सानोमा खारावाङबाट रुकुमकोट मावलीगाउँ आउँदा एक;दुई दिन पैदल हिड्नुपथ्र्यो । हत्केला जत्रो साँघुरो बाटो भित्ता कोपेर बनाएको जस्तो । माथितिरबाट ढुङ्गा आउने डर चिप्लियो कि सानीभेरीमै परिने सन्त्रास । घनाझाडी भएकाले बाघभालुको पनि डर उत्तिकै । चोरडाँकाको पनि उस्तै विगविगी । त्यही बाटोमा आमाले मलाई डोकामा बोकेर कतिपटक ओहरदोहर गर्नुभयो मलाई थाहा छैन । जब म थाहा पाउने भएँ त्यसपछि पनि सयौंचोटी त्यही बाटोमा ओहरदोहर गरियो होला । तर एकदिनको यात्रा भने तजुबको बन्यो । जो मेरो मानस्पटलबाट चाहेर पनि हट्न सकेको छैन ।
हामी बसाई सरेर रुकुमकोट आयौं । पढाईमा व्यस्त भइयो । हुर्कदै जाँदा मलाई खारावाङ जाने हुटहुटी लागिरहन्थ्यो तर मौका नमिल्ने । २०६० साल असार महिनामा हरिविष्णु अंकल टोपबहादुर अंकल लगायतसँग म पनि यासा्रगुम्वाको सिजनमा बुँकी जाने निधो गरें । हामी काठमाण्डौबाट हिडेका भएपनि मलाई रुकुमकोट पुगुाजेल कुनै नौलो अनुभव भएन । फेरि त्यस्तो अपेक्षा पनि थिएनर भेटिएन पनि । तर जब हामीले वालुवा बजार काट्यौ त्यसपछि म मा नयाँ वातावरण नयाँरहनसहन नयाँ कलासंस्कृतिर भेषभूषामारमाउने सोंच जाग्यो । बाटोमा भेटिने यस्तै फरकपनमारोमािाचत हुँदै हामी अगाडि बढिरह्यौं पहिलेको त्यो झाडी भएको साँगुरो बाटो अहिले केहि फेरिएकोरहेछ त्यो देखेर खुसी लाग्यो ।
हाम्रो टोली देउखोलामा गएर बास बस्ने निधो गर् यो । जताततै जंगलै जंगलर पहाड तर बीचमा समथर भूभाग जहाँ २÷४ घर मानिसहरु बसोबास गर्दारहेछन् । खेतीको नाममा वर्षामा छ महिना पुग्ने मकैबाहेक त्यस ठाउँमा बाली नहुँदोरहेछ । गरीबीका कारण त्यहाँका मानिसहरु खोलाको माछा मार्नेर जंगलको कन्दमुल खाएर जीवन गुजारा गर्दारहेछन् । कोही भने होटलर पसलतिर पनि हात हाल्दैरहेछन् । भयङ्कर गरीबी अज्ञानता पछौटे संस्कृति र राज्यविहिनताको अवस्थामा उनीहरुको यो कदम पनि कुनै नयाँ विचारर वस्तु प्रतिउत्पादन गरेको भन्दा कम थिएन । देउखोलामा हामी बास बस्ने निधो त गर् यौं तर कसैकोमा पिठो छैन कसैकोमा सुत्ने ठाउँ छैन कसैकोमा हामी जस्तै अन्य मान्छे आएर बसिसकेका छन् । एकैचोटी एकदर्जन मासिन बास बस्न आए भने पाल्न नसक्ने अवस्थाको त्यो विवश बस्तीमा हामीले एक छेउमा बल्लतल्ल बास पायौं । घरबेटीको नाम थियो काली कमिनी । छाला कालो भएपनि काली कमिनीको मन भने उज्यालो थियो । घरमा उनीकी एक छोरीर बूढा ससुरा बा मात्र थिए । काली कमिनीकी छोरीको उमेर १७÷१८ को भएपनि हेर्दा उनी ३५÷४० वर्षकी लाग्थिन् । कसैकसैले त उनीलाई बूढीकन्या पनि भन्दारहेछन् । तर उनी कहाँको बूढो हुनु बहुसंख्यक नेपालीझैँरोग भोकर शोकले थिचिएका उनीहरु गरीबीकोरोगले थिचिएररगत नभएर निन्यौरा खाना नपाएर ख्याउटे भएकाले उमेरमै बुढयौलीले छोएका जस्ता देखिन्थे । उनीहरुको कति पुस्ताले त्यो देउखोला किनारमा चक्कर काट्दा काट्दै जीवन टुङग्याए । फेरि त्यही चक्रमा काली कमिनीहरु कति चक्कर काटिरहेका छन् । सायद त्यही विडो थाम्न जन्मिएकी होलिन ती अभागी छोरी पनि ।
