Pages

Subscribe:

Rukum

.

Tuesday 27 September, 2011

रुकुमको पुपाल 'जर्नी टु यार्सा' को प्रदर्शन

काठमाडौं, आश्विन ११ - वृत्तचित्र पनि सिनेमा हो भन्ने बुझाउने हेतुले बिहीबारदेखि चार दिनसम्म दक्षिण एसियाली वृत्तचित्र महोत्सव आयोजना हुने भएको छ । महोत्सव कुमारी सिनेमा हलमा दिनभर चल्नेछ ।

महोत्सवमा नेपाल सम्बन्धित चारसहित ३६ वृत्तचित्र प्रदर्शन हुनेछन् । दीपेन्द्र भण्डारीको 'जर्नी टु यार्सा' को प्रदर्शनसँगै सुरु हुने महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, बर्मा र तिब्बतका प्रतिनिधि वृत्तचित्र हुनेछन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । रुकुमको पुपालमा यार्सा खोज्न पुगेका झन्डै सात हजारको क्याराभानलाई पछ्याएको 'जर्नी टु यार्सा' बाहेक पहिलो दिन पाँच वृत्तचित्र देखाइनेछन् । महोत्सवमा केसाङ छेतेनको 'सेभिङ डोल्मा' वृत्तचित्र पनि छानिएको छ । बाँकी दुई नेपाली वृत्तचित्र भने विदेशीले तयार पारेका हुन् ।

'यसपालिदेखि महोत्सवमा बर्मा र अफगानिस्तानले समेत सहभागीता जनाएका छन्, जुन हाम्रा लागि पनि उत्साहजनक छ,' महोत्सव निर्देशक कनकमणि दीक्षितले भने । प्रतिस्पर्धात्मक महोत्सवमा निर्णायकले उत्कृष्ट ठहर्‍याएको वृत्तचित्रले दुई हजार अमेरिकी डलरसहित रामबहादुर ट्रफी जित्नेछ । दोस्रो हुनेले एक हजार अमेरिकी डलर र उत्कृष्ट डेब्यु फिल्म मेकरले पनि उ त्यति नै रकम पुरस्कार पाउनेछन् । भारतीय फोटोग्राफर, लेखक सतीश शर्मा, युरोपेली फिल्म महोत्सव 'वन वल्र्ड' का संस्थापक इगोर ब्लेजेभिक र आयोजक संस्थाकै पूर्वनिर्देशक तथा पत्रकार मनीष श्रेष्ठको निर्णायक समितिले वृत्तचित्रको मूल्यांकन गर्नेछ । १५ वर्ष अघिदेखि हुँदै आएको महोत्सवको यो आठौं संस्करणका लागि झन्डै चार सयबाट तीन महिना लगाएर तीन दर्जन वृत्तचित्र छानिएको महोत्सव सहनिर्देशक उपासना श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, 'सहभागी वृत्तचित्रको प्राविधिक गुणस्तर, विषयवस्तुको प्रस्तुतीकरणका साथै क्षेत्र, परिवेश र विधालाई समेत ध्यान दिएर छनोट गरिएको थियो ।'

प्रतिस्पर्धी वृत्तचित्रमध्येकै झन्डै २० फिल्म मेकरको समेत सहभागिता रहने बताइएको महोत्सवमा छलफल कार्यक्रमसमेत हुने दीक्षितले जानकारी दिए । उनले महोत्सवको उद्घाटन गर्न लागेकी बंगलादेशी फिल्म मेकर क्याथि्रन मसुसहित विभिन्न अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्वबाट तीनवटा छलफल हुने बताए । छलफल वृत्तचित्रको विकासक्रम, बजारीकरणका बारेमा हुनेछ ।

