Pages

Subscribe:

Rukum

.

Thursday 20 January, 2011

रुकुममा एडिएसएल सेवा

रुकुम/ जिल्लामा बिहीबारदेखि पहिलोपटक एडिएसएल इन्टरनेट सेवा सुचारु भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन फोन सेवा सञ्चालन भएको एक महिनापछि इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो ।

टेलिकम रुकुमका प्रमुख कृष्णप्रसाद शर्माले हाललाई सदरमुकाममा मात्र सेवा सीमित रहे पनि बिस्तारै ग्रामीण क्षेत्रमा फोन पुगेपछि इन्टरनेट सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

रुकुम सदरमुकाममा यसअघि भिस्याट प्रविधिको इन्टरनेट सञ्चालनमा आएको थियो । इन्टरनेट ढिलो चल्ने र एक मात्र साइबर भएकाले सेवाग्राही समस्यामा पर्दै आएका थिए । जिल्लामा पहिलोपटक एडिएसएल इन्टरनेट सञ्चालनमा आएपछि खलंगा बजारमा बिहीबार मात्रै २ वटा साइबर क्याफे खुलेका छन् । सेवाबापत दु्रत गतिको मासिक १५ सय र मध्यम गतिको १ हजार ७० रुपैयाँ तोकिएको छ ।

0 comments:

Post a Comment