मनमा पिरलो भएपनि उनीहरु त्यही भूगोलको वातावरणमा कम खुसी छैनन् । उनीहरुलाई साँझ बिहानको छाक टार्नेबाहेक संसारिक कुनै झन्झट भने छैन । प्रकृतिको मनोरम छटामा अवस्थित त्यो बस्तीको सुन्दरता कम व्याख्या गर्न लायक भने छैन । सानीभेरी बैसले मैमत्त छ । सिस्ने हिमाल उस्तै बैशालु हावा कुँदाउछ । ती भिराखा जवानीले ढपक्क छन् तर ऊ अर्थात काली कमिनीकी २० वर्षे छोरीको जीवन त्यही कल्ाकलाउँदो वातावरणमा ढल्दाबखतको रुख जस्तो छ । ओठमा जोवानको हाँसो छैन । उमेर बैशले कल्प फाल्ने बेला हो । तर यी कुनै उपमा उनका लागि निरर्थक छन् ।
हुन त आमा काली भएपनि छोरी त काली भने हैन । लाली पाउडर घस्ने हो भने त हिरुनी जस्ती हुन्थी होला ऊ पनि । गाउँलेका अनुसार कुन ठकुरी बाँस बस्न जाँदा काली कमिनीले पेट बोकेकीरे ! ठकुरी लापत्ता भयो तर पेटमा बसेकी छोरी गोरी जन्मी । ऊ नै भई काली कमिनीकी साहरा । मानिस गोरी भएपनि के गर्नु गरीबीको ध्वाँसोले ओठैर गाला चिराचिरा परेर फाटेको उजाड खोंच जस्तो । त्यही थात थलोमा कसे्रनी बत्ती बाँबरी गुधौली वेलीर चमेलीहरु फूलेका छन् तर फकि्रदो उमेरमा पनि उसको जीवन फुल्न सकेको छैन ।
म कहिलेकाँही गम्छु । यो देशमा कोहि हाँसेर जीवन बिताएका छन् त कोही दुर्दशा ओढोर बाँचेका छन् । कोही माथिका माथि कोही तलका तल । भनिन्छ- लोकतन्त्रमा सबैलाई समान हकअधिकार हुन्छ तर गणतन्त्रको उदय हाम्रो देश नेपालका बासिन्दाको यो दुर्दशा देख्दा लाग्छ प्रजातन्त्र वा संसदीय व्यवस्था कम्युनिष्टले भनेझंै खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो नैरहेछ क्यार । लोकतन्त्रमा सबैलाईृ फुल्ने अधिकार भएपनि फुल्न नसक्नेलाई फूलाउन प्रयत्न गर्ने बोल्न नसक्नेलाई बोलाउन सहयोग गर्ने उठन नसक्नेलाई उठाउन प्रयत्न गर्ने कोही हुँदोरहेनछ । म नेपालीको अवस्था देखेर त्यही लख काट्छुर संसदीय प्रजातन्त्रको विपक्षमा दह्रो उत्तर भेटाउँछु ।
घरको एक छेउमा बूढा बा गुजुल्टो परेका छन् । ओढ्नेको नाममा आफू भन्दा बूढो दर्जनौ ठाउँमा भ्वाङ परेको एउटा कम्बल छ । के कम्वल भन्नु टालै टालाको खात भने पनि भयो । टाउकामा टोपी छ । नेपालीपन झल्काउन उनले टोपी लगाएका होलान् तर के गर्ने त्यही टोपी च्यातिएर घेरामात्रै बाँकी छ । आफ्नोपनको झल्को दिने टोपी
फेर्न नसकेर उनको दर्दको पीडा झल्किरहेको छ । कुराकानीको शिलशिलामा उनी भन्छन्- टोपी फेर्न पनि सकिएको छैन मलाई लाग्छ आफनोपन नै पीडा भएको छ उनीका लागि । नेपाली नभैदिएको भए कमसे कम टोपीको सट्टा खाली टाउको भएपनि सन्तोष त हु्ने थिए ।
