Pages

Subscribe:

Rukum

.

Monday 20 September, 2010

स्यार्पु चिनाउने प्रयास

माओवादी सशस्त्र द्वन्द्वताका रुकुमको नाम सुन्दै राजधानीवासीको ज्यान सिरिंग हुन्थ्यो । जीवनका कुनै कालखण्डमा त्यहाँ जान नपरोस् भनेर धेरैले प्रार्थना पनि गर्थे उतिबेला । १० वर्षे सशस्त्र युद्धको उद्गम मानिने मध्यपश्चिमाञ्चलको त्यही रुकुम अहिले पर्यटकीय गन्तव्य बन्न हरतरह प्रयास गर्दैछ ।
भौगोलिकरुपमा विकट, आर्थिकरुपमा विपन्न तर प्राकृतिकरुपमा अनुपम र लोभलाग्दो यो जिल्लाका कैयौं स्थानले धेरैलाई मोहित पार्ने क्षमता राख्छन् । त्यसैले हुनसक्छ– यतिखेर सिंगो रुकुम पर्यटक तान्ने हरसम्भव तरिका अपनाउँदैछ । स्यार्पुताल, कमल दह, पुथा हिमाल, सामझाङ हिमचुली, सिस्ने हिमाल, तातोपानी मूललगायत दर्जनौं प्राकृतिक छटाले भरिपूर्ण ठाउँलाई विश्वभर चिनाउन रुकुमेलीलाई भ्याइनभ्याइ छ । धेरैले बिर्सिए पनि यो अद्यापि ५२ पोखरी ५३ तालको धनी छ ।
नेपाललाई ‘पर्यटन हब’ बनाउन केन्द्रीयस्तरबाट पर्यटन वर्ष २०११ को तयारी चरमचुलीमा रहँदा यहाँका जनताले ऐतिहासिक स्यार्पुतालको नामबाट महोत्सव आयोजना गर्दैछन् । जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट उत्तरमा पर्ने स्यार्पुताल समुद्री सतहदेखि १३ सय २५ फिट उचाइमा छ । २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो तालको कञ्चन जलाशय, उत्तरी पहाडबाट बग्ने सुन्दर झरना र खोलाको अवलोकन गर्न सकिन्छ ।
‘स्यार्पुताल महोत्सव’मा २ हजार ११ वटा राष्ट्रिय झन्डा फहराइने भएको छ । पर्यटन वर्ष सफलताको शुभेच्छासहित तालवरिपरि रहेको चक्रपथ गोरेटोमा महोत्वसका सहभागी विद्यार्थी, शिक्षक, खेलाडी, कलाकारसमेत २ हजार ११ जनाले मार्च गरी झन्डा फहराउनेछन् । विश्व पर्यटन दिवसको अवसर पारी असोज ११ देखि १५ गतेसम्म चल्ने महोत्सवका लागि ६३ लाख रुपैयाँ खर्च गरिँदैछ ।
सदरमुकामबाट स्यार्पुताल पुग्न साढे २ घण्टाको पैदलयात्रा गर्नुपर्छ । यात्राका क्रममा सानोभेरीलाई संगी मान्दै तिरैतिर हिँड्दा कम्ती आनन्द हुँदैन । सानोभेरीको किनारामा रहेका राउखेत, छिनखेतजस्ता उर्वर भूमिमा लगाइएका धानबालीको बीच बाटो हुँदै उकालिँदा झन्डै हिमाली पाटन पुगेको भान हुन्छ । र, छेउमै देखिने दहीखोलाको रौनक पनि उस्तै छ । तालको पानी भूमिगतरुपमा बगेर बाह्रमासे दहीजस्तै सेतो देखिने भएकाले यसलाई दहीखोलाको उपमा दिइएको छ । स्यार्पुताल पुग्दासम्मै यसको रौनक मनभरि सँगाल्न सकिन्छ ।
स्यार्पुतालबाट ४५ मिनेट पैदलयात्रा गरेपछि उत्तरतिरका सिमैछरी र कोप्रा झरना तथा जलाधार क्षेत्र पुगिन्छ । उराठलाग्दा पहरा, माछा, हाँस, जलेवा, सर्प आकारको विशाल पहरा र बासताछे सजिलै देखिन्छ यहाँबाट ।
वर्षात्का कारण हिजोआज गाडी बन्द भए पनि महोत्सवका लागि सदरमुकामबाट जिप र ट्र्याक्टर चलाइने महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रबहादुर केसीले बताए । छिनखेत स्यार्पुतालबाट करिब एक घण्टाको दूरीमा पर्छ ।
