Pages

Subscribe:

Rukum

.

Tuesday 12 June, 2012

स्वास्थ्यकर्मीले असोजसम्म विदा नपाउने

हरिविष्णु ओली
रुकुम २६ जेठ । सरुवा रोगको महामारीलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमले मातहतका स्वास्थ्यकर्मीहरुलाई जेठदेखि असोजसम्म विदामा नछाड्ने भएको छ । सरुवा रोगको प्रकोप व्यवस्थापन गर्न यस्तो कदम चालेको हो । जेठदेखि झाडापखाला, हैजा, टाईफईड ज्वरो र इन्फ्लुईन्जा लगायतका सरुवा रोगको प्रकोप देखा पर्ने भएकोले स्वास्थ्यकर्मीहरुलाई कडाई गरिएको जनस्वास्थ्य प्रमुख डा.यदुचन्द्र घिमिरेले बताए । डा.घिमिरेले भने–‘विगतको जस्तो महामारी आउन नदिन, आबश्यक औषधिको व्यवस्था गर्न र तत्काल घट्नास्थलमा पुगी विरामीहरुको उपचार सेवा पु¥याउन यो उपाय निकालिएको हो ।’ जिल्ला जनस्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरुलाई   छ बुँदे निर्देशन पठाईसकेको छ । निर्देशनमा उल्लेख भए अनुसार स्वास्थ्य संस्थामा कम्तीमा १० प्याकेट जीवनजल मौज्दात भैरहनुपर्ने छ । यस अवधिमा महामारीको प्रकोप नियन्त्रण गर्न प्रहरी चौकी, स्थानीय विद्यालय,गाउँ विकास समितिको कार्यालय र गैरसरकारी संस्थाहरुसँग समन्वय गरी शुद्ध खानेपानीको लागि चेतना फैलाउने कार्यक्रम तय गरेको जनस्वास्थ्य कार्यालयले जनाएकोछ । जिल्ला अस्पताल,सल्लेका सुपरिटेन्डेन्ट डा. युधिष्ठिरराज खड्काले भने–‘सर्वसाधारणको पानी उमालेर खाने वानी छैन । फिल्टरको साधन प्रयोग हैसियत सवैकोमा हुँदैन । त्यसैले निर्मलीकरण चक्की वितरण गरियो  र प्रयोग गर्न सिकाइयो भने महामारीमा धेरै नियन्त्रण हुन्छ ।।’

0 comments:

Post a Comment