Pages

Subscribe:

Rukum

.

Wednesday 19 December, 2012

रुकुम उज्यालो कार्यक्रम - दुई लघुजलविद्युत्बाट विद्युत उत्पादन सुरु

रुकुम, ४ पुस - जिल्लाका सबै घरधुरीमा दुई वर्षभित्र विद्युुत् सेवा पु¥याउने गरी २०६५ सालमा सरकारी योजनाको रूपमा सुरु गरिएको रुकुम उज्यालो कार्यक्रम तोकिएको समयमा पूरा नभए पनि पछिल्लो समयमा भएका उपलब्धिले रुकुमेलीमा केही आशा जगाएको छ ।
न्यून गतिमा अगाडि बढेको भन्दै आलोचित हुँदै आएको रुकुम उज्यालो कार्यक्रमले पछिल्लो समयमा दुई विद्युत् आयोजना सम्पन्न गरेर बिजुली बलेपछि जनतामा केही आशा जगाएको छ । कार्यक्रम सुरु गरिएको झन्डै चार वर्षपछि जाङ गाविसमा पहिलो पटक १७ किलोवाट क्षमताको लघुजलविद्युत् सम्पन्न भएको हो ।
सरकार, स्थानीय निकाय र स्थानीय बासीन्दाहरूकोे संयुक्त लगानीमा जिल्लाका दुई गाविस जाङ र साँखमा बिजुली बलेको हो । दोख्लाबाङ खोलाबाट जाङ गाविसमा बिजुली बलेपछि वडा नंं. १ का १ सय ४१ घरपरिवारले विद्युत् सेवा पाएका छन् । गाउँमा पहिलो पटक विद्युत् आयोजना सम्पन्न भएपछि स्थानीयवासीले नाचगानसहित भव्य कार्यक्रम गरेर रमाए ।
सरकारको २५ लाख, दातृ निकायको २३ लाख ८० हजार, गाविसको ३ लाख, स्थानीयवासीको २ लाख तथा स्थानीय श्रमदान गरी करिब ७० लाख रुपैयाँमा आयोजना सम्पन्न भएको हो । लघु जलविद्युत् उपभोक्ता समितिका कोषाध्यक्ष नरेन्द्र घर्तीले दुर्गम गाउँमा पहिलो पटक बत्ती बल्दा स्थानीयहरूमा खुसीको सीमा नै नभएको बताए । “सदरमुकामबाट १९ कोष टाढाको दुर्गम बस्तीमा पहिलोपल्ट बत्ती बल्दा दुर्गममा पनि सरकार छ भन्न्ने स्थानीय जनताले महसुस गरेका छन्,” घर्तीले भने, “विद्युत् सेवा सुरु भएपछि घर–घरमा टेलिभिजन राख्ने लहर चलेको छ ।” त्यस्तै जिल्लाको अर्को गाविस साँख गाविसमा पनि बिजुली बलेपछि स्थानियवासी हर्षित छन । स्थानीय लाबाङ सिप्चा खोलाबाट ७ किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको रुकुम उज्यालो कार्यक्रमले जनाएको छ ।
उक्त आयोजनाबाट १ सय ५० घरपरिवार लाभान्वित रहेको बताइएको छ । २०६५ सालमा जिल्लाभरका ३७ हजार घरधुरीलाई लघुजलविद्युत् आयोजनामार्पmत कुल ३ मेघावाट विद्युत् उत्पादन गर्ने गरी कार्यक्रम थालनी गरिएको गरिएको थियो ।
कार्यक्रमअन्तर्गत १६ वटा लघु जलविद्युत् आयोजनाहरू निमार्णधीन रहेको रुकुम उज्यालो कार्यक्रमका जिल्ला संयोजक गोविन्दराज पोखरेलले जानकारी दिए । “यो आर्थिक वर्षभित्रमा निर्माण कम्पनी र समुदायको क्रियाशीलता बढेमा ती आयोजनाहरु सम्पन्न भई बिजुली बल्नेछ,” संयोजक पोखरेलले भने ।
कार्यक्रमअन्तर्गत ८४ वटा जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भएको छ भने ६५ वटा लघुजलविद्युत् आयोजना प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरेको छ । यस वर्ष १५ वटालाई नियमित अनुदान रकम प्राप्त भइसकेको र ९ वटा आयोजनाको लागि थप आर्थिक सहयोग स्वीकृत भइसकेको संयोजक पोखरेलले जानकारी दिए ।
संयोजक पोखरेलका अनुसार रुकुमको सोलाबाङमा स्थानिय साँख खोलाबाट उत्पादन गर्न लागिएको लघुजलविद्युत् आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । ६० किलोवाट क्षमता रहेको उक्त आयोजनबाट सोलाबाङ व्यापारिक केन्द्र तथा अन्य आसपासका गाउँमा समेत विद्युत् सेवा प्रदान गरिने छ ।

Source : Megharaj Khadka ( Karobaar Daily)

जनश्रमदानबाट सिचाई कुला निर्माण

रुकुमको वाँफिकोट गाविस वडा नं. ९ जग्रामा स्थानीयवासिले जनश्रमदानबाट सिचाई कुला निर्माण गरेका छन् । स्थानीयले झण्डै १ लाख ६७ हजार ९ सय वरावरको श्रमदान गरी सिचाई कुलो निर्माण गरेको सिचाई उपभोक्ता समितिका अध्यक्ष हर्कवहादुर केसीले जानकारी दिनुभयो । यस भन्दा ३ वर्ष अगाडीसम्म स्यार्पुतालको पानीले सिचाई गर्दै आएको भएपनि विद्युत नहरमा पानीको अपुग पश्चात सिचार्य हुन सकेको थिएन । विद्युत विस्तारमा पानीको मात्रा वढाइएपछि सिचाई गर्न नपाएका कृषकहरुले हाल छिपछिपे मुलबाट पानी ल्याइ सिचाइ गर्न थालेको वताइएको छ । एक हजार मिटर पाइप जडान गरी सिचाई पु¥याइएपछि उक्त सिचाईबाट १० घर परिवार लाभान्वित भएको समितिका सदस्य डाइमन केसीले वताउनुभयो ।

by Birbahadur Malla

Tuesday 12 June, 2012

स्वास्थ्यकर्मीले असोजसम्म विदा नपाउने

हरिविष्णु ओली
रुकुम २६ जेठ । सरुवा रोगको महामारीलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमले मातहतका स्वास्थ्यकर्मीहरुलाई जेठदेखि असोजसम्म विदामा नछाड्ने भएको छ । सरुवा रोगको प्रकोप व्यवस्थापन गर्न यस्तो कदम चालेको हो । जेठदेखि झाडापखाला, हैजा, टाईफईड ज्वरो र इन्फ्लुईन्जा लगायतका सरुवा रोगको प्रकोप देखा पर्ने भएकोले स्वास्थ्यकर्मीहरुलाई कडाई गरिएको जनस्वास्थ्य प्रमुख डा.यदुचन्द्र घिमिरेले बताए । डा.घिमिरेले भने–‘विगतको जस्तो महामारी आउन नदिन, आबश्यक औषधिको व्यवस्था गर्न र तत्काल घट्नास्थलमा पुगी विरामीहरुको उपचार सेवा पु¥याउन यो उपाय निकालिएको हो ।’ जिल्ला जनस्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरुलाई   छ बुँदे निर्देशन पठाईसकेको छ । निर्देशनमा उल्लेख भए अनुसार स्वास्थ्य संस्थामा कम्तीमा १० प्याकेट जीवनजल मौज्दात भैरहनुपर्ने छ । यस अवधिमा महामारीको प्रकोप नियन्त्रण गर्न प्रहरी चौकी, स्थानीय विद्यालय,गाउँ विकास समितिको कार्यालय र गैरसरकारी संस्थाहरुसँग समन्वय गरी शुद्ध खानेपानीको लागि चेतना फैलाउने कार्यक्रम तय गरेको जनस्वास्थ्य कार्यालयले जनाएकोछ । जिल्ला अस्पताल,सल्लेका सुपरिटेन्डेन्ट डा. युधिष्ठिरराज खड्काले भने–‘सर्वसाधारणको पानी उमालेर खाने वानी छैन । फिल्टरको साधन प्रयोग हैसियत सवैकोमा हुँदैन । त्यसैले निर्मलीकरण चक्की वितरण गरियो  र प्रयोग गर्न सिकाइयो भने महामारीमा धेरै नियन्त्रण हुन्छ ।।’

