Pages

Subscribe:

Rukum

.

Thursday 9 December, 2010

प्रेस युनियन रुकुमको अध्यक्षमा गौतम

प्रेस युनियन रुकुमको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्विरोध निवार्चित भएका छन् ।
'गाउँ-गाउँमा पत्रकार प्रेस युनियनको आधार' भन्ने नाराका साथ मङ्गलबारदेखि सुरु भएको नेपाल प्रेस युनियन रुकुमको पाँचौ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गदै बुधबार सम्पन्न भएको छ ।
यस्तै निर्विरोध निवार्चित भएका अन्य पदाधीकारीहरूमा उपाध्यक्ष दिनेश खड्का, सचिव आदर्श केसी, सहसचिव बालकृष्ण शर्मा, कोषाध्यक्ष शान्ति मल्ल तथा सदस्यहरू ताराप्रसाद वली, केशरबहादुर वली, प्रेमप्रकाश वली, यमुना हमाल, पूर्णचन्द्र केसी रहेका छन् । साथै अधिवेशनले मंसिर २८, २९ र ३० गते बुटवलमा हुने युनियनको केन्द्रीय महाधिवेशनमा प्रतिनिधिहरूसमेत छनोट गरेको छ । प्रतिनिधिहरूमा डिलबहादुर शाही, दिनेश खड्का, लक्ष्मण केसी, तारकप्रतिभा केसी, राजु लामिछाने, चाँदनी केसी, भीमा वली रहेका छन् ।
अधिवेशनले पछिल्लो समयमा प्रेसमाथि भइरहेको आक्रमण, धम्की तथा पत्रकारहरूमाथि भएका कुटपिटका घटनाहरूमा राज्यले तदारुकता देखाउनुपर्ने, जिल्लामा प्रेस स्वतन्त्रताविरुद्ध विभिन्न पक्षबाट भएका क्रियाकलापहरूको विरुद्धमा सबै पत्रकारहरू एकजुट हुनुपर्ने, श्रमजीवी पत्रकार ऐन लागू गराउन राज्यले अग्रसरता देखाउनुपर्नेमा जोड दिएको छ ।
अधिवेशनले पत्रकारिताका व्यावसायिक हितका लागि जिल्लास्थित सबै पत्रकारहरूको बीचमा सामन्जस्यता कायम गर्दै अगाडि बढ्नका लागि आगामी नीति तथा कार्यक्रमसमेत तय गरेको छ ।

0 comments:

Post a Comment