै पिटिए शिक्षक

रुकुम/ जनताको सुरक्षा गर्न खटिएका प्रहरीले विनाकारण शिक्षकलाई मराणासन्न हुनेगरी कुटेका छन् । रुकुम बाँफीकोटस्थित चौकीका प्रहरी सहायक निरीक्षक -असई) लोकेन्द्र कार्कीले शंकर प्राथमिक विद्यालय बाँफीकोटका शिक्षक यज्ञबहादुर चन्दलाई नेटाबजारमा कुटपिट गरेका हुन् ।

असईको कुटाइबाट गम्भीर घाइते भएका शिक्षक चन्दलाई उपचारका लागि जिल्ला अस्पताल रुकुममा भर्ना गरिएको छ । सदरमुकामबाट घर र्फकने क्रममा पसलमा बसिरहेको वेला एक्कासि कुटपिट गरेको पीडित शिक्षक चन्दले बताए ।

'थकाइ मेट्न एकैछिन दाइको पसलमा बसेको थिएँ, दुईजना अपरिचित व्यक्ति आएर मेरो घर सोधे । त्यसलगत्तै पसलभित्रै हिर्काउन थाले,' घाइते शिक्षक चन्दले भने, 'सादा पोसाकमा भएकाले पछि मात्र प्रहरी भएको थाहा पाएँ ।'

कुटपिटबाट बेहोस भएका चन्दलाई स्थानीय बासिन्दाले बोकेर जिल्ला अस्पतालमा भर्ना गरेका थिए । 'रक्षक नै भक्षक भएपछि हामीलाई कसले सुरक्षा दिने ?' चन्दको गुनासो छ ।

शिक्षक चन्दको दायाँ आँखामा गहिरो चोट लाग्नुका साथै शरीरभरि बुटले हानेका नीलडाम छन् । चन्दलाई एक सातासम्म अस्पताल भर्ना गरिने उपचारमा संलग्न जिल्ला अस्पताल रुकुमका प्रमुख डा.विनोद गिरीले बताए ।

प्रहरी ज्यादतीविरुद्ध स्थानीयवासीले बुधबार दिनभर नेटाबजारमा विरोध र्‍याली र कोणसभा गरेका थिए । कुटपिटमा संलग्न भनिएका प्रहरी सहायक निरीक्षक कार्की दोषी ठहरिएमा कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ धानुकले बताए ।

दबाबले घाउ केस भएन

असई कार्कीबाट निर्घात पिटिएका शिक्षक चन्दको घाउ केस गरिएको छैन । तीन दिनदेखि जिल्ला स्वास्थ्य कार्यालय रुकुममा उपचारका लागि भर्ना गरिएका शिक्षक चन्दले प्रहरी दबाबका कारण घाउ केस नगरिएको बताए ।
Source: naya patrika

Wednesday 19 August, 2009

झाडापखालाले थप ६ को मृत्यु

रुकुम -कास)- जिल्लामा झाडापखालाले बुधबार ३ तीनको मृत्यु भएको छ । स्यालाखदी ६ का ७ वषर्ीय बलवीर बुढा, गोतामकोट ३ का १८ वषर्ीया प्रेमकुमारी बिष्ट र आठबिसडाँडा गाउँ ३ का ३ वषर्ीय यज्ञबहादुर

शाहीको मृत्यु भएको हो । जिल्लामा झाडापखालाले मृत्यु हुनेको संख्या ५८ पुगेको छ त्यस्तै दैलेखमा बुधबार थप दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा लयाटी बृन्दासैनी-५ की ५ वषर्ीया देविसरा नेपाली र नारायण नगरपालिका-३ का ४८ वषर्ीय नौले सार्की रहेका छन् । सार्कीको झाडापखालाबाट मृत्यु भएका आफन्तको संस्कारमा खरीगैडा गएको बेला त्यहीँ निधन भएको हो । जिल्लामा झाडाका कारण २५ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी डोटीमा पनि झाडापखालाका कारण थप १ व्यक्तिले ज्यान गुमाएका छन् । स्थानीय छपाली गाविस ४ रोकाया गाउँकी रोकाय थरकी एक महिलाको झाडापखालाले मृत्यु भएको हो ।

मृतक नाथे रोकायकी श्रीमती हुन् । पखालाले च्यापेपछि उनलाई उपचारार्थ हेल्थपोस्ट लग्दै गर्दा मृत्यु भएको थियो । उनीसहित डोटीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
Source:Kantipur

Saturday 15 August, 2009

झाडापखाला नियन्त्रणमा लागेका सभासद् नै प्रभावित

रुकुम, (नेस) झाडापखाला नियन्त्रण गर्न भनी काठमाडौंबाट विमान चढेर रुकुम पुगेका एकीकृत माओवादीका सभासद् आफैँ झाडापखालाबाट प्रभावित भएकी छन्।


सभासद् कमला रोकाको नेतृत्वमा जिल्लाको पुर्तिमकाँडा, गरायला, सिम्ली, अर्मा, खोलागाउँलगायतका गाविसमा एकीकृत जनस्वास्थ्य अभियान तथा झाडापखाला नियन्त्रण गर्न भनी गाउँ पसेको थियो। सभासद्को टोली पुर्तिमकाँडा पुग्दा शुक्रबार बिहान सभासद् रोकालाई झाडापखाला भएपछि स्थानीय मेडिकलमा सामान्य उपचार भएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाको सुरक्षामा खटिएका प्रहरी तथा इलाका प्रहरी कार्यालय पुर्तिमकाँडाका प्रहरी टोलीले रोकालाई स्थानीय बाँसको स्टेचर बनाएर उपचारका लागि चौरजहारी पुर्याएका थिए। टोलीको नेतृत्व गरेकी सभासद् रोकालाई झाडापखाला लागेपछि रोकासँग रहेका अन्य माओवादी कार्यकर्ताहरू झाडापखाला नियन्त्रण अभियान छोडेर सभासद्को उपचारमा खटिएका छन्।
Source:Nepal Samacharpatra

Sunday 9 August, 2009

बाबुराम भट्टराईको जाजरकोट यात्रा

म सहित हाम्रो पार्टीका चार जना सभासद्को टोलीले रुकुम र जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्‍यौं । त्यस क्रममा हामी जाजरकोटको मजकोट गा.वि.स.को पराले त्यसैगरी नायकवाडा गाविसको मैना र जाजरकोट सदरमुकाम खलंगा पुग्यौं । यस्तै, रुकुमको अति प्रभावित क्षेत्र गोतामकोट र राडी आठविसकोटमा पनि पुग्यौं । अन्त्यमा रुकुमको सदरमुकाम मुसिकोट पुगियो । यी दुईवटा जिल्लाको भ्रमणबाट के देखा पर्‍यो भने वाहिर करिव डेढ सय मानिसको मृत्यु भएको भनिएपनि भित्री रुपमा दुई सयको आसपास स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका रहेछन् । साथै विसौं हजार जनताहरु रोग र महामारीबाट पीडित छन् । जाजरकोटका तीसमध्ये सबै गाविस झाडापखालाबाट प्रभावित र २६ वटा गाविसमा मानिसको मृत्यु भएको रहेछ ।