जीप दुर्घटना १ को मृत्यु ६ गम्भीर

रुकुम ३० जेठ-  मंगलबार विहान नेपाली सेनाको जीप दुर्घटनामा  परि गम्भीर घाइते भएका  ३ जना सेनाका सिपाहीहरुलाई  हेलिकप्टरबाट  थप  उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा सामान्य घाइते भएका सडक निमार्णका एक ठेकेदारलाई भने उपचार लागि जिल्ला अस्पताल सल्ले रुकुमका ल्याईदै गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दुर्घटनामा परि काभ्रे जिल्ला घरभई बाटोकाज रुकुममा कार्यरत सिपाही आशालाल तामाङको घटनास्थलमै मृत्यु भएको थियो । साँख गाविसको घोरखानीमा रहेको नेपाली सेनाको अस्थायी क्याम्पबाट रुकुमकोट गाविस जाँदै गर्दा बा १ ज ६३०६ नम्बरको जीप रुकुमकोट गाविस १ रानीकोटमा दुर्घटना भएको हो ।  जीप दुर्घटनाको कारण खुल्न सकेको  छैन्। जीप सडकवाट अनियन्त्रित भई करिब १५ मिटर तल खसेको बताइएको छ । मुसीकोट बुतिर्वाङ सडक निमार्ण कार्यदलको जिम्मा लिएको नेपाली सेनाको एक टुकुडी साँख गाविसको घोरखानीमा बस्दै आएको थियो ।
Source: Meghraj Khadka

Wednesday 6 June, 2012

रुकुमकोटमा गोलमेच सम्मेलन

रुकुम । रुकुमकोटमा संवादद्धारा शान्तिका लागी सहकार्य गोलमेच साझा सवाल कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ रुकुमको आयोजना र आदीवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । आदीवासी जनजाती उत्थान प्रतिष्ठानद्धारा संचालित शान्ति निर्माण परियोजना अन्तरगत आयोजना गरिएको साझा संवाल कार्यक्रममा द्धन्द्ध उत्पन्न तथा रुपान्तरणका वारेमा छलफल भएको छ । कार्यक्रमका सहभागिहरुले भावनात्मक सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा आदीवासी जनजाती उत्थान प्रतिष्ठानले संचालन गरेको परियोजनाका मध्यश्चिमाञ्चल कोर्डिनेटर चलन लिम्वुले परियोजनाको लक्ष्य उदेश्यका वारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रमका सहभागिहरुले जातीय र भावनात्मक सद्भाव कायम गर्न सकेमा मात्र द्धन्द्ध न्यूनिकरण हुने वताएका छन् । पुर्वाआग्रह र प्रतिसोचले एक आपसमा मेलमिलाप हुने नसक्ने भन्दै त्यसलाई सद्भावमा परिणत गर्नुपर्ने उनीहरुको जोड छ । कार्यक्रममा पुस्तक चन्दले प्रस्तुत गर्नुभएको द्धन्द्ध रुपान्तरण र शान्ति प्रकृयामा सरोकारवालाहरुको भुमिका समेटिएको कार्यपत्रमाथि पनि छलफल भएको छ । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, स्थानीय व्यापारी लगायतको सहभागिता रहेको थियो । नेपाल मगर संघ रुकुमका अध्यक्ष पहलसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका सचिव पुनराज घर्तिमगरले गर्नुभएको थियो ।


Source : Bir Bahadur Malla  (Rukumonline.com)

Wednesday 18 April, 2012

मुसिकोट–धाउने सडकमा वस संचालन

वीरवहादुर मल्ल
वैशाष ५, रुकुमको मुसिकोट देखी रुकुमकोट धाउने सडक खण्डमा आजदेखी वस सेवा संचालनमा आएको छ । सिस्ने हिमाल वस तथा मिनि वस यातायात व्यवसायी समिति रुकुमले वस सेवा संचालनमा ल्याएको हो । यात्रुहरुको मागलाई मध्यनजर गर्दै गाडी संचालन गरिएको सिस्ने हिमाल यातायात व्यवसायी समितिका महासचिव तिलक वस्नेतले जानकारी दिनुभयो । महासचिव वस्नेतका अनुसार मुसिकोट धाउने सडकमा आजदेखी दैनिक ४ वटा गाडी संचालनमा रहनेछन् । अवदेखी पहिलेभन्दा यात्रुहरुले कम भाडामा यात्रा गर्न पाउने भएका छन् । यसभन्दा पहिले जीपमा ३ सय ५० तिर्दै आएका यात्रुहरुले २ सय ७५ रुपियामा धाउने मुसिकोट सडकमा यात्रा गर्न पाउने समितिले जनाएको छ ।।

Wednesday 4 April, 2012

रुकुमकोटको पूर्बाधार विकासका योजना र कार्यक्रमहरु २०६८


रुकुमकोट रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली भुभाग जहाँ मगर जातिहरुको बस्ति अधिक रहेको, पर्यटन विकासको प्रशस्त सम्भावनाहरु भएको क्षेत्र र पश्चिम तर्फका विभिन्न जातिहरुको बसोबास भएको केही सुगम ठानिएका बेसी पहाडी पर्यटन क्षेत्र भएका बस्तीहरुको बीचमा पर्ने जिल्लाकै केन्द्र, प्रमुख रमणीय, ऐतिहासिक स्थल हो । रुकुमकोटकै प्रसिद्वीबाट रुकुम जिल्लाको नामाकरण गरिएको थियो र सुरुमा यहाँ जिल्लाको सदरमुकाम रहेको थियो । त्यसभन्दा पहिले रुकुमकोटमा मगर राजा,बोक्सेजार भन्ने भोटे राजाहरु थिए, पछि रुकुमे शाही राजाहरुको राज्य थियो, अझै पनि ती राजाहरुको दरबारका भग्नावशेषहरु छदैछन् । बाउन्न टाकुरी त्रिपन्न पोखरी नामबाट प्रख्यात रुकुमकोट होचा अग्ला थुम्काहरुबाट सजिएको भौगोलिक संरचना, समुन्द्र सतहदेखि करिब ८०० मि. उचाइमा बग्ने सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल बिशाल धाउने बगर फाँटबाट उठेको सुन्दर पहाडी उपत्यका हो । यसको सिरानमा १५३६ मि. उचाइमा बनेको प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरुले सजिएको कमलदह, बराह, कुटुम्बुरी र शिवजीका मन्दिरहरु, अर्घाकारको प्राकृतिक छिप्रिदह, भगवतीको मन्दिरहरु भएको रुकुमकोटलाई बराह क्षेत्र मानेर प्रख्यात तिर्थस्थलमा पनि गनिन्छ । यहाँका बाउन्न टाकुरीका थुम्काहरु बिच–बिचमा लुकेका साना ठुला पोखरी आकारका फाँटहरुका बस्तीहरुको मनोरम प्राकृति बनोट, सन्तुलित हावापानी देख्ने जो कोहिको पनि आकर्षक र प्रशसंनीय स्थल हो । यहाँ पहिले पनि गाउँ बस्तीहरुको घनत्व, बजार, जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र छदै थियो, हाल १८ वटा गा.वि.स. हरुको विकास प्रशासन सुरक्षासेवा केन्द्रहरु रहेका छन । शैक्षिक विकासका लागि यहा“ क्याम्पस, उच्च मा.वि. , मा.वि.हरु, नि मा.वि.हरु प्रा.वि.हरु र बोर्डिङ्ग स्कूलहरु सञ्चालित छन् । निर्माणाधिन मध्ये पहाडि लोकमार्ग र दाङ चुनबाङ्ग रुकुमकोट मोटर बाटो समेतको केन्द्र बनेको छ । हाल मुसिकोट, सोलाबाङ्गबाट रुकुमकोट सम्म र पूर्बतिरको काक्रि लुकुम सम्म मोटर यातायात सञ्चालन भएका छन्, मध्ये पहाडी लोकमार्गमा पनि यातायात सञ्चालन हुदै छन् । बस्ती विस्तारका लागि सुबिधायुक्त आकर्षक ठाउँ भएकोले रुकुमकोटमा गाउँ बस्ती र बजार विस्तार भइरहेको छ, उद्योग ब्यापारहरु बढी रहेका छन् र पर्यटन क्षेत्र बन्ने प्रशस्त सम्भावनाहरु छन् । त्यसैले रुकुमकोटमा शहरी विकास, पर्यटन क्षेत्र, नगर विकास घोषणा गर्र्नु पर्ने प्रबल सम्भाबनाहरुलाई मध्यनजर गरी त्यसका लागि पूर्बाधार विकासका योजना र कार्यक्रमहरु निर्धारण र निर्माण गर्नु अति आवश्यक भएकोले निम्न अनुसार रुकुमकोटको पूर्बाधार बिकासका गुरुयोजना र कार्यक्रमहरु रुकुमकोट गा.वि.स.को पा“चौ गाउं परिषदबाट निर्धारण गरीएको छ ।