हवाई तथा स्थल यातायातबाट रुकुम सदरमुकाम मुसिकोट पुग्न सकिन्छ । सल्ले र चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमले काठमाडौंबाट सातामा दुई दिन उडान भर्छ भने बसबाट दैनिक यात्रा गर्न सकिन्छ । नेपालगन्जबाट पनि हवाई तथा बस यात्राबाट रुकुम पुग्न सकिन्छ । काठमाडौंबाट हवाई यात्रामार्फत स्यार्पुताल पुग्न दुईतर्फी हवाई भाडा र खान बस्न १५ हजार रुपैयाँ खर्च हुन्छ । यति खर्च गर्ने हो भने तीन दिन आरामसँग बिताउन सकिन्छ । बस यात्राबाट जाँदा ८ हजार रुपैयाँमा पाँच दिन रमाइलोसँग बिताउन पाइन्छ ।
पर्यटन वर्ष तथा स्यार्पु महोत्सवमा आउने पर्यटकका लागि ‘होम स्टे’ व्यवस्थासमेत गरिएको छ । पर्यटकले घरायसी वातावरणमा न्यानो माया पाउनेछन् । बाँफीकोट गाविसमा पर्ने ताल वरिपरि बस्ती छ । तालबाट निकास हुने पानीबाट स्यार्पुवासीले विद्युत् सुविधा पाएका छन् । यहाँ आउने पर्यटकले स्थानीय लोपोन्मुख परम्परागत कला, साहित्यको अनुभवसमेत गर्न सक्नेछन् ।
महोत्वसको भौतिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक कार्य ८० प्रतिशत सकिसकेको छ,” संयोजक केसीले भने । उनका अनुसार मञ्च, ताल र चक्रपथको गोरेटो बाटो बनाइस्किएको छ भने छिनखेतबाट तालसम्म आउने गोरेटो निर्माण ७५ प्रतिशत सम्पन्न भएको छ ।
नेपालको एकमात्र सिकार क्षेत्र ‘ढोरपाटन सिकार आरक्ष’ समेत रुकुममा छ । २०३९ सालमा स्थापित आरक्षमा सयौं जातका वन्यजन्तु, वनस्पती, जडिबुटी पाइन्छन् । सदरमुकामबाट ४० कोस पूर्वउत्तर दिशामा अवस्थित यो आरक्ष पुग्न हेलिकप्टरबाहेक पैदलमार्ग नै विकल्प हो । बाँफीकोटमै रहेको गादीघर बुरालमष्ठ मन्दिर पनि पर्यटकीय दृष्टिले उपयुक्त मानिन्छ । १९८८ सालमा निर्माण गरिएको प्राचीन प्रसिद्ध मन्दिरमा वैशाख पूर्णिमा, ऋषिपूर्णिमा, कात्तिक पूर्णिमा र माघे पूर्णिमामा मेला लाग्नेगर्छ । त्यसबाहेक रुकुमको खारा टपबाट १९ जिल्लाका विभिन्न हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
पर्यटन वर्ष मुलुककै पर्व भएकाले महोत्वस मनाउन लागिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए । “यसअघि यहाँका पर्यटन गन्तव्य र पर्यटन प्रवद्र्धनबारे हामीलाई खासै जानकारी थिएन, पर्यटन वर्षको अवसरलाई ध्यानमा राख्दै हामी अघि बढ्न लागेका हौं,” उनले भने ।
महोत्सवका लागि केन्द्रीयस्तरमा नेपाल पर्यटन बोर्डले सहयोग गर्दै आएको छ । स्थानीय पर्यटकीय स्थानको प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न बोर्ड सफल भएको प्राकृतिक सम्पदा विकास अधिकृत सूर्य थपलियाले बताए । “रुकुमका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि अन्तराष्ट्रियस्तरसम्म पहल चालेका छौं,” उनले भने ।
पर्यटन गन्तव्य पहिचानका लागि रुकुम पुगेका थपलियाले रुकुम मध्यपश्चिमकै नमुना गन्तव्य बन्नसक्ने बताए ।
द्वन्द्वकालको ‘लालकिल्ला’ अहिले पूरै शान्तिकिल्लाका रुपमा बदलिएको अनुभूति जोकोहीले गर्नसक्छ । जिल्लाभरि १७ वटा प्रहरी चौकीबाट सुरक्षा अवस्था मिलाइएको डीएसपी होमजंग चौहानले बताए । “पर्यटकका लागि सुरक्षाको चिन्ता छैन,” उनले भने, “ढुक्कसाथ छाती फुलाएर हिँडे हुन्छ ।”
By Prakash Shah

