Pages

Subscribe:

Rukum

.

Tuesday 12 June, 2012

स्वास्थ्यकर्मीले असोजसम्म विदा नपाउने

हरिविष्णु ओली
रुकुम २६ जेठ । सरुवा रोगको महामारीलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमले मातहतका स्वास्थ्यकर्मीहरुलाई जेठदेखि असोजसम्म विदामा नछाड्ने भएको छ । सरुवा रोगको प्रकोप व्यवस्थापन गर्न यस्तो कदम चालेको हो । जेठदेखि झाडापखाला, हैजा, टाईफईड ज्वरो र इन्फ्लुईन्जा लगायतका सरुवा रोगको प्रकोप देखा पर्ने भएकोले स्वास्थ्यकर्मीहरुलाई कडाई गरिएको जनस्वास्थ्य प्रमुख डा.यदुचन्द्र घिमिरेले बताए । डा.घिमिरेले भने–‘विगतको जस्तो महामारी आउन नदिन, आबश्यक औषधिको व्यवस्था गर्न र तत्काल घट्नास्थलमा पुगी विरामीहरुको उपचार सेवा पु¥याउन यो उपाय निकालिएको हो ।’ जिल्ला जनस्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरुलाई   छ बुँदे निर्देशन पठाईसकेको छ । निर्देशनमा उल्लेख भए अनुसार स्वास्थ्य संस्थामा कम्तीमा १० प्याकेट जीवनजल मौज्दात भैरहनुपर्ने छ । यस अवधिमा महामारीको प्रकोप नियन्त्रण गर्न प्रहरी चौकी, स्थानीय विद्यालय,गाउँ विकास समितिको कार्यालय र गैरसरकारी संस्थाहरुसँग समन्वय गरी शुद्ध खानेपानीको लागि चेतना फैलाउने कार्यक्रम तय गरेको जनस्वास्थ्य कार्यालयले जनाएकोछ । जिल्ला अस्पताल,सल्लेका सुपरिटेन्डेन्ट डा. युधिष्ठिरराज खड्काले भने–‘सर्वसाधारणको पानी उमालेर खाने वानी छैन । फिल्टरको साधन प्रयोग हैसियत सवैकोमा हुँदैन । त्यसैले निर्मलीकरण चक्की वितरण गरियो  र प्रयोग गर्न सिकाइयो भने महामारीमा धेरै नियन्त्रण हुन्छ ।।’

जीप दुर्घटना १ को मृत्यु ६ गम्भीर

रुकुम ३० जेठ-  मंगलबार विहान नेपाली सेनाको जीप दुर्घटनामा  परि गम्भीर घाइते भएका  ३ जना सेनाका सिपाहीहरुलाई  हेलिकप्टरबाट  थप  उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा सामान्य घाइते भएका सडक निमार्णका एक ठेकेदारलाई भने उपचार लागि जिल्ला अस्पताल सल्ले रुकुमका ल्याईदै गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दुर्घटनामा परि काभ्रे जिल्ला घरभई बाटोकाज रुकुममा कार्यरत सिपाही आशालाल तामाङको घटनास्थलमै मृत्यु भएको थियो । साँख गाविसको घोरखानीमा रहेको नेपाली सेनाको अस्थायी क्याम्पबाट रुकुमकोट गाविस जाँदै गर्दा बा १ ज ६३०६ नम्बरको जीप रुकुमकोट गाविस १ रानीकोटमा दुर्घटना भएको हो ।  जीप दुर्घटनाको कारण खुल्न सकेको  छैन्। जीप सडकवाट अनियन्त्रित भई करिब १५ मिटर तल खसेको बताइएको छ । मुसीकोट बुतिर्वाङ सडक निमार्ण कार्यदलको जिम्मा लिएको नेपाली सेनाको एक टुकुडी साँख गाविसको घोरखानीमा बस्दै आएको थियो ।
Source: Meghraj Khadka

Wednesday 6 June, 2012

रुकुमकोटमा गोलमेच सम्मेलन

रुकुम । रुकुमकोटमा संवादद्धारा शान्तिका लागी सहकार्य गोलमेच साझा सवाल कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ रुकुमको आयोजना र आदीवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । आदीवासी जनजाती उत्थान प्रतिष्ठानद्धारा संचालित शान्ति निर्माण परियोजना अन्तरगत आयोजना गरिएको साझा संवाल कार्यक्रममा द्धन्द्ध उत्पन्न तथा रुपान्तरणका वारेमा छलफल भएको छ । कार्यक्रमका सहभागिहरुले भावनात्मक सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा आदीवासी जनजाती उत्थान प्रतिष्ठानले संचालन गरेको परियोजनाका मध्यश्चिमाञ्चल कोर्डिनेटर चलन लिम्वुले परियोजनाको लक्ष्य उदेश्यका वारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रमका सहभागिहरुले जातीय र भावनात्मक सद्भाव कायम गर्न सकेमा मात्र द्धन्द्ध न्यूनिकरण हुने वताएका छन् । पुर्वाआग्रह र प्रतिसोचले एक आपसमा मेलमिलाप हुने नसक्ने भन्दै त्यसलाई सद्भावमा परिणत गर्नुपर्ने उनीहरुको जोड छ । कार्यक्रममा पुस्तक चन्दले प्रस्तुत गर्नुभएको द्धन्द्ध रुपान्तरण र शान्ति प्रकृयामा सरोकारवालाहरुको भुमिका समेटिएको कार्यपत्रमाथि पनि छलफल भएको छ । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, स्थानीय व्यापारी लगायतको सहभागिता रहेको थियो । नेपाल मगर संघ रुकुमका अध्यक्ष पहलसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका सचिव पुनराज घर्तिमगरले गर्नुभएको थियो ।


Source : Bir Bahadur Malla  (Rukumonline.com)