Pages

Subscribe:

Rukum

.

Monday 5 September, 2011

पहिरोमा पुरिएर ६ जना बेपत्ता

रुकुम, भाद्र २० - अबिरल वर्षाका कारण जिल्लाको हुकाम गाविसमा गएको पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन । हुकाम - ७ काचरजंगमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका हुन । घटनास्थल जिल्ला सदरमुकामबाट तीन दिनको दुरीमा पर्छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार सोमवार दिउँसो दुई बजेतिर घट्टमा पिठो पिस्न गएका सातजनामध्ये ६ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन । बेपत्ता हुनेहरुमा हुकाम - ७ की ५२ वर्षीय जखकुमारी बुढा, १० वर्षकी चाहना बुढा, २९ वर्षीया सुनिता घर्ति,सुनिताको छोरी १ वर्षकी हिमांशु घर्ति, ८ वर्षीया पुजीनी बुढा र ९ वर्षीया सरिता बुढा छन ।

बेपत्ताको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय मैकोटबाट प्रहरी नायब निरीक्षक हरिसिं उर्यालको नेतृत्वमा १५ जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक किसनसिं थापाले कान्तिपुरसित बताए । उनका अनुसार प्रहरीले घटना भएको १० घन्टापछिमात्र जानकारी पाएकाले उद्धारमा ढिलाई भएको छ । घटनामा १० वर्षीय मिलन बुढाले भागेर ज्यान बचाएका थिए ।

प्रहरीका अनुसार पिठो पिसिरहेका् बेला २ सय मिटर माथिबाट आएको पहिरोले घट्ट पूर्णरुपमा पुरेको छ । प्रहरी नायब उपरिक्षक थापाका अनुसार इलाका प्रहरी कार्यालय मैकोटबाट गएको प्रहरीटोलीसंग सम्पर्कबिच्छेद भएकाले घटनाबारे थप जानकारी आउन सकेको छैन ।

प्रकाशित मिति: २०६८ भाद्र २०
Source : कृष्णप्रसाद गौतम Kantipur

0 comments:

Post a Comment