Monday 13 September, 2010

रोल्पा र रुकुमका सम्पदाहरू

कुनै पनि देशको कुनै पनि समयको कला, वास्तुकलाले त्यस देशको तत्कालीन सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं वैदेशिक सम्बन्धका बारेमा समेत जानकारी दिने काम गरेको हुन्छ । कलाले मानव सभ्यताको उचाइलाई नाप्ने काम गर्दछ । जुन समयमा कलाको राम्रो विकास भएको हुन्छ, त्यस समयमा देश हरेक दृष्टिले सम्पन्न थियो भन्ने कुरा बुझ्न सकिन्छ । जसरी लिच्छविकालीन उत्कृष्ट कलाकृतिले लिच्छविकालको सम्पन्नतालाई पुष्टि गरेको छ । त्यसैले त नेपालकै इतिहासमा लिच्छविकाल 'स्वर्णयुग'को नामले अलङ्कृत बन्न पुग्यो यसरी कला र वास्तुकलाले देशको तत्कालीन सम्पूर्ण अवस्थाको चित्रण गर्ने हुँदा देशको समग्र इतिहास अध्ययन गर्ने कार्यका लागि कला र वास्तुकलाले अत्यन्त महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ यस्ता प्राचीन इतिहासलाई प्रमाणित गर्ने भरपर्दा र महìवपूर्ण प्रमाणहरूको रूपमा देशभरि छरिएर रहेका सांस्कृतिक र पुरातात्विक सम्पदाहरूको खोजीखोजी संरक्षण गर्नु अत्यन्तै जरुरी हुन्छ ।
प्राचीन स्मारक संरक्षण ऐन- २०१३ ले अधिराज्यभर यत्रतत्र छरिएर रहेका सम्पदाहरूको अन्वेषण, उत्खनन्, संरक्षण र सम्बर्द्धन गरी त्यसको व्यवस्थापन गर्ने अधिकार पुरातत्व विभागलाई दिएको छ तर पुरातत्व विभागले २०४३ सालमा आएर मात्र ७२ वटा जिल्लाका सांस्कृतिक सम्पदाहरूको प्रारम्भिक सर्वेक्षण गरी प्रतिवेदन तयार पार्ने काम गरेको थियो । यद्यपि पर्याप्त जनशक्तिको अभाव र फोटोग्राफीसमेत नभएकोले त्यो अपुरो रहन गयो । अपुरो तर महìवपूर्ण उक्त कार्यलाई पूर्णता दिनको लागि पुरातत्व विभागले आर्थिक वर्ष २०६४/६५ देखि देशभरि छरिएर रहेका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको सूची तयार पार्नका लागि सर्वेक्षणको कार्य सुरु गरेको छ । सांस्कृतिक तथा पुरतात्विक सम्पदाहरूलाई तिनको व्यापकता, ऐतिहासिक पृष्ठभूमि, सामाजिक-सांस्कृतिक महìव, कला, वास्तुकला आदिलाई आधार बनाएर वर्गीकरण गरी तिनको संरक्षण गर्नु यस सर्वेक्षणको उद्देश्य रहेको छ ।