बाहिरी रुपमा हेर्दा झाडापखालाको महामारीले मान्छे मरेको भनिए पनि मुख्य रुपमा त्यहाँको गरीबी, भोकमरी, दुषित पानी र खडेरीको प्रभावबाट अधिकांश मान्छेको ज्यान गएको हामीले थाहा पायौं । मर्नेमध्ये धेरैजसो दलित, विकट वस्तीका जनता र असाध्यै गरीबहरु हुनुले पनि के पुष्टि गर्छ भने रुपमा यो झाडा-पखाला भनिए पनि सारमा यो गरीबीको कारणले सिर्जित भोकमरीनै मृत्युको मुख्य कारण भएको बुझियो ।

यसक्रममा सवभन्दा दुःखद पक्ष के हो भने गणतन्त्र नेपालको स्थापना भैसकेपछि पनि हामीले ठूला विकास निर्माणका कुरा त गर्‍यौं तर ती विकट गाउँमा वास्तवमै कसैको ध्यान पुगेको छैन । जनता अहिले पनि गरीवी, वेरोजगारी र भोकमरीले मरिरहेको अवस्था छ । प्रत्यक्ष त्यहाँ पुगेर हेर्दा खासगरी मजकोटको पराले गाउँमा जुन खालको कुपोषणबाट मान्छे ग्रसित छन्, दरिद्रता, गरीवीपन आम रुपमा त्यहाँ देखा पर्दछ, त्यहाँ गरीवीको चरम रुप हामीले देख्यौं । त्यसैले हामीहरुलाई यो एक्काइसौं शताव्दीको नेपाल हो भनेर भन्न पनि साह्रै लज्जावोध भयो ।

५० वर्षदेखि विकास निर्माणका कुराहरु गर्ने, शहर-बजारका पाँचतारे होटलमा बसेर गोष्ठीहरु गर्ने र गरीवको नाउँमा खरवौं रुपियाँको ऋण देशलाई बोकाउने काम भएको छ । अहिलेसम्म हाम्रो झण्डै चार खर्वको विदेशी ऋण भैसकेको छ । तर बहुसंख्यक गाउँमा बस्ने जनता भोकले मर्न बाध्य छन् । त्यसले गर्दा हाम्रो राज्यसत्ता कति शोषणमूलक छ भन्ने कुरा प्रत्यक्ष प्रमाणित हुन्छ । त्यसो त हामीले १० वर्ष जनयुद्धको क्रममा यिनै गाउँ-ठाउँका जनताका वीचमा रहेर काम गरेको हुनाले त्यहाँको पछौटेपन, गरीवी, शोषण-उत्पीडनबाट हामी अनभिज्ञ थिएनौं । त्यसैले तिनै गरीव जनताको निम्ति एउटा विद्रोहको अगुवाइ हामीले गरेका थियौं । ती बिपन्न जनताले हामीलाई साथ दिएका थिए । तर अहिले गणतन्त्रको स्थापना भैसकेपछि पनि गाउँमा रहने ती जनताको पक्षमा व्यवहारिक रुपले काम हुन सकेको छैन । अलिकति काम हामीले आठ महिने शासन कालमा गर्न खोज्यौं । गत वर्षको बजेटमा अलि गाउँ केन्दि्रत जनमुखी बजेट जुन बनाउने प्रयास गर्‍यौं, त्यसलाई समेत उल्टाएर अहिले फेरि उनै टाठा-बाठा, उही एन्जी.ओ./आई.एन्.जी.ओ मार्फत् काम गराउने परिपाटि बसालिएको छ र अग्रगमनको प्रक्रियालाई रोकेर पश्चगमनतिर फर्काउने कोशिस गरिएको छ । त्यसले बहुसंख्यक गाउँमा बस्ने गरीव, दलित, जनजाति जनताको मुक्ति हुने हामीले कहीं कतै देख्दैनौं ।

रुकुम-जाजरकोटको हाम्रो भ्रमणपछि नेपालमा क्रान्ति अझै पूरा नभएको हामीले गम्भीर रुपमा महशुस गर्‍यौं । ती बहुसंख्यक उत्पीडित जनताले अहिले फेरि नयाँ ढंगले आÏनो विद्रोहलाई जारी नराख्ने हो भने राज्यसत्ता फेरि पुरानै युगतिर र्फकने गम्भिर खतरा हामीले देख्यौं । खाशगरी केही समय देखि देशमा गम्भीर खालको सैनिक सर्वोच्चता कायम भइराखेको छ । देशी र विदेशी प्रतिगमनकारी शक्तिहरुद्वारा उही हिजोका दरबारपरस्त तत्वहरु, राजाको माघ १९ पछिको कालमा मन्त्री भएका मान्छेहरु र चुनाव हारेका मान्छेहरुको गठवन्धन र कठपुतली सरकारको निर्माण गरिएको छ । त्यसले चाहिं भोकानांगा जनताको साँच्चै नै उपहास भएको छ भन्ने मलाई वोध भएको छ ।

यो भ्रमणपछि फेरि क्रान्तिकारी आन्दोलनलाई एउटा नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने लागेको छ । देशका बहुसंख्यक जनताको साँच्चै मुक्ति हामीले चाहने हो भने अहिलेको जुन अधुरो क्रान्ति र परिवर्तन छ यसलाई पूर्णतातिर लानै पर्दछ । ती जनतालाई सम्झेर फेरि एउटा त्याग र वलिदानीपूर्ण तरिकाले परिवर्तनलाई पूर्णतामा लैजाने ढंगले काम गरेनौं भने देशमा प्रतिगमन हावी हुनेछ । जुन दिशामा अहिले देश गैराखेको छ, त्यसले बहुसंख्यक जनताको हित गर्दैन भन्ने कुराको पूरा दृढ विश्वास वोकेर हामी फर्किएका छौं ।

