Pages

Subscribe:

Rukum

.

Monday 30 August, 2010

दाङ्-सल्यान सडकखण्ड अवरुद्द

- पहिरो खसेपछि दाङ्-सल्यान सडकखण्ड गएरातीदेखी अवरुद्द भएको छ । राप्ती लोकमार्ग अन्तर्गत सल्यानको धनवान ३ जरुवाघारा र दाङ्-सल्यान सिमानाको गोठरी पोखरी खोलामा पहिरू पहिरो खसेपछि सडक अवरुद्द भएको हो । सडक अवरुद्द भएपछि गाडी तथा यात्रुहरु बिच बाटोमा नै रोकिएका छन् ।
Source: dcnepal.com (30th August,2010)

बस दुर्घटनामा परी दुई को मृत्यु

- राप्ती लोकमार्गअन्तर्गत सल्यान-रुकुम सडक खण्डमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने झापाको तोपगाँछीमा एक जनाको ज्यान गएको छ ।
दाङबाट रुकुम जाँदै गरेको ना३ख १४५१ नम्बरको यात्रुबाहक बस बिहान ३.१५ बजेतिर सल्यान र रुकुमको सिमानामा पर्ने खौलामा दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा रुकुमका नन्दराम पुन र सवारी चालक कपिलवस्तु चन्द्रौटाका पप्पु बठानको मृत्यु भएको हो । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
दाङ उरहरि-७ का प्रकाश क्षेत्री, गाडी चालक दाङ नारायणपुरका जीवन चौधरी, तुलसीपुर नगरपालिका-११ का देवबहादुर पुन र रुकुमका विकास पुन घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
Source:dcnepal.com

Monday 23 August, 2010

Rukum entrepreneurs flay parties

RUKUM, AUG 16 - Businessmen of Rukum have accused political parties of forming consumer committees illegally and interfering in development works.
Organising a programme here on Monday, Rukum Chambers of Commerce and Industry as well as Construction Entrepreneurs' Association said consumers’ committees formed by the UCPN (Maoist), the Nepali Congress and the CPN-UML have been monitoring, evaluating, and implementing plans on their own and releasing money before work completion.
They maintained that the parties are trying to release the entire budget of Khara-Solabang road gravelling project without completing the work.
Speaking at the function, President of Construction Entrepreneurs' Committee Kedar Sharma stated that businessmen would resort to protests if parties continue to trample the rights of consumers.
Parties are allegedly executing some development works by bypassing local consumers’ committees after forming separate consumer committees with their cadres’ direct involvement.
Source: ekantipur

When RSS sought the details of development works carried out in the district, the District Development Committee refused to provide.

Rukum highlanders facing starvation

RUKUM, AUG 11 -
Twelve VDCs situated in the highlands of Rukum district are reeling under food shortage for the past four months.
Sisne, Hukam, Ranmamaikot, Gotamkot, Syalkhadi, Rangsi, Mahat, Kol, Jang and Taksera VDCs are hit hard.
Beset by shortage of food grains, the villagers are sustaining themselves on locally grown potatoes but this stock is also fast depleting.
With no roadway and the only trail fit for only humans and mules rendered impassable by rain, supply of foodstuff to the region has not taken place since May. “For the last four months, the people here are surviving on potatoes,” said Karnasingh Pun of Taksera VDC.
Shopkeepers in nearby marketplaces like Nayagad, Tribeni and Baluwa said they have long run out of rice and other essentials. As the topography of this region is unfit for agriculture, the people here rely on the trade of Yarchagumba (Cordyceps Sinesis) for sustenance. Low collection of Yarchagumba this year has added to the woes of the Rukum highlanders. They said they are cash-strapped and unable to buy foodstuff even if local markets had received supply of food materials.
Prem Naryan Bhandari of Nepal Food Corporation said that around 8500 quintals of rice is needed for the food-hit areas of Rukum.
“We have asked for 7,000 quintals of rice to address the crisis, and we will ensure the supply as soon as the shipment arrives,” he said.
According to the District Food Security Network, 14 VDCs in Rukum are food secure round the year, 17 for six months while 12 mountain VDCs are food insecure for the better part of the year.
Source: The Kathmandu Post

