Pages

Subscribe:

Rukum

.

Thursday 11 August, 2011

आफ्नोपनको पुनरागमन

रुकुमको काँक्री गाउँ। खाम मगरहरूको यस बस्तीमा फागुन अन्तिम साता पुग्यो, सञ्चारकर्मी र पर्यटनकर्मीहरूको एक समूह। राजधानीबाट काँक्री पुगेको समूहको स्वागत र बिदाइमा स्थानीयबासीले खाम संस्कृतिको रातो कार्पेट ओछ्याए, त्यसैको माला पहिराए। बिदाइका बेला भालेको डाकोसँगै एक वृद्धले ट्याम्को बजाउँदै गाउँलेलाई एकै ठाउँमा भेला हुन खबर गरे। घन्कन थाल्यो पुरानो पञ्चे बाजा अनि माहोल नै बदलियो। ६० वर्षे श्यामबहादुर विकले स्थानीय लबजमा गाए, पार िवन पखेरीमा स्यालै करायो। बाँचुन्जेल रमाइलो छ, मरे हरायो। दशक लामो सशस्त्र द्वन्द्वले साँचेका बूढाबूढी र केही युवा गीतमा झुम्न थाले। आगन्तुकको स्वागतमा गीत गाएका श्यामबहादुर भन्दै थिए, "यसरी गीत गाएर सँगसँगै नाच्ने धेरै साथीभाइ युद्धका बेला भुक्लुक्कै भए। म पनि मरेर बाँचेको हुँ।"

यसरी खाम मगरहरूको बस्तीमा फेर िपञ्चे बाजा घन्कन थालेको छ। युद्धले थलिएको पश्चिम नेपालको विकट भूगोलका स्थानीय बासिन्दाले सशस्त्र द्वन्द्वका बेला चाडबाडमा समेत आफ्ना बाजा बजाउन पाएका थिएनन्। त्यसबेला न उनीहरूले धित मारेर चल्तीका गीत गाउन पाए, न त सिंगारु, मयुर, भूमे नाचमा कम्मर मर्काएर नाच्न नै। चाडबाडका बेला आफन्त एकै ठाउँमा भेला भएर झाँक्री नृत्यमा रम्नु त सपना नै थियो। तर, अहिले त्यो विरक्त अवस्था फेरएिको छ। रुकुमका खाम मगरहरू फेर िआपना रैथाने बाजा, नाच र लोकलयमा रम्न थालेका छन्।

दशक लामो द्वन्द्वमा बाँचेकाहरू अहिले खाम बस्तीको लोपोन्मुख मौलिक सभ्यता ब्यूँताउन लागिपरेका छन्। काँक्रीका स्थानीय संस्कृतिकर्मी नरबहादुर बुढा विगत सुनाउँदै भन्छन्, "त्यसबेला मरे/बाँचेको पनि पत्तै हुँदैनथ्यो। बितेको दशकमा भाइ, भतिजा, छोरी, बुहारी मारएिका र बेपत्ता बनाइएका खबरले आँखाका परेली कहिल्यै सुक्न पाएनन्। अनि, कसरी भूमे गीत गाउनु, कुन खुसीयालीमा मयुर नाचमा कम्मर मर्काउनू।"

कहालीलाग्दो विगत भुलेर खामबासीहरू आफ्नो परम्परा र युद्धसँग जोडिएका कहालीलाग्दा अनुभूति जगेर्नामा हातेमालो गर्दैछन्। यही अभियानमा सक्रिय स्थानीय संस्था गतिशील युवा समाज नेपालका अध्यक्ष सुबोधराज शेर्पाली भन्छन्, "यी दुवैलाई सँगसँगै अगाडि बढाइएन भने भावी पुस्ताले हामीलाई माफी दिने छैनन्।"

मध्यपश्चिमको पहाडी भूक्षेत्रमा रहेको खाम संस्कृति एकदमै भिन्न छ। दशक लामो सशस्त्र द्वन्द्वले उनीहरूको अनौठो चालचलनलाई बाहिरी दुनियाँमा फैलन दिएन। न त सहरयिाले खाम संस्कृतिका बारेमा जान्न र बुझ्न चासो देखाए। खाम बस्तीका बासिन्दालाई युद्धसँग जोडेर मात्र हेरयिो। यस बस्तीको पहिचानमा नजानिँदो पाराले माओवादी विद्रोह जोडिन पुग्यो। समाजले अस्ितत्वको छुट्टै मान्यता पायो। फलस्वरूप यहाँ सांस्कृतिक पालुवा मौलाउनै पाएन।

आगन्तुकहरूको स्वागत कार्यक्रममा सहभागी हुन आइपुगेका थिए, पञ्चायतकाल प्रधानपञ्च नरबहादुर बुढा। उनले भूमे नाच हेरे। भन्दै थिए, "बाँचेका भए मेरा छोरा, बुहारी पनि आज यसरी नै नाच्दा हुन्।" बुढाका अनुसार, उनका छोरा सत्यनारायणले गाउँकी भागपुरा बुढासँगै प्रेम विवाह गरेका थिए। २०५५ माघमा दुवै जना भारततर्फ लागे। ०५६ कात्तिकमा र्फकंदा रुकुमको चुनबाङ जंगलमा सुरक्षाफौजद्वारा छोरासहित गर्भवती बुहारीको हत्या भयो। भन्छन्, "दाइको हत्यापछि डराएर सानो छोरा रक्षा माओवादीमा लाग्यो। हाम्रो परविार छिन्नभिन्न भयो। अनि, कुन खुसीले गाउने, कुन हर्षमा नाच्ने?"

