Pages

Subscribe:

Rukum

.

Tuesday 7 February, 2012

हिमपातले रुकुमको जनजीवन कष्टकर

रुकुम, २५ माघ । जिल्लाका अधिकांश लेकाली भू–भागको साथै पूर्वी क्षेत्रमा व्यापक हिमपात भइरहेको छ । हिजो साँझबाट पर्न सुरु भको हिउँ अझै जारी रहेको स्थानीयवासीले जानकारी दिएका छन् । जिल्लाका पूर्वी गाविस हुकाम, रन्मामैकोट, तकसेरा, महत, कोल, मोरावाङलगायतका ठाउँमा करिब दुई फिट हिउँ जमेको बताईएको छ । हिजो राति १० बजेबाट पानीसँगै हिमपात हुन थालेपछि सर्वसाधारण घरबाहिर निस्कन सकेका छैत्र् भने पशुचौपाया पनि घरभित्रै रहेका छन् । दुई हप्ताअघि परेको हिउँ पग्ली नसक्दै थप हिमपात भएपछि जिल्लाका सबै लेकाली क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

हिमपातले जिल्लाका लेकाली क्षेत्रमा लगाइएको तोरीमा पनि व्यापक क्षति पु¥याएको कृषकले बताएका छन् । यसैबीच, सदरमुकाम खलङ्गाको बह्राटाकुरा मैदानमा जारी मध्यपश्चिमाञ्चल क्षेत्रस्तरीय तेक्वान्दोका छनोट चरणका आज हुने खेल पनि पानीका कारण प्रभावित हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर ओलीले बताए । आगामी फागुन १४ देखि सुरु हुने छैटौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी छनोट गर्न आयोजना गरिएको प्रतियोगितामा मुगुबाहेक मध्यपश्चिमका १४ जिल्लाका करिब ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

रुकुमलाई युद्ध पर्यटनका रुपमा चिनाउनुपर्छ- मन्त्री विष्ट

काठमाडौं, माघ २४ । पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री लोकेन्द्र विष्ट मगरले प्राकृतिक र अन्य हिसाबले पनि रुकुम सुन्दर भएका कारण त्यस ठाउँले पर्यटनको अत्यन्त ठूलो सम्भावना बोकेको भन्दै रुकुम जिल्लालाई युद्ध पर्यटनका रुपमा चिनाउनुपर्ने बताएका छन् ।

अखिल (क्रान्तिकारी) रुकुम काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित ‘रुकुममा पर्यटनको सम्भावना र विद्यार्थीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा एकीकृत नेकपा (माओवादी)ले दसवर्षे जनयुद्ध सुरु गरेका कारण पनि त्यस जिल्लालाई युद्ध पर्यटनका रुपमा चिनाउन सकिने सम्भावना रहेको बताए । सो क्षेत्रको पर्यटन विकासलाई अगाडि बढाउन सरकारले छुट्टै बजेट छुट्याउने जानकारी समेत उनले दिएका छन् । वाइसिएलका अध्यक्ष गणेशमान पुनले रुकुममा भएका पर्यटनका सम्भावनालाई संस्थागत गर्नुपर्ने भन्दै त्यस जिल्लाको पर्यटन विकासलाई पत्रकार, युवा तथा विद्यार्थीले प्रचारप्रसार गर्नुपर्ने आवश्यक देखिएको औँल्याए ।