Saturday 21 August, 2010

रुकुममा ६८ परिवार विस्थापित

रुकुम, भाद्र ५- अवरिल वर्षासँगै ठूली भेरी नदीमा आएको बाढीले रुकुमका ६ घर बगाएको छ। उत्तरपश्चिम गाविस गोतामकोटस्थित मनका बगर र ज्यामिरेमा आएको बाढीले ६८ घरपरिवार विस्थापित भएको गाविस सचिव तेजप्रकाश शाहले जानकारी दिए।
कालिका प्राथमिक विद्यालय र सिस्ने हिमालय प्रावि पनि भत्केका छन्। दुवै विद्यालय बन्द गरिएको छ।
बिहीबार रातिदेखि शुक्रबार दिउँसोसम्म बाढी कम भएको छैन। मानवीय क्षतिबारे भने कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक यादवराज उप्रेतीले बताए। उनका अनुसार बाढीपीडित परिवार स्थानीय विद्यालयमा बसिरहेका छन्। केही परिवार भेरी तरेर छिमेकी जिल्ला जाजरकोटमा आश्रय लिन पुगेका छन्। यो गाविस छिमेकी जिल्ला डोल्पा र जाजरकोटसँग जोडिएको छ।
यसैगरी, भैंसीलाई घाँस काटेर फर्कने क्रममा खोला तर्दै गर्दा एक महिला घाँसको भारीसँगै बगेर बेपत्ता भएकी छिन्। रुकुमको पूर्वी गाविस प्वाङ-७ स्थित पेदी खोलामा ५५ वर्षे धनमाया झाँक्री बेपत्ता भएकी हुन। गत बुधबार ठूली भेरी नदीमा बगेर बेपत्ता भएका आठबीसकोट-१ का दिले सुनारको अवस्था अहिलेसम्म पत्ता लागेको छैन।
छिमेकी जिल्ला जाजरकोटको खगेनकोटस्थित छोरीको घर जाँदै गर्दा सुनार ठूली भेरीमा बगेर वेपत्ता भएका थिए। तीन दिनसम्म फेला पार्न नसकेपछि परिवारले काजक्रिया गरेको छ।
Source' Nagarik news