द्वन्द्वको त्रास हटेपछि युवा पुस्ता पुराना संस्कृतिमा रम्दै मायाप्रीतिका कुरा गर्न थालेको छ। पहिलेजस्तै प्रेम विवाहको प्रचलन झांगिएको छ। यस विकट गाउँमा धेरैले मागी-विवाह गर्न छोडे। पहिला मागी-विवाह गरेकी धनकुमारी विक अहिले प्रेम-विवाह गरेपछि निकै खुसी भएकी छन्। छोराले प्रेम विवाह गरेकामा जोखी बिकको अनुहार पनि कम्ती उज्यालो छैन। लीलावीर बुढा, ७८, पनि उज्यालो जीवन जिउनका लागि भावी पुस्तालाई प्रेम-विवाह गर्न सल्लाह दिन्छन्। भन्छन्, "करकापमा परेर होइन, मनले खाएर विवाह गर। त्यसैमा राम्रो होला।" शान्ति छाएकामा खुसी लीलावीर भन्छन्, "युद्धले झन्डै हाम्रो यस्तो रमाइलो संस्कृति हरेको।"

खाम संस्कृति जोगाउन अब ढिला हुन लागेको ठहर छ स्थानीयहरूको। आफ्नै पहलमा उनीहरू जिल्लाकै ठूलो खाम संग्रहालय बनाउने सुरसार गर्दैछन्। यसको भवन निर्माण भइसकेको छ। केही समयमै उनीहरूले त्यस संग्रहालयलाई खाम बस्तीको परम्परा, जीवनशैली, पहिरन, भाँडाकुँडा, आफ्नै गाउँठाउँमा हातैले उत्पादन गरेका सामान, बाजागाजालगायतका सामानहरू भरभिराउ पार्नेछन्। "आगन्तुकहरू संग्रहालय पस्दा खाम संस्कृतिबारे बुझ्न सकून् भन्ने हाम्रो चाहना हो," स्थानीय वीरता बुढा बताउँछन्।

संग्रहालय निर्माणाधीन गुरल्िला पदमार्गको छेवैमा निर्माण गरएिको छ। यस पदमार्गमा हिँडेकाले सजिलै खाम सभ्यता जान्न र बुझ्न पाउन् भनेर संग्रहालयको निर्माण गरएिको स्थानीय पृथ्बीबहादुर बुढामगर बताउँछन्। द्वन्द्वका बेला माओवादी गुरल्िलाहरूले हिँड्ने गोरेटो बाटोलाई गुरल्िला पदमार्ग नामकरण गरी पर्यटक आकषिर्त गर्ने योजना छ।

खाम संस्कृति अध्ययन तथा अवलोकन गर्न रुकुम जान चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई विद्रोहका बेला माओवादी गुरल्िला हिँड्ने बाटोबाट हिँडाएर खाम बस्तीमा पुर्‍याउने अभियान चलाइएको छ। यसो गर्दा बाहिरयिाले यी बाटा कसरी स्थापित भएका हुन् भन्ने पनि जान्ने मौका पाउनेछन् भन्ने बुझाइ छ, एकीकृत नेकपा माओवादीको भातृ संगठन वाईसीएलका अध्यक्ष गणेशमान पुनको। खाम संस्कृतिमा हुर्किएका र यसैमा रम्ने सयौँ स्थानीय युद्धका बेला यही पदमार्गमा मारएिका थिए।

गुरल्िला पदमार्गमा हिँड्ने पर्यटकले अन्तको भन्दा नयाँ अनुभव गर्न पाउँनेछन्। पदयात्रीले चाहेमा स्थानीयले माओवादी द्वन्द्वमा सहभागी भएकाहरूलाई नै पथप्रदर्शक -टे्रकिङ् गाइड)का रूपमा खटाउनेे प्रबन्ध मिलाउन थालेका छन्। ती पथप्रदर्शकले आगन्तुकलाई स्थानीय सभ्यता, संस्कृति र यसलाई माओवादी विद्रोहले पारेको प्रभाव आदिका बारेमा बताउने छन्। यस्ता पथप्रदर्शकलाई अब छिट्टै व्यावसायिक तालिमसमेत दिइनेछ।

रुकुम र सल्यानको सिमानामा रहेको खौलानजिकैका झनखानी डाँडादेखि खारा, रुघा, काँक्री, तकसेरा हुँदै रुकुम र बाग्लुङ जिल्लाको भूगोलमा फैलिएको ढोरपाटन सिकार आरक्षणसम्म मात्रै होइन, म्याग्दीको बेनी र बाग्लुङकै बोबाङसम्म पुग्नेछ, पदमार्ग। रुकुम पर्यटन परष्िाद्का सदस्य तथा खाम सभ्यताका जानकार लक्ष्मीप्रसाद पुन भन्छन्, "पछिल्लो समयमा विदेशीहरूले खाम सभ्यता र संस्कृतिको अध्ययन/अनुसन्धानका बारेमा निकै चासो देखाउन थालेका छन्।" उनका अनुसार, आधा दर्जनभन्दा बढी विदेशीले त द्वन्द्वसँग जोडिएको खाम संस्कृतिका बारेमा अनुसन्धान गरसिके।

विसं ००९ देखि नै रुकुमका खाम मगरहरू कुनै न कुनै विद्रोहमा सहभागी हुँदै आएका छन्। त्यसैले उनीहरूको संस्कृति देशमा चलेका विभिन्नखाले युद्धसँग पनि जोडिएको छ। तर पनि उनीहरूले आपनो संस्कृतिलाई सबैखाले विद्रोहभन्दा माथि राखेका छन्। यसैको परण्िााम हुनसक्छ, दशक लामो रक्तपातले पनि उनीहरूको संस्कृति र परम्परामोह मेट्न नसकेको।

source : Kantipur/ Nepal
प्रदीप पोखरेल/खलंगा

0 comments:

Post a Comment