Pages

Subscribe:

Rukum

.

Monday 4 January, 2010

स्वयंसेवी प्राविधिक

जागिरबाट सेवा निवृत्त भएपछिको समय बिताउन मानिसले आ-आफ्नै किसिमको योजना बनाएका हुन्छन् । धेरैजसोको योजना व्यक्तिगत समृद्धिकै वरपिर िघुमेको हुन्छ । रुकुमकोट-३ का खड्गबहादुर बीसी, ६०, ले भने पुरानै जागिरलाई समाजसेवाको माध्यम बनाएका छन् । अर्थात् पेन्सन पाकेको चार वर्षपछि पनि विभिन्न विकास निर्माणसम्बन्धी काममा प्राविधिक सेवा दिइरहेकै छन्, निःशुल्क । जिल्ला खानेपानी कार्यालयमा २७ वर्ष सेवा गरेका बीसी भन्छन्, "त्यसै बस्नुभन्दा गाउँको सेवा गर्दा आनन्द लाग्छ ।"
हुन पनि उत्तरी रुकुमका काँडा, मोराबाङ, महत, साकिम, रुकुमकोट आदि गाविसमा खानेपानी वा अन्य कुनै परयिोजना आयो भने उनकै खोजी हुन्छ । विसं ०२५ मा भारतमा ओभरसियर कोर्स गरेर ०३६ देखि सरकारी जागिर सुरु गरेका उनी अहिले दुई सहयोगीका साथ गाउँमा सक्रिय छन् ।
जागिरबाट अवकाश पाएपछि बीसीले यस क्षेत्रका ५० भन्दा बढी योजनामा प्राविधिक सहयोग गरेका छन् । समाजसेवाको यस्तो दिनचर्यामा श्रीमती र पाँच छोराछोरीले पूर्णरूपमा साथ दिएको बीसी बताउँछन् ।
source: Nepal

0 comments:

Post a Comment