Friday 20 August, 2010

स्यार्पू ताल

स्यार्पू पर्यटन महोत्सव, काठमाण्डौं सम्पर्क समिति - प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती
अवसर पारेर पर्यटकीय स्थलहरुको धनी जिल्ला रुकुममा पहिलो पटक स्यार्पू पर्यटन महोत्सव २०६७ को आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा गर्वको अनुभूति गरेका छौं । रुकुम जिल्लामा स्यार्पूताल सिस्ने हिमाल कमलताल पूथाहिँउचुली सामझाङ्ग हिँउचुली नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष तातो पानी मूल प्राचिनकालीन प्रख्यात डिग्रेसाइकुमारी मन्दिर गादिघर वुरालमष्ठ मन्दिर राडीज्यूला भगवति मन्दिर लगायत एक दर्जनभन्दा बढी आकर्षक पर्यटकीय गन्तव्य रहेका छन । तर आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा तिनीहरु ओझेलमा परेका छन राष्ट्रिय उन्नतिको लागि उत्पादनशील हुन सकेका छैनन ।
यस्ता दर्जनौं पर्यकीय स्थलहरु सर्पको टाउकोभित्र रहेको मणि जस्तै भएका छन जसले मानिसको व्यवहारिक जीवनमा कुनै काम दिन सकेको हुँदैन । तसर्थ यिनको प्रवद्र्धन गरी पर्यटन व्यवसायको विस्तार गर्ने र पर्यटनका लागि सँगसँगै भन्ने मूल नारा सहितको नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्ने मुख्य उद्देश्यले स्यार्पू पर्यटन महोत्सव २०६७ को आयोजना गरिएको हो । विकासशील देशहरुको लागि मुख्य आर्थिक श्रोतको रुपमा रहेको पर्यटन व्यवसायको सामाजिक साँस्कृतिक र राजनीतिक मूल्य वारे जनसमुदायमा चेतना फैलाउनु पिन यसको उद्देश्य रहेको छ । रुकुम जिल्लाको बाँफिकोट गाविसमा अवस्थित २।६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आकर्षक स्यार्पूताल क्षेत्रमा आगामी असोज ११ देखि १५ गतेसम्म आयोजना हुन गइरहेको स्यार्पू पर्यटन महोत्सवमा विभिन्न बहुमूल्य जडिबुटी सहित स्थानीय उत्पादनका ५० वटा स्टलहरु राखिनेछ । यसैगरी लोपोन्मुख स्थानीय कपडा राडीपाखी सहित विभिन्न वास्तुकलाका सामग्रीहरु स्टलमा राखिने छ । जीवनबुटीको नामले चिनिने बहुमूल्य जडिबुटी यासा्रगुम्बा पाँचऔंले कटुकी लगायतका आयूर्वेदिक जडिबुटीहरुको पनि स्टल रहनेछ । महोत्सवमा रुकुमको लोकसंस्कृतिमा आधारित प्रसिद्ध पैंसेरु नाच मयूर नाच झाँक्री नाच झ्याउरे बलपूजा नृत्य र देउडा नाचका साथै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती पनि रहनेछ ।
महोत्सव अवधिभर डुङ्गा चढेर निर्मल काचन पानी भएको स्यार्पूतालमा शयर गर्न सकिने व्यवस्था मिलाइएको छ । स्यार्पू पर्यटन महोत्सवमा सहभागि हुनको लागि काठमाण्डौंबाट हवाइमार्ग प्रयोग गर्दा रु४६६० भाडा तिरेर १ घण्टा २० मिनेटमा रुकुमको सदरमुकाम पुग्न सकिन्छ भने स्थल यातायातबाटजाँदा एक्सप्रेस बससेवा मार्फत रु१४६० तिरेर १८ घण्टामा रुकुम पुग्न सकिन्छ । स्यार्पू पर्यटन महोत्सव २०६७ लाई नेपाल पर्यटन बोर्डले महत्वका साथ प्रवद्र्धन गरिरहेको छ । अतः पर्यटन व्यवसायको प्रचुर संभावना रहेको रुकुम जिल्लामा पहिलो पटक आयोजना हुन लागेको स्यार्पू पर्यटन महोत्सव २०६७ लाई सफल पारी संगै देशको अर्थतन्त्रमा समृद्धिकरणको लागि इँटा थप्ने कार्यमा अमूल्य यो गदान गरिदिनहुन सूचना क्रान्तिका संवाहक सम्पूर्ण संचार माध्यम आफ्नो पेशामा अहोरात्र खटिरहेन संचारकर्मी मित्र र शुभेच्छुक सवैमा हार्दिक अनुरोध गर्दछौ ।

३ भदौ २०६७

जुन कुमारी रोका
सभासद तथा संयोजक
स्यार्पू पर्यटन महोत्सव
काठमाण्डौं सम्पर्क समिति

Thursday 19 August, 2010

रुकुममा तातोपानीको मुहान

रुकुम। रुकुमको उत्तरीभेगमा रहेको पोखरा गाविसमा एउटा अचम्मको पानीको मुहान भेटिएको छ । पोखरा गाविस-५ मा पर्ने चौरमा तातोपानीको मुहान भेटिएको हो ।
सानीभेरी नदीको छेउमा भेटिएको उक्त तातोपानीको मुहान स्थानीय सर्वसाधारणहरूले गाईवस्तु चराउन गएका बेला फेला पारेका हुन् ।
उक्त तातो पानीको मुहान ढुङ्गैढुङ्गाको चट्टानभित्र फेला परेको हो । ढुङगाभित्र रहेको उक्त तातोपानी हलुका नुनिलो पनि रहेको छ । अहिले स्थानीय बासिन्दाहरूले उक्त पानीको मुहानलाई केही भू-भाग खनेर अलि ठूलो बनाएका छन् ।
उक्त तातोपानीको मुहान नजिकै बारुदको जस्तो हल्का गन्ध आउने गरेको पनि स्थानीय बासिन्दाहरूले बताएका छन् । अहिले उक्त तातो पानीको मुहान हेर्न छिमेकी गाविस स्यालापाखा, बाँफिकोट, शोभा, पिपललगायतका स्थानीय बासिन्दाहरूको घुईंचो लागेको छ ।
उक्त तातोपानीमा स्थानीय बासिन्दाहरूले वरिपरीको क्षेत्रमा संरक्षणका लागि काठका बारहरू लगाएका छन् भने चिनोको रुपमा पानीको नजिकै राता र पहंेला ध्वजापताका पनि गाडेका छन् । स्थानीय गोठालाहरू पानी खान सानीभेरीको किनारतिर जानलाग्दा उक्त तातोपानीको मुहान भेटिएको हो ।
तातोपानीबारे अनुसन्धान गरी त्यहाँको वस्तुगत स्थितिबारे राष्ट्रियस्तरमा प्रचार प्रसार गरिए पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने पोखरा ४ का मित्रलाल खड्काले बताउनुभयो ।
साथै उक्त तातोपानीमा हलुका गन्ध आउने भएकाले त्यहा खनिजपदार्थको खानी हुनसक्ने उक्त तातोपानी हेर्न गएका बाँफिकोट ९ का तारक केसीले बताउनुभयो ।