प्रकाशित मिति: २०६८ आश्विन ११
Source: Kantipur

Monday 26 September, 2011

विद्यालय सुधार कार्यक्रमलाई ४४ करोड

२०६८ - असोज - ८
राजधानी संवाददाता
रुकुम, ८ असोज
जिल्ल्ाा शिक्षा कार्यालयले चालू आर्थिक वर्ष०६८/६९ का लागि शिक्षा क्षेत्रमा ४४ करोड ५६ लाख ४७ हजार रुपैयाँ छुट्टयाएको छ । जिल्ल्ााको विद्यालय सुधार कार्यक्रमअर्न्तर्गत सो रकम छुट्टयाइएको हो ।
कार्यालयका अनुसार विनियोजित रकममध्ये चालू खर्चतर्फ१५ लाख ६६ हजार र पुँजीगततर्फ५० लाख ६० हजार रुपैयाँ रहेको छ ।
जिल्ल्ाा शिक्षा अधिकारी दिव्यराज कट्टेलका अनुसार प्राथमिक तहका शिक्षकहरूका लागि १९ करोड २९ लाख ९४ हजार र निम्न माध्यमिक तथा माध्यमिक विद्यालयका शिक्षकका लागि ८३ लाख ६७ हजार रकम विनियोजन गरिएको छ ।
यस वर्ष५० ओटा विद्यालयमा चारकोठे नया“ भवन निर्माण गरिनेछ । जसअनुसार सुगम गाविसका लागि प्रतिभवन ६ लाख ५० हजार र दर्ुगम गाविसका लागि ७ लाख ४० हजार प्रति भवन विनियोजन गरिएको छ ।
यातायात सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका १७ ओटा गाविसलाई दर्ुगम गाविस मानिएको छ । विद्यालयहरूमा नया“ भवन निर्माण, विद्यालय भवन मर्मत, खानेपानी र शौचालय निर्माणका लागि १० करोड ६० लाख रकम विनियोजन गरिएको छ । जसमा जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोग तथा सेभ द चिल्डे्रन र सिविन नेपालको प्राविधिक सहयोगमा भवन निर्माण गरिनेछ ।
त्यस्तै, जिल्ल्ाा शिक्षा कार्यालयको निर्माणाधीन भवन निर्माणका लागि थप ५० लाख ६० हजार रकम छुट्टयाइएको छ ।
यस वर्षप्राथमिक क्षेत्र विस्तार कार्यक्रम र अनौपचारिक प्राथमिक क्षेत्र विस्तार कार्यक्रमका लागि पाँच/पाँचओटा केन्द्रमार्फ कार्यक्रम सञ्चालन गरिने जिशिकाका शाखा अधिकृत विनाराम खड्काले बताए । खड्काका अनुसार पुराना २ सय ५२ ओटा बालविकास केन्द्रलाई निरन्तरता दिइएको छ भने आवश्यक परेका खण्डमा कात्तिक महिनाभित्र सम्बन्धित टोल तथा विद्यालयका बारेमा जानाकारी गराइनेछ । साथै, समुदायमा हस्तान्तरण भएका २२ विद्यालयलाई १ लाखका दरले प्रोत्साहन अनुदान वितरण गरिने अधिकृत खड्काले बताए ।
विद्यालयको बाहय वातावरण सुधारका लागि ५३ ओटा विद्यालयलाई २ लाखका दरले सहयोग गरिने कार्यालयले जनाएको छ । त्यस्तै, ४० ओटा विद्यालयको छात्रा शौचालय निर्माणका लागि २ लाखका दरले सहयोग प्रदान गरिनेछ । ५० ओटा विद्यालयमा कक्षाकोठा र भवन पुनर्निर्माणका लागि १ लाखका दरले रकम विनियोजन गरिएको छ । कार्यालयले निम्न माध्यमिक विद्यालयसम्मका दलित विद्यार्थीका लागि प्रतिविद्यार्थी ४ सयका दरले ९० लाख १३ हजार र निम्न माध्यमिक तहसम्मका छात्राहरूका लागि प्रतिविद्यार्थी ४ सयका दरले रकम वितरण गर्नेछ । द्वन्द्वपीडित बालबालिकाका लागि ५७ हजार २६ रुपैयाँ रकम छुट्टयाइएको छ ।
यस वर्षजिल्ल्ााका सम्पर्ूण्ा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरिनेछ । जिशअ कट्टेलले भने, 'विद्यालयको पठनपाठन व्यवस्थित बनाउन करोडौंको रकम विनियोजन गरिएको हो ।' पहिलो पटक प्रतिभाको खोजीका लागि २५ हजार रकम विनियोजन गरेको उनले बताए ।

Tuesday 20 September, 2011

आफ्नै लगानीमा गाउँ झिलिमिली

रुकुम, (नेस), गाउँको विकास निर्माण गर्दा सधैं सरकारी तथा गैरसरकारी निकायको मुख ताक्नेहरुका लागि रुकुमको एक गाविसका स्थानीय बासिन्दाहरुले चुनौती दिएका छन्। जिल्लाको साख गाविसका सर्वसाधारणले आफ्नै लगानीमा विद्युत् उत्पादन गरेका छन्।

