Pages

Subscribe:

Rukum

.

Saturday 21 August, 2010

रुकुममा ६८ परिवार विस्थापित

रुकुम, भाद्र ५- अवरिल वर्षासँगै ठूली भेरी नदीमा आएको बाढीले रुकुमका ६ घर बगाएको छ। उत्तरपश्चिम गाविस गोतामकोटस्थित मनका बगर र ज्यामिरेमा आएको बाढीले ६८ घरपरिवार विस्थापित भएको गाविस सचिव तेजप्रकाश शाहले जानकारी दिए।
कालिका प्राथमिक विद्यालय र सिस्ने हिमालय प्रावि पनि भत्केका छन्। दुवै विद्यालय बन्द गरिएको छ।
बिहीबार रातिदेखि शुक्रबार दिउँसोसम्म बाढी कम भएको छैन। मानवीय क्षतिबारे भने कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक यादवराज उप्रेतीले बताए। उनका अनुसार बाढीपीडित परिवार स्थानीय विद्यालयमा बसिरहेका छन्। केही परिवार भेरी तरेर छिमेकी जिल्ला जाजरकोटमा आश्रय लिन पुगेका छन्। यो गाविस छिमेकी जिल्ला डोल्पा र जाजरकोटसँग जोडिएको छ।
यसैगरी, भैंसीलाई घाँस काटेर फर्कने क्रममा खोला तर्दै गर्दा एक महिला घाँसको भारीसँगै बगेर बेपत्ता भएकी छिन्। रुकुमको पूर्वी गाविस प्वाङ-७ स्थित पेदी खोलामा ५५ वर्षे धनमाया झाँक्री बेपत्ता भएकी हुन। गत बुधबार ठूली भेरी नदीमा बगेर बेपत्ता भएका आठबीसकोट-१ का दिले सुनारको अवस्था अहिलेसम्म पत्ता लागेको छैन।
छिमेकी जिल्ला जाजरकोटको खगेनकोटस्थित छोरीको घर जाँदै गर्दा सुनार ठूली भेरीमा बगेर वेपत्ता भएका थिए। तीन दिनसम्म फेला पार्न नसकेपछि परिवारले काजक्रिया गरेको छ।
Source' Nagarik news

0 comments:

Post a Comment