पुरात्व विभागको यो महìवपूर्ण उद्देश्य पूरा गर्नको लागि संस्कृतिकर्मीको हैसियतले मैले पनि एउटा अवसर प्राप्त गरेको थिएँ । रुकुम र रोल्पा जिल्लाका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको सर्वेक्षण विवरण तयार गर्ने कामको जिम्मा मैले लिएको थिएँ । अध्ययनक्रममा रोल्पा र रुकुम जिल्लामा सांस्कृतिक सम्पदाका रूपमा बहुसङ्ख्यामा मन्दिर र केही कोटहरू पाइयो । त्यहाँ पाइएका मन्दिरहरूको प्राचीनता प्रमाणित गर्ने कुनै पनि ठोस प्रमाणहरू -पुरातात्विक प्रमाण) नभेटिने हुँदा मन्दिरमा पूजा गर्ने पुजारीको पुस्ता गन्ती गरेर र स्थानीय बूढापाकाको भनाइलाई आधार मानेर कुन मन्दिर कति पुरानो हो भन्ने कुराको निक्र्योल गर्नुपर्ने अवस्था रहेको छ । अधिकांश मन्दिरहरू किंवदन्तीका आधारमा स्थापना गरिएको पाइन्छ । हुन त नेपालका प्रायः मन्दिरहरू यसरी नै स्थापना गरिएका पाइन्छन् । मन्दिरहरूमा मन्दिर स्थापनाकालमा राखिएका मूर्ति भेटिँदैनन् । भेटिए पनि पछिल्लो समयमा राखिएका मूर्तिहरू भेटिन्छन् । कुनैकुनै मन्दिरमा भेटिने स्थापनाकालकै मूर्तिहरू पनि सम्बन्धित देवदेवीको वास्तविक स्वरूपमा नभई प्रतीकात्मक स्वरूपको प्रस्तरको सादा मूर्ति भेटिन्छन् । भेटिएका प्रायः सबै मूर्तिहरू प्रस्तरबाट बनेका पाइन्छन् । कुनैकुनै मन्दिरहरू सामान्य कलात्मक देखिए पनि अधिकांश मन्दिरहरू कलाबिहीन पाइन्छन् । यसरी रोल्पा र रुकुमका सम्पदाहरू ऐतिहासिक पृष्ठभूमि, कला र वास्तुकलाका दृष्टिले त्यति महìवपूर्ण नरहे तापनि सामाजिक, सांस्कृतिक, धार्मिक दृष्टिले नेपालका अन्य नाम चलेका मन्दिरहरू भन्दा कम महìवका छैनन् ।

ऐतिहासिक एवं कला र वास्तुकलाको दृष्टिले कम महìवका भए तापनि सामाजिक र सांस्कृतिक महìव बोकेका यी मन्दिरहरूको उचित संरक्षण र सम्बर्द्धन गर्नु अति आवश्यक छ । संरक्षणका अभावमा मूर्तिहरू चोरी हुने, सम्पदाका नाममा भएका गुठी जग्गाहरू व्यक्तिद्वारा हडप्ने काम भइरहेको छ । जसले गर्दा मन्दिर व्यवस्थापनमा असर परिरहेको छ । त्यस्तै सम्बन्धित निकाय -पुरातत्व विभाग)को उचित ध्यान नपुग्दा सम्पदा पुनर्निर्माण वा जीर्णोद्धारको समयमा पुरातत्वको मूल्य, मान्यता र नियमको ख्याल नगरी सिमेन्टको प्रयोग गर्ने, मौलिक स्वरूपलाई परिवर्तन गरिदनेे, मन्दिर नै अर्को स्थानमा सारेर पुनर्निर्माण गर्नेजस्ता कामहरू भएको पाइन्छ । त्यति मात्र होइन, चौबीसे राजाहरूको दरबार, जुन पछिल्लो समयमा आएर कोटका रूपमा परिचित भए, जसले वर्तमान समयमा उक्त स्थानको पहिचान गराउने महìवपूर्ण काम गरेको छ, ती महìवपूर्ण ऐतिहासिक कोटहरू संरक्षणको अभावमा यतिखेर पृथ्वीको गर्भमा विलिन भएका छन् । जुन बाँकी छन् ती पनि लोप हुनेक्रममा रहेका छन् ।