गाविसको वडा नम्बर ८ का ६८ घर र खलंगा-७ का १२ घरपरिवार मिलेर विद्युत् उत्पापादन गरेका हुन्। घरमा बत्ती बाल्ने लक्ष्य लिएपछि प्रतिपरिवार १५ हजार रुपियाँ र दुई हप्तासम्म श्रमदान गरी पाँच किलोवाट क्षमता भएको विद्युत् उत्पादन गरेका हुन्। ८० परिवारले जम्मा गरेको १ लाख २० हजार नगद तथा २ लाख बराबरको श्रमदान गरी करिब ३ लाख २० हजारको लगानीमा विद्युत् निर्माण गरिएको निर्माण समितिका अध्यक्ष किरण मल्लले बताए।

रुकुममा खाद्य असुरक्षा बढ्दो / स्थानीयवासीमा भोकमरीको त्रास

धनवीर दाहाल, (रुकुम), रुकुम जिल्ला यस वर्ष गत सालको भन्दा खाद्य सुरक्षाको हिसाबले जोखिममा रहेको एक प्रतिवेदनले देखाएको छ।
कृषि उत्पादनमा कमी आएपछि जिल्ला खाद्य सुरक्षा संजालले जिल्लाका २६ गाविसलाई यस वर्ष खाद्य असुरक्षित गाविसको रुपमा घोषणा गरेको छ।


त्यसमध्ये जिल्लाका पूर्वी र उत्तरी भेगका करिब दश गाविसहरु सबै भन्दा बढी जोखिममा रहेका गाविसहरु हुन्। संजालले प्रत्येक तीन-तीन महिनामा जिल्लाको खाद्य अवस्थाको बारेमा जानकारी लिने गर्छ। जिल्लास्थित सरोकारवाला निकायहरुको सहभागितामा शुक्रबार बसेको बैठकले सम्भावित क्षेत्रमा बेलैमा खाद्यान्न ढुवानी गर्नुपर्ने कुरामा पनि सतर्कता अपनाइएको छ।

सो साजालले बताएअनुसार हुकाम रन्मामैकोट तकसेरा गोतमकोट स्यालाखदीलगायतका दश गाविसहरुमा सबै भन्दा कम मकै उत्पादन भएकाले चाँडै खाद्यान्न अभाव हुने सम्भावना रहेको छ। रोगका कारण मकै उत्पादनमा गतवर्षभन्दा ३० प्रतिशत कमी आउने भएकाले उक्त क्षेत्रहरुमा खाद्यान्न अभावको सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय रुकुमका प्रमुख कुलप्रसाद अधिकारीले बताए। उनले भने यस वर्ष जिल्लाभरको उत्पादनमा कमी छ तर सधैं खाद्यान्न अभाव हुने गाविसहरुमा समस्या झनै बिकराल हुनेछ।रातभरि पानी पर्ने र दिउँसो बादल लागेकाले मकै बालीमा रोग लागेको हुँदा उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ। यस वर्ष मकै बालीमा फेद कुहिने जस्ता रोगका कारण मकै बाली सुकेको थियो। जिल्लाका करिब ५० प्रतिशत स्थानमा मकै भित्राउने काम सकिएकाले जिल्लामै उत्पादनमा कमी आएको बताइएको छ।

जिल्लाका धेरै स्थानमा मकैमा रोग लागेको र कतिपय स्थानमा भदौ्रको अन्तिमतिर आएको हावाहुरीले क्षति गरेको छ। गतवर्ष पनि मकै बालीमा उत्पादन कमी आएपछि जिल्लाका दुई दर्जन गाविसहरुमा खाद्यान्न अभाव देखिएको थियो। यद्यपि जिल्ला खाद्य संस्थान रुकुममा अझै चार महिनाको लागि भ्याउने खाद्यान्न मौज्दात रहेका जिल्ला खाद्य संस्थान रुकुमले जनाएको छ।