अहिले तत्कालै ती भोकमरी र झाडापखलाको महामारीबाट पीडित जनताको राहतको निम्ति सरकारले केही गर्नु पर्दछ । त्यसमा हामीले आवाज त उठाउँला । तर त्यतिले मात्र पुग्छ भन्ने हामीलाई लाग्दैन । किनभने यो सरकार कति असंवेदनशील मात्र होइन कि कति पाषाणहृदयी छ भने शहर-बजारका मान्छे सामान्य दुर्घटनामा परेर मर्‍यो भने सडक अवरुद्ध गरेर १० लाखको क्षतिपूर्ति राहत लिने गर्दछन् । तर कठपुतली सरकारका प्रधानमन्त्रीले ती ठाउँहरुमा गएर प्रत्येक मृतक परिवारलाई १० हजार राहत दिने जुन हास्यास्पद घोषणा गरेर आए त्यसले गरीव जनताको घोर अपमान भएको वोध हामीलाई भएको छ । सामान्य दुर्घटनामा मर्नेले १० लाख पाउने तर सरकारको लापरवाही र गलत नीतिको कारणले ज्यान गुमाएका गरीव जनताको निम्ति १० हजार रुपियाँ राहत दिने कुरो सरासर अमानवीय र अन्यायपूर्ण हो । यस्ता खालका असंवेदनशील मानिसहरुबाट यी बहुसंख्यक गरीव जनताको हित हुन्छ भन्ने मलाई पटक्कै लागिराखेको छैन । त्यसैले यो भ्रमण पश्चात् नेपालमा फेरि आमूल परिवर्तनको ऐजेण्डालाई नयाँ ढंगले उठाउन जरुरी छ भन्ने मलाई वोध भएको छ ।

हाम्रा गरीब नेपाली जनता यति महान् छन्, यति धैर्यशील छन्, अहिले पनि त्यति दुःख-कष्ट सहेर बस्दाबस्दै पनि उनीहरु आशावान छन् । अहिले पनि केही हुन्छ भन्ने उनीहरुको धैर्यता देख्दा मलाई एकापट्टि उनीहरुप्रति असाध्यै सम्मानको भाव जाग्छ भने अर्कोपट्टि ती सोझा निमुखा जनताको जुन एउटा विश्वास र सम्मान छ त्यसलाई धोका दिएर शासनसत्ता चलाउनेहरुप्रति घृणा जागेर आएको छ । उनीहरुले धेरै पनि होइन सामान्य दुई छाक पेटभरि खाना मात्र पाउँदा, शुद्ध पानी मात्रै पीउन पाउँदा, विरामी भएको वेला न्यूनतम औषधी पाउँदा मात्रै पनि उनीहरुलाई चित्त बुझ्छ । तर त्यति पनि हामीले गर्न सकिराखेका छैनौं ।

हामीले देख्यौं त्यहाँका स्वास्थ्य चौकीको यस्तो वेहाल अवस्था छ, छानो पनि छैन, वर्षामास खुला चौरमा चिसो भुईमा सुताएर सलाइन चढाई राखेको छ, कतिपय ठाउँमा सलाइन पानीसम्म पुग्या छैन ।

हामीले जाजरकोटका सीडिओसंग कुरा गर्ने सन्दर्भमा बुझ्यौं- सेनाले ढुवानीको जिम्मा लिएको रहेछ भने वितरणको जिम्मा सीडिओ कार्यालयको रहेछ । उनीहरुवीचको आपसमा कुनै समन्वय नै छैन । औषधी लिएर चौरजहारीमा फ्याकीदिएको छ तर पीडित जनता अर्कोपट्ट छन् । यसरी सामान्य सरकारका आ-आÏना संयन्त्रमा पनि कुनै समन्वय नभएको त्यहाँ देखियो ।

भोकमरीको हलको निम्ति जाजरकोटका सीडिओसंग हामीले कुरा गर्‍यौं, उनी भन्छन्- "हामीसंग छत्तिस सय क्विन्टल चामल अहिले पनि विद्यमान छ ।" जनता भोकमरीले मरिरहेका छन्, चामल तुरुन्त वितरण गर्नु पर्‍यो भनेर हामीले अनुरोध गर्दा उनी भन्छन- "प्रक्रिया मिलाएर जानुपर्छ, बैठक बोलाउनुपर्छ, सहमति बनाउनु पर्छ, सहमति भएपश्चात युजर कमिटि बनाएर पठाउनु पर्दछ, फेरि त्यहाँ युजर कमिटि बनाएर पठायो त्यो युजर कमिटिले बीचैमा चामल बेचेर नक्कली बील पेश गर्छन् ।" त्यसकारण मूल समस्या हामीसंग साधन-स्रोत नभएर होइन कि सरकारको पुरानो सामन्ती राज्यप्रणाली र नालायकीपनको हो ।

विकट गाउँका जनतालाई आÏनो खेती-उव्जनीले तीन महिना सम्मपनि राम्रो संग खान पुग्दैन, नौ महिना उनीहरु वेरोजगार रहन्छन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नु सरकारको दायित्व हो । त्यसपछि मात्र उनीहरु खाद्यान्न किन्न सक्छन् । यस्तो अवस्थामा उनीहरुसंग किन्नको निम्ति पैसा पनि छैन । त्यसकारण सरकारले राहतस्वरुप आवश्यक खाद्यान्न तत्काल उपलव्ध गराउनु पर्दछ । एउटा सभ्य आधुनिक सरकारले जनताका निम्ति त्यति काम तुरुन्तै गर्न सक्नुपर्दछ । तर प्रक्रियागत कुरा भनेर जुन आल-टाल गरेको अनुभुति गर्‍यौं त्यसले पनि नेपाली राज्यसत्ता कति जर्जर छ, कति जनविरोधी र असंवेदनशील छ भन्ने कुराको पुष्टी गर्दछ ।

त्यसैले त आमरुपमा दश वर्षे जनयुद्धका क्रममा देखेको र म आफै पनि गाउँमा जन्मेको हुनाले गरीब जनताका ती पीडाहरु शुरुदेखि मलाई वोध नभएको होइन । दश वर्षे महान् जनयुद्धमा गाउँका गरीब जनताले हामीलाई जुन ढंगले साथ दिए, वलिदानी गरे, अब त्यसपछि पनि ती जनताको जीवन स्तरमा कुनै परिवर्तन नआउनु साँच्चै एउटा पीडा महशुस हुने गर्छ मलाई । अब अधूरो क्रान्ति र परिवर्तनलाई पूरा गर्नको निम्ति फेरि नयाँ ढंगले क्रान्तिलाई निरन्तरता दिनुपर्दछ भन्ने थप वोध मलाई भएको छ ।

आफ्नै आखाँको अगाडि मैले देखेको ती गरिव-दुःखी निमुखा जनताका पीडादायी क्षण अहिले पनि मेरो मष्तिष्कमा वरिपरि झलझली घुमिराखेको छ । ती जनताको मुक्तिको निम्ति केही गर्नैपर्छ । ती गरीब जनतालाई हामीले न्याय दिन सकेनौं भने हामीले शुरु गरेको यो अभियान र यत्रो ठूलो वलिदानको कुनै सार्थकता रहँदैन । त्यसैले पनि म सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-वहिनीहरु र विशेष गरी युर्वावर्गलाई फेरि एक चोटि मुटुमा हात राखेर गम्भिरतापूर्वक सोच्न र ती जाजरकोट-रुकुम लगायतका विकट जनताका समस्यालाई केन्द्रमा राखेर चिन्तन गर्न म हार्दिक आग्रह गर्दछु ।
Source : Naya News