बाजेको उमेरले नेटो काटिसकेको छ तर पनि नेपाली टोपीबाहेक उनीसँग नेपालीपन झल्काउने केहीरहेनछ । उनको न त नागरिकता नैरहेछ न त नेपाल सरकारको कसैसँग साइनो नै जोडिएकोरहेछ जे छ त्यही टोपीमा छ । छातीमार मुटुमा नेपालीपन होला तर नेपाली हुनुमा उनीमा गर्व पनि छैन कुनै दःुख पनि छैन । नागरिकता बनाउनु पनि उनका लागि गरीबीको भार थप्नु नै हो । नागरिकता बनाएपछि सरकारबाट उनले पाउनु केही हैन । उल्टो गाविस जाउ सदरमुकामा जाउ होटलमा बसेर भात खाउ अनि कर्मचारीको यो पुगेनर ऊ पुगेनको झन्झट सुन । उनी एक्लै जान पनि सक्ने हैन अर्कोरखौटी पनि चाहियो । उसको पनि खर्च बेहोर्नुपर् यो । आम्दानी छैन सबै ऋण गरेर गर्ने हो । यो नभएको झन्झट बेहोरेर किन बनाउने नागरिकता उनी जस्ता थुप्रै नेपालीको प्रश्न होला यो ।
नेपालका बारेमा पनि धेरै जानकारीरहेनछ बूढालाई । नेपाल भनेको ठूला मान्छे बस्ने भन्छन् उनीले भने । पहिले हाम्रा गाउँका ठूलाठालु पनि नेपाल जान्थे हामी जस्ता गरीब त नेपाल पुग्ने अवसर कहाँ पाउनु उनीको व्यङग्य प्रश्न थियो त्यो । तपाई बसेको ठाउँ पनि नेपालै त हो नि बाजे मेरो प्रश्नको खिल्ली उडाउँदै उनी हाँस्ोर भने यो नेपाल हैन देउखोला पो हो त । के नेपाल देउखोला जस्तै छ बाबु ।
कहाँको देउखोला जस्तो हुनु बाजे तपाईको नेपाल त धुरी हेर्दा टोपी खस्ने घर । तपाई खाली खुट्टा हिड्नुहुन्छ नेपालका मान्छे चिल्ला सडकमा हुकिन्छन् । त्यहाँ त्यो भन्दा ठूलो सत्ता छ शक्ति छ अनि सुविधार सम्पन्नता । तपाई सबै बुझे त्यसैलाई स्वर्ग भन्नुहुन्छ बाजे मैले मनमनै भने । म बूढा बासँग उनीका जीवनका अनुभूति सुन्न व्यस्त थिए । बीचबीचमा ढिडो पकाउँदै गरेकी काली कमिनी पनि कुरामा थपि लाग्थिन । बीचबीचमा हामी सबै हाँसो उठ्दो कुरा पनि गर्दथ्यौं । कुरा गर्दागर्दै ढिडो पनि पाकिसक्यो ।
ढिडो खाने तरखरमा लागिरहेको बेला खोलामा गड्याङ गुडुङको ठूलो आवाज आयो । कालि कमिनी खोलातिर दगुरिन् । खोलाले ठूला-ठुला मुढा बगाएर ल्याएकोरहेछ । उनी त्यही बगाउन गएकीरहिछिन् । खोलाको बगरमा अरु पनि मानिसरहेछन् क्यारे सबै मिलेर बगेको रुख खोलाको भेलबाट निकालेर किनारा लगाए । उनी त्यो रुख किनारमाराखेर हामीलाई खाना पस्किन फेरि घरमा फर्किइन् । उनले हामीतिर विजय भावको हाँसो देखाउँदै भनिन्- यसरी नै हो हामीले दाउराको जोहो गर्ने । उनीको विजय भाव देखेर म भने शोक मग्न भए गरीबीको भङ्गालोमा कतिदिन ढुङ्गासँग ठोकिदै जीवन बित्ने होला कहिले किनारा लाग्ने होला त्यो भङ्गालोमा परेको जीवन धेरै बेरसम्म मैले गमिरहे ।
त्यो परिवार एउटा कोरा कागज हो ।राज्य बलियो भयो भने उनीहरुलाई सुन्दर फुल बनाउन सक्छ । त्यस परिवारलाई अरु लाई शिक्षा दिने पुस्तक बनाउन सक्छ । देशलाई आवश्यक पर्ने कुनैपनि साधन बनाउन सक्छ तर नेताहरुलाई कुसर्ी दौडमा ठिक्क छ । अनि कस्तुरीको लागि बिना काम नलागेझंै नेपालीका सीपर पौरख नेपालका लागि काम नलाग्ने वस्तु बनेर फालिएका छन् । सडक गल्ली खोलाकिनार भिरपाखार डाँडाकाँडामा उनीहरु फगतका वस्तुझैं थिचिदै मिचिदै पि_िल्सदै गल्दैर झर्दै गएका छन् देउखोलाकी काली कमिनी जस्तै गरी ।
