Pages

Subscribe:

Rukum

.

Wednesday 19 December, 2012

रुकुम उज्यालो कार्यक्रम - दुई लघुजलविद्युत्बाट विद्युत उत्पादन सुरु

रुकुम, ४ पुस - जिल्लाका सबै घरधुरीमा दुई वर्षभित्र विद्युुत् सेवा पु¥याउने गरी २०६५ सालमा सरकारी योजनाको रूपमा सुरु गरिएको रुकुम उज्यालो कार्यक्रम तोकिएको समयमा पूरा नभए पनि पछिल्लो समयमा भएका उपलब्धिले रुकुमेलीमा केही आशा जगाएको छ ।
न्यून गतिमा अगाडि बढेको भन्दै आलोचित हुँदै आएको रुकुम उज्यालो कार्यक्रमले पछिल्लो समयमा दुई विद्युत् आयोजना सम्पन्न गरेर बिजुली बलेपछि जनतामा केही आशा जगाएको छ । कार्यक्रम सुरु गरिएको झन्डै चार वर्षपछि जाङ गाविसमा पहिलो पटक १७ किलोवाट क्षमताको लघुजलविद्युत् सम्पन्न भएको हो ।
सरकार, स्थानीय निकाय र स्थानीय बासीन्दाहरूकोे संयुक्त लगानीमा जिल्लाका दुई गाविस जाङ र साँखमा बिजुली बलेको हो । दोख्लाबाङ खोलाबाट जाङ गाविसमा बिजुली बलेपछि वडा नंं. १ का १ सय ४१ घरपरिवारले विद्युत् सेवा पाएका छन् । गाउँमा पहिलो पटक विद्युत् आयोजना सम्पन्न भएपछि स्थानीयवासीले नाचगानसहित भव्य कार्यक्रम गरेर रमाए ।
सरकारको २५ लाख, दातृ निकायको २३ लाख ८० हजार, गाविसको ३ लाख, स्थानीयवासीको २ लाख तथा स्थानीय श्रमदान गरी करिब ७० लाख रुपैयाँमा आयोजना सम्पन्न भएको हो । लघु जलविद्युत् उपभोक्ता समितिका कोषाध्यक्ष नरेन्द्र घर्तीले दुर्गम गाउँमा पहिलो पटक बत्ती बल्दा स्थानीयहरूमा खुसीको सीमा नै नभएको बताए । “सदरमुकामबाट १९ कोष टाढाको दुर्गम बस्तीमा पहिलोपल्ट बत्ती बल्दा दुर्गममा पनि सरकार छ भन्न्ने स्थानीय जनताले महसुस गरेका छन्,” घर्तीले भने, “विद्युत् सेवा सुरु भएपछि घर–घरमा टेलिभिजन राख्ने लहर चलेको छ ।” त्यस्तै जिल्लाको अर्को गाविस साँख गाविसमा पनि बिजुली बलेपछि स्थानियवासी हर्षित छन । स्थानीय लाबाङ सिप्चा खोलाबाट ७ किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको रुकुम उज्यालो कार्यक्रमले जनाएको छ ।
उक्त आयोजनाबाट १ सय ५० घरपरिवार लाभान्वित रहेको बताइएको छ । २०६५ सालमा जिल्लाभरका ३७ हजार घरधुरीलाई लघुजलविद्युत् आयोजनामार्पmत कुल ३ मेघावाट विद्युत् उत्पादन गर्ने गरी कार्यक्रम थालनी गरिएको गरिएको थियो ।
कार्यक्रमअन्तर्गत १६ वटा लघु जलविद्युत् आयोजनाहरू निमार्णधीन रहेको रुकुम उज्यालो कार्यक्रमका जिल्ला संयोजक गोविन्दराज पोखरेलले जानकारी दिए । “यो आर्थिक वर्षभित्रमा निर्माण कम्पनी र समुदायको क्रियाशीलता बढेमा ती आयोजनाहरु सम्पन्न भई बिजुली बल्नेछ,” संयोजक पोखरेलले भने ।
कार्यक्रमअन्तर्गत ८४ वटा जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भएको छ भने ६५ वटा लघुजलविद्युत् आयोजना प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरेको छ । यस वर्ष १५ वटालाई नियमित अनुदान रकम प्राप्त भइसकेको र ९ वटा आयोजनाको लागि थप आर्थिक सहयोग स्वीकृत भइसकेको संयोजक पोखरेलले जानकारी दिए ।
संयोजक पोखरेलका अनुसार रुकुमको सोलाबाङमा स्थानिय साँख खोलाबाट उत्पादन गर्न लागिएको लघुजलविद्युत् आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । ६० किलोवाट क्षमता रहेको उक्त आयोजनबाट सोलाबाङ व्यापारिक केन्द्र तथा अन्य आसपासका गाउँमा समेत विद्युत् सेवा प्रदान गरिने छ ।

Source : Megharaj Khadka ( Karobaar Daily)

जनश्रमदानबाट सिचाई कुला निर्माण

रुकुमको वाँफिकोट गाविस वडा नं. ९ जग्रामा स्थानीयवासिले जनश्रमदानबाट सिचाई कुला निर्माण गरेका छन् । स्थानीयले झण्डै १ लाख ६७ हजार ९ सय वरावरको श्रमदान गरी सिचाई कुलो निर्माण गरेको सिचाई उपभोक्ता समितिका अध्यक्ष हर्कवहादुर केसीले जानकारी दिनुभयो । यस भन्दा ३ वर्ष अगाडीसम्म स्यार्पुतालको पानीले सिचाई गर्दै आएको भएपनि विद्युत नहरमा पानीको अपुग पश्चात सिचार्य हुन सकेको थिएन । विद्युत विस्तारमा पानीको मात्रा वढाइएपछि सिचाई गर्न नपाएका कृषकहरुले हाल छिपछिपे मुलबाट पानी ल्याइ सिचाइ गर्न थालेको वताइएको छ । एक हजार मिटर पाइप जडान गरी सिचाई पु¥याइएपछि उक्त सिचाईबाट १० घर परिवार लाभान्वित भएको समितिका सदस्य डाइमन केसीले वताउनुभयो ।

by Birbahadur Malla