Pages

Subscribe:

Rukum

.

Wednesday 19 May, 2010

यार्सागुम्बाले मच्चाएको तहल्का

रुकुम (खलङ्गा), ३ जेठ । यार्सागुम्बा टिप्ने मौसम सुरु भएपछि रुकुमको पूर्वी क्षेत्रका अधिकांश घरमा मान्छे भेटाउन मुस्किल पर्दछ ।
केही वर्षयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यी बजारमा यार्सागुम्बाको माग र बजार भाउमा एक्कासि वृद्धि भएपछि यहाँका बासिन्दाको ध्यान आधा वर्ष भन्दाबढी समय यसैमा बित्ने गर्दछ । भिरालो जमिन भएकाले आफ्नो खेतबारीमा उब्जिएको अन्नले करिब तीन महिना भन्दाबढी पेट पाल्न सकिदँैन ।
केही वर्षयता स्थानीयबासिन्दाले आफ्नो खेतीबारीमा भन्दा यार्सागुम्बा खोज्नमै ध्यान दिने गरिरहेका छन् । यार्सागुम्बा उम्रने रुकुमका पूर्र्वी गाविस रन्मामैकोटको लेकालीक्षेत्र पुपाल, जाङला, सुनदह त्यसैगरी काँक्री गाविसको लेकलगायतमा काखे बालक च्यापेका महिलादेखि ७० वर्षसम्मका बुद्धिबहादुर पनि चिसोमा घिस्रेको देख्दा लाग्छ यो भन्दा ठूलो अवसर उनीहरूका लागि अरू केही पनि छैन ।
यसमा अझ रमाइलो पक्ष त के छ भने वर्षभरी जीवन जिउने आधार यसैलाई ठान्ने रुकुमेली आफ्नो सम्पूर्ण जायजेथा पाटनमा नै लिएका छन् । बुकी खरमात्र उम्रने पाटनको समथर भागमा एकसरासँग टाँगिएका हरिया र सेता पालले त्यहाँको जनजीवनलाई साह्रै मोहित तुल्याइरहेका छन् ।
परिवारका सबै सदस्यमा अलि अशक्त सदस्य मात्र आफ्नो पाल कुरेर बसिरहेका हुन्छन् । तीन महिनासम्मका लागि रासन बोकेर त्यहाँ उक्लिएका उनीहरू दैनिक सङ्कलन गरेको यार्सागुम्बा सुरक्षित ढङ्गले कहाँ कसरी राख्छन् एकले अर्कोलाई जानकारीसम्म पनि दिदँैनन् ।
अचेल पाटनको त्यो दृष्यलाई यतिले मात्र होइन, व्यापारीको हुलले पनि केही राम्रो बनाउनमा सहयोग गरिरहेका छन् । व्यापारका लागि रुकुम र बाहिरका जिल्लाबाट पनि घुमन्ते व्यापारी मजैले बसिरहेका छन् । पाटनमा अरूभन्दा रक्सी र तयारी खाना चाउचाउ बिस्कुटलगायतको राम्रो व्यापार भइरहेको व्यापारी बताउँछन् ।
एउटा चाउचाउ रु ३५ मा बिक्री भइरहेको छ । आजभोलि रुकुमका विद्यालयमा ताल्चा लागेको छ, कारण शिक्षक र विद्यार्थी दुबैले पैसा कमाउन । यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउन समिति बनाई प्रवेशपत्रको व्यवस्था गरिएको छ ।
यसवर्ष यार्सागुम्बा सङ्कलनका लागि करिब ८ हजार प्रवेशपत्र वितरण गरिएको व्यवस्थापन समितिका उपाध्यक्ष नन्दजित पुनले जानकारी दिनुभयो ।
प्रवेशपत्रका लागि जिल्लाभित्रकालाई प्रतिव्यक्ति रु १ हजार र जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु १ हजार ५०० असुल गरिरहेका छन् । सो पैसा सामाजिक काममा प्रयोग गरिने पनि पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नाकानाकामा हामी खटेका छौ, पाटनमै पनि प्रवेशपत्रबिना कुनै पनि मान्छे भेटियो भने जरिवाना गराएर बाहिर पठाइदिन्छौ, यो हाम्रो नियम हो ।’
यार्सागुम्बा सङ्कलनका लागि रुकुमका बाँफिकोट, झुला मग्मा, दुली, स्यालाखदी, गोतामकोट, आठ बीसकोट, डाँडा गाउँलगायतबाट हजारौँको सङ्ख्यामा पाटन पुगेका छन् ।
यार्सागुम्बा टिपेर टन्न पैसा कमाउने लोभ रुकुमेलीलाई मात्र छैन रोल्पा, सल्यान, जाजरकोट आदी जिल्लाका बासिन्दामा पनि छ । आजकाल दैनिक लाइनका लाइन मान्छे पाटन जाने गरेको बाटोमा पर्ने गोतामकोट अनाहका व्यापारी भीमबहादुर थापाले जानकारी दिए ।
हाल बजारमा यार्सागुम्बाको प्रतिकिलो रु ८ लाखदेखि रु १३ ्र लाख रहेको छ । यार्सागुम्बा खरिदका लागि काठमाडाँै, नेपालगन्ज, दाङलगायतका सहरबाट सयौँ व्यापारी तथा ठेकेदार पाटन पुगिसकेका छन् । सबैभन्दा उनीहरू नै तछाडमछाड गरिरहेका छन् । यस क्रममा चोरी डकैती र ठगीका घटना पनि बढ्ने सम्भावना देखिएको छ ।
राज्यले सुरक्षाको प्रबन्ध मिलाउनुपर्नेमा त्यहाँ पुगेका सर्वसाधारणको माग रहेको छ ।
Source :TaitanHerald

0 comments:

Post a Comment