१.गुरुयोजना निर्माण कार्यक्रमहरु ः
क) रुकुमकोटका बस्तीहरु बजार यद्योगव्यापार बडेर शहरीकरण बन्दै गइरहेकोले रुकुमकोट शहरीकरण विकासको सन्दर्भमा मध्ये पहाडी (पुष्पलाल) लोकमार्गको सम्भावित स्थानहरुमा ह्यूज सिटी बनाउने राष्ट्रिय योजना अनुसार रुकुमकोटलाई पनि २० वटा शहरीकरण गर्ने योजना भित्र पारिएको थिया,े गतवर्ष १० वटा शहरी विकास घोषणा हुदा आठौ नम्बरमा परेर पनि छुटाइएको रुकुमकोटलाई यसैवर्ष शहरी विकास योजना घोषणा गरी कार्यान्वयन गर्ने गराउनका लागि माग अनुरोध गर्ने ।
ख) पर्यटन क्षेत्र र शहरी विकास व्यवस्थापन गर्नका लागि रुकुमकोटका गाउबस्तीहरुलाई र विभिन्न ठाउका उद्योग व्यबसाय बजारहरुलाई आधुनिक शहरीकरण गर्ने गरी “रुकुमकोट शहरीकरण पूर्बाधार गुरु योजना” बनाइ कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायहरुसंग माग अनुरोध गर्ने र स्थानीय स्तरबाट पनि पहल गर्ने ।

२. विकास प्रशासन सुरक्षा सेवाका कार्यक्रमहरु ः–
क) तत्काल रुकुमकोट गा.वि.स.मा ना.सु.स्तरको सचिव,लेखापाल,प्राबिधिक र का.स.हरुको थप दरबन्दि राख्न र फोन कम्प्युटर राखि फ्याक्स इमेलको ब्यवस्था गर्न साथै सभाहल सहितको कार्यालय भवन निर्माण गर्न माग अनुरोध गर्ने । ख) यहाँ भएका बैङ्कहरु द्वन्दका बेला हटाइएकोले रुकुमकोटमा बैङ्कहरुको अति आबश्यक हुँदा कृषि, ग्रामिण, बाणिज्य बैङ्कहरु स्थापना गर्न माग र पहल गर्ने ।
ग) रुकुमकोट सेवा केन्द्रमा रहेको जिल्ला प्रशासन शाखाबाट नागरिकता लगायत राहदानी फारम संकलन र वितरणको व्यबस्था साथै यस भेगको विकास प्रशासन सेवाका थप सुबिधाहरु उपलब्ध गर्न माग अनुरोध गर्ने ।
घ) यहाँ भएका कृषि पशु, वन, लगायतका शाखाहरुमा थप जनशक्ति र भौतिक साधनहरुको व्यवस्था गरी यस क्षेत्रको कृषि पशु वन विकास कार्यक्रमहरु प्रभावकारी बनाउन माग अनुरोध गर्ने साथै रुकुमकोटको सम्भावित क्षेत्रहरुको छनोट गरी फलफूल, तरकारी,मसला,जडिबुटि आदि नगदेबाली उत्पादन गर्न र दुध मासुको लगि पशु र माछा कुखुरा पालनका प्रभाबकारी कार्यक्रमहरु सञ्चालन गर्न सम्वन्धित निकायहरुसंग माग अनुरोध गर्ने ।
ङ) माल र नापीका कार्यालयहरुको शाखाहरु राखी जग्गा नापी र रजिष्ट्रेशन सुबिधाहरु उपलब्ध गराउन माग अनरोध गर्ने ।
च) खाद्य संस्थान, कृषि सामग्री जस्ता विभिन्न संस्थाहरुको डिपोहरु खोली उपभोग्य बस्तुहरु उपलब्ध गराउने माग अनुरोध गर्ने ।
छ) पूर्र्वी भेगकै सुरक्षा व्यवस्थाको लागि रुकुमकोटमा शसत्र प्रहरीको गुल्म वा नेपाली सेनाको गुल्म राख्ने माग अनुरोध गर्ने ।
ज) घनाबस्ती बजार सेवाकेन्द्रहरु रहेको छिप्रिदह र धाउने बजारमा प्रहरी चौकि स्थापना गर्न र टाकुरा चोकबजार र रुमालबारा मैदानमा प्रहरी बिट राख्न अनुरोध गर्ने ।
झ) रुकुमकोट क्षेत्रको मोटर मार्गहरुमा हाईवे क्लिङिक र सुरक्षाको व्यवस्था गर्न सम्बन्धित निकायहरुसंग माग गर्ने । ञ) टेलिभिजन,मोबाइल,टेलिफोन,रेडियो लगायतका सञ्चारका माध्यमहरुको सहज सुविधाका लागि आबश्यक टावरहरु निर्माण गर्न र टेलिफोन ल्याण्डलाइनहरु विस्तार गरिदिन माग अनुरोध गर्ने ।
ट) विद्युत आपुर्तीलाई नियमित र सुचारु गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने । रुकुम कोटलाई केन्द्रिय प्रशारण लाइनमा जोड्न माग गर्ने । रुकुमकोटलाई लोडसेडिङ मुक्त गर्न पहल गर्ने । प्रस्तावित रुकुमगार हाइड्रोपावर नाथिगाडखोला, कुचिबाङ्गखोला लगायतका र जिल्लाकै जलविद्युत योजनाहरु छिट्टै निर्माण गर्न माग र पहल गर्ने । ठ) रुकुमकोटको जनघनत्व र अरु गा.वि.स. हरुबाट बिरामीहरुको चाप बढि रहेकोले यहाँको स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी १५ सिट भएको अस्पताल स्थापना गर्न माग अनुरोध गर्ने । साथै बिरामी ओसर पसारको लागि एम्बुलेन्सको व्यवस्था गर्न माग र पहल गर्ने ।

३.वातावरण संरक्षणका कार्यक्रमहरुः
क)े रुकुमकोटको खोपीचारमा पर्ने उच्च लेकाली नौबैनी लेखको प्राकृतिक बनोट वनसम्पदा र पशुपंक्षीहरुको संरक्षण र सम्वद्र्धनका लागि ”नौबैनी लेकाली क्षेत्र” घोषणा गर्ने । साथै त्यहाको पूर्वी क्षेत्रमा गुरासवारी बनाउने व्यबस्था गर्न पहल गर्ने ।
ख) रुकुमकोट गा.वि.स. भित्रका सम्वन्धित वडाका वन क्षेत्रहरुमा वडाहरुले नै संरक्षण र सम्वद्धन गर्ने । आ–आफ्ना वडा भित्रका वन खाली डाडापाखाहरुमा एग्रोफरेष्टरी, हर्बोफरेष्टरी फू्रटफरेष्टरी र डालेघास लगाउने कार्यक्रम बनाइ सामुदायिक बृक्षारोपण गरी हरियाली क्षेत्र निर्माण गर्ने कार्यक्रमहरुको लागि माग र पहल गर्ने । साथै वडाहरुमा भएका सार्बजनिक जग्गाहरुको वडाहरुले नै सार्बजनिक उपयोगका लागि चौतारी, बगैचा, खेल स्थल बनाउने ।
ग) रुकुमकोटका बजारक्षेत्र लगायत गाउँ बस्तीहरुको फोहोरमैला ब्यवस्थापनका लागि मल बनाउने,जलाउने र रिसाइकिलिन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने साथै डम्पिङसाइड निर्धारण गरी फोहोर फाल्ने ब्यवस्था गर्न पहल गर्ने । घ) रुकुमकोट भित्रका सिमसार,रामसार क्षेत्रको अध्ययन, संरक्षण र सदुपयोग गर्न गराउन सम्बन्धित निकायसंग माग अनुरोध गर्ने ।

