Pages

Subscribe:

Rukum

.

Tuesday 7 February, 2012

हिमपातले रुकुमको जनजीवन कष्टकर

रुकुम, २५ माघ । जिल्लाका अधिकांश लेकाली भू–भागको साथै पूर्वी क्षेत्रमा व्यापक हिमपात भइरहेको छ । हिजो साँझबाट पर्न सुरु भको हिउँ अझै जारी रहेको स्थानीयवासीले जानकारी दिएका छन् । जिल्लाका पूर्वी गाविस हुकाम, रन्मामैकोट, तकसेरा, महत, कोल, मोरावाङलगायतका ठाउँमा करिब दुई फिट हिउँ जमेको बताईएको छ । हिजो राति १० बजेबाट पानीसँगै हिमपात हुन थालेपछि सर्वसाधारण घरबाहिर निस्कन सकेका छैत्र् भने पशुचौपाया पनि घरभित्रै रहेका छन् । दुई हप्ताअघि परेको हिउँ पग्ली नसक्दै थप हिमपात भएपछि जिल्लाका सबै लेकाली क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

हिमपातले जिल्लाका लेकाली क्षेत्रमा लगाइएको तोरीमा पनि व्यापक क्षति पु¥याएको कृषकले बताएका छन् । यसैबीच, सदरमुकाम खलङ्गाको बह्राटाकुरा मैदानमा जारी मध्यपश्चिमाञ्चल क्षेत्रस्तरीय तेक्वान्दोका छनोट चरणका आज हुने खेल पनि पानीका कारण प्रभावित हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर ओलीले बताए । आगामी फागुन १४ देखि सुरु हुने छैटौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी छनोट गर्न आयोजना गरिएको प्रतियोगितामा मुगुबाहेक मध्यपश्चिमका १४ जिल्लाका करिब ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

0 comments:

Post a Comment