खास गरी रुकुम जिल्लाका मुसिकोट, रुकुमकोटलगायत थुप्रै ऐतिहासिक कोटहरू यतिखेर अवशेषको रूपमा पनि भटिँदैनन्् । रुकुम जिल्लाकै न्वारन गर्ने शोभा गाउँ विकास समिति वडा नं. १ कोटडाँडामा रहेको हाल नाम निसानै फेला पार्न नसकिने रुकुमकोट, जहाँ पहिले चौबीसे राजाको दरबार थियो । सम्बन्धित निकायको ध्यान नपुग्दा आज पूर्णतया लोप हुन पुगेको छ । यहाँसम्म कि कोटको जगमा लगाइएका इँटा, ढुङ्गासमेत कोट रहेको स्थानमा भेटिँदैनन्् । यसै गरी, रुकुम जिल्लाकै खलङ्गा गाउँ विकास समिति वडा नं. ७ बोहोरा गाउँमा अवस्थित जिल्लाकै सदरमुकामको पहिचान गराउने ऐतिहासिक महìव बोकेको मुसीकोटको हविगत पनि अत्यन्तै नाजुक रहेको छ । रुकमुकोटमा कोटको कुनै पनि अवशेष नपाइए तापनि कमसेकम कोट रहेको स्थान त हालसम्म कसैले कब्जा गरेको छैन, सुरक्षित छ तर मुसिकोट रहेको स्थान नेपाली सेनाले कब्जा गरी ब्यारेकमा परिणत गरेको छ । यहाँ पनि कोटको कुनै अवशेष भेटिँदैन । त्यसैले होला सेनाले कोटको सर्वेक्षण विवरण तयार पार्नका लागि अनुमति दिन असाध्यै गाह्रो मानेको थियो । यही ब्यारेक भएको स्थान नजिकै अवस्थित एउटा देवी मन्दिर, जुन भवानी मन्दिरका नामले चिनिएको छ, लाई बज्रदल नामको सैनिक सङ्गठनले पुनर्निर्माण गर्दा मन्दिरको मौलिक स्वरूप परिवर्तन गर्नुको साथै देवीको नामको अगाडि सङ्गठनको नाम जोडेर बज्रभवानी नामकरण गरी सम्पदाको मौलिक नामसमेत परिवर्तन गरिदिएको छ । यो कार्यले पुरातत्व विभागलाई नै चुनौती दिएको देखिन्छ । जबकि पुरातत्व विभागको नियमअनुसार मौलिक स्वरूप पनि परिवर्तन गर्न पाइँदैन । रुकुम र रोल्पामा यस्ता अन्य थुप्रै सम्पदाहरू रहेका छन्, जुन संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । रोल्पाको चौबीसे राजाको खुङ्ग्रीकोटको दरबार संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ । त्यस्तै ऐतिहासिक गजुलकोट संरक्षणको पर्खाइमा रहेको छ ।
इतिहासको विभिन्न कालखण्डका मानव समाज, सभ्यता र संस्कृतिका विकासका प्रमाणहरूलाई सम्बन्धित निकायले गम्भीरताका साथ उचित संरक्षण र सम्बर्द्धन नगर्ने हो भने एक दिन मानव विकासको इतिहास नै गम्भीर खतरामा पर्न जाने निश्चित छ ।

रुकुम र बाग्लुङबीच सीमा विवाद

रुकुम भदौ ६ । रुकुम र छिमेकी जिल्ला बागलुङबीचको वर्षौं पुरानो सीमा विवाद पुनः उत्पन्न भएको छ । रुकुमको उत्तर-पूर्वमा पर्ने तकसेरा गाविस र बागलुङको निसी गाविसका स्थानीय बासिन्दाबीच ढोरपाटन आरक्ष केन्द्र भित्रपर्ने क्षेत्रलाई लिएर विवाद सुरु भएको हो । रुकुमको तकसेरा बासिन्दाले बागलुङ निसी गाविसका बासिन्दाले आफ्नो क्षेत्रभित्र पर्ने करिब पाँच किलोमिटर चरिचरन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको आरोप लगाएका छन् ।
उनीहरुले सो विवाद टुङग्याउन जिल्ल्ाा प्रशासन कार्यालय रुकुममा निवेदन गरेका छन् । निवेदन पेस गर्नका लागि सदरमुकाम मुसिकोट खलङ्गा आएका सतबहादुर पुनमगरले भने- ‘हाम्रो क्षेत्रभित्र पर्ने स्थानमा बागलुङ निसीका १२ परिवारले घरटहरा बनाएर बसिरहेका छन् ।’
उनले सो ठाउँमा उनीहरुले जथाभाबी रुख कटानी गर्ने गरेको र केही ठाउँमा खनजोत गर्न थालेको र जङ्गल मासिएकोमा आफूहरुलाई चिन्ता लागेकाले यस्तो गर्नुपरेको बाध्यता सुनाए ।
यो सिमाना विवाद २०२१ सालदेखि सुरु भएको स्थानीय सतमान पुनले जानकारी दिए । विभिन्न प्रकारका बहुमुल्य जडीबुटी रुख बिरुवा भएको र स्याउखेतीको राम्रो सम्भावना भएकाले सिमाना विवाद लम्बिरहेको बताइएको छ ।
यो सिमाना बिबाद मिलाउन पहिले जिल्लामा छलफल गरेर धारणा तय गरिसकेपछि दुई जिल्लाको सरकारी टोली खटाएर सुल्झाउने रुकुमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताउनुभयो । रासस