Monday 27 July, 2009

झाडापखालासँगै खाद्यान्न अभाव

कान्तिपुर संवाददाता


रुकुम, जिल्ल्ाामा झाडापखालाको महामारीसँगै खाद्यान्नको पनि अभाव भएको छ । यहाँ दर्जन गाविसमा खाद्यान्न्ा नभएर अर्को समस्या देखिएको हो ।
झाडापखालाका कारण जिल्लामा ६ हजार ५ सयभन्दा बढी प्रभावित भएका छन् । ३६ जनाको मृत्यु भइसकेको छ । लामो खडेरीका कारण प्रमुख हिउँदे बाली गहुँ उत्पादनमा कमी आएपछि खाद्यान्न्ा अभाव देखिएको हो ।

पूर्वी गाविसहरू महत, कोल, काँक्री, मैकोट, तकसेरा, जाङ, हुकामलगायतमा खानेकुरा अभाव हुँदै गएको स्थानीयवासीले बताए । मकै, आलु र फापर खाएर जीवन निर्वाह गर्ने यहाँका बासिन्दा ५ महिनादेखि पानी नपरेको बताउँछन् । कोलका तारा पुनले भने, 'यही चाल हो भने आउँदो वर्ष खान नपाएरै मरिन्छ ।' जिल्ला कृषि कार्यालयका अनुसारको गोतामकोट, स्यालाखदी, सिस्ने, मग्मालगायत पश्चिमी गाविसमा प्रमुख हिउँदे बाली गहुँ उत्पादन अघिल्लो वर्षभन्दा झन्डै दुई गुना घटेको छ ।

झाडापखाला प्रभावित गोतामकोटवासीले खाद्यान्न अभावका कारण अत्यधिक मासु प्रयोग गर्ने गरेको जिल्ला जनस्वास्थ्यका डा. अपूर्व कार्कीले जानकारी दिए । उनका अनुसार मासुको बढी प्रयोगले पनि झाडापखाला फैलिन सहयोग गरेको छ । 'यसपालि पनि खाद्यान्न्ा अभाव भयो,' कोल ४ का मनवीर बुढा भन्छन्, 'अब के खाने समस्या छ ।' उनका अनुसार गाउँमा दुई सातादेखि खानेकुरा अभाव भएको हो ।

गाउँगाउँका उपभोक्ता अहिलेदेखि नै अत्तालिएका छन् । 'यसपालि अन्न्ा उत्पादन भएन,' मैकोट ५ कुलवीर बुढा भन्छन्, 'के खाने भन्न्ो समस्या छ ।' पेटभरि खानै नपाइने भो । 'गाउँमा बसेर खान नपाइने भो ।' पुर्तिमकाँडाका पदम सुनारले कान्तिपुरसित भने, 'गाउँबाट पलायन हुने स्थिति भइसक्यो ।' उनका अनुसार खाद्यान्न्ा संकट भएपछि १२/१५ परिवार भारत पलायन भइसकेका छन् ।

जिल्ल्ाामा यस वर्ष ९ सय ६० टन खाद्यान्न्ा अपुग भएको जिल्ल्ाा कृषि विकासले जनाएको छ । अघिल्लो वर्षको कुल खाद्यान्न्ा उत्पादन ५० हजार २ सय २१ मेटि्रक टन छ । यस वर्ष जिल्ला बाहिर गएको खाद्यान्न्न ३ हजार ८ सय ९२ टन रहेको कृषिले जनाएको छ । कार्यालयका अनुसार ४६ हजार ३ सय २९ मेटि्रक टन खाद्यान्न्ा खास प्रयोग भएको छ । जिल्लामा आवश्यक पर्ने ४७ हजार २ सय ८९ टन रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । उसका अनुसार जिल्लाको जनसंख्या वृद्धिदर १ दशमलव ९२ प्रतिशतले वृद्धि भएको तर त्यसअनुसार उत्पादन वृद्धि हुन नसकेपछि खाद्यान्न्ा अभाव भएको हो ।



Posted on: 2009-07-27 20:23:11

Source:Kantipur

Wednesday 22 July, 2009

रुकुममा झाडापखालाबाट मर्नेको संख्या ३६पुग्यो

नेपालीप्रेस डटकम डिसीनेपाल डटकम - संवाददाता-रुकुममा महामारीको रुपमा फैलिएको झाडापखालाका कारण आज ३ तीनजनाको मृत्यु भएपछि झाडापखालाबाट मर्नेको संख्यायस जिल्लामा ३६ पुगेको छ ।झाडापखालाका कारण वुधवार भलाक्चा ७ की ७० वषिर्य भद्रकली ओली, अर्मा-५ की भुमी विक र गोतामकोट ३ का ३७ वषिर्य अर्जुन खत्रीको मृत्यु भएको हो ।

झाडापखालाको प्रभाव जिल्लाको १७ गाविसमा फैलिएको छ भने ६ हजार ४ सयवढि प्रभावित छन । दुषित पानी सुद्धिकरण नगरि पिउने गरेकाले र फोहर खानाका कारण रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयका डा.विनोद गिरिले वताए ।रोगको अति प्रभावित गाविस गोतामकोटमा रोग नियन्त्रणमा आउन सकेको छैन । वुधवार औषधीसहित नेपाली सेनाको हेलिकप्टरवाट थप औषधी पूर्तिमकाँडा पुर्‍याइएको छ । भैरवी दल गणका गणपति राजाराम केसीका अनुसार चिकित्सक शान्ति विष्ट सहित एक दर्जन स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।
यसैबीच झाडापखालाको प्रकोपबाट मंगलवार जुगाडा गाविसमा थप एक महिलाको मृत्यु भएको छ । रोकायाको मृत्युसंगै झाडापखालाबाट हालसम्म बाजुरामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।पछिल्लो पटक मृत्यु हुनेमा जुगाडा-७ बसालाकी ३० वषर्ीया मना रोकाया रहेकी छन् । रोकायाको मृत्युसंगै जुगाडा गाविसमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आषाढ यता सुरु भएको झाडापखालाले महामारीको रुप लिएपनि स्थानीय स्वास्थ्य चौकीमा मात्रै होइन, जिल्ला स्वास्थ्य कार्यालयमा समेत आवश्यक औषधी नभएको निमित्त प्रमुख रामचन्द्र यादवले बताए ।