४.यातयात योजना र कार्यक्रमहरुः
क) दाङ्गबाट चुनवाङ्ग हुदै रुकुमकोट सम्मको निर्माणाधिन मोटर बाटोलाई मध्ये पहाडी लोकमार्गस“ग जोडिएको रुकुमकोट टाकुरा चोक बजारबाट मैदान रुमालबारा घट्टेखोला कुचिवाङ्ग,मैवाङ्ग पाथिहाल्ने हुदै चुनवाङ्ग जोड्ने कार्यमा जोरदार पहल गर्ने र केन्द्रिय योजनामा परी दाङ्गबाट निर्माण हुदै आईरहेकोले मध्ये पहाडी लोकमार्गबाट ह्याब्बी इक्वीमेन्ट्सहरु लैजान सजिलो हुने हुदा रुकुमकोट टाकुरा चोकबजार देखि निर्माण कार्य सुरु गर्न अनुरोध र पहल गर्ने ।
ख) रुकुमकोटमा पर्ने मध्य पहाडि लोकमार्गको डाडागाउ क्षेत्रबाट दाङचा छिप्रिदह आला पोखरा हुदै बालुवासंग जोड्ने निर्माणाधिन मोटर बाटो यसै बर्ष पूरा गर्न माग गर्ने ।
ग) बालुवादेखि पूर्व, उत्तर तिरका गा.वि.स. हरुलाई सुविधा हुने गरी बालुवादेखि भालुखाप्चे जामाबगर भएर सानीभेरी किनाराबाट रन्मा मैकोटमा पु¥याउने मोटर बाटो र जामाबगरबाट साथै मध्य पहाडि लोकमार्गको काडा काक्री, लुकुमबाट महत तर्फको र नाखा,राङसी कोल तकसेरा हुदै ढोरपाटन जोड्ने मोटर बाटो छिट्टै सम्पन्न गर्नकोे लागि माग अनुरोध गर्ने ।
घ) मध्येपहाडि लोकमार्गको कोरबासदेखि खोपीचार हुदै होर्दिङ पाथिहाल्ना सम्मको दाङ्ग रुकुमकोट मोटर बाटोसंग जोड्न माग पहल गर्ने ।
ङ) रुमालबाराको चौर देखि मध्य पहाडि लोकमार्गको इजर सम्म जोड्ने मोटर बाटो निर्माण गर्न माग पहल गर्ने ।
च) जिटिजेट्ले निर्माण गरिदिएको सोलाबाङ्ग बालुवा र धाउने रुकुमकोट मोटर बाटोहरु बाह्रैमैना चल्ने गरी मर्मत सुधार गर्न माग र पहल गर्ने ।
छ) रुकुमकोट भित्रका सबै गाउ बस्ती बजारहरुलाई छुने गरी रिङरोड निर्माण गर्न र सिस्ने क्याम्पस सम्मको मोटरबाटो निर्माण गर्न पहल गर्ने ।
ज) मध्ये पहाडि लोकमार्ग, दाङ्ग चुन्वाङ्ग रुकुमकोट मोटरबाटो, सोलावाङ्घ रुकुमकोट मोटरबाटा,े वालुवा रुकुमकोट मोटरबाटोहरुको संगमस्थल रुकुमकोटको उपयुक्त स्थानमा बस पार्क निर्माण गर्न र पेट्रोल पम्प राख्ने व्यबस्था गर्न माग अनुरोध गर्ने ।
झ) निर्माणाधिन मध्ये पहाडी लोकमार्गको रुकुम जिल्लामा पर्ने खण्डहरुलाई यसै वर्ष निर्माण कार्य सम्पन्न गर्न गराउन सम्बन्धित निकायहरुसंग माग अनुरोध गर्ने ।
ञ) यस जिल्ला भित्र चल्ने यातायात साधनहरुको नियमित समय तालिका, बस्तीहरुमा गाडीस्टपहरु तोकी दूरीको हिसावले भाडा दर र सहुलियत भाडाको सुनिश्चित व्यवस्था गर्न सम्बन्धित निकायहरुस“ग अनुरोध गर्ने ।

५. सार्वजनिक विकास निर्माणका कार्यक्रमहरु ः–
क) रुकुमकोटमा सिचाई व्यबस्थाको लागि कोर्जा कुचिवाङ्ग खोलाबाट नहर निर्माण गर्ने योजना सञ्चालन हुदा हुदै रोकिएको योजना हाईड्रोपावर समेत निकाल्ने गरी रुकुमकोट बहुउद्देश्यीय सिचाई योजना निर्माण गरिदिन सम्बन्धित निकायस“ग माग अनुरोध गर्ने ।
ख) रुकुमकोटका खानेपानी योजनाहरु मोटरबाटो निर्माणका क्रममा बाटोमा परी बिग्रिएको र टङ्किहरु जिर्ण हुनगइ खानेपानीको समस्या हुन गएकोले पुराना खानेपानी योजनाहरुको विस्तृत मर्मत सुधार गर्न, नयाँ योजना र धाराहरु थप गर्नको लागि माग अनुरोध गर्ने । साथै रुकुमकोटका पानीका स्रोत मूलधाराहरुको संरक्षण गरी उपयोग गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने ।
ग) रुकुमकोटको रुक्मिणी उच्च मा.वि को बिशाल खेल मैदानमा आधुनिक रङ्गशाला र कबढहल निर्माण गर्न माग अनुरोध गर्ने ।
घ) सिस्ने क्याम्पसको चिउरेनीमा भएको जग्गा वरिपरि अरु जग्गा थप व्यबस्था गरी क्याम्पस भवन, छात्राबास, खेलमैदान बनाउन र शैक्षिक भौतिक साधनहरुको व्यबस्था गर्न माग र पहल गर्ने ।
ङ) रुकुमकोटको सेवा केन्द्रमा रहेका सरकारी घरहरुको मर्मत सुधार गर्न र सेवाकेन्द्र परिसरको सुधार निर्माण गर्न साथै रु.उ.मा.वि.को छात्राबास मर्मत सुधार गर्न सम्बिन्धिथत निकायलाइ अनुरोध गर्ने ।
च) रुकुमकोट छिप्रिदह स्थित त्रि.ज.मा.वि.को भवन प्रयोगशाला छात्रावास निर्माणका लागि माग अनुरोध गर्ने ।
छ) रुकुम जिल्ला भरी भएका वनस्पतिहरुको संरक्षितसदुपयोग गर्नका लागि रुकुमकोटमा खोजअनुसन्धान केन्द्र र जडिबुटी प्रसाधन केन्द्र खोल्न माग र पहल गर्ने ।
ज) रुकुमकोट भित्र रहेका कुचिवाङ, खोपिचारका स्लेटढुगा खानीहरु व्यवस्थित गर्ने र पहिले सञ्चालन भई रोकिएका काल्चे तामाखानी,सेरावाङ्ग,झुम्लावाङ्ग तामाखानी, कोर्जा, कुचिवाङ्गको फलाम खानी लगायत जिल्लाका विभिन्न स्थानका सम्भावित खानीहरुको अनुसन्धान गरी उपयोगमा ल्याउने व्यबस्था गर्न माग अनुरोध गर्ने ।

६.पर्यटन क्षेत्रको विकास कार्यक्रमहरु
क) रुकुम जिल्लामा भएका सिस्ने हिमालदेखि रन्मा मैकोटको पुथा हिमाल सम्मका डोल्पासंग जोडिएका हिमाली श्रृङखलाहरु त्यहाका रङ्गिन ताल तलैयाहरु, यार्षागुम्बा, लोटसल्ला जस्ता बहुमूल्य उपयोगी जडिबुटी बनस्पतिहरु भएको, लालपाटन, बुकिपाटन लेकाली बनहरु,नावर,कस्तुरी,रेडपण्डा,डाफे,मूनाल जस्ता हिमाली पशुपंक्षी भएको खण्डहरहरु, ढोरपाटन सिकारआरक्षण क्षेत्र,बाफिकोटको स्यार्पुदह, मुसिकोटको डिग्रेसाइकुमारी मन्दिर, रुकुमकोटको प्रसिद्ध कमलदह बराह,शिबजी,भगबतीका मन्दिरहरु,देवराली ओढार, पहिलेका राजाहरुको दरवारका भगनावशेषहरु झुम्लावाङको तामाको पैसा काट्ने ऐतिहासिक टक्सार, पोखराको तातोपानी , सानोभेरी फाटका बस्तीहरु ¥याफ्टिङ सञ्चालन हुनसक्ने ठूलो भेरी सानो भेरीको मिलन स्थल रिम्ना आठबिसको राढीज्यूला, चौरजहारीको सुन्दर उपत्यका सा“खको ठूलीदह, सानीदह, थबाङ्गको जलजला, तकसेराको मनोरम वस्ति, उत्तरगङ्गा माछेमूल, कोल किनवाङ्घचौरको भेडाको बथान निस्कने ओढार हिमाली लेकाली जनावर पशुपन्छीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरुको धनि, बिभिन्न जातिहरुको संस्कार, संस्कृति खासगरी मगर जातिको हनसहन, भेष भुषा, भाषा र संस्कृतिहरुको सुरक्षित क्षेत्र भएको रुकुम जिल्लाको केन्द्रिय स्थल रुकुमकोट नै भएकोले पर्यटन क्षेत्र विकासका सम्भाबनाहरुको पहिचान र विकास गर्न सन्बन्धित निकायहरुस“ग माग र पहल गर्ने ।
ख) रुकुम जिल्लालाई पर्यटन क्षेत्र घोषणा गरी आवश्यक पूर्वाधारहरु निर्माणको लागि रुकुमकोटमा पर्यटन विकास गुरुयोजना बनाई कार्यान्वयन गर्न माग अनुरोध गर्ने ,
ग) बिदेशी पर्यटक र आन्तरीक पर्यटकहरुको सुविधा व्यबस्थाको लागि पर्यटन सम्बन्धी संघसंस्थाहरु होटेल, होमस्टे, रेष्टुरेण्ट रिसोर्टहरु खोल्न पहल गर्ने । साथै बिभिन्न दर्शनिय स्थल जानको लागि मोटरबाटो, घोरेटो र गोरेटो बाटाहरु बास स्थान बिश्राम स्थलहरुको र सुरक्षाको व्यबस्था गर्न पहल गर्ने ।
घ) पर्यटकहरु र जनसाधारणहरुलाई यातायातको सुबिधा पुग्ने गरी रुकुमकोटको उपयुक्त ठाउँमा दुइ वटा हेलिकेप्टर बस्न सक्ने गरी हेलिप्याडको निर्माण गर्ने र काठमाण्डौ, नेपालगञ्ज लगायतका ठाउहरुँबाट हेलिकप्टर सर्बिस सञ्चालन गर्न माग र पहल गर्ने ।
ङ) रुकुमकोटको बस्तीहरुलाई प्रमुख पर्यटन स्थल बनाउन कमलदह वरिपरिको क्षेत्र र वस्तिलाई पर्यटन क्षेत्र घोषणा गरी कमल दहलाई अन्तराष्ट्रिय सम्पदा सूचीमा समावेश गर्न माग र अनुरोध गर्ने ।
च) रुकुमकोटका पर्यटन क्षेत्र गाउवस्ति बजारहरुमा जाने बाटोहरुमा सांकेतिक होडिङ्घबोर्डहरु राख्ने व्यवस्था गर्ने ।

