Pages

Subscribe:

Rukum

.

Tuesday 23 November, 2010

रुकुममा कलेज बनाउन युरोपमा जुटे नेपाली, १२,५०९ युरो आर्थिक सहयोग

शिक्षाको उज्यालो सबैमा छर्न सक्यौ भने अनि मात्र देश बन्छ, भन्ने कुरालाई आत्मसात गर्दै रुकुम जिल्लाको बिकट ठाउ तक सेरा गा।वि।स।मा उ।मा।वि।प्लस टू कलेज संचालनको लागि बेल्जियममा नेपाली जुटेका छन ।
आर्थिक सहयोग समिति काठमाण्डौले पहल गरी विश्व मगर संघ बेल्जियमलाई आर्थिक सहयोग रसिद पठाइ सहयोगको आग्रह गरेकोमा विश्व मगर संघ बेल्जियमले हातेमालो गर्दै बेल्जियममा वसोवास गर्दै आएका समाजसेबी तथा शिक्षाप्रेमी महानुभावहरुले तामापत्रमा नाम नामाकरण र कदरपत्र प्राप्त गर्ने गरी ५० युरो देखि १९९९ युरोसम्म सहयोग गर्ने सहयोगी हातहरु र मनहरुको समर्थनमा आर्थिक जुटाएको छ ।
सोहि सहयोगी हात र मनहरु लिएर सहयोग गर्ने महानुभावहरुमा रुकुम तक सेरा १ का मार्के मगर १७७९ युरो, रुकुम तक सेरा ८ का बिक्रम बुढा मगर १५७५ युरो, रुकुम तक सेरा ४ का सुर्य ब.गुरुङ १५५५ युरो, रुकुम तक सेरा ४ का बिरमान बुढा मगर १५१९ युरो, रुकुम तक सेरा २ का धर्मसुर बुढा मगर ४०० युरो, रुकुम तक सेरा ७ का बसन्त बुढा मगर ४०० युरो, रुकुम तक सेरा १ का राम कु.बुढा मगर ३०० युरो, रुकुम तक सेरा १ का सतमान पुन मगर ३०० युरो, सोलुखुम्बू बेनी १ को पेम्बा गेल्बू शेर्पा २२५ युरो, नेपाली लोकतान्त्रिक मन्च बेल्जियम १०१ युरो, रोल्पा थवाङ ९ का राज कु.रोका मगर १०० युरो, स्याङजा ठूलाडी ७ की कमला थापा मगर १०० युरो, काभ्रे देवभुमी बालुवा ८ का दामोदर प्र.आचार्य ६५ युरो, कास्की पोखरा सिल्दुजुरे ६ की हिरा देबी गुरुङ ६० युरो, बाग्लुङ ८ को श्रीप्रसाद सापकोटा ५५ युरो, रोल्पा जेल्वाङ २ का श्याम बुढा मगर ५२ युरो, बाग्लुङ १० का रेशम ब.क्षेत्री ५१ युरो, कास्की पोखरा घारीपाटन १७ का प्रबिन गौचन ५१ युरो, रामेछाप गुम्देल ४ का सोनाम शेर्पा ५१ युरो, चितवन भरतपुर ५ का टेक नारायण सापकोटा ५१ युरो, अर्घाखाची धारापानी २ का टोइना ब.आले मगर ५१ युरो, ललितपुर थसिखेल ५ का तारा शाक्य ५१ युरो, नवलपरासी गैडाकोट ५ को राम ब.पुन मगर ५१ युरो, गोरखा आरुपोखरी ३ का प्रेम ब.गुरुङ ५१ युरो, बाग्लुङ रायडाडा ५ को राम ब.थापा मगर ५१ युरो, गोरखा सिम्ले १ को टीका राम पन्त ५१ युरो, म्याग्दी बाबीया चौर ४ का कृष्ण सुनार ५१ युरो, म्याग्दी रत्ने चौर ६ का दिल ब.आले मगर ५१ युरो, सोलुखुम्बू नेचा बतासे ९ का शेर ब.राइ ५१ युरो, म्याग्दी चिमखोला ८ का साजन पुन मगर ५१ युरो, तेह्रथुम मोराहाङ ८ का कमल भारती ५१ युरो, बाग्लुङ दमेक ४ का गोपाल सापकोटा ५१ युरो, कन्चनपुर महेन्द्रनगर ४ का धन राज मगर ५१ युरो, मकवानपुर हेटौडा ७ का सहदेव गौतम ५१ युरो, बाग्लुङ बुर्तिबाङ १ का आकाश थापा मगर ५१ युरो, बाग्लुङ अमरभुमी ५ का दल ब.देनी पुन मगर ५० युरो, कास्की सिकलेस ५ को गम ब.लाही गुरुङ ५१ युरो, काठमाण्डौ गैरीगाउ स्वयम्भूका दोर्जे गुरुङ ५० युरो, म्याग्दी घार १ की नर कुमारी बुदुजा मगर ५० युरो, मकवानपुर मनहरी ३ का निजाम दिन मिया ५० युरो, म्याग्दी मराङजा ४ का महोन रोका मगर ५० युरो, कास्की पोखरा १० का ज्ञान पुन मगर ५० युरो, लम्जुङ भुल्भुले ५ को टंक प्र.गुरुङ ५० युरो, पर्बत देबिस्थान ६ का अर्जुन कु.श्रेष्ठ ५० युरो, बाग्लुङ बोहोरा गाउ ९ का कासी राम पौडेल ५० युरो र बाग्लुङ मल्म ३ का गंगाधर गौतम ५० युरो गरी ४६ जनाबाट १०,३७७ युरो, १ देखि २५ युरोसम्म सहयोग गर्नुहुने २६१ जना चन्दा दाताहरुबाट २१३२ युरो, गरी जम्मा १२,५०९।–युरो ठूलो धनरासी संकलन गरिएको छ ।
त्यस क्षेत्रका बालबालीकाहरु अन्धकारबाट मुक्त भै उज्यालो ज्ञानको ज्योती देख्न पाउने छन भन्ने उपेक्षाका साथै सो रकम उ।मा।बि।का नाममा लघु जलबिधुत र वारलेस इन्टरनेट जस्ता सुविधाहरुमा सबैको पहुँच पुर्याउन लगानी गरी त्यसबाट आयको मुनाफाले विद्यालयलाइ सधै निरन्तरता दिओस भन्ने सल्लाह र सुझाब सहित आर्थिक सहयोग समितिलाइ रकम हस्तान्तरण गर्ने भएको छ ।
स्मरण रहोस २००१ स्थापना कालदेखि विश्व मगर संघ बेल्जियमले सामाजिक कार्य र मानव सेवाको लागि सदैब सहयोग गर्दै आएको छ ।