Wednesday 8 September, 2010

जलवायु परिवर्तनको प्रभाव सिस्ने हिमालमा पनि देखिन थाल्यो

रुकुम, एक, दुइ वर्षपहिले पुसरमाघमा सेत्ताम्मे देखिने रुकुमको सिस्ने हिमाल यस वर्षभने कालोपोलो लागेको छ । अग्ला चुचुरामा सेत्याम्मे देखिने हिमाललाई हेर्दा जुन सुकै मान्छेको पनि मनै लोभ्याउने हिमाल अहिले जलवायु परिवर्तनको असरले आप\mनो स्वरुप दिन प्रतिदिन गुमाउ“दै कालो बन्न थालेको छ ।
रुकुम जिल्लाको सदरमुकाम खलंगादेखि करीब १५ कोष टाढा पूर्वमा रहेको सिस्ने गाविसमा सिस्ने हिमाल अवस्थित छ । यो हिमाल जिल्लाको सबै भन्दा ठुलो हिमाल हो ।
यस हिमालले वर्षनी स्वरुप गुमाउन थालेपछि रुकुमेलीहरु चिन्तित बनेका छन् । बाउन्न पोखरी, त्रिपन्न टाकुरीको नामले चिनिने रुकुम जिल्लाको अस्तित्व गुम्ने हो कि भन्छन्, टिकारामा खड्का । गत वर्षरुमा हिउ“ले पुरिएर सेत्याम्मे वनेको हिमाल यस वर्षदेखि कालो पहाड जस्तो देखिन थाले पछि रुकुमेलीहरु चिन्तीत वन्न थालेको हुन । सिस्ने हिमाल समुन्द्री सतहदेखि करीब तीन हजार मिटर उ“चाईमा रहेको छ । यस हिमालले स्वरुप गुमाउ“दै जान थाले पछि जिल्लाका तालतलैयाहरु समेत सुक्न थालेका छन् ।
यसरी जलवायु परिवर्तण वढ्दै जाने हो भने जिल्लाको अस्तित्वसमेत गुम्ने संकेत देखापरेको सिस्ने-४ का दलबहादुर बुढा जनाउ“छन् । उनका अनुसार यस हिमाललाई सरकारले संरक्षण गरेमा हामी रुकुमेलीहरुको जीवन गुजारामा केही सहजता आउने थियो ।
प्रमुख जिल्ला अधिकारी सम्शुप्रसाद मरासीनीका अनुसारू सिस्ने हिमाललाई केही संरक्षण गरे पछि रुकुममा केही पर्यटकहरु भित्रिने आश थियो । तर अति दुर्गम भएकोले मोटर वाटो पुर्‍याउन कठिनाई भएको छ ।सल्यान, रोल्पा,जाजरकोट,दाङ्ग लगायतका जिल्लाहरुवाट यस हिमाललाई हेर्न आउने गर्दछन् । सिस्ने हिमाल मात्र होइन रुकुमका चर्चित मन्दिरहरु र तालतलैयाहरु पनि संरक्षणका कारण धरापमा परेका छन् ।
मानव क्रियाकलापबाट उत्र्सर्जित कार्वनअक्र्साईड नै जलवायु परिवर्तनको प्रमुख कारण भएपनि यसतर्फखासै कसैको ध्यान जान सकेको छैन । जलवायु परिवर्तनको दोषी विकसित देश भएपनि यसको मार विकासोन्मुख देश बढी प्रभावित भएको अवस्था छ । जलवायु परिवर्तन भई स्वरुप गुमाएपछि त्यस ठाउमा बसोबास गर्ने हिमचितुवा, भालु लगायतका नेपालमै दुर्लभ मानिने वन्यजन्तु लोप अवस्थामा पुग्न थालेको छन् । हिमाल वरिपरि विभिन्न प्रकारका जडिवुटिहरु पाइन्छन । ती जडीवुटिले ज्वरो,कमल पित लगायतका रोगहरुको उपचार हुन्छ । जिल्लामा यी जडिबुटिहरुको मुल्य आकासिदो छ ।
यस हिमाललाई संरक्षण गरेर जिल्लाको आर्थिक स्थितिलाई बढाउनमा यहिले सरकारी पक्ष र गैरसकारी तथा स्थानीय वासिन्दाहरुको कुनै चासो देखिएको छैन । जिल्लाका र्स्यापु ताल,कमल ताल र राप्ती अञ्चलकै प्रसिद्ध धार्मिक स्थल रहेको ड्रि्रे मन्दिर पनि संरक्षणको पर्खख्याइमा बसिरहेका छन् । संरक्षणको पर्ख्याइमा रहेका यी संरचनाहरु अहिले लोभ अवस्थामा पुग्न थालेका छन् । यसमा क्षेत्रलाई संरक्षण गर्न सरकारी तथा गैरसरकारी पक्षहरु निरन्तररुपमा लागिरहनु पर्छ ।
by : Ganesh BK

