Pages

Subscribe:

Rukum

.

Monday 13 September, 2010

रुकुम र बाग्लुङबीच सीमा विवाद

रुकुम भदौ ६ । रुकुम र छिमेकी जिल्ला बागलुङबीचको वर्षौं पुरानो सीमा विवाद पुनः उत्पन्न भएको छ । रुकुमको उत्तर-पूर्वमा पर्ने तकसेरा गाविस र बागलुङको निसी गाविसका स्थानीय बासिन्दाबीच ढोरपाटन आरक्ष केन्द्र भित्रपर्ने क्षेत्रलाई लिएर विवाद सुरु भएको हो । रुकुमको तकसेरा बासिन्दाले बागलुङ निसी गाविसका बासिन्दाले आफ्नो क्षेत्रभित्र पर्ने करिब पाँच किलोमिटर चरिचरन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको आरोप लगाएका छन् ।
उनीहरुले सो विवाद टुङग्याउन जिल्ल्ाा प्रशासन कार्यालय रुकुममा निवेदन गरेका छन् । निवेदन पेस गर्नका लागि सदरमुकाम मुसिकोट खलङ्गा आएका सतबहादुर पुनमगरले भने- ‘हाम्रो क्षेत्रभित्र पर्ने स्थानमा बागलुङ निसीका १२ परिवारले घरटहरा बनाएर बसिरहेका छन् ।’
उनले सो ठाउँमा उनीहरुले जथाभाबी रुख कटानी गर्ने गरेको र केही ठाउँमा खनजोत गर्न थालेको र जङ्गल मासिएकोमा आफूहरुलाई चिन्ता लागेकाले यस्तो गर्नुपरेको बाध्यता सुनाए ।
यो सिमाना विवाद २०२१ सालदेखि सुरु भएको स्थानीय सतमान पुनले जानकारी दिए । विभिन्न प्रकारका बहुमुल्य जडीबुटी रुख बिरुवा भएको र स्याउखेतीको राम्रो सम्भावना भएकाले सिमाना विवाद लम्बिरहेको बताइएको छ ।
यो सिमाना बिबाद मिलाउन पहिले जिल्लामा छलफल गरेर धारणा तय गरिसकेपछि दुई जिल्लाको सरकारी टोली खटाएर सुल्झाउने रुकुमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताउनुभयो । रासस

0 comments:

Post a Comment