रुकुम जिल्लामा दैनिक एक करोड विप्रेषण

१२ कात्तिक, रुकुम । वैदेशिक रोजगार दर उच्च रहेको रुकुम जिल्लामा दैनिक एक करोड रुपिया भन्दा बढी विप्रेषण भित्रिने गरेको छ । जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गामा रहेका एकदर्जन मनि ट्रान्सफर कार्यालयहरू मार्फत दैनिक एक करोड भन्दा बढी विप्रेषण जिल्लामा भित्रिने गरेको हो ।
विसं २०६२ देखि सञ्चालनमा आएको वेस्टर्न यूनियन मनी ट्रान्सफरको रुकुम शाखाबाट मात्र दैनिक पन्ध्र लाख बराबरको रेमिटेन्स जिल्लामा भित्रिने गरेको छ ।
शाखाका प्रबन्धक भिउमान घर्तीका अनुसार साउदी अरेबिया, दुबई, मलेसिया, कतारबाट धेरैजसो विप्रेषण आउने गरेको छ ।
इन्टरनेसनल मनी एक्स्चेन्ज (आइएमई) रुकुमका प्रबन्धक पूर्णबहादुर ओलीका अनुसार मलेसिया, कतारलगायतका देशबाट पनि दैनिक बीस लाखसम्मको विप्रेषण भित्रिने गरेको छ । सदरमुकाम मुसिकोटमै रहेको प्रभू मनी ट्रान्सफर र सिटी एक्सप्रेसले पनि दैनिक लाखौँको कारोबार गर्ने गरेका छन् ।
रुकुमेलीहरू ठूलो सङ्ख्यामा विदेश गएकाले पनि उनीहरूको कमाइबाट दैनिकजसो लाखौँको रकम जिल्लामा भित्रिने गरेको हो । विदेशिएका आफन्तहरू पनि आˆनै जिल्लाबाट छिटो छरितोरूपमा पैसा पाउने भएकाले मनी ट्रान्सफरहरूप्रति आकषिर्त भएको वेस्टर्न यूनियन मनी ट्रान्सफरका शाखा प्रबन्धक भिउमान घर्तीले बताउनुभयो ।
आइएमई रुकुमका शाखा प्रबन्धक पूर्णबहादुर ओलीका अनुसार जिल्लामा आउने रकमभन्दा बाहिर पठाउने रकम कम रहेको छ ।
जिल्ला प्रशासन कार्यालयले रुकुम जिल्लाका करिब पचास हजार युवा युवती वैदेशिक रोजगारीमा रहेको जनाएको छ । जिल्लामा विप्रेषण रकम बढ्दै गएकाले नयाँ मनी ट्रान्सफरहरू पनि थपिँदै गएका हुन् ।