Pages

Subscribe:

Rukum

.

Thursday 19 August, 2010

रुकुममा तातोपानीको मुहान

रुकुम। रुकुमको उत्तरीभेगमा रहेको पोखरा गाविसमा एउटा अचम्मको पानीको मुहान भेटिएको छ । पोखरा गाविस-५ मा पर्ने चौरमा तातोपानीको मुहान भेटिएको हो ।
सानीभेरी नदीको छेउमा भेटिएको उक्त तातोपानीको मुहान स्थानीय सर्वसाधारणहरूले गाईवस्तु चराउन गएका बेला फेला पारेका हुन् ।
उक्त तातो पानीको मुहान ढुङ्गैढुङ्गाको चट्टानभित्र फेला परेको हो । ढुङगाभित्र रहेको उक्त तातोपानी हलुका नुनिलो पनि रहेको छ । अहिले स्थानीय बासिन्दाहरूले उक्त पानीको मुहानलाई केही भू-भाग खनेर अलि ठूलो बनाएका छन् ।
उक्त तातोपानीको मुहान नजिकै बारुदको जस्तो हल्का गन्ध आउने गरेको पनि स्थानीय बासिन्दाहरूले बताएका छन् । अहिले उक्त तातो पानीको मुहान हेर्न छिमेकी गाविस स्यालापाखा, बाँफिकोट, शोभा, पिपललगायतका स्थानीय बासिन्दाहरूको घुईंचो लागेको छ ।
उक्त तातोपानीमा स्थानीय बासिन्दाहरूले वरिपरीको क्षेत्रमा संरक्षणका लागि काठका बारहरू लगाएका छन् भने चिनोको रुपमा पानीको नजिकै राता र पहंेला ध्वजापताका पनि गाडेका छन् । स्थानीय गोठालाहरू पानी खान सानीभेरीको किनारतिर जानलाग्दा उक्त तातोपानीको मुहान भेटिएको हो ।
तातोपानीबारे अनुसन्धान गरी त्यहाँको वस्तुगत स्थितिबारे राष्ट्रियस्तरमा प्रचार प्रसार गरिए पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने पोखरा ४ का मित्रलाल खड्काले बताउनुभयो ।
साथै उक्त तातोपानीमा हलुका गन्ध आउने भएकाले त्यहा खनिजपदार्थको खानी हुनसक्ने उक्त तातोपानी हेर्न गएका बाँफिकोट ९ का तारक केसीले बताउनुभयो ।

0 comments:

Post a Comment