Pages

Subscribe:

Rukum

.

Thursday 9 December, 2010

रुकुमका दश गाविस २०१५ देखि खुल्ला दिसामुक्त क्षेत्र

रुकुम, (नेस), झाडापखालाबाट सुरक्षित रहन रुकुम जिल्लामा कार्यरत गाविस सचिवहरुले जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त जिल्ला घोषणाका लागि प्रतिबद्धता जनाएका छन्।
उनीहरुले गाविसको कुल बजेटबाट १० प्रतिशतभन्दा बढी बजेट सरसफाइका लागि विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
जिल्ला सरसफाइ समन्वय समिति रुकुमको आयोजनामा सोमबार सदरमुकाम खलंगास्थित खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रुकुमको सभाहलमा सम्पन्न गाविस सचिवहरुको अभिमुखीकरण गोष्ठीमा गाविस सचिवहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। गोष्ठीमा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यलाई सहयोग पुर्याउने उद्देश्यले पहिलो चरणमा १ वर्षभित्र १० गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरिएको छ। पहिलो चरणमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने गाविसहरुमा साँख चौखावाङ रुकुमकोट खलंगा आठबिसडाँडागाउँ छिवाङ खारा बाँफिकोट विजयश्वरी र झुला गाविस रहेका छन्।
गोष्ठीमा गाविस सचिवहरुले बजेट विनियोजन गर्दा लक्षित वर्गले अनिवार्य शौचालय निर्माण गरेको हुनुपर्ने मापदण्ड लागू गर्ने कुरामा समेत प्रतिबद्धता जनाएको जिविस रुकुमका योजना अनुगमन तथा प्रशासकीय अधिकृत शिवकुमार कार्कीले बताउनुभयो।

0 comments:

Post a Comment