Pages

Subscribe:

Rukum

.

Friday 20 August, 2010

स्यार्पू पर्यटन महोत्सव, काठमाण्डौं सम्पर्क समिति - प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती
अवसर पारेर पर्यटकीय स्थलहरुको धनी जिल्ला रुकुममा पहिलो पटक स्यार्पू पर्यटन महोत्सव २०६७ को आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा गर्वको अनुभूति गरेका छौं । रुकुम जिल्लामा स्यार्पूताल सिस्ने हिमाल कमलताल पूथाहिँउचुली सामझाङ्ग हिँउचुली नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष तातो पानी मूल प्राचिनकालीन प्रख्यात डिग्रेसाइकुमारी मन्दिर गादिघर वुरालमष्ठ मन्दिर राडीज्यूला भगवति मन्दिर लगायत एक दर्जनभन्दा बढी आकर्षक पर्यटकीय गन्तव्य रहेका छन । तर आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा तिनीहरु ओझेलमा परेका छन राष्ट्रिय उन्नतिको लागि उत्पादनशील हुन सकेका छैनन ।
यस्ता दर्जनौं पर्यकीय स्थलहरु सर्पको टाउकोभित्र रहेको मणि जस्तै भएका छन जसले मानिसको व्यवहारिक जीवनमा कुनै काम दिन सकेको हुँदैन । तसर्थ यिनको प्रवद्र्धन गरी पर्यटन व्यवसायको विस्तार गर्ने र पर्यटनका लागि सँगसँगै भन्ने मूल नारा सहितको नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्ने मुख्य उद्देश्यले स्यार्पू पर्यटन महोत्सव २०६७ को आयोजना गरिएको हो । विकासशील देशहरुको लागि मुख्य आर्थिक श्रोतको रुपमा रहेको पर्यटन व्यवसायको सामाजिक साँस्कृतिक र राजनीतिक मूल्य वारे जनसमुदायमा चेतना फैलाउनु पिन यसको उद्देश्य रहेको छ । रुकुम जिल्लाको बाँफिकोट गाविसमा अवस्थित २।६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आकर्षक स्यार्पूताल क्षेत्रमा आगामी असोज ११ देखि १५ गतेसम्म आयोजना हुन गइरहेको स्यार्पू पर्यटन महोत्सवमा विभिन्न बहुमूल्य जडिबुटी सहित स्थानीय उत्पादनका ५० वटा स्टलहरु राखिनेछ । यसैगरी लोपोन्मुख स्थानीय कपडा राडीपाखी सहित विभिन्न वास्तुकलाका सामग्रीहरु स्टलमा राखिने छ । जीवनबुटीको नामले चिनिने बहुमूल्य जडिबुटी यासा्रगुम्बा पाँचऔंले कटुकी लगायतका आयूर्वेदिक जडिबुटीहरुको पनि स्टल रहनेछ । महोत्सवमा रुकुमको लोकसंस्कृतिमा आधारित प्रसिद्ध पैंसेरु नाच मयूर नाच झाँक्री नाच झ्याउरे बलपूजा नृत्य र देउडा नाचका साथै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती पनि रहनेछ ।
महोत्सव अवधिभर डुङ्गा चढेर निर्मल काचन पानी भएको स्यार्पूतालमा शयर गर्न सकिने व्यवस्था मिलाइएको छ । स्यार्पू पर्यटन महोत्सवमा सहभागि हुनको लागि काठमाण्डौंबाट हवाइमार्ग प्रयोग गर्दा रु४६६० भाडा तिरेर १ घण्टा २० मिनेटमा रुकुमको सदरमुकाम पुग्न सकिन्छ भने स्थल यातायातबाटजाँदा एक्सप्रेस बससेवा मार्फत रु१४६० तिरेर १८ घण्टामा रुकुम पुग्न सकिन्छ । स्यार्पू पर्यटन महोत्सव २०६७ लाई नेपाल पर्यटन बोर्डले महत्वका साथ प्रवद्र्धन गरिरहेको छ । अतः पर्यटन व्यवसायको प्रचुर संभावना रहेको रुकुम जिल्लामा पहिलो पटक आयोजना हुन लागेको स्यार्पू पर्यटन महोत्सव २०६७ लाई सफल पारी संगै देशको अर्थतन्त्रमा समृद्धिकरणको लागि इँटा थप्ने कार्यमा अमूल्य यो गदान गरिदिनहुन सूचना क्रान्तिका संवाहक सम्पूर्ण संचार माध्यम आफ्नो पेशामा अहोरात्र खटिरहेन संचारकर्मी मित्र र शुभेच्छुक सवैमा हार्दिक अनुरोध गर्दछौ ।

३ भदौ २०६७

जुन कुमारी रोका
सभासद तथा संयोजक
स्यार्पू पर्यटन महोत्सव
काठमाण्डौं सम्पर्क समिति

0 comments:

Post a Comment