Pages

Subscribe:

Rukum

.

Wednesday 12 January, 2011

रुकुममा झोलुङ्गे पुलको करोड बजेट फ्रिज

-मेगराज खड्का

२५ पौष, रुकुम । कतिखेर विकाश निमार्णका लागि पैसा छैन भन्ने गरिए पनि कतिखेर भने आएको करोडौं पैसा समेत फ्रिज हुने गरेको छ । रुकुम जिल्लामा यस्तै उदाहरण देखा परेको छ । समयमै बिकास निर्माणका योजनाहरु सम्पन्न हुन नसक्दा रुकुम जिल्लामा करोड बढी बजेट फ्रिज भएको छ ।
गत आर्थिक बर्षमा जिल्लामा बिकास निर्माणका लागि निकासा भएको १ करोड ७ लाख रकम फ्रिज भएको जिल्ला बिकास कार्यालय रुकुमले जनाएको छ । मन्त्रालयबाट समयमै बजेट निकासा नहुने र निकासा भएको बजेट पनि बिकासे कामका लागि परिचालन गर्न नसक्दा यति धेरै रकम फ्रिज भएको हो । गत बर्षको तुलनामा यो दोब्बर रकम फ्रिज भएको समेत बताईएको छ ।
कर्णाली अञ्चल र रुकुम जिल्लामा प्रत्येक बर्षको असार मसान्त भित्र योजना सम्पन्न गरिसक्नुपर्ने सरकारी प्राबधान भएपनि यस पटकदेखि कार्तिक मसान्त सम्म योजना सम्पन्न गरिसक्नु पर्ने भएपनि बजेट फ्रिज भएको हो । अब यी निमार्णधिन झोलोङ्गे पुलहरु अर्कोबर्षको बजेटबाट मात्र निमार्ण पुरा हुने जिल्ला बिकास समिति रुकुमका निमिक्त स्थानीय बिकास अधिकारी राजु आचार्यले बताए ।
कतै बिकासमा सर्बसाधारणले ब्यक्तिगत रुपमा रकम उठाएर पनि काम गरेको तर ढिला भएका कारण रकम फ्रिज भएकोले सर्बसाधरण समेत मर्कामा परेका छन । यसबर्ष पनि बजेट ढिला आय गाउँका बिकास पुरा नभई बिचैमा बजेट फ्रिज हुने सम्भाबना देखिएको छ ।

0 comments:

Post a Comment