Tuesday 21 July, 2009

जिल्लामा १६ उच्च मावि

रुकुम -कास)- जिल्ल्ाामा उच्च मावि संख्या सोह्र पुगेको छ । यस वर्ष ४ वटा उच्च माविले स्वीकृति पाएका छन् । चार वर्षयता जिल्लाका त्रिभुवन जनता उच्च मावि खलंगा, शीतल उच्च मावि चौरजहारी, रुक्मिनी उच्च मावि रुकुमकोट, वीरेन्द्र उच्च मावि बाँफीकोट, त्रिवेणी उच्च मावि रुँघा सिम्रुतु, मुसीकोट खलंगा बहुमुखी क्याम्पस, हिमालय उच्च मावि खोलागाउँले पठनपाठन गराउँदै आएका थिए ।

यस वर्ष जनजागृति मावि महत, मावि लुकुम, जनता मावि पोखरा, हिमालय मावि प्वाड, जनकल्याण मावि पीपल, सहिद शुक्र मावि सीमा, महेन्द्र मावि छिवाड, बालकल्याण मावि आठबिसकोट, राप्ती ज्ञानोदय मावि सिम्ली, महेन्द्र मावि तकसेरा र पर्वत मावि कोलले सम्बन्धन पाएका हुन् ।

रुकुम बन्दले खाद्य संकट

६ साउन, दाङ । उद्योग वाणिज्य संघ रुकुमले गरेको अनिश्चतकालीन बन्दले जिल्लामा खाद्य संकट परेको छ । भत्कीएका सडक मर्मत गर्ने जिल्ला प्रशासन कार्यालयसँग भएको सहमति कार्यान्वयन माग गर्दै संघले सोमबारदेखि जिल्ला बन्द गरेको छ ।

संघको आह्वानमा सदरमुकाम खलङगा, मुख्य व्यापारीक केन्द्र चौरजहारी, रुकुमकोट, बाँफिकोट, बैराग्ाीठाँटी, झुल्नेटालगायतका बजारहरु बन्द भएपछि गाउँहरुमा दैनिक उपभोग्य खाद्य सामाग्रीको अभाब भएको छ । बन्दकर्ताले सदरमुकाममा तरकारी, दुध, दहि लगायतका बस्तुमा पनि प्रतिबन्ध लगाएका छन् ।

रुकुमको झुल्नेटादेखि सदरमुकाम खलङ्गासम्म सडक ग्राभेल गर्दा ठेकेदारले लापर्बाही गरेको र स्थानीय प्रशासनले मर्मतमा चासो नदेखाएको संघले आरोप लगाएको छ । आफूहरुको मागको सुनुवाइ नभएसम्म बन्द जारी रहने उद्योग बाणिज्य संघ रुकुमका कोषाध्यक्ष प्रबिर डाँगीले बताउनुभयो ।

Sunday 19 July, 2009

सडक निर्माणमा ढिलाइ

कान्तिपुर संवाददाता


रुकुम, रकम अभावका कारण जिल्ल्ाा सदरमुकामदेखि बागलुङको बुर्तिवाङ जोड्ने सडक निर्माणमा ढिलाइ भएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडक निर्माणमा पर्याप्त रकम विनियोजन नभएपछि ढिलाइ भएको हो ।
मोटर बाटो बनाउन चार वर्षअघि नेपाली सेनाको मुसिकोट-बुर्तिवाङ सडक निर्माण कार्य गणले जिम्मा लिएको थियो । तीस किलोमिटर निर्माण कार्य सम्पन्न्ा गरिएको गणले जनाएको छ । यस वर्ष ३ करोड २० लाख प्राप्त भएको सेनानी इन्दिवर गुरुङले बताए ।

९ करोडको अनुमानित लागत योजना राष्ट्रिय योजना आयोगमा पेस गरिएको समेत उनले बताए । 'अर्को आर्थिक वर्षसम्ममा सबै रकम आएमा रुकुमकोट बाटो पुर्‍याउने लक्ष्य छ,' गुरुङले भने, 'रकम सबै आउँदैन, त्यसैले समस्या भएको हो ।' गणका अनुसार सुरक्षा बेस क्याम्प टाढा भएकाले समस्या छ ।


source: Kantipur
Posted on: 2009-07-18 20:16:35

Wednesday 15 July, 2009

रुकुममा पहिलो भूकम्प प्रतिरोधात्मक विद्यालय भवन

रुकुमकोट गाविसको रुक्मिणी उच्चमाविमा जिल्लामै पहिलोपटक भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । तीनकोठे सो भवन युनाइटेड मिसन टु नेपाल, रुकुम र जिटिजेडको रु. नौ लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।

रुकुमकोटमा सञ्चालित विद्यालय सुधार कार्यक्रमअन्तर्गत विद्यार्थी र विद्यालयलाई प्रकोपबाट सुरक्षित राख्नका लागि भवन बनाउन सहयोग गरिएको प्रकोप व्यवस्थापन अधिकृत रामनाथ ओझाले बताए ।

ओझाका अनुसार गत माघदेखि भवन निर्माणको काम थालिएको हो । सो भवन निर्माणका लागि उक्त संस्थाले गाउँका मजदुरहरुलाई भवन निर्माणसम्बन्धी एक सातको तालिम दिएको युनाइटेड मिसन टु नेपाल, रुकुम कलस्टर शिक्षा अधिकृत हीरालाल श्रेष्ठले बताए ।

यस वर्षको जिल्ला परिषद्ले रुकुमका सबै विद्यालय र अन्य कार्यालयहरुमा पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न थालनी गरेको छ ।
Source: नेपाल दुबई डट कम

Thursday 9 July, 2009

माओवादी कार्यकताको हत्या

रुकुममा माओवादीनिकट दलित मुक्ति मार्चाका कार्यकर्ता जितलाल कामीको गएराति खलंगाको पातुखोला बजारमा हत्या भएको रुकुम प्रहरीले बताएको छ ।जिल्लाकै मैकोट गाबिस निबासी कामीको हत्या कस्ले गरेको भन्ने बारे केहि नखुलेको र जिल्ला प्रहरी कार्यालय रुकुमले अनुसन्धान गरीरहेको छ ।

Source: US Nepal.com
Posted by Anjan Dhakal at Thursday, July 09, 2009

तुलसीपुर-रुकुम सडक सुचारु

दाङ -कास)- पहिरोका कारण अवरुद्ध भएको राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुरदेखि रुकुमको मुसिकोटसम्मको सडक बुधबार बिहानदेखि सुचारु भएको छ । तुलसीपुर नगरपालिका १ साततलेमा मंगलबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । वषर्ाका कारण एक सातादेखि लगातार खसेको पहिरोले मंगलबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध गर्दा दाङ, सल्यान र रुकुमका यात्रुलाई समस्या परेको थियो ।