रुकुममा साबुन उद्योग

रुकुमको सदरमुकाम खलङ्गादेखि उत्तरमा पर्ने पोखरा गाविसमा स्थानीय बासिन्दाले पहिलोपटक साबुन उत्पादन सुरु गरेका छन् ।
उनीहरूले हाते मेसिनबाट साबुन उत्पादन गरेका हुन् । जिल्लामै पहिलोपटक रुकुमको पोखरा गाविस वडा नं- २ पाङगाउँमा रहेको सानीभेरी हर्बल लघुउद्यमी समूहले साबुन उत्पादन गरेको हो ।
राष्ट्रिय उद्यमशीलता विकास केन्द्रले स्थानीय बासिन्दालाई एकहप्ते साबुन उत्पादन सम्बन्धी तालिम दिएपछि समूहले साबुन उत्पादन गरेको हो । अहिले समूहले उत्पादन गरेको साबुन बजारमा आएको छ ।
हाल समूहले कपडा धुने साबुन निर्माण गरेको छ । केही समयपछि नुहाउने साबुनसमेत उत्पादन गरिने समूहका सचिव गोपीराम खड्काले बताउनुभयो ।
समूहको पहिलो उत्पादन स्थानीय पोखरा बजार, बाफिकोट नेटाबजार, छिनखेतबजार, रुकुमकोटबजार, सदरमुकाम खलङ्गालगायतका बजारमा बिक्री- वितरण हुने गरेकोे छ ।

रुकुममा पहिलोपटक एमएड पढाइ

१९ साउन काठमाडौं । सदरमुकाम खलङ्गास्थित खलङ्गा बहुमुखी क्याम्पसमा यसै शैक्षिकसत्रदेखि स्नातकोत्तरतहमा पढाइ हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले उक्त क्याम्पसमा शिक्षाशास्त्रमा स्नातकोत्तरतहको पाठँक्रम अध्यापनको अनुमति दिएको क्याम्पसका निमित्तप्रमुख हरिविष्णु ओलीले जानकारी दिए ।
रुकुममा पहिलोपटक स्नातकोत्तरतहको पढाइ हुने भएपछि छिमेकी जिल्ला जाजरकोट बाग्लुङ डोल्पा र सल्ल्यानका विद्यार्थीलाई सजिलो भएको उनले बताए । यसअघि उच्चशिक्षाका लागि यस भेकका विद्यार्थी नेपालगन्ज सुर्खेत पोखरा र राजधानी जान बाध्य थिए ।

रुकुममा पहिलो पटक स्र्यापू पर्यटन महोत्सव २०६७ को आयोजना हुने

रुकुममा पहिलो पटक स्र्यापू पर्यटन महोत्सव २०६७ को आयोजना हुने भएको छ । असोज ११ गते विश्व पर्यटन दिवसको अवसर पारेर रुकुममा असोज ११ देखि १५ सम्म महोत्सव आयोजना गरिनेछ ।
राजधानीमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा स्र्यापू पर्यटन महोत्सवका संयोजक तथा सभासद् जुन कुमारी रोकाले महोत्सवमा रुकुम जिल्लामा रहेका लोपोन्मुख जडीबुटी यार्सागुम्बा, पाँचऔले, कटुकी लगायतका जडीबुटीका स्टलहरु राखिने जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवका लागि करिब ६४ लाख ४६ रुपैया खर्च हुनेछ । महोत्सवमा पाँच सय विदेशी पर्यटकलाई पनि भित्राउने लक्ष्य रहेको संयोजक रोकाले बताउनुभयो । महोत्सवमा स्थानिय उत्पादन र जडीबुटीका गरी ५० वटा स्टलहरु राखिने छ । साथै रुकुमको सास्कृतिक प्रस्तुतिहरु पनि देखाइने छ ।

