Pages

Subscribe:

Rukum

.

Thursday 5 January, 2012

रुकुममा दुई महिलासहित भूमिगत समूहका १७ जना पक्राउ

कमल थापा, रुकुम, पुस २२- नेपाल प्रहरीले रुकुम सदरमुकामको एक होटेलबाट भूमिगत समूहका १७ जनालाई पक्राउ गरेको छ। आफूलाई मंगोलिउन आर्मी (मंगोल नेसनल अर्गनाइजेसन पार्टी)का केन्द्रीय सदस्य बताउने राजेश पुनसहित १७ जना पक्राउ परेका हुन्।


पक्राउ परेका दुई जना महिला छन्। उनीहरुलाई बिहीबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक किशनसिंह थापाले जानकारी दिए।
पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सदस्य बताउने राजेश पुन, जिल्ला अध्यक्ष विनोद पुनमगर, उपाध्यक्ष जीवनकला विष्टमगर,प्रचार विभाग प्रमुख नविन मगर, खेलकूद विभाग प्रमुख खिमला घर्ती, कलाकार विभागका भीम विक, किरणमंगोल पुरी लगायत १७ जना रहेका छन्।

पक्राउ परिएका सबैलाई प्रहरी हिरासतमा राखिएको छ। तीन महिना अघि यस समूहका केन्द्रीय अध्यक्ष उपेन्द्र घर्तिसहित तीन जनालाई जिल्ला अदालत रुकुमले धरौटीमा रिहा गरेको छ। त्यतिबेला सैन्य पोशाक, दर्जानी चिन्ह लगायतका समाग्रीहरु बरामद भएको थियो।

उनीहरुलाई भूमिगत पार्टीको बैठक सकाएर फर्कँदै गर्दा पक्राउ गरिएको हो। पक्राउ परिएकाहरुमाथि प्रहरी अनुसन्धान जारी रहेको छ। पक्राउ परिएकाहरुवाट बैठक पुस्तिका, परिचय पत्र बरामद गरिएको छ। जातीय अधिकार भन्दै यो समूहले विगत केही महिनादेखि रुकुममा भूमिगतरुपमा आफ्ना संगठन र गतिविधि गर्दै आएको छ।

Nagariknews