Source:Kantipur

झाडापखाला व्यापक,जाजरकोट र रुकुममा एकैदिन १६ को मृत्यु

जे पाण्डे / जाजरकोटमा भीमबहादुर सिंह र


नेपालगन्ज, झाडापखालाको प्रकोप बढेका ठाउँमा मन्त्री र सचिवको टोली हेलिकप्टरमा दुई पटक घुमिसकेका छन् । औषधिसहितको चिकित्सक टोली खच्चड, भरिया प्रयोग गरी दुर्गम बाटो लम्कँदै छ । समयमै औषधि नपुग्दा प्रकोपबाट बुधबार मात्रै जाजरकोट र रुकुमममा आठ/आठ जना बिरामीको मृत्यु भएको छ ।
मन्त्रीहरूले हेलिकप्टर भ्रमण गरेर फर्केको २४ घन्टा नबित्दै जाजरकोटको पुन्मालगायत गाविसमा औषधि उपचार नपाई आठ जनाको मृत्यु भएको हो ।

वैशाखयता बढेको प्रकोपबाट कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सरकारी निकायमा छैन । अनौपचारिक क्षेत्र सेवाकेन्द्र -इन्सेक) ले जाजरकोटमा मात्र ७४ को मृत्यु भएको जनाएको छ । लह गाविस ८ का ५५ वषर्ीय बहादुर खडका र उनका २५ वषर्ीय छोरा कालीबहादुर खडका, ढिमे २ की २५ वषर्ीया गौरी नेपाली र उनकी ६ वषर्ीया छोरी कालिकाको मृत्यु भएको छ ।

मजकोट गाविस ४ का ३० वषर्ीया रूपा खडका, पुन्मा गाविस १ का ४८ वषर्ीय तीर्थ शाही र कार्ताग ४ का ६० वषर्ीय कुमार बस्नेतको पनि मृत्यु भएको हो ।

रुकुमको दक्षिणी भेगका तीन गाविसमा दुई दिनदेखि फैलिएको झाडापखालाले आठ जनाको मृत्यु भएको हो । गोतामकोट २ का गजे कामी, बले कामी, गोतामकोट ५ का मनमती विश्वकर्मा, ललिता मल्ल, जितबहादुर नाथ, पूर्तिमकाँडा ५ का देउरूपा परियार, पूर्तिमकाँडा ७ का रूपलाल पुन र मग्मा ३ का कली नेपालीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. विनोद गिरीले जनाए ।

प्रभावित क्षेत्रमा चिकित्सक अनुप कार्कीको नेतृत्वमा तीन टोली पठाइएको उनले बताए । जिल्ला अस्पतालमा पनि झाडापखालाका बिरामीको चाप बढेको छ ।

जाजरकोट जनस्वास्थ्य कार्यालयले स्वास्थ्य विभागलाई महामारीको अवस्थाबारे जानकारी दिई औषधि र स्वास्थ्यकर्मी पठाएर सघाउन भने पनि विभागले चिकित्सक र औषधि पठाउने प्रयास गरेको छैन ।

एमाले र कांग्रेसलगायत राजनीतिक दलले स्वास्थ्यमन्त्रीँूग औषधि र चिकित्सक छिटो पठाउन हेलिकप्टर माग गरेका छन् । 'रोग प्रभावित क्षेत्रका चार स्थानलाई केन्द्र बनाएर औषधिसहित चिकित्सक पुर्‍याउनुपर्‍यो भनेका थियौं,' एमाले सचिव लालबहादुर शाहीले भने, 'इन्धन छैन भनेर टोली फक्र्यो ।' दलहरूले खगेनकोट, थल, लिम्सा र दहका बासिन्दालाई उपचार गर्न व्यापक रूपमा स्वास्थ्य शिविर सञ्चालनको माग गरेका छन् ।

मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले छिटो साधन नपाएकाले स्वास्थ्य टोली र औषधि पैदल मार्गबाट गएको जनाएको छ । साधन नपाएकाले कोही हिँडेर गएका छन् भने कोही नेपालगन्जबाट चौरजहारीसम्म जहाजमा र त्यसपछि हिँडेर जाँदैछन् । स्वास्थ्यकर्मी औषधिसहित भरिया र खच्चडमा बुधबार बिहान पैदलै गाउँतिर हिँडेका छन् । क्षेत्रीय निर्देशक आनन्द श्रेष्ठले भने, 'हिँडेर र घोडामा औषधि बोकाएर पठाउनुपरेको छ ।' सदरमुकामबाट हिँडेर जाँदा ३/४ दिन लाग्ने हँुदा बिरामी समयमै उपचार पाउनबाट वञ्चित हुने भएका छन् ।

स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, स्वास्थ्य राज्यमन्त्री खडगबहादुर सार्की, जाजरकोटका विधायक कालीबहादुर मल्ल र स्वास्थ्य सचिव दीर्घसिंह बमसहितको टोलीले नलगेकाले स्वास्थ्यकर्मीहरू पैदल महामारी फैलिएका ठाउँतर्फ हिँडेका

हुन् । हेलिकप्टर भ्रमणमा रहेका मन्त्री, विधायक र सचिवको टोली दशेराको थल गाउँमा उत्रेको थियो । औषधि उपचार नै नपाई सर्वसाधारणले ज्यान गुमाइरहेका बेला उक्त टोली सीमित औषधि छाडेर फर्केको थियो ।

क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले पठाएको औषधि पनि छिटो ढुवानी नहुँदा प्रभावित क्षेत्रमा पुगेको छैन । स्टोरले विश्व स्वास्थ्य संगठनबाट प्राप्त आपतकालीन औषधिको किट सेट १ सय ४७ कार्टुन र झाडापखालाका लागि स्लाइनसहितको ८५ कार्टुन औषधि पठाएको ४ दिन भइसके पनि प्रभावित ठाउँमा पुग्न बाँकी नै छ । जिल्लाका दुई स्वास्थ्य केन्द्रमा चिकित्सक छैनन् ।

इन्सेकले २१ ग्ााविसमा महामारी फैलिएको र मृत्यु हुनेको सख्या ७४ पुगेको जनाएको छ । क्षेत्रीय संयोजक भोला महतले विज्ञप्तिमार्फत जनाएअनुसार ती क्षेत्रमा ६ हजारभन्दा बढी बिरामी भएका छन् ।

स्वास्थ्य केन्द्र पुग्नै नपाई बिरामीको मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. कृष्णहरि सुवेदीले टेलिफोनमा कान्तिपुरलाई बताए । सुवेदीले रोग प्रभावित गाउँमा पर्याप्त औषधि नभएको र स्वास्थ्य टोली परिचालन हुन नसकेको बताए ।

