Pages

Subscribe:

Rukum

.

Thursday 11 August, 2011

पहिरोले २७ घर भत्कायो

कमल थापा, रुकुम,
साउन २७- लगातार वर्षापछि पहिरोले रुकुममा एक हप्तायता २७ घर भत्केका छन्।
चौखावाङ- ४, ६ र ८ मा आएको पहिरोले ती घर पूर्णरुपमा भत्काएको हो। दुई विद्यालयसहित १ सय ५४ घर उच्च जोखिममा छन्।
घर भत्किएपछि स्थानीय आफन्तका घर र गोठमा बस्न थालेका छन्। सूर्योदय निमावि र शान्ति नमुना प्रावि पहिरोकै कारण अनिश्चितकालका लागि बन्द गरिएका छन्। मानवीय क्षति भने भएको छैन।
अत्यधिक वर्षाले घरभित्रै पानीको मुहान फ्फुट्ने गरेको स्थानीय ज्ञानबहादुर ओलीले वताए। 'मुहान फुट्नाले घरै बग्न थालेका छन्,' उनले भने, 'घर भत्केपछि कति आफन्तका घरतिर लागे, बाँकी गाउँमाथिको चौखावाङ लेकतिर।'
सूर्योदय निमाविका शिक्षक प्रभात चन्दका अनुसार, वर्षाले विद्यालय नै भत्कन थालेपछि बन्द गर्नुपरेको हो। 'खेलमैदान र शौचालय पनि बगाइदियो,' चन्दले भने।
गाउँमा ल्याएको पानीको ड्याम र पाइप वर्षाले बगाएपछि बलेंसीको पानी खान बाध्य भएको स्थानीयले बताए। चिसो गोठमा बस्नुपर्दा गाउँले बिरामी पर्न थालेका छन्। झाडापखाला, ज्वरो र टाइफाइडको समस्या देखिन थालेको पीडितले भने। दैवीप्रकोप समितिको बैठकले राहतको पहल गर्ने निर्णय गरेको बताइएको छ।

Source : Nagariknews

0 comments:

Post a Comment