-गणेश ओली
Monday, 20 December 2010
Friday, 17 December 2010
सल्यान र रुकुमका यतायात सेवा अवरुद्ध
सल्यान र रुकुमबाट चल्ने लामो तथा छोटो दुरीका यतायात सेवा अवरुद्ध भएका छन् ।
सल्यानको धनवाङ गाउ बिकास समिति– ४ का धनबहादुर रानालाइ सल्यान–रुकुम बस व्यवसायी समितिका महासचिव अरमिन्द्र राइले कुटपीट गरेको भन्दै नया नेपाल युवा क्लब धनवाङले यतायात सेवा अवरुद्ध पारेको हो।
चितवन मेडिकल कलेजमा कार्यरत रानालाइ मंसिर अठ्ठाइस गते सल्यान जाने क्रममा महासचिव राइले बसको सिट नमिलाइ मुडा राखी लगेको भन्ने बिषयमा विवाद भएपछी आफूलाई कुटपीट गरेको रानाको आरोप लगाएछन्। रानाको दुवैओटा खुट्टा चल्दैनन्।
Source:dcnepal.com

Thursday, 9 December 2010
प्रेस युनियन रुकुमको अध्यक्षमा गौतम
प्रेस युनियन रुकुमको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्विरोध निवार्चित भएका छन् ।
'गाउँ-गाउँमा पत्रकार प्रेस युनियनको आधार' भन्ने नाराका साथ मङ्गलबारदेखि सुरु भएको नेपाल प्रेस युनियन रुकुमको पाँचौ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गदै बुधबार सम्पन्न भएको छ ।
यस्तै निर्विरोध निवार्चित भएका अन्य पदाधीकारीहरूमा उपाध्यक्ष दिनेश खड्का, सचिव आदर्श केसी, सहसचिव बालकृष्ण शर्मा, कोषाध्यक्ष शान्ति मल्ल तथा सदस्यहरू ताराप्रसाद वली, केशरबहादुर वली, प्रेमप्रकाश वली, यमुना हमाल, पूर्णचन्द्र केसी रहेका छन् । साथै अधिवेशनले मंसिर २८, २९ र ३० गते बुटवलमा हुने युनियनको केन्द्रीय महाधिवेशनमा प्रतिनिधिहरूसमेत छनोट गरेको छ । प्रतिनिधिहरूमा डिलबहादुर शाही, दिनेश खड्का, लक्ष्मण केसी, तारकप्रतिभा केसी, राजु लामिछाने, चाँदनी केसी, भीमा वली रहेका छन् ।
अधिवेशनले पछिल्लो समयमा प्रेसमाथि भइरहेको आक्रमण, धम्की तथा पत्रकारहरूमाथि भएका कुटपिटका घटनाहरूमा राज्यले तदारुकता देखाउनुपर्ने, जिल्लामा प्रेस स्वतन्त्रताविरुद्ध विभिन्न पक्षबाट भएका क्रियाकलापहरूको विरुद्धमा सबै पत्रकारहरू एकजुट हुनुपर्ने, श्रमजीवी पत्रकार ऐन लागू गराउन राज्यले अग्रसरता देखाउनुपर्नेमा जोड दिएको छ ।
अधिवेशनले पत्रकारिताका व्यावसायिक हितका लागि जिल्लास्थित सबै पत्रकारहरूको बीचमा सामन्जस्यता कायम गर्दै अगाडि बढ्नका लागि आगामी नीति तथा कार्यक्रमसमेत तय गरेको छ ।

रुकुमका दश गाविस २०१५ देखि खुल्ला दिसामुक्त क्षेत्र
रुकुम, (नेस), झाडापखालाबाट सुरक्षित रहन रुकुम जिल्लामा कार्यरत गाविस सचिवहरुले जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त जिल्ला घोषणाका लागि प्रतिबद्धता जनाएका छन्।
उनीहरुले गाविसको कुल बजेटबाट १० प्रतिशतभन्दा बढी बजेट सरसफाइका लागि विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