Friday 9 September, 2011

पुल नहुँदा नदी तर्न ५० रुपैयाँ

रुकुम, भाद्र १५ -
सबैजसो गाविस भएर बग्ने सानीभेरी नदीका अधिकांश स्थानमा पुल नहुँदा यात्रीहरू खोला तार्न २० देखि ५० रुपैयाँ तिर्न बाध्य छन् । खलंगा-५ र झुला ९ को बीचमा पर्ने सानीभेरी नदी तर्दा यात्रीले ५० रुपैयाँ तिर्नुपर्ने नियम छ । दैनिक स्थानीय दसजनासम्म युवा खोलाको किनारमा बस्ने र नदी वारपार गराउँदा ५० रुपैयाँ लिने स्थानीय शिक्षक बालकृष्ण शर्माले बताए ।

उनका अनुसार सामान भए सय रुपैयाँसम्म लिने गरिएको छ । ठाँटीका युवाले बनाएको अस्थायी पुल बाढीले बगाएपछि आवतजावत गर्न समस्या भएपछि युवाले बटुवाबाट रकम असुल्ने गरेका हुन् ।

'दिनभरि खोलाले बगाएका काठदाउरा संकलन गर्ने र बटुवालाई खोला तराउने काम गरिरहेका हुन्छौँ ।' स्थानीय भूपेन्द्र चन्दले भने, 'आफैं खोला तर्न सक्नेलाई भने पैसा लिँदैनौं ।' दैनिक ५० देखि सय जनासम्मले रकम तिरेर खोला तर्ने गरेका छन् ।

त्यस्तै स्यालापाखा र पीपल गाविस जोड्ने पुल बाढीले भत्काएपछि नदी तर्नका लागि स्थानीयहरूले २० देखि ४० रुपैँयासम्म लिने गरेका छन् । स्थानीय कांग्रेस नेता नरजित बस्नेतका अनुसार दैनिक साठी जनासम्मले पीपल र स्यालापाखा वारपार गर्नका लागि सानीभेरी नदी तर्न रकम खर्चिनुपर्ने बाध्यता छ । उनले भने, 'पौडी खेल्न दक्ष स्थानीय युवाले बटुवालाई नदी तारिदिने गरेका छन् ।'

स्थानीयका अनुसार नदीमा पुल नहुँदा हुकामबाट जाङको अर्जल, गोतामकोटबाट जाजरकोटको सोभाभगवती लगायतका स्थानमा आउजाउ गर्न पौडी खेल्न नसक्ने बटुवाले रकम तिरेर तर्नुपर्ने बाध्यता छ ।

त्यस्तै पुर्तिमकाँडा र गरायला गाविस जोड्नका लागि सिएसपी नामक संस्थाले बनाएको तुइन बिगि्रएपछि दुई गाविस आवतजावत गर्न रकम तिर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: २०६८ भाद्र १६ कान्तिपुर

दैनिक उपभोग्य सामग्री अभाव "पहिरोले सडक अवरुद्ध"

रुकुम, १७ भदौ

जिल्लाका विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भएपछि व्यापारिक केन्द्र रुकुमकोटलगायत १६ गाविसमा दैनिक अत्यावश्यक सामग्रीको अभाव भएको छ । वर्षात्का कारण पहिरो गएपछि दुई महिनाअघि अवरुद्ध सोलावाङ बालुवा हरित कृषि सडक सुचारु हुन नसक्दा समस्या भएको हो ।

थप खाद्यान्न नभित्रिएपछि छिटफुट पाइने सामानको मूल्य पनि अत्यधिक बढाइएको छ । नुन, तेल चामललगायतका सामानको मूल्यमा वृद्धि भएको व्यापारी सुन्दर थापाले बताए । “गाडी, मोटर चल्दैनन्,” उनले भने, “मान्छे र घोडाखच्चरबाट समान ढुवानी गर्दा अलिकति महँगो भइहाल्छ नि ।”

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकृमार श्रेष्ठले सडक सुचारु नहुँदा सर्वसाधारणले मार खेपिरहेको बताए । “सरोकारवाला निकायसमक्ष पटक–पटक जानकारी गराएका छौं,” उनले भने, “कहिल्यै हुँदैन भन्ने शब्द पनि आएन कहिले भएन पनि ।”

उता, जिल्लास्थित सरोकारवाला निकायले भने यातायात सुचारु गर्न प्रक्रिया अघि बढिरहेको बताएका छन् । “वर्षाले जिल्लाको प्रमुख राजमार्गसँगै अन्य दर्जनौं राजमार्ग एकैसाथ अवरुद्ध भएकाले समस्या भएको हो,” प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने, “केन्द्रमा समेत जानकारी गराइसकेका छौं ।”

