Pages

Subscribe:

Rukum

.

Monday, 20 December 2010

देउखोलाकी काली कमिनीको घरमा पुग्दा -गणेश ओली

सानोमा खारावाङबाट रुकुमकोट मावलीगाउँ आउँदा एक;दुई दिन पैदल हिड्नुपथ्र्यो । हत्केला जत्रो साँघुरो बाटो भित्ता कोपेर बनाएको जस्तो । माथितिरबाट ढुङ्गा आउने डर चिप्लियो कि सानीभेरीमै परिने सन्त्रास । घनाझाडी भएकाले बाघभालुको पनि डर उत्तिकै । चोरडाँकाको पनि उस्तै विगविगी । त्यही बाटोमा आमाले मलाई डोकामा बोकेर कतिपटक ओहरदोहर गर्नुभयो मलाई थाहा छैन । जब म थाहा पाउने भएँ त्यसपछि पनि सयौंचोटी त्यही बाटोमा ओहरदोहर गरियो होला । तर एकदिनको यात्रा भने तजुबको बन्यो । जो मेरो मानस्पटलबाट चाहेर पनि हट्न सकेको छैन ।
हामी बसाई सरेर रुकुमकोट आयौं । पढाईमा व्यस्त भइयो । हुर्कदै जाँदा मलाई खारावाङ जाने हुटहुटी लागिरहन्थ्यो तर मौका नमिल्ने । २०६० साल असार महिनामा हरिविष्णु अंकल टोपबहादुर अंकल लगायतसँग म पनि यासा्रगुम्वाको सिजनमा बुँकी जाने निधो गरें । हामी काठमाण्डौबाट हिडेका भएपनि मलाई रुकुमकोट पुगुाजेल कुनै नौलो अनुभव भएन । फेरि त्यस्तो अपेक्षा पनि थिएनर भेटिएन पनि । तर जब हामीले वालुवा बजार काट्यौ त्यसपछि म मा नयाँ वातावरण नयाँरहनसहन नयाँ कलासंस्कृतिर भेषभूषामारमाउने सोंच जाग्यो । बाटोमा भेटिने यस्तै फरकपनमारोमािाचत हुँदै हामी अगाडि बढिरह्यौं पहिलेको त्यो झाडी भएको साँगुरो बाटो अहिले केहि फेरिएकोरहेछ त्यो देखेर खुसी लाग्यो ।
हाम्रो टोली देउखोलामा गएर बास बस्ने निधो गर् यो । जताततै जंगलै जंगलर पहाड तर बीचमा समथर भूभाग जहाँ २÷४ घर मानिसहरु बसोबास गर्दारहेछन् । खेतीको नाममा वर्षामा छ महिना पुग्ने मकैबाहेक त्यस ठाउँमा बाली नहुँदोरहेछ । गरीबीका कारण त्यहाँका मानिसहरु खोलाको माछा मार्नेर जंगलको कन्दमुल खाएर जीवन गुजारा गर्दारहेछन् । कोही भने होटलर पसलतिर पनि हात हाल्दैरहेछन् । भयङ्कर गरीबी अज्ञानता पछौटे संस्कृति र राज्यविहिनताको अवस्थामा उनीहरुको यो कदम पनि कुनै नयाँ विचारर वस्तु प्रतिउत्पादन गरेको भन्दा कम थिएन । देउखोलामा हामी बास बस्ने निधो त गर् यौं तर कसैकोमा पिठो छैन कसैकोमा सुत्ने ठाउँ छैन कसैकोमा हामी जस्तै अन्य मान्छे आएर बसिसकेका छन् । एकैचोटी एकदर्जन मासिन बास बस्न आए भने पाल्न नसक्ने अवस्थाको त्यो विवश बस्तीमा हामीले एक छेउमा बल्लतल्ल बास पायौं । घरबेटीको नाम थियो काली कमिनी । छाला कालो भएपनि काली कमिनीको मन भने उज्यालो थियो । घरमा उनीकी एक छोरीर बूढा ससुरा बा मात्र थिए । काली कमिनीकी छोरीको उमेर १७÷१८ को भएपनि हेर्दा उनी ३५÷४० वर्षकी लाग्थिन् । कसैकसैले त उनीलाई बूढीकन्या पनि भन्दारहेछन् । तर उनी कहाँको बूढो हुनु बहुसंख्यक नेपालीझैँरोग भोकर शोकले थिचिएका उनीहरु गरीबीकोरोगले थिचिएररगत नभएर निन्यौरा खाना नपाएर ख्याउटे भएकाले उमेरमै बुढयौलीले छोएका जस्ता देखिन्थे । उनीहरुको कति पुस्ताले त्यो देउखोला किनारमा चक्कर काट्दा काट्दै जीवन टुङग्याए । फेरि त्यही चक्रमा काली कमिनीहरु कति चक्कर काटिरहेका छन् । सायद त्यही विडो थाम्न जन्मिएकी होलिन ती अभागी छोरी पनि ।
