Pages

Subscribe:

Rukum

.

Thursday 11 August, 2011

पर्यटनको प्रचार प्रसारको लागि आएको रकम दुरुपयोग

पर्यटन वर्ष २०११ लाई सफल बनाउन प्रचार प्रसारको लागि नेपाल पर्यटन वर्ष २०११ जिल्ला समन्वय समिति रुकुमको नाममा प्राप्त भएको एक लाख रकमको दुरुपयोग भएको छ । रुकुमका पर्यटकिय क्षेत्रहरुको पहिचान गरि फोटोहरु सहितको होडिङ बोर्ड निर्माण गर्नुका साथै अन्य प्रचार प्रसारको काममा आएको बजेटलाई होटल तालिम, पर्यटन पैदल यात्रा लगायतका कामहरु गर्ने बैठकले निर्णय गरेपनि गुपचुपमै रकम सकिएको छ ।
नेपाल पर्यटन वर्ष २०११ जिल्ला समन्वय समितिले जिल्ला विकास समितिलाई ४० हजार, उद्योग वाणिज्य संघ रुकुम लाई ३० हजार रुपैंया दिई कामको प्रतिवेदन बुझाउन बजेट दिएको भएपनि तर हाल सम्म कुनै पनि कामको प्रतिवेदन नआएको नेपाल पर्यटन वर्ष २०११ जिल्ला समन्वय समिति रुकुमका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनले कामको प्रगति के भएको हो आफुले छिट्टै जानकारी लिने पनि बताए । हाल सम्म गरिएका कामहरुमा पैदल यात्रा गर्ने भनिए पनि केही महिना अगाडि जिल्लाका प्रमुखहरु रुकुमकोटको कमल ताल र देउराली गुफामा गाडी बाट पुगेर फर्किएको पर्यटन पत्रकार समुह रुकुमका अध्यक्ष महेश के.सी ले बताए । जिल्लाका स्यार्पुताल, कमल ताल, सिस्ने हिमाल लगायतका रुकुमका पर्यटकिय क्षेत्रहरुमा भने पर्यटन विकासको लागि कुनै प्रचार प्रसारका कामहरु गरिएका छैनन ।

जिल्ला विकास समिति रुकुम परिसमा पाँच वटा फोटाहरु झुन्डाएर बजेट पचाउने काम भएको स्थानियहरुको गुनासो छ । जिल्ला विकास समितिका कर्मचारी र उद्योग वाणिज्य संघ का केही पदाधिकारीहरु मिलेर रकम गोप्य रुपमा खाने तयारी गरेको स्रोतले बताएको छ । यसैगरी गत वर्ष स्यार्पु पर्यटन महोत्सव मनाउँदा आएको आय व्यय जनतालाई स्पष्ट नखुलाएको भन्दै स्थानियहरु आक्रोशित भएका छन् । स्यार्पु पर्यटन महोत्सवका समयमा पत्रकारहरुलाई इमेल र इन्टरनेटको सुविधा दिइएको भनेर बिल तथा प्रतिवेदन प्रस्तुत गरिएपनि आफुहरुलाई कुनै पनि इमेल इन्टरनेटको सुविधा नदिइएको पर्यटन पत्रकार समुहका अध्यक्ष के.सीले बताए ।

Posted on: 2011-07-28
रुकुम, १२ साउन (ओएनएस)

0 comments:

Post a Comment