Pages

Subscribe:

Rukum

.

Wednesday 19 May, 2010

हवाई सेवा ठप्प हुँदा दुर्गमका जनतालाई सास्ती

रुकुम जेठ ५ । तीन साता यता रुकुमको प्रमुख व्यापारिक केन्द्र चौरजहारी विमान्ास्थलबाट नेपालगन्ज र काठामाडौँ उड्ने हवाई सेवा बन्द भएको छ । नागरिक उडड्यन प्राधिकरण चौरजहारी कार्यालयमा कार्यरत एयर ट्राफिक नभएपछि हवाई यातायात सेवा बन्द भएको हो ।
एयर ट्राफिक कर्मचारी माग गरेको तर उडड्यन प्राधिकरणले सुनुवाई नगरेको टावरका कर्मचारी सुरेन्द्र नेपालीले बताउनुभयो ।
हप्तामा चारवटा उडान रहेको चौरजहारी विमानस्थलमा उडान बन्द भएपछि सल्यान रुकुम जाजरकोटका टिकट लिएका यात्रुहरु पनि अलपत्र परेका छन् ।
चौरजहारी विमानस्थल बन्द हुँदा जाजरकोट जिल्लामा झाडापखालाको औषधि समयमै आउननसकेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख डा। झलक गौतमले जानकारी दिनुभयो ।
उहाँले हवाई सेवा बन्द भएकाले जाजरकोट जिल्लाअस्पतालबाट अन्यत्र पठाइएका बिरामीले समयमै उपचार नपाउँदा ज्यान गुमाइरहेको गुनासो गर्नुभयो ।
साथै चौरजहारीमै रहेको मिसन अस्पतालका बिरामीहरुलाई पनि सास्ती परेको बताइएको छ ।
यस्तै सदरमुकाम मुसिकोट खलङ्गाको सल्ले विमानस्थलमा उडान कम बनाएपछि बिरामीहरु समस्यामा परेका छन् ।
केही साता अगाडि एक क्याप्टेनलाई उडड्यन प्राधिकरणले धावनमार्ग भन्दा बाहिर हवाईजहाज चलाएको भन्दै निलम्बन गरेपछि यस्तो समस्या देखिएको हो ।
Source: Dhaulashree.com

0 comments:

Post a Comment