०६३ सालमा निर्माण गरिएको सल्ली–चौरजहारी सडकखण्डमा वर्षमा ६ महिनामात्र सवारी साधन सञ्चालन हुने गरेका छन् ।
Source : Karobar Daily
०४ सेप्टेम्बर २०११

विद्युत्मा अनियमिताले समस्या

रुकुम, २२ भदौ

रुकुम जिल्लाको विद्युत् सेवा दुई दिनदेखि अनियमित बन्दै आएको छ ।

रुकुमेली विद्युत् उपभोक्ता समिति रुकुमले जलविद्युत् आयोजनाको मूल ठाउँमा रहेका २ नम्बर जेनेरेटरलगायतका मेसिनहरू जलेकाले यो समस्या आएको बताएको छ । केन्द्र प्रमुख रामबहादुर केसीका अनुसार दुईवटा मेसिनमध्ये एउटा मेसिन बिग्रिएकाले कामचलाउ भइरहेको बताए । समितिले सूचना टाँस गरी मेसिन मर्मतकार्य भइरहेको भए पनि कहिलेसम्म बन्छ भन्ने कुराको केही ठेगान नभएको बताएको छ । २ सय ५० किलोवाट क्षमताको स्यार्पुताल जलविद्युत् आयोजना रुकुमेली विद्युत् उपभोक्ता समितिले सञ्चालन गर्दै आएको छ ।

विद्युत् सेवा अनियमित बनेपछि विद्युत् सेवा उपभोग गरिरहेका सेवाग्राही मर्कामा परेका छन् । बत्ती आउने–जाने ठेगान नभएकाले समस्या आएको स्थानीय व्यापारीहरूको गुनासो छ । कम्प्युटर खोल्न नपाउँदै बत्ती जाने भएकाले समेत कम्प्युटर सिक्न आएका प्रशिक्षार्थी, साइबर सञ्चालनसँगै कम्प्युटरमा समेत समय समयमा खराबी देखिन थालेको साइबर सञ्चालक गणेश शर्माले बताए ।

विद्युत् समस्याले सञ्चार क्षेत्र पनि अछुतो छैन । जिल्लास्थित नियमित रूपमा प्रकाशन भैरहेका आधा दर्जनभन्दा बढी पत्रपत्रिका बन्द भएका छन् भने स्थानीय एफएम स्टेसनहरूले आफ्नो नियमित प्रसारण समय घटाएका छन् । रुकुमको बाँफिकोटस्थित स्यार्पुतालबाट उत्पादन गरिएको स्यार्पुताल साना जलविद्युत् आयोजना रुकुमको एकमात्र ठूलो विद्युत् आयोजना हो, जसबाट जिल्ला सदरमुकाम खलंगालगायत बाहिरी १० वटा गाविसमा समेत विद्युत् सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला सदरमुकाम मुसिकोट खलंगामा समय–समयमा विद्युत आउने–जाने गरे पनि बाहिरी १० वटा गाविसमा भने विद्युत्सेवा अवरुद्ध भएको छ, जसका कारण स्थानीय बासिन्दाहरू मोबाइल चार्जलगायतका अन्य रेडियो, टेलिभिजन हेर्नबाट समेत वञ्चित भएका छन् ।

समितिले आयोजना सुरुवातको समयमा जडान गरेका मेसिनहरू अहिलेसम्म फेरबदल नगर्दा समय–समयमा समस्या आउने गरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । तर, विद्युत् आपूर्तिमा समस्या आए पनि जेनेरेटरबाट कामकाज सञ्चालन गर्ने गरेका व्यापारीहरूका लागि भने मालामालको अवस्था छ । उनीहरूले महँगो शुल्क लिएर मोबाइल चार्जलगायत विभिन्न सेवा दिइरहेका छन् ।
Source : karobar Daily
०९ सेप्टेम्बर २०११

Monday 5 September, 2011

पहिरोमा पुरिएर ६ जना बेपत्ता

रुकुम, भाद्र २० - अबिरल वर्षाका कारण जिल्लाको हुकाम गाविसमा गएको पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन । हुकाम - ७ काचरजंगमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका हुन । घटनास्थल जिल्ला सदरमुकामबाट तीन दिनको दुरीमा पर्छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार सोमवार दिउँसो दुई बजेतिर घट्टमा पिठो पिस्न गएका सातजनामध्ये ६ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन । बेपत्ता हुनेहरुमा हुकाम - ७ की ५२ वर्षीय जखकुमारी बुढा, १० वर्षकी चाहना बुढा, २९ वर्षीया सुनिता घर्ति,सुनिताको छोरी १ वर्षकी हिमांशु घर्ति, ८ वर्षीया पुजीनी बुढा र ९ वर्षीया सरिता बुढा छन ।

