Pages

Subscribe:

Rukum

.

Tuesday 20 September, 2011

रुकुममा खाद्य असुरक्षा बढ्दो / स्थानीयवासीमा भोकमरीको त्रास

धनवीर दाहाल, (रुकुम), रुकुम जिल्ला यस वर्ष गत सालको भन्दा खाद्य सुरक्षाको हिसाबले जोखिममा रहेको एक प्रतिवेदनले देखाएको छ।
कृषि उत्पादनमा कमी आएपछि जिल्ला खाद्य सुरक्षा संजालले जिल्लाका २६ गाविसलाई यस वर्ष खाद्य असुरक्षित गाविसको रुपमा घोषणा गरेको छ।


त्यसमध्ये जिल्लाका पूर्वी र उत्तरी भेगका करिब दश गाविसहरु सबै भन्दा बढी जोखिममा रहेका गाविसहरु हुन्। संजालले प्रत्येक तीन-तीन महिनामा जिल्लाको खाद्य अवस्थाको बारेमा जानकारी लिने गर्छ। जिल्लास्थित सरोकारवाला निकायहरुको सहभागितामा शुक्रबार बसेको बैठकले सम्भावित क्षेत्रमा बेलैमा खाद्यान्न ढुवानी गर्नुपर्ने कुरामा पनि सतर्कता अपनाइएको छ।

सो साजालले बताएअनुसार हुकाम रन्मामैकोट तकसेरा गोतमकोट स्यालाखदीलगायतका दश गाविसहरुमा सबै भन्दा कम मकै उत्पादन भएकाले चाँडै खाद्यान्न अभाव हुने सम्भावना रहेको छ। रोगका कारण मकै उत्पादनमा गतवर्षभन्दा ३० प्रतिशत कमी आउने भएकाले उक्त क्षेत्रहरुमा खाद्यान्न अभावको सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय रुकुमका प्रमुख कुलप्रसाद अधिकारीले बताए। उनले भने यस वर्ष जिल्लाभरको उत्पादनमा कमी छ तर सधैं खाद्यान्न अभाव हुने गाविसहरुमा समस्या झनै बिकराल हुनेछ।रातभरि पानी पर्ने र दिउँसो बादल लागेकाले मकै बालीमा रोग लागेको हुँदा उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ। यस वर्ष मकै बालीमा फेद कुहिने जस्ता रोगका कारण मकै बाली सुकेको थियो। जिल्लाका करिब ५० प्रतिशत स्थानमा मकै भित्राउने काम सकिएकाले जिल्लामै उत्पादनमा कमी आएको बताइएको छ।

जिल्लाका धेरै स्थानमा मकैमा रोग लागेको र कतिपय स्थानमा भदौ्रको अन्तिमतिर आएको हावाहुरीले क्षति गरेको छ। गतवर्ष पनि मकै बालीमा उत्पादन कमी आएपछि जिल्लाका दुई दर्जन गाविसहरुमा खाद्यान्न अभाव देखिएको थियो। यद्यपि जिल्ला खाद्य संस्थान रुकुममा अझै चार महिनाको लागि भ्याउने खाद्यान्न मौज्दात रहेका जिल्ला खाद्य संस्थान रुकुमले जनाएको छ।

0 comments:

Post a Comment