मनमा पिरलो भएपनि उनीहरु त्यही भूगोलको वातावरणमा कम खुसी छैनन् । उनीहरुलाई साँझ बिहानको छाक टार्नेबाहेक संसारिक कुनै झन्झट भने छैन । प्रकृतिको मनोरम छटामा अवस्थित त्यो बस्तीको सुन्दरता कम व्याख्या गर्न लायक भने छैन । सानीभेरी बैसले मैमत्त छ । सिस्ने हिमाल उस्तै बैशालु हावा कुँदाउछ । ती भिराखा जवानीले ढपक्क छन् तर ऊ अर्थात काली कमिनीकी २० वर्षे छोरीको जीवन त्यही कल्ाकलाउँदो वातावरणमा ढल्दाबखतको रुख जस्तो छ । ओठमा जोवानको हाँसो छैन । उमेर बैशले कल्प फाल्ने बेला हो । तर यी कुनै उपमा उनका लागि निरर्थक छन् ।
हुन त आमा काली भएपनि छोरी त काली भने हैन । लाली पाउडर घस्ने हो भने त हिरुनी जस्ती हुन्थी होला ऊ पनि । गाउँलेका अनुसार कुन ठकुरी बाँस बस्न जाँदा काली कमिनीले पेट बोकेकीरे ! ठकुरी लापत्ता भयो तर पेटमा बसेकी छोरी गोरी जन्मी । ऊ नै भई काली कमिनीकी साहरा । मानिस गोरी भएपनि के गर्नु गरीबीको ध्वाँसोले ओठैर गाला चिराचिरा परेर फाटेको उजाड खोंच जस्तो । त्यही थात थलोमा कसे्रनी बत्ती बाँबरी गुधौली वेलीर चमेलीहरु फूलेका छन् तर फकि्रदो उमेरमा पनि उसको जीवन फुल्न सकेको छैन ।
म कहिलेकाँही गम्छु । यो देशमा कोहि हाँसेर जीवन बिताएका छन् त कोही दुर्दशा ओढोर बाँचेका छन् । कोही माथिका माथि कोही तलका तल । भनिन्छ- लोकतन्त्रमा सबैलाई समान हकअधिकार हुन्छ तर गणतन्त्रको उदय हाम्रो देश नेपालका बासिन्दाको यो दुर्दशा देख्दा लाग्छ प्रजातन्त्र वा संसदीय व्यवस्था कम्युनिष्टले भनेझंै खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो नैरहेछ क्यार । लोकतन्त्रमा सबैलाईृ फुल्ने अधिकार भएपनि फुल्न नसक्नेलाई फूलाउन प्रयत्न गर्ने बोल्न नसक्नेलाई बोलाउन सहयोग गर्ने उठन नसक्नेलाई उठाउन प्रयत्न गर्ने कोही हुँदोरहेनछ । म नेपालीको अवस्था देखेर त्यही लख काट्छुर संसदीय प्रजातन्त्रको विपक्षमा दह्रो उत्तर भेटाउँछु ।
घरको एक छेउमा बूढा बा गुजुल्टो परेका छन् । ओढ्नेको नाममा आफू भन्दा बूढो दर्जनौ ठाउँमा भ्वाङ परेको एउटा कम्बल छ । के कम्वल भन्नु टालै टालाको खात भने पनि भयो । टाउकामा टोपी छ । नेपालीपन झल्काउन उनले टोपी लगाएका होलान् तर के गर्ने त्यही टोपी च्यातिएर घेरामात्रै बाँकी छ । आफ्नोपनको झल्को दिने टोपी
फेर्न नसकेर उनको दर्दको पीडा झल्किरहेको छ । कुराकानीको शिलशिलामा उनी भन्छन्- टोपी फेर्न पनि सकिएको छैन मलाई लाग्छ आफनोपन नै पीडा भएको छ उनीका लागि । नेपाली नभैदिएको भए कमसे कम टोपीको सट्टा खाली टाउको भएपनि सन्तोष त हु्ने थिए ।