Friday 13 August, 2010

रुकुममा पहिलोपटक महोत्सव

रुकुम, श्रावण २८ २०६७ ०४:३९ - रुकुममा पहिलोपटक नेपाल पर्यटन बोर्डको सहयोगमा स्यार्पु पर्यटक महोत्सव हुने भएको छ । जिल्लाको बाँफीकोटामास्थित स्यार्पुतालमा असोज ११ देखि १५ गतेसम्म हुने भएको छ ।
कार्यक्रम संयोजक चन्द्रबहादुर डाँगीका अनुसार जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने महोत्सब उद्धेश्य रहेको छ । करिब साढे दुई किलोमिटर क्षेत्रमा फैलिएको स्पार्पुताल किनारामा जिल्लाको सांस्कृति झाँकी, खेलकूद प्रतियोगिता, व्यापारिक स्टल राखिने डाँगीले जानकारी दिएका छन् ।
महोत्सबमा जिल्लाका ४३ गाविसका बासिन्दालाई सहभागी हुने आयोजकले जनाएका छन् ।
source: kantipur

रुकुम पनि अब झिलिमिली हुने

लघुजलविद्युत्, सौर्य घरेलु प्रणालीबाट विद्युतीकरण गरी २ वर्षभित्र रुकुमलाई उज्यालो बनाउने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको रुकुम उज्यालो कार्यक्रमले आगामी भदौदेखि तीव्रता पाउने भएको छ ।
कार्यक्रमअन्तर्गत रुकुममा ६ वटा लघुजलविद्युत् योजनाको काम भदौदेखि सुरु गर्न लागिएको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जनाएको छ । सो कार्यक्रमअन्तर्गत रुकुममा ११७ वटा योजनाको सर्भे भएको छ भने ५९ वटा योजना जिल्ला जलस्रोत समितिमा दर्ता भएका छन् । तीमध्ये जाङको घुमि्रघाट, हुकामको तामागाढ, मैकोटको खुम्नाखोला, काक्रीको लुकुम, मोरावाङको क्याङ्सी र चुनवाङको चुनवाङ खोलामा भदौदेखि योजना निर्माण सुरु हुने भएको छ ।

Thursday 5 August, 2010

मातृशिशु मृत्युदर घट्दो

नेपाल होराइजन्स् संवाददाता
६ साउन– काठमाडौँ ।
परिवार नियोजन कार्यक्रम प्रभावकारी ढङ्गले देशव्यापीरूपमा लागु भएपछि मातृशिशु मृत्युदर क्रमिकरूपमा घट्दै गएको पाइएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले देशव्यापीरूपमा मातृ सुरक्षा कार्यक्रम सञ्चालन गरेपछि मातृशिशु मृत्युदर घटेको दाबी गरेको हो ।
महासङ्घले आयोजना गरेको आठदिने मातृत्व प्रशिक्षक तालिमको समापनका अवसरमा महासङ्घका उपाध्यक्ष सूर्यकुमारी श्रेष्ठले मातृशिशु मृत्युदर कम गर्नका लागि रुकुम, रोल्पा, सल्ल्यान, प्युठान र दाङमा स्वास्थ्य केन्द्र भवन निर्माण गरेको जानकारी दिनुभयो ।
परिवार स्वास्थ्य महासङ्घका निर्देशक नरेशप्रताप केसीले देशव्यापीरूपमा परिवार नियोजनका अस्थायी तथा स्थायी साधन पुगेको जानकारी दिँदै मातृशिशु मृत्युदर घटाउन सुत्केरी यातायात खर्च एकहजार रूपैयाँलाई बढाउन सके मातृशिशु मृत्युदर घटने दाबी गर्नुभयो ।

सल्ले विमानस्थलमा अनिश्चितकालीन उडान बन्द

रासस
रुकुम, अषाढ १७ - सल्ले विमानस्थलबाट हुने हवाइ सेवा अर्को सूचना नआएसम्म अनिश्चितकालीन सेवा बन्द भएको छ ।
नेपाल वायुसेवा निगम रुकुमले सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।
निगमका अनुसार टावरमा टावर अपरेटर नभएकाले सेवा बन्द भएको बताइएको छ । उता सेवाग्राहीले भने निगम रुकुमका कार्यालय प्रमुखको बदमासीका कारण हवाइ यातायात अनिश्चितकालका लागि अवरुद्ध भएको आरोप लगाएका छन् ।
मुखिया रमेश पोखरेललाई निमित्त कार्यालय प्रमुख बनाई त्यस कार्यालयका प्रमुख अमरदीप राई घर बिदामा बसेपछि अस्तव्यस्त भएको कार्यालयले हवाइ सेवा सञ्चालन गर्न नसकेको समेत खुल्न आएको छ ।

