Pages

Subscribe:

Rukum

.

Wednesday 4 April, 2012

रुकुम जिल्लाको पर्यटन गुरुयोजना

वीरवहादुर मल्ल । रुकुम, चैत्र २२ । रुकुम जिल्लाको पर्यटन विकास तथा व्यवस्थापनका लागि गुरुयोजना बन्ने भएको छ । योजना तर्जुमा गर्न बुधबार नेपाल पर्यटन वोर्ड र जिल्ला विकास समिति रुकुमबीच सम्झौता भएको छ ।

जिल्लाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवं आकर्षणहरुलाई योजनावद्ध विकास गरी पर्यटकीय विस्तारबाट स्थानीय स्तरमा आर्थिक लाभ गर्ने उदेश्यले पर्यटन गुरुयोजना वनाउन द्विपक्षीय सम्झौता भएको हो । योजना तर्जुमा कार्य सम्पन्न गर्नका लागी नेपाल पर्यटन वोर्डले परामर्शदाताको टोली बनाउने भएको छ । परामर्शदाताको टोलीमा योजनाविद्, सामाजिक तथा आर्थिक विश्लेषक, भौगोलिक सूचनाविद र इन्जिनियर रहने बताइएको छ । बुधबार गरिएको सम्झौता अनुसार बोर्ड, जिल्ला विकास समिति र परामर्शदाताले जिल्लाका सरोकारवाला निकायसंग छलफल गरी स्थलगत भ्रमणको खाका तयार गरिने छ । स्थलगत अध्ययनपछि निर्माण गरिएको पर्यटन योजनाको मस्यौदा जिल्लाका सरोकारवाला माझ प्रस्तुत गरिने सम्झौतामा उल्लेख छ ।

निर्माण गरिएको पर्यटन गुरुयोजना पर्यटन बोर्डले जिल्ला विकास समितिलाई हस्ताण्तरण गर्नेछ । सम्झैतामा परामर्शदातासंग सम्झौता भएको ६ महिनाभित्र योजना तर्जूमा कार्य सम्पन्न गरिसक्नुपर्ने छ । नेपाल पर्यटन वोर्डका प्रवन्धक सुनिल गरेका छन् । सम्झौताको साक्षीमा र्यटन बोर्डका अधिकृत खड्गविक्रम शाह र जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहाल रहेका छन् ।

0 comments:

Post a Comment