Pages

Subscribe:

Rukum

.

Friday 9 September, 2011

दैनिक उपभोग्य सामग्री अभाव "पहिरोले सडक अवरुद्ध"

रुकुम, १७ भदौ

जिल्लाका विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भएपछि व्यापारिक केन्द्र रुकुमकोटलगायत १६ गाविसमा दैनिक अत्यावश्यक सामग्रीको अभाव भएको छ । वर्षात्का कारण पहिरो गएपछि दुई महिनाअघि अवरुद्ध सोलावाङ बालुवा हरित कृषि सडक सुचारु हुन नसक्दा समस्या भएको हो ।

थप खाद्यान्न नभित्रिएपछि छिटफुट पाइने सामानको मूल्य पनि अत्यधिक बढाइएको छ । नुन, तेल चामललगायतका सामानको मूल्यमा वृद्धि भएको व्यापारी सुन्दर थापाले बताए । “गाडी, मोटर चल्दैनन्,” उनले भने, “मान्छे र घोडाखच्चरबाट समान ढुवानी गर्दा अलिकति महँगो भइहाल्छ नि ।”

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकृमार श्रेष्ठले सडक सुचारु नहुँदा सर्वसाधारणले मार खेपिरहेको बताए । “सरोकारवाला निकायसमक्ष पटक–पटक जानकारी गराएका छौं,” उनले भने, “कहिल्यै हुँदैन भन्ने शब्द पनि आएन कहिले भएन पनि ।”

उता, जिल्लास्थित सरोकारवाला निकायले भने यातायात सुचारु गर्न प्रक्रिया अघि बढिरहेको बताएका छन् । “वर्षाले जिल्लाको प्रमुख राजमार्गसँगै अन्य दर्जनौं राजमार्ग एकैसाथ अवरुद्ध भएकाले समस्या भएको हो,” प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने, “केन्द्रमा समेत जानकारी गराइसकेका छौं ।”

०६३ सालमा निर्माण गरिएको सल्ली–चौरजहारी सडकखण्डमा वर्षमा ६ महिनामात्र सवारी साधन सञ्चालन हुने गरेका छन् ।
Source : Karobar Daily
०४ सेप्टेम्बर २०११

0 comments:

Post a Comment