Pages

Subscribe:

Rukum

.

Wednesday 12 January, 2011

झन् छिटो फुल्यो लालीगुँरास

साधारणतया फागुन-चैतमा फुल्ने लालीगुराँस यसपालि झन् छिट्टै फुलेको छ। रुकुमका जंगलहरूमा पुस पहिलो सातामै लालीगुराँस फुलेको छ। सदरमुकामनजिकैका बारेगौरा, थर्पुपोखरा, लराभिजाउने, भण्डारीकाँडा, डिग्रेलगायतका सामुदायिक जंगलहरू लालीगुँरास फुलेर राताम्य भएका छन्।
स्थानीयहरू छिट्टै लालीगुराँस फुलेपछि अचम्ममा परेका छन्। "यति छिट्टै लालीगुराँस फुलेको मैले देखेको थिइनँ," स्थानीय वारपिोले सामुदायिक वनका सचिव पुष्कर शर्मा भन्छन्, "सायद जलवायु परविर्तनको असरले होला।" समयभन्दा दुई महिनाअघि फुलेपछि सदरमुकामबाट विभिन्न सामुदायिक वनमा जाने र गुराँस टिप्ने लहर चलेको छ। स्थानीयहरू लालीगुँरासलाई जुस तथा विभिन्न रोगको उपचारमा औषधी बनाउन प्रयोग गर्छन्।
वनक्षेत्रमा जिल्ल्ाामा क्रियाशील एलएफपी नामक संस्थाका जिल्ल्ाा संयोजक रामगोविन्द महर्जन यसपालि समयभन्दा केही महिनाअघि नै विभिन्न फलफूलहरू फल्ने गरेको बताउँछन्। "जलवायु परविर्तनको असरका कारण अफसिजनमा फलफूलहरू उत्पादन हुने गरेका हुन्," उनी भन्छन्, "लालीगुराँस त झन् यसपालि दुई-तीन महिनाअघि फुलेको छ।"
राष्ट्रिय फूलसमेत रहेको लालीगुराँसलाई जडीबुटीका रूपमा प्रयोग गरन्िछ। जिल्लाका अधिकांश जंगलहरूमा लालीगुराँस फुल्न थालेपछि वनहरू राताम्य बनेका छन्। "मैले त अहिलेसम्म पुसमै लालीगुराँस फुलेको कहिल्यै देखेको थिइनँ," खलंगा-४ का पञ्चराम केसी भन्छन्, "पहिलेपहिले त लालीगुराँसले पुसमा पालुवा हाल्थ्यो।"
Source : Nepal(कृष्णप्रसाद गौतम/मुसिकोट)

0 comments:

Post a Comment