७. कमलदह क्षेत्रको एकिकृत विकास कार्यक्रम
क) कमलदहको ऐतिहासिक प्राकृतिक, धार्मीक र तीर्थ स्थलको खोज पहिचान गरी पर्यटन क्षेत्र र दर्शनिय स्थलको प्रचार प्रसार गर्ने ।
ख) बराहजीको मन्दिर निर्माण गर्न र कुटुम्बुरीघरको पर्खाल दहमाथि उठाउने योजनाको लागि थप बजेट माग अनुरोध गर्ने ।
ग) माथिल्नो दह किनारामा विष्णु नारायणको शिला स्थापना गर्न तल्नी दहमा गणेशको मन्दिर स्थापना, धर्मशाला, बृद्वाश्रम,पञ्चपल्लवका रुखहरु लगाई चौतारी निर्माण गर्न साथै शिवजीको मन्दिर मर्मत सुधार गरी बगंैचा निर्माण गर्न माग र पहल गर्ने ।
घ) बराहजीको मन्दिर वरिपरि, माथिल्नो दहको दुई ठाउँमा, तल्नी दहको वारिपारी महिला र पुरुषको लागि छुट्टाछुट्टै स्नान स्थलहरु र प्रतिक्षालयहरु निर्माण गर्न माग गर्ने ।
ङ) दहको वरिपरी गोरेटो बाटोको छेउमा फूलहरु रोप्ने र कताकतै बगैचा बनाई विश्राम बेञ्चहरु राख्न पहल गर्ने ।
च) दहपारीका गुफाहरुको खोजी गरी सुरक्षित र व्यबस्थित गर्न, दह बगेर पानी हराउने बाघदुलाको संरक्षण गरी दर्शनीय स्थल बनाउन पहल गर्ने । दहमा डुङ्गासयर गर्ने व्यवस्था गर्ने । साथै पुतली खानीमा पिक्निक पार्क कनाउने ।
छ) कमलको फूल, फल, जराहरुको सुरक्षित सदुपयोग गर्न तालचरी र हा“सहरुको संरक्षण र सम्वद्र्धन गर्न, दह पारीको बन संरक्षण सम्वद्र्धन गर्न र दहको सम्पूर्ण प्राकृतिक संरचनालाई सुरक्षित राखिरहनका लागि फोहोर गर्न, गाई भैसी छाड्न, मोटर गाडिहरु प्रबेश गर्न, घर टहरा बनाउन नदिन कडा नियम बनाई लागु गर्ने र बर्षादको याममा वारिपारीबाट बगेर आउने भलपानी रोक्न,े कमल दहलाई सफा गर्ने व्यवस्था गर्न पहल गर्ने ।
ज) बराहजी, शिवजी, बाहुन्ठाना गुप्तकाली भगवतीको पुजा व्यबस्थापन समिति गठन गरी कोष खडा गर्ने र कमलदहबाट हुने सबै आय स्रोतहरु कोषमा जम्मा गरी पुजा व्यबस्था र कमलदह संरक्षण सुधारको लागि खर्च गर्ने व्यबस्था गर्न पहल गर्ने ।
झ) बि.सं. १४१४मा मानब पाईला परेको बाहुन्ठानाको कोलडाडा शिला संरक्षण गरी दर्शनीय स्थल बनाउने ।

८. देवराली ओढारको संरक्षण कार्यक्रमहरु
क) देवराली ओढारका गुफाहरुको खोज पहिचान संरक्षण र व्यवस्थित गरी पर्यटकिय दर्शनिय स्थल बनाउन पहल गर्ने र प्रचार प्रसार गर्ने
ख) देवराली ओढार सम्म पुग्ने गोरेटो बाटो र बिच बिचमा बिश्राम चौतारीहरु बनाउने र त्यस वरिपरीको प्राकृतिक संरचनाहरु संरक्षण गर्न पहल गर्ने । साथै देवराली ओढार भित्र बत्ती पु¥याउन बिद्युत लाइन अथवा सोलार बत्तीको व्यबस्था गर्ने ।

९.रुकुमकोट कोटडा“डाको एकिकृत विकास कार्यक्रम
क) कोटडाडामा भग्नाबशेष रहेको ऐतिहासिक राजदरबारको उत्खनन् गर्न पुरातत्व विभागसंग अनुरोध गर्ने । त्यहाको ऐतिहासिक पक्षको खोज पहिचान गरी तत्कालीन राजाहरुको शिलालेख राख्ने र दर्शनिय स्थलको ब्यबस्था गरी प्रार प्रसार गर्ने । साथै कोटमा मौलो पुजा गर्ने परम्परा यथावत राख्न सम्बन्धित निकायहरुसंग बार्षिक दशैं बजेट माग गर्ने ख) कोटडाडाँको नागढुङ्गामा परम्परागत देखि नागपूजा गर्ने स्थलको पहिचान संरक्षण ब्यवस्था गरी दर्शनिय स्थल बनाउल पहल गर्ने ।
ग) कोटदरबार नजिकैको पहिलेका राजा बोक्सेजारलाई छोपेको ढुङ्गाको ऐतिहासिक पक्षको पहिचान र संरक्षणको ब्यवस्था गरी दर्शनिय स्थल बनाउन पहल गर्ने ।
घ) कोटडाडाको रुमालबारा घाटीमा वारिपारी बृक्षारोपन गरी चौतारीहरु बनाउन र स्वागतद्वार बनाउन पहल गर्ने ।
ङ) जनयुद्व कालमा भिडन्त भएको स्थान ठा“टिडाडाँको संरक्षण व्यबस्था गरी सहादत भएका ब्यत्तिहरुको नामको शिलालेख राख्न चौतारी बनाइ दर्शनिय स्थल बनाउन माग र पहल गर्ने ।
च) कोट रुमालबाराको झुम्का पोखरी डाडाँमा निर्मित सहिदपार्कको संरक्षण र सम्वद्र्धनको व्यबस्था गर्न पहल गर्ने । छ) झुम्का पोखरी, चैतेलाखुरी डाडाँबाट चारैतिरका हिमाली श्रृङखला, पर्बतीय माला, सूर्योदय र सूर्यास्तका दृष्यहरु देख्न सकिने स्थानमा दृष्यावलोकन मञ्च र बगैचा, चौतारी निर्माण गर्न माग र पहल गर्ने ।
ज) नौबैनी लेखमा भएको अष्ठनागको शीलालाई सुरक्षित र व्यवस्थित गरी दर्शनीय स्थल बनाउन पहल गर्ने ।
झ) खापिचारको द्वारेदेवस्थल, कुचिवाङको दारेवाङदेवस्थलहरुको संरक्षण, मेला लाग्ने प्रचलन व्यवस्थित गर्न पहल गर्ने ।