पर्यटकीय स्थल बन्दैछ रुकुमको स्यार्पूताल


रुकुम। चारैतिर डाँडापाखाले घेरेको, अनि डाँडापाखाकोबीचैमा एउटा रमणीय नीलो सुन्दर ताल छ । त्यतिमात्र होइन त्यो तालको वरपर सुन्दर बस्तीहरू चिटिक्क मिलेर बसेका जस्ता देखिन्छन् ।
तालको नजिकै गएर हेर्ने हो भने माछाका भुरा सल्बलाउँदै गरेको मनमोहक तथा रमाइलो दृश्य देखिन्छ । यस्तो दृष्य रुकुमको स्यार्पूतालमा पुग्ने जो कोहिले अब सजिलै देख्न सकिन्छ ।
रुकुम जिल्लाको सदरमुकाम खलङ्गादेखि चार कोश उत्तरपूर्वमा पर्ने बाँफिकोट गाविसको स्यार्पू भन्ने ठाउँमा अवस्थित स्यार्पूतालमा पुगेका जोकोही सर्वसाधारणले यस्तो वर्णन गर्न चुक्दैनन् ।
केही वर्ष अघि त्यहाँ पुग्ने जोकोही पर्यटकले यस्तो पर्यटकीय सम्भावनाको ताल प्रचारप्रसारको कमीले गर्दा पछाडि परेको गुनासा पोख्ने गर्दथे । अब भने साँच्चिकै स्यार्पूताल पर्यटकीय स्थलका रूपमा विकास हुँदैछ ।
नेपालकै प्रसिद्ध तालहरूको सूचीमा पर्ने स्यार्पूताल बाँफिकोट गाविसको वडा नं ३, ७, ९ लगायतका वडाको बीचमा पर्दछ । स्यार्पूताललाई साँच्चिकै पर्यटकीयस्थलका रूपमा विकास गर्न रुकुममा पहिलो पटक स्यार्पू महोत्सव हुने भएको छ । स्यार्पुताललाई लक्षित गरेर मनाउन लागिएको यो महोत्सव आगामी असोज ११ देखि १५ गतेसम्ममा सञ्चालन हुँदैछ ।
शनिबार बिहान बसेको स्यार्पू महोत्सव मूल समारोह समितिको बैठकले महोत्सवको ५० प्रतिशत काम सम्पन्न भइसकेको बताएको छ । उक्त महोत्सव सफल पार्नका लागि विभिन्न समिति तथा उपसमिति गठन भएका छन् ।
उक्त महोत्सवमा राष्ट्रपति रामवरण यादवलगायतका उच्चपदाधिकारीलाई बोलाउने मूल समितिले निर्णय गरेको छ । स्यार्पु महोत्सवका लागि स्थानीयस्तरदेखि गाविस, जिल्ला विकास समिति, गाविसका बुद्धिजीवी, काठमाडौमा निवासी, पर्यटन बोर्ड, नेपाल सरकारलगायतले आ-आफ्नो ठाउँबाट सहयोग गरिरहेको मूल समारोह समितिले जानकारी गराएको छ ।
जिल्ला र जिल्लाबाहिरबाट गरी करिब सातलाख बराबरको आर्थिक सहयोग प्राप्त भएको समितिले जानकारी दिएको छ । उक्त महोत्सवमा रुकुम जिल्लामा उत्पादन भएका सामान, राडिपाखी, स्यार्सागुम्वालगायत विभिन्न जातको बहुमूल्य जडीबुटी राखिने भएको छ । महोत्सवमा ५० वटा स्टल राखिने बताइन्छ ।
बाउन्न पोखरी ५३ टाकुरीले प्रख्यात रुकुम जिल्ला प्राकृतिक रूपमा सुन्दर भएर पनि प्रचारप्रसारको कमिले ओझेलमा परेको यो ठाउँलाई उजिल्याउन स्यार्पु महोत्सव हुने भएको हो । रुकुम जिल्लाको बाँफिकोट गाविसमा रहेको स्यार्पुतालको नामबाट जुराइएको स्यार्पु महोत्सवमा जिल्लाका विभिन्न पर्यटकीयस्थलको बारेमा पनि जानकारी गराइने कार्यक्रम छ ।
आगामी असोज ११ गतेदेखि १५ गतेसम्मा मनाइने उक्त महोत्सव सफल पार्न अहिले मूल आयोजक समिति तदारुकता साथ लागि परेको छ ।
रुकुम जिल्लामा साना र ठूला गरी दुई दर्जनभन्दा बढी ताल तथा पोखरी रहेका छन् । त्यस्तै रुकुम जिल्लाको उत्तरमा सिस्ने हिमाल पनि रहेको छ । जिल्लाका विभिन्न गाविसमा गरी करिब तीन दर्जनभन्दा बढी रमाइला र मनमोहक टाकुरी पनि रहेका छन् भने चौरजहारी फाँट, आठबीसकोट राडिज्यूला, माछिमी ज्यूला, बाँकेज्यूला, तकसेराको बुकी, मैकोटको पाटन, सानीभेरी र ठूलीभेरी नदीको दोभानलगायतका विभिन्न फाँट तथा स्थल उत्तिकै रमणीय छन् ।
महोत्सव सफल पार्नका लागि स्थानीयस्तरमा सर्वसाधारणलाई उत्साहित बनाउने उद्देश्यले गाउँ-गाउँमा घरदैलो अभियान सुरु गरिएको छ । रुकुमको स्यार्पुताल मात्र नभइ रुकुम जिल्लालाई पर्यटकीयस्थलको रूपमा विकास गर्न यो महोत्सव सहयोगीसिद्ध हुने महोत्सव संयोजक चन्द्रबहादुर केसीले बताउनुभयो ।
ताल वरपर चक्रपथ निर्माण गर्ने, जीर्ण अवस्थामा रहेका अतिथि भवन निर्माण, तालसम्म सडक खन्ने काम अन्तिम चरणमा पुगेको महोत्सवका सह-संयोजक हर्कसिंह खत्रीले बताउनुभयो ।
बाँफिकोट गाविसमा अवस्थित स्यार्पुतालको कुल क्षेत्रफल २.६ वर्गकिलोमिटर रहेको छ । उक्त स्यार्पूतालको गहिराई वर्षातको समयमा २३ मिटरसम्मा हुने गर्दछ भने हिउँदमा १८ मिटर गहिराइ हुने गर्दछ । वर्षातमा बाढी र पहिरोका कारण केही भू-भाग क्षति भएता पनि यही मौका छोपेर त्यसको संरक्षण र सम्वर्द्धन गर्न लागिएको छ ।
अहिले २०४६ सालमा निर्माण भएका अतिथि भवन मर्मत गरिएको छ भने स्यार्पु भ्युटावर पनि पुनःनिर्माण गरिएको छ ।