परिवारै बगाएपछि बालिका एक्लै

नेपालगन्ज, साउन ६- गाउँमा दुखजिलो गरेर भए पनि छोरीलाई पढाउन सहरमा राखेका थिए डोल्पा, ल्हाँ गाविस- ५ करबगार्डका लालबहादुर रोकायाले। रोकाया परिवारलाई शनिबार राति साउने संक्रान्ति मनाएर सुत्न लाग्दा बाढीले बगाएपछि ती बालिकाको बिचल्ली भएको छ।

गाउँमा दुई-चार हजार रुपैयाँ जोगाड गरेर रोकायाले छोरी प्रतिभालाई नेपालगन्ज राझास्थित मुनतारा बोर्डिङ स्कुलमा पढाएका थिए। रोकायाका दुई छोरा भने गाउँकै स्कुल पढ्थे। छोरीलाई रुकुम चौरजहारीसम्म काँधमा बोकी जहाज चढाएर नेपालगन्ज पठाएका थिए। जहाज चढ्ने बेला साली र छोरीको हातमा पाँच/पाँच सय रुपैयाँ राखिदिँदै भनेका थिए, ‘राम्ररी पढ्नू।' बाढीले लगेको अघिल्लो दिनमात्र आमा मनकलाले फोनमा सम्झाएकी थिइन्, ‘बर्खाको भलले हाम्लाई झन्डै लगेन। तँ राम्रोसँग पढ्नू। अन्टीले भनेको मान्नू। पढिस् भने जे भन्छेस्, त्यै गर्दिम्ला।' प्रतिभा नेपालगन्जमै कक्षा ८ मा पढ्ने सानीआमा विष्णुकुमारी बोहरासँग बस्छिन्। साउने संक्रान्तिको रात बाढीले रोकाया दम्पती, बुबाआमा, नाबालक दुई छोरा, दुई वर्षकी काखे छोरी, बहिनी र ज्वाइँलाई बगाएको थियो।

दिनभरि घरअगाडिको खोलाले बगाएर ल्याएको माछा खाँदै उनीहरूले संक्रान्ति मनाएका थिए। परिवारै गुमेको थाहा नपाएकी प्रतिभाले अचम्मलाग्दा काम गर्न थालेको विष्णु बताउँछिन्। ‘सबै बितेकै रात उसले सुतेको बेला मलाई लात्तीले हानी, पछि उठ्दा नराम्रो सपना देखेँ भन्थी,' उनले बुधबार नागरिकसँग भनिन्, ‘आज बिहानै उठेर देउतालाई सेतो फूल चढाई, झिलिमिली बत्ती बाली। घरमा बुबाआमालाई फोन गरौं, भलले बगायो कि भन्छे।' एलकेजीकी प्रतिभालाई परिवारै बाढीले बगाएको थाहा दिइएको छैन। आफैं शोकमा डुबे पनि प्रतिभालाई अल्मल्याउन विष्णु आँसु लुकाउँछिन्, ‘रोऊँ भने थाहा पाउँछे भन्ने डर लाग्छ। नरोऊँ मन थाम्नै गाह्रो।'

यार्चागुम्बु नभेटेर रित्तो हात फर्के

यार्चागुम्बु सङ्कलन गर्न हिमालतिर गएका रुकुमेली यसपटक रित्तो हात घर फर्केका छन् । यार्चागुम्बु टिप्न हिमाली भेकतिर गएका ४० हजारभन्दा बढी रुकुमेली यार्चागुम्बु नभेटेर रित्तो हात फर्केका छन् ।
जिल्लाको मैकोटस्थित वुकिपाटन, चित्रेपाटन, जङ्लालगायत स्थानमा यार्चागुम्बु पाइन्छन् । जिल्लाका उत्तरी र पूर्वी एकदर्जन गाउँ विकास समितिका बासिन्दाको आयआर्जनको स्रोत नै यार्चागुम्बु हो ।
Source:dcnepal.com