चिकित्सक नहुँदा कतिपय रोगी झारफुकतिर लाग्न बाध्य छन् । कोर्तागस्थित चैते, मजकोटको ४ स्थित डाँडाकोट र नायकबाडा १ स्थित भैलोखाना, ढिमेको तर्पेनालगायत दर्जनौं दुर्गम गाउँ स्वास्थ्यकर्मी र औषधि छैनन् । मजकोटका स्थानीय बासिन्दा सुरेन्द्रबहादुर सिंहले भने, 'ती गाउँहरूमा औषधि उपचार नपाएर मृत्यु भएको छ ।'

जिल्लाको ३० गाविसमध्ये कोर्ताग, लह, पुन्मा, मजकोट, ढिमे लगायतका गाउँ बढी प्रभावित छन् । जिल्ला अस्पताल, स्थानीय स्वास्थ्य संस्था र निजी मेडिकलहरूमा उपचारका लागि सयौं बिरामी आएका छन् । सल्यानमा भने झाडापखाला प्रभावित सुइकोट गाविसका १,४, ५, ६, ७ र ८ नम्बर वडामा १ सय १६ जनालाई उपचार गरेको र एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कुवाको दूषित पानी र सडेगलेको खाद्यान्न खाएका कारण त्यहाँ झाडापखाला फैलिएको डा. उमाशंकरप्रसाद चौधरीले बताए ।



Posted on: 2009-07-08 21:01:17 Source: Kantipur

Wednesday 8 July, 2009

रुकुमेली अभियानको बैठक सम्मपन्न

क्वालालम्पुर स्थित नेपाल हाउस रेष्टुरेण्टमा रुकुम जनजागरण युवा अभियानको प्रथम बैठक समपन्न भएकोछ । हालै गठित तदर्थर् समितीको बैठकमा अभियानको अबको भावी कार्यायोजना अहिलाको गतिविधिमा ब्यापक छलफल गरिएको थियो । यहाा कार्यरत सम्पूर्ण रुकुमेली युवाहरुलाई कसरी अभियानमा आवद्ध गराउने र सदस्यता प्रधान गर्न बिषयमा बैठकमा उपस्थित सबैले धारण राखेका थिए ।

विगतका दिनहरुमा पनि स्थापना भएर सेलाएको अवस्था धेरै भएकोले अब सबैजनाले आ-आˆनो ठााउबाट सक्रियताकासाथ भूमिका निभाउनु पर्ने टंक चन्दले आˆनो धारणा राखेका थिए । अब अभियानका बाधा चुनौती र अभियानको भावी योजनाहरुलाई कसरी हामीले अगाडि लैजाने बिषयमा अध्यक्ष मनिराम बटालाले स्पष्ट पारेका थिए । त्यसै बैठकले तदर्थ समितीमा टंक चन्दलाई सल्लाहाकार समितीमा चयन गरेकोछ । भने हस्त बहादुर मल्ल, चन्द्र जंग चन्द, नरेन्द्र धितालाई नियुति गरेर १५ सदस्य कमिटी पुर्‍याएको छ । अभियानको आगामी बैठक २६ जुलाईमा बस्ने निणर्ाय पनि बैठकले गरेको छ ।

Source:www.nepalmalayakhabar.com

Tuesday 7 July, 2009

तुलसीपुर-रुकुम सडक अवरुद्ध

दाङ, पहिरोका कारण तुलसीपुर-मुसिकोट सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । तुलसीपुर १, साततलेमा मंगलबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको हो । वषर्ाका कारण सातादेखि लगातार खसेको पहिरोले मंगलबार सडक पूर्ण रूपमा अवरुद्ध गरेको हो । पहिरो हटाएर यातायात सुचारु गरिँदै आएको साततलेमा फेरि थप पहिरो खसेपछि यातायात ठप्प भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । लगातार पहिरो खसिरहेकाले अवरोध हटाउन कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।
Source: Kantipur
Posted on: 2009-07-07 20:37:10

Sunday 5 July, 2009

आयो मगरको भूमे

रोल्पा रुकुम लगायतका अठार मगराँत क्षेत्रका मगर जातिको पर्व भूमे। असार १ देखि सुरु भएको छ। प्रकृति पुजक मगर जातिले बालीनाली राम्रो होस् बाढी-पहिरो नआओस् भनेर भूमिको पूजा गर्न यो पर्व मनाउँछन्। विभिन्न मेलोमा राजधानीमा अल्झिएका मगर जातिका तरुन तन्नेरी मात्र होइन बूढाबूढी पनि परम्परागत पहिरनमा सजिएर कम्मर मर्काएर नाचे। स्कुल र कलेजका ठिटाठिटी आफ्ना पूर्खाले लगाएका पहिरन सम्झिएर एक दिन भए पनि लगाएर नाचे। बन्दका कारण उनीहरु िहंडेर खुलामाच पुगेका थिए।
sabhar: Nabin Binhas HATARU

Wednesday 1 July, 2009

झाडापखालाबाट रुकुममा ३ को म्रित्यु

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम - संवाददाता
झाडापखालाबाट रुकुममा ३ जनाको म्रित्यु भएको छ । म्रित्यु हुनेमा घेत्मा गाविस ८ का ४५ वर्षीय कलाराम पुन,वाफिकोट १ का दीपक नेपाली र महत ४ का ३२ वर्षीय देउसरी छन् । झाडापखालाबाट घेत्मा-४ का कृष्णा विक,निर्मल विक र महत-४ का राजन विक र प्रवेश विक पनि बिरामी परेका छन् । झाडापखालाको महामारी फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय,रुकुमले दुई वटा स्वास्थ्य टोली रोगप्रभावित क्षेत्रमा पठाइसकेको डा.विनोद गिरीले बताउनुभयो ।

Tuesday 30 June, 2009

अठार वर्षबित्दा पनि आएन सहयोग

रुकुम/रास-
'सर हाम्रो विद्यालयलाई सहयोग गर्नुपर्‍यो, अब हामी आफैं पैसा उठाएर बालबालिका पढाउन सक्ने अवस्थामा छैनौं,' यो भनाइ कुनै दातृनिकायको अफिसमा भनिएको होइन । स्थलगत अनुगमनमा हिँडेका स्थानीय विकास अधिकारी र जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिसमक्ष एकै स्वरमा सहयोगको आग्रह गरे साखँ सात क्वाम्म गाउँका स्थानीयवासीले ।

कक्षा ४ सम्म सञ्चालित साइकुमारी प्राविलाई २०४७ सालमा जिल्ला शिक्षा कार्यालय रुकुमले सञ्चालन अनुमति दिएको हो । तर, हालसम्म कुनै सहयोग नगरेकाले विद्यालय बन्द हुने अवस्थामा पुगेको स्थानियवासीको दुखेसो छ । 'सदरमुकाम नजिकको विद्यालयमा त राज्यको ध्यान पुगेको छैन भने विकट ठाउँका विद्यालयको अवस्था झन् के होल्ाा -' स्थानीयवासीको गुनासो सुनेपछि स्थानीय विकास अधिकारी र राजनीतिक दलका प्रतिनिधिले गम खाए ।