बेपत्ताको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय मैकोटबाट प्रहरी नायब निरीक्षक हरिसिं उर्यालको नेतृत्वमा १५ जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक किसनसिं थापाले कान्तिपुरसित बताए । उनका अनुसार प्रहरीले घटना भएको १० घन्टापछिमात्र जानकारी पाएकाले उद्धारमा ढिलाई भएको छ । घटनामा १० वर्षीय मिलन बुढाले भागेर ज्यान बचाएका थिए ।

प्रहरीका अनुसार पिठो पिसिरहेका् बेला २ सय मिटर माथिबाट आएको पहिरोले घट्ट पूर्णरुपमा पुरेको छ । प्रहरी नायब उपरिक्षक थापाका अनुसार इलाका प्रहरी कार्यालय मैकोटबाट गएको प्रहरीटोलीसंग सम्पर्कबिच्छेद भएकाले घटनाबारे थप जानकारी आउन सकेको छैन ।

प्रकाशित मिति: २०६८ भाद्र २०
Source : कृष्णप्रसाद गौतम Kantipur

Friday 2 September, 2011

एउटै छाप्रोमा ११ टुहुरा

कमल थापा, रुकुम, भदौ १७ - रुकुम सदरमुकाम खलंगा-३ स्थित एक छाप्रोमा ११ टुहुरा बस्दै आएका छन्। सशस्त्र युद्धकालमा नेपाली सेनाको मोर्टार आक्रमणमा घाइते भएकी गरायला-५ की देवसरी पुनका ५ र जाङ गाविसका आइते तामाङका ६ गरी ११ बालबालिकाले कुनै राहत पाएका छैनन्।

२०५९ मंसिर ९ गते गस्तीमा गएको सेनाको गोली दुवै तिघ्रामा लागेकी देउसरीको उपचार अभावमा गत मंसिरमा मृत्यु भएको हो।
आमाको मृत्यु र बाबुले हेर्न छाडेपछि १५ वर्षीया ललिता पुन, १३ वर्षीया सानु पुन, ११ वर्षीया हिरा पुन, ९ वर्षीया कविता पुन र ६ वर्षीय जनम पुनको रेखदेख गर्ने कोही छैन।
उनीहरु स्थानीय लालबहादुर नेपालीको गोठमा बस्दै आएका छन्। सरकारले द्वन्द्वकालमा मृत्यु भएकालाई लाख रुपैयाँका दरले राहत दिए पनि द्वन्द्वकालमा लागेको गोलीकै घाउ बल्भि्कएर मृत्यु भएकी देउसरीको परिवारले पाउन सकेको छैन।
बाबुको मृत्यु र आमाको मानसिक सन्तुलन गुमेपछि बिचल्लीमा परेका पूर्वी रुकुमको जाङ गाविसका तामाङ परिवारका ६ बालबालिका पनि देवसरीका टुहुरासँगै बस्दै आएका छन्।
उनीहरुका बाबु आइते तामाङको गत पुसमा मृत्यु भएको हो। सबै बालबालिका एक वर्षको अन्तरमा जन्मेका हुन्। आमा पृथ्वीमायाको कतिखेर होस आउँछ भने कतिखेर जे मन लाग्यो त्यही गर्छिन्।
'पानीको झरीसँगै मध्यरातमा आए, बस्ने ठाउँ नभएकाले बालबच्चाका लागि गोठको ढोका खोलिदिएँ,' गोठका मालिक लालबहादुरले भने, 'ओढ्ने एउटा थोत्रो कम्बल पनि पानीले भिजेकाले रातभर जाग्राम बसे।'
खानेकुरा नहुँदा कहिलेकाहीँ छिमेकीले दिने गरेका छन्। त्यसमाथि मानसिक रोगी आमाले खाना फालिदिने, कुटपिट गर्ने, कपडा च्यातिदिने र मध्यरातमै घरदेखि बाहिर लगेर डुलाउने गरेको छिमेकी भावना परियारले बताइन्।

03 September 2011 नागरिक