Pages

Subscribe:

Rukum

.

Tuesday 23 November, 2010

रुकुम जिल्लामा दैनिक एक करोड विप्रेषण

१२ कात्तिक, रुकुम । वैदेशिक रोजगार दर उच्च रहेको रुकुम जिल्लामा दैनिक एक करोड रुपिया भन्दा बढी विप्रेषण भित्रिने गरेको छ । जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गामा रहेका एकदर्जन मनि ट्रान्सफर कार्यालयहरू मार्फत दैनिक एक करोड भन्दा बढी विप्रेषण जिल्लामा भित्रिने गरेको हो ।
विसं २०६२ देखि सञ्चालनमा आएको वेस्टर्न यूनियन मनी ट्रान्सफरको रुकुम शाखाबाट मात्र दैनिक पन्ध्र लाख बराबरको रेमिटेन्स जिल्लामा भित्रिने गरेको छ ।
शाखाका प्रबन्धक भिउमान घर्तीका अनुसार साउदी अरेबिया, दुबई, मलेसिया, कतारबाट धेरैजसो विप्रेषण आउने गरेको छ ।
इन्टरनेसनल मनी एक्स्चेन्ज (आइएमई) रुकुमका प्रबन्धक पूर्णबहादुर ओलीका अनुसार मलेसिया, कतारलगायतका देशबाट पनि दैनिक बीस लाखसम्मको विप्रेषण भित्रिने गरेको छ । सदरमुकाम मुसिकोटमै रहेको प्रभू मनी ट्रान्सफर र सिटी एक्सप्रेसले पनि दैनिक लाखौँको कारोबार गर्ने गरेका छन् ।
रुकुमेलीहरू ठूलो सङ्ख्यामा विदेश गएकाले पनि उनीहरूको कमाइबाट दैनिकजसो लाखौँको रकम जिल्लामा भित्रिने गरेको हो । विदेशिएका आफन्तहरू पनि आˆनै जिल्लाबाट छिटो छरितोरूपमा पैसा पाउने भएकाले मनी ट्रान्सफरहरूप्रति आकषिर्त भएको वेस्टर्न यूनियन मनी ट्रान्सफरका शाखा प्रबन्धक भिउमान घर्तीले बताउनुभयो ।
आइएमई रुकुमका शाखा प्रबन्धक पूर्णबहादुर ओलीका अनुसार जिल्लामा आउने रकमभन्दा बाहिर पठाउने रकम कम रहेको छ ।
जिल्ला प्रशासन कार्यालयले रुकुम जिल्लाका करिब पचास हजार युवा युवती वैदेशिक रोजगारीमा रहेको जनाएको छ । जिल्लामा विप्रेषण रकम बढ्दै गएकाले नयाँ मनी ट्रान्सफरहरू पनि थपिँदै गएका हुन् ।

0 comments:

Post a Comment