१०.छिप्रीदह एकिकृत विकास कार्यक्रम
क) छिप्रीदह स्थित श्री बिन्ध्याबासिनी भगवतीको मन्दिर निर्माण गर्न मन्दिर परिसरमा विष्णु नारायणको शिला, शिव लिङ्ग, गणेश, हनुमानको मुर्ती स्थापित गर्न र मन्दिर वरिपरी पर्खाल लगाइ बगैचा, बिबाह मण्डब पुजारी आवास पौवा निर्माण गर्न माग अनुरोध गर्ने ।
ख) छिप्रीदहको सरसफाइ गरी संरक्षणको लागि वरिपरी तारबार लगाउन घुम्ती गोरेटो बाटो बनाउने, पानीको स्रोत राख्न र पानीको निकासको व्यबस्था गर्न माग अनुरोध गर्ने र दहमा माछा, हाँस पालन गर्ने व्यवस्था गरी यसबाट हुने आम्दानी भगवतीको कोषमा जम्मा गरी दह संरक्षण, भगवतीको पूजा व्यबस्था गर्न पहल गर्ने ।
ग) छिप्रीदह स्थित श्री रुक्मिणी पुस्तकालय भवनको मर्मत सुधार गरी सञ्चालन गर्ने व्यबस्था गर्न माग र पहल गर्ने । घ) उपल्नो खाल्टाबोटको सार्बजनिक जग्गाको संरक्षण गरी खेल स्थल बनाउन पहल गर्ने ।
ङ) छिप्रीदहको चौरमा बिभिन्न चाडपर्बहरुमा मेला लगाउने र साप्ताहिक हाडबजार लगाउने व्यबस्था गर्न पहल गर्ने । साथै पञ्चपल्लव (बहर, पिपल, डुम्री, आ“प, समी) लगाउने व्यवस्था गर्ने ।
च) लुस्पाको प्रसिद्व धारा नजिकैको समीरुख एरियामा पिक्निक पार्क सार्बजनिक शौचालय निर्माण गर्न र लुस्पा पधेरो नजिकै क्रियापूर्तिशाला बनाउन पहल गर्ने ।
छ) बाहुनडेराको देउघर टाकुरीमा भग्नाबशेष रहेको देउवरकाजीको दरवारको उत्खनन् गरी संरक्षण गर्ने र ऐतिहासिक पक्षको पहिचान गरी शिलालेख राख्ने र दर्शनिय स्थल बनाउन पहल गर्ने ।
ज) सेराखेतको सार्बजनिक जग्गामा बहर पीपलको बृक्षारोपण गरी चौतारी र स्वागतद्वार निर्माण गर्न पहल गर्ने ।
झ) छिप्रीदह बजार व्यबस्थित गर्न, बाटाहरु सुधार गर्न र ढल निकासको व्यबस्था गर्न माग र पहल गर्ने ।

११. धाउने बगरफा“ट एकीकृत विकास कार्यक्रम ः

क) धाउनेको विशाल फा“टलाई सदुपयोग गर्न धाउनमा औद्योगिक क्षेत्रको व्यबस्था गर्न पहल गर्ने ।
ख) धाउने फाँटको पाल्नोपट्टी पोखरा गा. वि.स. मा पर्ने ढाका बगर भिङ छहरामा भएको तातोपानीको मूल संरक्षण उत्खनन्, गर्न सानो भेरी नदी नियन्त्रण गर्न मन्दिर,स्नान पोखरी, प्रतिक्षालय, बगैचा निर्माण गर्न सम्बन्धित निकायहरुसंग माग अनुरोध गर्ने र तातो पानीबाट शारीरिक रोगउपचार, पर्यटकीय स्थल, तीर्थस्थल बनाउन पहल गर्ने र प्रचारप्रसार गर्ने ।
ग) धाउने फाँटको विचमा बहने सानीभेरी नदीलाई नियन्त्रण गरी धाउने फाँट बजार बस्ती र पोखरा गाँउ वगरको संरक्षण गर्न अति आवश्यक भएकोले घारी धाउने देखि सिस्नेघारी सम्म सानो भेरी नियन्त्रण तटबन्धन निर्माण गर्र्न र धाउने फाँटको पूर्वमा रहेको घट्टेखोला पश्चिमको नाथिगार खोला नियन्त्रण तटबन्ध गर्न र धौलापैरो र कालोपैरो नियन्त्रण गर्न माग अनुरोध गर्ने ।
घ) धाउने फाँटको उपयुक्त स्थानमा दाहसंस्कारका लागि धाउनेघाट, निर्माण गर्न माग पहल गर्ने ।
ङ) सम्जेबगर वालुवा तिरको सानोभरी नदी र रुकुमगार नियन्त्रण टत्बन्ध गरी वालुवा वजार र समजेवगरको बस्तिलाई संरक्षण गर्न माग अनुरोध गर्ने ।
च) धाउनेसँग जोडिएको स्यालापाखा गा. वि .स को नाथिगारमा पर्ने देउवरकाजीको मन्दिर संरक्षण गर्न र नौधारी झरनालाई दर्शनिय स्थल बनाउन पहल गर्ने ।

१२.सामाजिक विकासका कार्यक्रमहरु ः–

क) रुकुमकोटमा सञ्चालित विद्यालयहरुमा समय अनुसारको आधुनिक प्राविधिक व्यवसायिक गुणस्तरीय शिक्षा व्यवस्थापन गर्दै सिस्ने क्याम्पसलाई बहुमुखी क्याम्पस बनाएर स्नाकोत्तर सम्मको शिक्षा दिने व्यबस्था गर्न पहल गर्ने
ख) यहाँ संचालित प्रस्तावित मा.वि., नि.मा.वि.,प्रा.वि.हरुलाई स्थायी स्वीकृती र शिक्षक दरबन्दी उपलब्ध गराउन र शैक्षिक, भौतिक विकासका लागि माग र पहल गर्ने ।
ग) साहित्यिक, साँस्कृतिक पक्ष र खेलकुदको विकासको लागि रुकुमकोटमा खेलकुद, समिति साहित्यिक समिति ,चित्रकला, गायन संगीत, नृत्यकला जस्ता साँस्कृतिक समितिहरु गठन गरी कला प्रतिभाहरुको विकास गर्ने कार्यक्रमहरु संचालन गर्ने ।
घ) यस गा.वि.स. भित्रका अपाङ्ग, बेरोजगारदलित, एकल पुरुष, एकल महिलाहरुको पहिचान गरी आर्थिक सामाजिक नैतिक विकास र वैयक्तिक जीवन निर्बाहका कार्यक्रमहरु संचालन गर्न माग र पहल गर्ने ।
ङ) सिप, शिक्षा नभएर, आय आर्जनको लागि परिश्रम गर्ने ठाउँ र मेसो नपाई बेरोजगारीको पीडाबाट छटपटाइरहेका युवा र वयस्क महिला र पुरुषलाई रोजगारी मुलक सीपमुलक र व्यसायिकमुलक तालिम दिने र स“गस“गै आर्थिक, भौतिक सहयोग गरी रोजगारीमा लगाउने प्रभावकारी व्यवस्था गर्न गराउन माग र पहल गर्ने ।
च) बेसहारा भई खान बस्न स्वास्थ्य उपचार गर्न नपाई दुःख पाएका बृद्धबृद्धाहरुलाई. राहत कार्यक्रमहरु सञ्चालन गर्न वृद्धाश्रमको व्यबस्था गर्न माग अनुरोध गर्ने । साथै वडा वस्तीहरुमा बयोबृद्ध भेला हुने बृद्ध पाटीहरु बनाउन माग र पहल गर्ने ।
छ) यूवाहरुलाई दुब्र्यसनी वन्न र कुलतमा फस्नबाट बचाउन युवा सचेतनामूलक कार्यक्रमहरु संचालन गर्न गराउन पहल गर्ने ।
ज) रुकुमकोटको समग्र परिचय दिने उद्देश्यले रुकुमकोटको ऐतिहासिक प्राकृृतिक, धार्मिक ,साँस्कृतिक र पर्यटकिय पक्षहरु समेटीएको ”रुकुमकोटको पहिचान” नामक पुस्तक प्रकासित गर्ने । साथै रुकुम जिल्लाकै हाल खबर, साहित्य, कला, संस्कृतिक तथा आर्थिक सामािजक राजनैतिक समीक्षा विश्लेषणहरु समेटिएको ”रुकुमेली आवाज” नामको साप्ताहिक पाक्षिक वा मासिक समाचार पत्रिका निकाल्न पहल गर्ने ।
झ) संचारको विकास, मनोरञ्जन, सामाजिक जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने गरी रुकुम एफ.एम. रेडियो स्थापना गर्न पहल गर्ने । साथै हाईभिजनहल, नाट्यशाला लगायतका अन्य मनोरञ्जन स्थलहरु सञ्चालन गर्न पनि पहल गर्ने ।
ञ) कमल फुल्ने मौसममा ”रुकुमकोट महोत्सव” गर्ने व्यवस्था गर्न आबश्यक पहल गर्ने ।
ट) रुकुमकोट गा.वि.स.लाई दिसामुक्त गा.वि.स.बनाउन स्थानीय व्यक्तिहरुलाई सक्रिय गराउने र विभिन्न टाउमा सार्वजनिक शौचालयहरु निर्माण गर्न गराउन सम्बन्धित निकायहरुस“ग माग अनुरोध गर्ने ।
ठ) सानाउद्योग व्यवसाय गर्न कृषि उत्पादन क्षेत्रमा रोजगारी बढाउन सहयोग पुग्ने गरी यस गा.वि.स.भित्र सहकारी सस्थाहरु खोल्न सञ्चालन गर्न पहल गर्ने ।
ड) रोजगार अभिबृद्धिका लागि सिपमूलक तालिमहरु दिने जस्ता प्राविधिक शिक्षालय, तालिम कन्द्र खोल्न सम्बन्धित निकायहरुसंग माग अनुरोध गर्ने ।
ढ) उपभोत्ताहरु र नागरिक समाजहरुको हकहितको लागि अग्रणी भूमिका खेल्ने उपभोक्ता हकहित संरक्षण मञ्च, नागरिक अधिकार, सामाजिक विकास, मानव अधिकार, स्वस्थ वातावरण शिक्षा जस्ता जनजागरण ल्याउने सामाजिक संघसस्थानहरु खोली कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने ।
ण) रुकुमकोटका बाउन्न टाकुरी त्रिपन्न पोखरीहरुको पहिचान र नामाकरण गर्न पहल गर्ने ।
त) आकर्षक र सुविधायुक्त रुकुमकोट बस्ति शहरीकरण बन्ने प्रबल सम्भावना भएकोले यहांको आर्थिक, सामाजिक, सांस्कृतिक पर्यटन क्षेत्रको विकासका कार्यक्रमहरुमा सहभागी हुन, उद्योग व्यवसाय, व्यापारहरु सञ्चालन गर्न उद्योगपति, व्यापारी, बद्धिजिवीहरु र ईच्छुक व्यक्तिहरुलाई आह्वान गर्ने र आवश्यक सहयोग गर्ने ।