'विद्यालय खोल्न अनुमति दिएको १८ वर्षभइसक्यो, तर न त सरकारले शिक्षक दरबन्दी दियो, न कुनै राहत नै । बारम्बार सहयोगका लागि आग्रह गरे पनि सहयोग भएको छैन,' स्थानीय बलबहादुर गिरीले दुखेसो गरे । कसैले सहयोग नगरेपछि छोराछोरी पढाउन गाउँमै पैसा उठाएर दर्ुइ शिक्षक राखेर हालसम्म चलाएको उनले बताए । जिल्ला शिक्षा कार्यालय रुकुमले भने सो स्थानमा विद्यालय छ भन्नेसमेत थाहा नभएको जनायो ।

बजेट अभावले ँरुकुम उज्यालो’ अलपत्र

कान्तिपुर संवाददाता


काठमाडौं, एक वर्षभित्र रुकमका सबै घरमा उज्यालो पुर्‍याउने सरकारको बहुचर्चित कार्यक्रम बजेट अभावमा अलपत्र भएको छ ।
माओवादी सरकारले रुकुमका ३५ हजार घरलाई विद्युत् प्राधिकरणको ग्रीड, लघु जलविद्युत्, सोलार, वायु ऊर्जा गरी सबै वैकल्पिक उपायद्वारा विद्युतीकरण गर्ने घोषणा गरेको थियो ।

विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि करिब २५ करोड रुपैयाँ अपुग भएको संयोजक भरतराज पौडेलले बताए ।

जिल्ला विकास समिति, केन्द्र, तत्कालीन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय हुँदै अर्थमा प्रस्ताव पुगेको थियो । निर्णय हुनै लागेका बेलामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि अर्थमन्त्री डा. बाबुराम भट्टराईले स्वीकृत नगर्दा कार्यक्रम अहिले अलपत्र परेको स्रोतले बतायो । तत्कालीन माओवादी सरकारका अरू मन्त्रीहरूले भने अघिल्लो मिति राख्दै महत्त्वपूर्ण निर्णय गरेका थिए ।

डेनमार्क, नर्वे सरकारको 'ऊर्जा क्षेत्र सहयोग कार्यक्रम' -इस्याप), राष्ट्रसंघीय विकास कार्यक्रम र विश्व बैंकको सहयोगमा सञ्चालित ग्रामीण ऊर्जा कार्यक्रमबाट करिब ६० करोड रुपैयाँ, जनश्रमदान, रुकुमका गाविस र जिविस सबै गरेर खर्च जुटाउँदा पनि रकम अभाव भएको हो । यो कार्यक्रमको अनुमानित कूल लागत एक अर्ब रुपैयाँ छ ।

रुकुमका कुल घरधुरीमध्ये ३० हजारलाई लघु तथा साना जलविद्युत्मार्फत उज्यालो पुर्‍याउने योजना छ । लघु जलविद्युतका लागि केन्द्रले १ सय १४ वटा योजनाको विस्तृत अध्ययन गरिसकेको थियो । तीमध्ये २५ वटा योजना केन्द्रको प्राविधिक समितिले मूल्यांकन गरिसकेको छ । दोस्रो चरणको विस्तृत अध्ययनका लागि केन्द्रका प्राविधिकहरू रुकुम पुगेका छन् ।

जिल्लामा २५ वटा उपभोक्ता समितिहरू जलस्रोत समितिमा दर्ता भएर कामका लागि तयारी अवस्थामा रहेको पौडेलले बताए ।

बाँकी ५ हजार घरलाई सोलार तथा वायु ऊर्जाबाट विद्युत् आपूर्ति गरिने कार्यक्रम छ । वायु ऊर्जा जिल्लाकै लागि नौलो प्रविधि हुनेछ । काठमाडौंस्थित यूबीएस वान्ड पावर सिस्टम भन्ने कम्पनीले वायु ऊर्जाको सर्भेसमेत गरिसकेको छ ।

पौडेलका अनुसार वायु ऊर्जाका लागि केन्द्रले पनि २५ वटा ठाउँमा हावा मापन गरिसकेको छ । सौर्य र लघु जलविद्युतमार्फत विद्युतीकरण हुन नसकिने ठाउँमा यो प्रविधिले उज्यालो पारिने उनले बताए ।

केन्द्रले तयार पारेको प्रतिवेदनअनुसार जिल्लाभरि ३ हजार २ सय ५० किलोवाट बिजुली उत्पादन गरिनेछ । त्यसमध्ये तीनवटा ५ सय किलोवाटको हुनेछ । यी तीनवटालाई भोलि राष्ट्रिय प्रसारण लाइनमा समेत जोड्न सकिनेछ । सामान्यता एक किलोवाट विद्युत् उत्पादन गर्न २ हजार अमेरिकी डलर लागे सस्तो मान्छि ।

रुकुमका हरेक गाविसले २ लाखदेखि १८ लाख रुपैयाँसम्म आर्थिक सहायता जुटाएका छन् । गाविसबाट मात्र साढे दुई करोड रुपैयाँ संकलन उठएको पौडेलले बताए । त्यसबाहेक आयोजनाको कुल लागतको करिब २५ प्रतिशत जनश्रमदानबाट बेहोर्ने

योजना छ ।



Posted on: 2009-06-30 20:47:52

Sunday 28 June, 2009

चलचित्रकर्मी सहित एमाले अाचल कमिटीका सदस्य रुकुमेली हस्तबहादुर केसी पनि माओवादीमा


१३ असार।

काठमाडौंं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबली। नीर शाह मौसमी मल्ल दीपक श्रेष्ठ अन्जु पन्त इकु राजेन्द्र खड्गीलगायत १०८ जना कलाकार माओवादीमा प्रवेश। माला र अबिर लगाउँदै अध्यक्ष प्रचण्डले स्वागत गरिरहेको बेला पानी पर्यो। पानी परेपछि हलभित्र छिरे। तर कुनै पनि हल खाली थिएनन्। पहिलो तलाको बाहिरी भागमा कार्यक्रम गरे। नीर शाह युवराज लामा मौसमी मल्ल केपी पाठक दीपक श्रेष्ठ दीपरत्न तुलाधरले भाषण ठोके। कुनै पनि दलले राष्ट्रियता र कलाकारको ध्यान नदिएको भन्दै माओवादी मात्र बिकल्प भएकाले आफूहरु प्रवेश गरेको दाबी गरे। कार्यक्रममा एमाले अाचल कमिटीका सदस्य रुकुमेली हस्तबहादुर केसी पनि माओवादीमा छिरे। उनलाई पनि अध्यक्ष प्रचण्ड र अर्का नेता किरणले माला र अबिर लगाएर स्वागत गरे।