Pages

Subscribe:

Rukum

.

Tuesday 27 September, 2011

रुकुमको पुपाल 'जर्नी टु यार्सा' को प्रदर्शन

काठमाडौं, आश्विन ११ - वृत्तचित्र पनि सिनेमा हो भन्ने बुझाउने हेतुले बिहीबारदेखि चार दिनसम्म दक्षिण एसियाली वृत्तचित्र महोत्सव आयोजना हुने भएको छ । महोत्सव कुमारी सिनेमा हलमा दिनभर चल्नेछ ।

महोत्सवमा नेपाल सम्बन्धित चारसहित ३६ वृत्तचित्र प्रदर्शन हुनेछन् । दीपेन्द्र भण्डारीको 'जर्नी टु यार्सा' को प्रदर्शनसँगै सुरु हुने महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, बर्मा र तिब्बतका प्रतिनिधि वृत्तचित्र हुनेछन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । रुकुमको पुपालमा यार्सा खोज्न पुगेका झन्डै सात हजारको क्याराभानलाई पछ्याएको 'जर्नी टु यार्सा' बाहेक पहिलो दिन पाँच वृत्तचित्र देखाइनेछन् । महोत्सवमा केसाङ छेतेनको 'सेभिङ डोल्मा' वृत्तचित्र पनि छानिएको छ । बाँकी दुई नेपाली वृत्तचित्र भने विदेशीले तयार पारेका हुन् ।

'यसपालिदेखि महोत्सवमा बर्मा र अफगानिस्तानले समेत सहभागीता जनाएका छन्, जुन हाम्रा लागि पनि उत्साहजनक छ,' महोत्सव निर्देशक कनकमणि दीक्षितले भने । प्रतिस्पर्धात्मक महोत्सवमा निर्णायकले उत्कृष्ट ठहर्‍याएको वृत्तचित्रले दुई हजार अमेरिकी डलरसहित रामबहादुर ट्रफी जित्नेछ । दोस्रो हुनेले एक हजार अमेरिकी डलर र उत्कृष्ट डेब्यु फिल्म मेकरले पनि उ त्यति नै रकम पुरस्कार पाउनेछन् । भारतीय फोटोग्राफर, लेखक सतीश शर्मा, युरोपेली फिल्म महोत्सव 'वन वल्र्ड' का संस्थापक इगोर ब्लेजेभिक र आयोजक संस्थाकै पूर्वनिर्देशक तथा पत्रकार मनीष श्रेष्ठको निर्णायक समितिले वृत्तचित्रको मूल्यांकन गर्नेछ । १५ वर्ष अघिदेखि हुँदै आएको महोत्सवको यो आठौं संस्करणका लागि झन्डै चार सयबाट तीन महिना लगाएर तीन दर्जन वृत्तचित्र छानिएको महोत्सव सहनिर्देशक उपासना श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, 'सहभागी वृत्तचित्रको प्राविधिक गुणस्तर, विषयवस्तुको प्रस्तुतीकरणका साथै क्षेत्र, परिवेश र विधालाई समेत ध्यान दिएर छनोट गरिएको थियो ।'

प्रतिस्पर्धी वृत्तचित्रमध्येकै झन्डै २० फिल्म मेकरको समेत सहभागिता रहने बताइएको महोत्सवमा छलफल कार्यक्रमसमेत हुने दीक्षितले जानकारी दिए । उनले महोत्सवको उद्घाटन गर्न लागेकी बंगलादेशी फिल्म मेकर क्याथि्रन मसुसहित विभिन्न अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्वबाट तीनवटा छलफल हुने बताए । छलफल वृत्तचित्रको विकासक्रम, बजारीकरणका बारेमा हुनेछ ।

प्रकाशित मिति: २०६८ आश्विन ११
Source: Kantipur

0 comments:

Post a Comment