बाजेको उमेरले नेटो काटिसकेको छ तर पनि नेपाली टोपीबाहेक उनीसँग नेपालीपन झल्काउने केहीरहेनछ । उनको न त नागरिकता नैरहेछ न त नेपाल सरकारको कसैसँग साइनो नै जोडिएकोरहेछ जे छ त्यही टोपीमा छ । छातीमार मुटुमा नेपालीपन होला तर नेपाली हुनुमा उनीमा गर्व पनि छैन कुनै दःुख पनि छैन । नागरिकता बनाउनु पनि उनका लागि गरीबीको भार थप्नु नै हो । नागरिकता बनाएपछि सरकारबाट उनले पाउनु केही हैन । उल्टो गाविस जाउ सदरमुकामा जाउ होटलमा बसेर भात खाउ अनि कर्मचारीको यो पुगेनर ऊ पुगेनको झन्झट सुन । उनी एक्लै जान पनि सक्ने हैन अर्कोरखौटी पनि चाहियो । उसको पनि खर्च बेहोर्नुपर् यो । आम्दानी छैन सबै ऋण गरेर गर्ने हो । यो नभएको झन्झट बेहोरेर किन बनाउने नागरिकता उनी जस्ता थुप्रै नेपालीको प्रश्न होला यो ।
नेपालका बारेमा पनि धेरै जानकारीरहेनछ बूढालाई । नेपाल भनेको ठूला मान्छे बस्ने भन्छन् उनीले भने । पहिले हाम्रा गाउँका ठूलाठालु पनि नेपाल जान्थे हामी जस्ता गरीब त नेपाल पुग्ने अवसर कहाँ पाउनु उनीको व्यङग्य प्रश्न थियो त्यो । तपाई बसेको ठाउँ पनि नेपालै त हो नि बाजे मेरो प्रश्नको खिल्ली उडाउँदै उनी हाँस्ोर भने यो नेपाल हैन देउखोला पो हो त । के नेपाल देउखोला जस्तै छ बाबु ।
कहाँको देउखोला जस्तो हुनु बाजे तपाईको नेपाल त धुरी हेर्दा टोपी खस्ने घर । तपाई खाली खुट्टा हिड्नुहुन्छ नेपालका मान्छे चिल्ला सडकमा हुकिन्छन् । त्यहाँ त्यो भन्दा ठूलो सत्ता छ शक्ति छ अनि सुविधार सम्पन्नता । तपाई सबै बुझे त्यसैलाई स्वर्ग भन्नुहुन्छ बाजे मैले मनमनै भने । म बूढा बासँग उनीका जीवनका अनुभूति सुन्न व्यस्त थिए । बीचबीचमा ढिडो पकाउँदै गरेकी काली कमिनी पनि कुरामा थपि लाग्थिन । बीचबीचमा हामी सबै हाँसो उठ्दो कुरा पनि गर्दथ्यौं । कुरा गर्दागर्दै ढिडो पनि पाकिसक्यो ।
ढिडो खाने तरखरमा लागिरहेको बेला खोलामा गड्याङ गुडुङको ठूलो आवाज आयो । कालि कमिनी खोलातिर दगुरिन् । खोलाले ठूला-ठुला मुढा बगाएर ल्याएकोरहेछ । उनी त्यही बगाउन गएकीरहिछिन् । खोलाको बगरमा अरु पनि मानिसरहेछन् क्यारे सबै मिलेर बगेको रुख खोलाको भेलबाट निकालेर किनारा लगाए । उनी त्यो रुख किनारमाराखेर हामीलाई खाना पस्किन फेरि घरमा फर्किइन् । उनले हामीतिर विजय भावको हाँसो देखाउँदै भनिन्- यसरी नै हो हामीले दाउराको जोहो गर्ने । उनीको विजय भाव देखेर म भने शोक मग्न भए गरीबीको भङ्गालोमा कतिदिन ढुङ्गासँग ठोकिदै जीवन बित्ने होला कहिले किनारा लाग्ने होला त्यो भङ्गालोमा परेको जीवन धेरै बेरसम्म मैले गमिरहे ।
त्यो परिवार एउटा कोरा कागज हो ।राज्य बलियो भयो भने उनीहरुलाई सुन्दर फुल बनाउन सक्छ । त्यस परिवारलाई अरु लाई शिक्षा दिने पुस्तक बनाउन सक्छ । देशलाई आवश्यक पर्ने कुनैपनि साधन बनाउन सक्छ तर नेताहरुलाई कुसर्ी दौडमा ठिक्क छ । अनि कस्तुरीको लागि बिना काम नलागेझंै नेपालीका सीपर पौरख नेपालका लागि काम नलाग्ने वस्तु बनेर फालिएका छन् । सडक गल्ली खोलाकिनार भिरपाखार डाँडाकाँडामा उनीहरु फगतका वस्तुझैं थिचिदै मिचिदै पि_िल्सदै गल्दैर झर्दै गएका छन् देउखोलाकी काली कमिनी जस्तै गरी ।

-गणेश ओली

0 comments:

Post a Comment