Pages

Subscribe:

Rukum

.

Wednesday 24 August, 2011

खारा पहिरोमा पाँचको मृत्यु, करोडौँको क्षति

नयाँ पत्रिका/आदर्श केसी


रुकुम, ६ भदौ

सोमबारदेखिको अविरल वषर्ासँगै आएको पहिरोले पुर्दा रुकुममा पाँचजनाको मृत्यु भएको छ । खारा गाविसको सलडाँडामा रहेको पुष्कर ओलीको घर पहिरोले बगाउँदा उनका तीन छोरीको मुत्यु भएको छ ।

मृत्यु हुनेमा ७ वषर्ीया मीना ओली, ४ वषर्ीया टीका र १६ वषर्ीया लक्ष्मी रहेका छन् । सँगै सुतेका दुई छोरा भने घरको छानो खोलेर भागेर ज्यान बचाउन सफल भएका छन् । पुष्कर पत्नीसँगै पीठो पिध्न खोलामा गएकाले बाँच्न सफल भए । त्यस्तै खाराकै -२ वार्ड हाइवाङमा रहेको जयराम ओलीको घर पहिरोले बगाउँदा उनका १६ वषर्ीय छोरा यज्ञबहादुर, १४ वषर्ीय सेतेको मुत्यु भएको छ । पहिरोमा चारजना घाइते भएका छन् । घाइते हुनेमा जयरामकी पत्नी बुदि, छोरी र भदि रहेको प्रहरी निरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

घाइतेको थप उपचारको लागि मौसम खराबीले स्थानीय मेडिलममा उपचार भइरहेको छ । सदरमुकाम खलंगा जोडने सिम्रमुत खोलामा आएको बाढीले सडक अवरुद्ध हुँदा घाइतेलाई जिल्ला अस्पताल ल्याउन सकिएको छैन ।

गाविसको दर्जन बढी स्थानमा पहिरो गएकाले खारामा करोडौँको क्षति भएको छ । गाविसका पाँच वडाका करिब दुई दर्जन बढी घरमा क्षति भएको छ । पाँच वडा पहिरोको जोखिममा रहेको स्थानीय भीम ओलीले बताए । उनका अनुसार पहिरोसँगै खोलामा आएको बाढीले दुई दर्जन पानी घट्ट, सयौँ मुरी धान खेत, सयौँ संख्यामा पशुचौपाया, बाख्रा बगाएको छ । पाँच वडामा रहेको बाल विकास प्रावि पहिरोले पुरेको छ । विद्यालय पहिरोले पुरेपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । उता, भलाक्चा गाविसको ७ वडामा रहेको ज्ञानोदय मावि पनि पहिरोको जोखिममा रहेको छ ।

विद्यालयको शौचालय तथा खेल मैदान पहिरोले बगाएपछि पठनपाठन बन्द गरिएको प्रधानाध्यापक सोबिराम पुनले बताए । उद्धारका लागि सदरमुकाम खलंगाबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, डिएसपी किसनसिंह थापासहितको टोली घटनास्थल पुगेको थियो । त्यस्तै कांग्रेसका जिल्ला सभापति मानबहादुर नेपालीसहितको कांग्रेसको टोली राहत सामग्री बोकेर घटनास्थल पुगेको थियो । घटनाको थाहा पाउनेबित्तिकै खारामा रहेको दी फेमस महेन्द्रादल गण खारा ब्यारेकबाट नेपाली सेनाको टोली पुगेर उद्धार गरेको थियो ।

यता, सल्यान कोटवारा पहिरोमा एकै घरका दुई बालकको ज्यान गएको छ । कोटवारा-३ चौलावारका राजकुमार ओलीका ७ वषर्ीय छोरा नन्दलाल र ४ वषर्ीय नोखीरामको मुत्यु भएको छ । बिहान ८ बजे आएको पहिरोमा उनीहरूको ज्यान गएको हो । अविरल वषर्ापछि सल्यानका विभिन्न गाविसमा एक दर्जन घर/घट्ट पहिरोले बगाएको छ भने दुई दर्जन घर पहिरोको जोखिममा परेका छन् । राप्ती राजमार्गअन्तर्गत रुकुम, सल्यानलगायतका विभिन्न स्थानमा पहिरो गएपछि मंगलबार बाटो अवरुद्ध भएको छ ।

0 comments:

Post a Comment