१३.योजना कार्यक्रमहरु कार्यान्वयन सम्बन्धमा ः
उपरोक्त अनुसारका रुकुमकोटका पूर्वाधार विकास योजना र कार्यक्रमहरु मध्ये कतिपय उद्योगी व्यापारी व्यक्तिहरु र संघस्सथाहरुबाट गर्न सकिने र गर्नुपर्ने छन् भने कतिपय स्थानीय स्तरबाट गर्न सकिने र गर्नुपर्ने कार्यक्रमहरु सम्बन्धित गा.वि.स. बाट संचालन गर्ने । उपरोक्त विकास योजना र कार्यक्रमहरु स्वीकृत गरी अगाडी बढाउन सहयोगका लागि इलाका परिषदमा पेश गर्ने । जिल्लाबाट गर्नुपर्ने विकास योजनाका कार्यक्रमहरु कार्यान्वयन गर्न, गराउन र केन्द्रमा सिफारिस गरि पठाउन रुकुम जिल्ला परिषदमा पेश गरी अनुरोध गर्ने । जिल्लामा रहेका विकास प्रशासन सुरक्षाका निकायहरुमा पनि पेश गरी सम्वन्धित योजना र कार्यक्रमहरु कार्यान्वयन गर्न, गराउन अनुरोध गर्ने । राष्ट्रिय स्तरबाट गर्नु गराउनु पर्ने कार्यक्रमहरु चालु आ.ब.२०६८÷०६९ को बजेट र कार्यक्रमहरुबाट र आउदो आ.व. २०६९÷०७० को योजना वजेट र कार्यक्रमहरुमा समावेश गर्न, गराउन सम्माननीय प्रधानमन्त्री ज्यू लगायत सबै मन्त्रालयहरु ,सम्वन्धित विभागहरु समक्ष पेश गरी माग अनुरोध गर्ने । सबै राजनैतिक दलहरु जिल्लाका जन प्रतिनिधीहरु समक्ष कार्यक्रम पेश गरी कार्यान्वयन गर्न, गराउन अनुरोध गर्ने । साथै विभिन्न कार्यक्रमहरुमा सहयोग गर्न विदेशी नियोगहरु गैर सरकारी संघ संस्थाहरुसंग पनि माग अनुरोध गर्ने ।

प्रस्तुतकर्ताहरुको सम्पर्क ठेगाना

१.गाउविकास समितिको कार्यालय रुकुमकोटको फोन नं. फ्याक्स ९९३८८००९१ ईमेल तजबउबपगधबच२थबजयय।अयm गा.वि.स. सचिव श्री कमल घर्तीे मोबाईल नं. ९७४८५२६८१५

२.रुकुमकोटको पुर्बाधार विकास व्यवस्थापन समिति
क) संयोजकः श्री तारकबहादुर शाह (मल्लं)मो.नं. ९६३८८५५९८८, ९८०८४२३४१३
ख) व्यवस्थापकः श्री पूर्ण जङ्ग शाह (नेपाली काङ्ग्रेस) मो.नं. ९७४८५२६८०७ण्
ग) विशेष सल्लाहकारः श्री लोकेन्द्रबहादुर शाह (भू.पु.रा.पं.स) मो.नं.
घ) विशेष सल्लाहकार श्री नन्दलाल शर्मा (नेकपा एमाले) मो.नं.९७४८०५८१४४
ङ) प्रतिनिधि श्री बासुदेव गौतम (ए.ने.क.पा. माओबादी) मो.नं.९६३८८०८२०६
च) प्रतिनिधि श्री शिवकुमार शाही (रा.ज.मो.) मो.नं.
छ) प्रतिनिधि श्री बलबहादुर शाही (अध्यक्ष कमल दह सं.स) मो.नं.९७५८५०१५११
ज) प्रतिनिधि श्री टोपबहादुर मल्ल अध्यक्ष त्रि.ज.मा.वि. मो.न ९७४११७८१९६
झ) प्रतिनिधि श्री बलबहादुर जि. एम. (अध्यक्ष जनजाति) मो.न.९७४५०३८५३१

रुकुमकोटको पूर्वाधार विकास व्यवस्थापन समिति

१. श्री तारकबहादुर शाह (मल्ल) (समाजसेवी) संयोजक
२. श्री पूर्ण जङ शाह (उप सभापति ने.का) व्यवस्थापक
३. श्री कमलबहादुर घर्ती (गाविस सचिव पदेन) कार्यालय सचिव
४. श्री गुरुप्रसाद शर्मा (इन्जिनियर) प्राविधिक सल्लाहकार
५. श्री गणेश हमाल (अधिवक्ता) कानूनी सल्लाहकार
६. श्री लोकेन्द्रबहादुर शाह (भूपू रा.प.स) विशेष सल्लाहकार
७. श्री नन्दलाल शर्मा (सदस्य केन्द्रिय स्कूल विभाग नेकपा एमाले) विशेष सल्लाहकार
८. श्री जयबहादुर मल्ल (एनेकपा माओवादी) प्रतिनिधी
९. श्री शिवकुमार शाही (राजमो) प्रतिनिधी
१०. श्री वासुवेद गौतम (अध्यक्ष उमावि रुकुमकोट) प्रतिनिधी
११. श्री कुष्ण गौतम (प्रार्चाय रु उमावि) प्रतिनिधी
१२. श्री पञ्चबहादुर केसी. (सह–प्राचार्य) प्रतिनिधी
१३. श्री टोपबहादुर मल्ल ( अध्यक्ष त्रिजमावि) प्रतिनिधी
१४. श्री टिकाराम उपाध्याय (नेकपा एमाले) प्रतिनिधी
१५. श्री मोहनबहादुर के.सी (अध्यक्ष नेराशि संगठन, रुकुम) प्रतिनिधी
१६. श्री हरिकृष्ण गौतम (भूपू गाविस अध्यक्ष) प्रतिनिधी
१७. श्री बसन्तकुमार श्रेष्ठ (अध्यक्ष उबा संघ) प्रतिनिधी
१८. श्री नलजङ समाल मल्ल (अध्यक्ष जेष्ठ नागरिक) प्रतिनिधी
१९. श्रीमती शुशिला दाहाल ( सचिव अनेम संघ) प्रतिनिधी
२०. श्री के रामबहाुदर बुढाथोकी (अध्यक्ष नागरिक मञ्च) प्रतिनिधी
२१. श्रीमती विष्णु देवकोटा (अध्यक्ष एकल महिला) प्रतिनिधी
२२. श्री यज्ञप्रकाश मल्ल (अध्यक्ष सहकारी संस्था) प्रतिनिधी
२३. श्री डिल्लीबहादुर चन्द (सभापति स्ववियु रुकुमकोट) प्रतिनिधी
२४. श्री बलबहादुर जिएम (अध्यक्ष जनजाति) प्रतिनिधी
२५. श्री बलबहादुर शाही (कमल दह संरक्षण समिति) प्रतिनिधी
२६. श्री जयबहादुर खत्री (नागरिक समाज) प्रतिनिधी
२७. श्री तालसिङ बुढा (नागरिक समाज) प्रतिनिधी
२८. श्री डम्बर बुढाथोकी (समाज सेवी) प्रतिनिधी
२९. श्री गणेश बुढामगर (नागरिक समाज) प्रतिनिधी
३०. श्री यमबहादुर हमाल (समाजसेवी) प्रतिनिधी
३१. श्री रामेश्वर सुनार (अध्यक्ष दलित मुक्ति समाज) प्रतिनिधी
३२. श्री केशव शाह (एमाले) प्रतिनिधी
३३. श्री प्रकाश वली (पत्रकार) प्रतिनिधी