जिल्ला सरसफाइ समन्वय समिति रुकुमको आयोजनामा सोमबार सदरमुकाम खलंगास्थित खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रुकुमको सभाहलमा सम्पन्न गाविस सचिवहरुको अभिमुखीकरण गोष्ठीमा गाविस सचिवहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। गोष्ठीमा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यलाई सहयोग पुर्याउने उद्देश्यले पहिलो चरणमा १ वर्षभित्र १० गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरिएको छ। पहिलो चरणमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने गाविसहरुमा साँख चौखावाङ रुकुमकोट खलंगा आठबिसडाँडागाउँ छिवाङ खारा बाँफिकोट विजयश्वरी र झुला गाविस रहेका छन्।
गोष्ठीमा गाविस सचिवहरुले बजेट विनियोजन गर्दा लक्षित वर्गले अनिवार्य शौचालय निर्माण गरेको हुनुपर्ने मापदण्ड लागू गर्ने कुरामा समेत प्रतिबद्धता जनाएको जिविस रुकुमका योजना अनुगमन तथा प्रशासकीय अधिकृत शिवकुमार कार्कीले बताउनुभयो।

Thursday, 2 December 2010
उम्मेदवार हुन पाइन्न
कमल थापा, रुकुम,मंसिर १७- रुकुममा गठन भएका पत्रकारहरुका संगठन र पत्रकारहरुले घरमा शौचालय नबनाएका पत्रकारलाई आगामी माघमा हुने नेपाल पत्रकार महासंघ रुकुम शाखाको निर्वाचन उम्मेदवारी दिन नपाउने निर्णय गरेका छन्।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, एमालेसमर्थित प्रेस चौतारी नेपाल, कांग्रेससमर्थित नेपाल प्रेस यूनियन र माओवादीसमर्थित क्रान्तिकारी पत्रकार संघको संयुक्त भेलाले यस्तो निर्णय गरेको हो।
जिल्ला खानेपानी कार्यालयको आयोजनामा भएको भेलामा उनीहरुले यस्तो निर्णय गरेका हुन्। घरघरमा शौचालय निर्माण गर्ने र शौचालयको प्रयोग बढाउने उद्देश्यका साथ यस्तो निर्णय गरिएको हो।
'घरमा शौचालय नहुने पत्रकारहरुलाई महासंघको निर्वाचनमा भाग लिन नदिने सहमति भएको छ,' नेपाल पत्रकार महासंघ रुकुम शाखाका सभापति नारायण शाहले भने, 'पत्रकारहरुबाटै शौचालय बनाउने अनिवार्य अभियान चलाउँदा समाजमा सकारात्मक सन्देश जाने र सर्वसाधारणले पनि अनुसरण गर्ने हुँदा यस्तो बाध्यकारी निर्णय गरिएको हो।'
महासंघ, चौतारी, युनियन र क्रान्तिकारीका प्रमुखहरुले नै निर्णयमा सहमति गरेकाले कसैले पनि विरोध गर्ने पाउने छैनन्।
निर्वाचनमा उम्मेदवार बन्नको लागि कसैले शौचालय भएको झुठा दाबी गर्न नपाओस् भन्नको लागि पत्रकारहरुको घर-घरमा अनुगमन गरिने भएको छ। घरमा शौचालय भएको झूठो विवरण पेश गरेर उम्मेदवार भएमा साधारण सदस्यताबाटै निष्काशन गर्न समेत सकिने क्रान्तिकारी पत्रकार संघका अध्यक्ष ध्रुब बुढाथोकीले वताए। 'निर्वाचनको एक महिनाअघि पत्रकारहरुका घरका शौचालय अनुगमन गरिने छ,' अध्यक्ष बुढाथोकीले भने,'नैतिक संकटबाट पार पाउन र समाजको शरमले पनि शौचालय बनाउन सघाउ पुग्ने छ।'
सबैभन्दा राम्रो र छिटो शौचालय बनाउने पत्रकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने जिल्ला खानेपानी कार्यालयका इन्जिनियर प्रेमप्रसाद डोटेलले बताए।

Subscribe to:
Posts (Atom)