Pages

Subscribe:

Rukum

.

Wednesday 6 June, 2012

रुकुमकोटमा गोलमेच सम्मेलन

रुकुम । रुकुमकोटमा संवादद्धारा शान्तिका लागी सहकार्य गोलमेच साझा सवाल कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ रुकुमको आयोजना र आदीवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । आदीवासी जनजाती उत्थान प्रतिष्ठानद्धारा संचालित शान्ति निर्माण परियोजना अन्तरगत आयोजना गरिएको साझा संवाल कार्यक्रममा द्धन्द्ध उत्पन्न तथा रुपान्तरणका वारेमा छलफल भएको छ । कार्यक्रमका सहभागिहरुले भावनात्मक सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा आदीवासी जनजाती उत्थान प्रतिष्ठानले संचालन गरेको परियोजनाका मध्यश्चिमाञ्चल कोर्डिनेटर चलन लिम्वुले परियोजनाको लक्ष्य उदेश्यका वारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रमका सहभागिहरुले जातीय र भावनात्मक सद्भाव कायम गर्न सकेमा मात्र द्धन्द्ध न्यूनिकरण हुने वताएका छन् । पुर्वाआग्रह र प्रतिसोचले एक आपसमा मेलमिलाप हुने नसक्ने भन्दै त्यसलाई सद्भावमा परिणत गर्नुपर्ने उनीहरुको जोड छ । कार्यक्रममा पुस्तक चन्दले प्रस्तुत गर्नुभएको द्धन्द्ध रुपान्तरण र शान्ति प्रकृयामा सरोकारवालाहरुको भुमिका समेटिएको कार्यपत्रमाथि पनि छलफल भएको छ । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, स्थानीय व्यापारी लगायतको सहभागिता रहेको थियो । नेपाल मगर संघ रुकुमका अध्यक्ष पहलसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका सचिव पुनराज घर्तिमगरले गर्नुभएको थियो ।


Source : Bir Bahadur Malla  (Rukumonline.com)

0 comments:

Post a Comment