रुकुमका जनताबाट अबदेखि स्कूल बन्द नगर्ने प्रतिवद्धता

भाद्र ९ रुकुम। शसस्त्र जनयुद्व बेलादेखि नै तहस नहस भएको विद्यालय क्षेत्र सुधार्नका लागि रुकुमका जनता अव देखि जुट्ने भएका छन्। विद्यालयलाई शान्ति क्षेत्र बनाउनका लागि सबै सरोकारवालाहरूले पहल गर्नुपर्ने भन्दै रुकुमका पार्टीहरूले अबदेखि स्कूल बन्द हुने क्रियाकलाप नगर्ने प्रतिवद्धता जनाएका हुन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुकुमले बालअधिकारका विषयमा सरोकार वालाहरूसँग गरेको अन्तर्क्रियामा सहभागीबाट यस्तो प्रतिवद्धता आएको जनाईएको छ।
देशको निकास निकाल्न भन्दै राजनितिक दलहरुले गरेको बन्द हडतालले आफ्ना सन्ततीहरुले दु:ख पाएको भन्दै अव देखि विद्यालय बन्द नगर्ने जनाइएको छ।
कार्यक्रममा एकीकृत माओवादी, नेपाली काँग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चाका र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियो।
पार्टीको केन्द्रीय स्तरबाट बन्द गरिएपनि जिल्लामा विद्यार्थीको पढाईमा असर पार्ने खालका काममा सहयोग नगर्ने बताएका छन।
source: Hongkongnepali.com

बस दुर्घटना हुँदा ३७ घाइते, ४ अवस्था गम्भीर

9th Sept: काठमाडौंबाट सल्यानका लागि छुटेको ना ३ ख ६०७१ नम्बरको यात्रुबाहक बस आज विहान धादिङको भुमेस्थान ४ मा दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको चितवनको भरतपुर मेडिकल कलेज र धादिङकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
Source: dcnepal.com