रुकुम जिल्लाको पर्यटन गुरुयोजना

वीरवहादुर मल्ल । रुकुम, चैत्र २२ । रुकुम जिल्लाको पर्यटन विकास तथा व्यवस्थापनका लागि गुरुयोजना बन्ने भएको छ । योजना तर्जुमा गर्न बुधबार नेपाल पर्यटन वोर्ड र जिल्ला विकास समिति रुकुमबीच सम्झौता भएको छ ।

जिल्लाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवं आकर्षणहरुलाई योजनावद्ध विकास गरी पर्यटकीय विस्तारबाट स्थानीय स्तरमा आर्थिक लाभ गर्ने उदेश्यले पर्यटन गुरुयोजना वनाउन द्विपक्षीय सम्झौता भएको हो । योजना तर्जुमा कार्य सम्पन्न गर्नका लागी नेपाल पर्यटन वोर्डले परामर्शदाताको टोली बनाउने भएको छ । परामर्शदाताको टोलीमा योजनाविद्, सामाजिक तथा आर्थिक विश्लेषक, भौगोलिक सूचनाविद र इन्जिनियर रहने बताइएको छ । बुधबार गरिएको सम्झौता अनुसार बोर्ड, जिल्ला विकास समिति र परामर्शदाताले जिल्लाका सरोकारवाला निकायसंग छलफल गरी स्थलगत भ्रमणको खाका तयार गरिने छ । स्थलगत अध्ययनपछि निर्माण गरिएको पर्यटन योजनाको मस्यौदा जिल्लाका सरोकारवाला माझ प्रस्तुत गरिने सम्झौतामा उल्लेख छ ।

निर्माण गरिएको पर्यटन गुरुयोजना पर्यटन बोर्डले जिल्ला विकास समितिलाई हस्ताण्तरण गर्नेछ । सम्झैतामा परामर्शदातासंग सम्झौता भएको ६ महिनाभित्र योजना तर्जूमा कार्य सम्पन्न गरिसक्नुपर्ने छ । नेपाल पर्यटन वोर्डका प्रवन्धक सुनिल गरेका छन् । सम्झौताको साक्षीमा र्यटन बोर्डका अधिकृत खड्गविक्रम शाह र जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहाल रहेका छन् ।

Tuesday 7 February, 2012

हिमपातले रुकुमको जनजीवन कष्टकर

रुकुम, २५ माघ । जिल्लाका अधिकांश लेकाली भू–भागको साथै पूर्वी क्षेत्रमा व्यापक हिमपात भइरहेको छ । हिजो साँझबाट पर्न सुरु भको हिउँ अझै जारी रहेको स्थानीयवासीले जानकारी दिएका छन् । जिल्लाका पूर्वी गाविस हुकाम, रन्मामैकोट, तकसेरा, महत, कोल, मोरावाङलगायतका ठाउँमा करिब दुई फिट हिउँ जमेको बताईएको छ । हिजो राति १० बजेबाट पानीसँगै हिमपात हुन थालेपछि सर्वसाधारण घरबाहिर निस्कन सकेका छैत्र् भने पशुचौपाया पनि घरभित्रै रहेका छन् । दुई हप्ताअघि परेको हिउँ पग्ली नसक्दै थप हिमपात भएपछि जिल्लाका सबै लेकाली क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

हिमपातले जिल्लाका लेकाली क्षेत्रमा लगाइएको तोरीमा पनि व्यापक क्षति पु¥याएको कृषकले बताएका छन् । यसैबीच, सदरमुकाम खलङ्गाको बह्राटाकुरा मैदानमा जारी मध्यपश्चिमाञ्चल क्षेत्रस्तरीय तेक्वान्दोका छनोट चरणका आज हुने खेल पनि पानीका कारण प्रभावित हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर ओलीले बताए । आगामी फागुन १४ देखि सुरु हुने छैटौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी छनोट गर्न आयोजना गरिएको प्रतियोगितामा मुगुबाहेक मध्यपश्चिमका १४ जिल्लाका करिब ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

रुकुमलाई युद्ध पर्यटनका रुपमा चिनाउनुपर्छ- मन्त्री विष्ट

काठमाडौं, माघ २४ । पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री लोकेन्द्र विष्ट मगरले प्राकृतिक र अन्य हिसाबले पनि रुकुम सुन्दर भएका कारण त्यस ठाउँले पर्यटनको अत्यन्त ठूलो सम्भावना बोकेको भन्दै रुकुम जिल्लालाई युद्ध पर्यटनका रुपमा चिनाउनुपर्ने बताएका छन् ।

अखिल (क्रान्तिकारी) रुकुम काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित ‘रुकुममा पर्यटनको सम्भावना र विद्यार्थीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा एकीकृत नेकपा (माओवादी)ले दसवर्षे जनयुद्ध सुरु गरेका कारण पनि त्यस जिल्लालाई युद्ध पर्यटनका रुपमा चिनाउन सकिने सम्भावना रहेको बताए । सो क्षेत्रको पर्यटन विकासलाई अगाडि बढाउन सरकारले छुट्टै बजेट छुट्याउने जानकारी समेत उनले दिएका छन् । वाइसिएलका अध्यक्ष गणेशमान पुनले रुकुममा भएका पर्यटनका सम्भावनालाई संस्थागत गर्नुपर्ने भन्दै त्यस जिल्लाको पर्यटन विकासलाई पत्रकार, युवा तथा विद्यार्थीले प्रचारप्रसार गर्नुपर्ने आवश्यक देखिएको औँल्याए ।

Thursday 5 January, 2012

रुकुममा दुई महिलासहित भूमिगत समूहका १७ जना पक्राउ

कमल थापा, रुकुम, पुस २२- नेपाल प्रहरीले रुकुम सदरमुकामको एक होटेलबाट भूमिगत समूहका १७ जनालाई पक्राउ गरेको छ। आफूलाई मंगोलिउन आर्मी (मंगोल नेसनल अर्गनाइजेसन पार्टी)का केन्द्रीय सदस्य बताउने राजेश पुनसहित १७ जना पक्राउ परेका हुन्।


पक्राउ परेका दुई जना महिला छन्। उनीहरुलाई बिहीबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक किशनसिंह थापाले जानकारी दिए।
पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सदस्य बताउने राजेश पुन, जिल्ला अध्यक्ष विनोद पुनमगर, उपाध्यक्ष जीवनकला विष्टमगर,प्रचार विभाग प्रमुख नविन मगर, खेलकूद विभाग प्रमुख खिमला घर्ती, कलाकार विभागका भीम विक, किरणमंगोल पुरी लगायत १७ जना रहेका छन्।

पक्राउ परिएका सबैलाई प्रहरी हिरासतमा राखिएको छ। तीन महिना अघि यस समूहका केन्द्रीय अध्यक्ष उपेन्द्र घर्तिसहित तीन जनालाई जिल्ला अदालत रुकुमले धरौटीमा रिहा गरेको छ। त्यतिबेला सैन्य पोशाक, दर्जानी चिन्ह लगायतका समाग्रीहरु बरामद भएको थियो।

उनीहरुलाई भूमिगत पार्टीको बैठक सकाएर फर्कँदै गर्दा पक्राउ गरिएको हो। पक्राउ परिएकाहरुमाथि प्रहरी अनुसन्धान जारी रहेको छ। पक्राउ परिएकाहरुवाट बैठक पुस्तिका, परिचय पत्र बरामद गरिएको छ। जातीय अधिकार भन्दै यो समूहले विगत केही महिनादेखि रुकुममा भूमिगतरुपमा आफ्ना संगठन र गतिविधि गर्दै आएको छ।

Nagariknews