Pages

Subscribe:

Rukum

.

Thursday 19 August, 2010

रुकुममा साबुन उद्योग

रुकुमको सदरमुकाम खलङ्गादेखि उत्तरमा पर्ने पोखरा गाविसमा स्थानीय बासिन्दाले पहिलोपटक साबुन उत्पादन सुरु गरेका छन् ।
उनीहरूले हाते मेसिनबाट साबुन उत्पादन गरेका हुन् । जिल्लामै पहिलोपटक रुकुमको पोखरा गाविस वडा नं- २ पाङगाउँमा रहेको सानीभेरी हर्बल लघुउद्यमी समूहले साबुन उत्पादन गरेको हो ।
राष्ट्रिय उद्यमशीलता विकास केन्द्रले स्थानीय बासिन्दालाई एकहप्ते साबुन उत्पादन सम्बन्धी तालिम दिएपछि समूहले साबुन उत्पादन गरेको हो । अहिले समूहले उत्पादन गरेको साबुन बजारमा आएको छ ।
हाल समूहले कपडा धुने साबुन निर्माण गरेको छ । केही समयपछि नुहाउने साबुनसमेत उत्पादन गरिने समूहका सचिव गोपीराम खड्काले बताउनुभयो ।
समूहको पहिलो उत्पादन स्थानीय पोखरा बजार, बाफिकोट नेटाबजार, छिनखेतबजार, रुकुमकोटबजार, सदरमुकाम खलङ्गालगायतका बजारमा बिक्री- वितरण हुने गरेकोे छ ।

0 comments:

Post a Comment