Pages

Subscribe:

Rukum

.

Monday 26 September, 2011

विद्यालय सुधार कार्यक्रमलाई ४४ करोड

२०६८ - असोज - ८
राजधानी संवाददाता
रुकुम, ८ असोज
जिल्ल्ाा शिक्षा कार्यालयले चालू आर्थिक वर्ष०६८/६९ का लागि शिक्षा क्षेत्रमा ४४ करोड ५६ लाख ४७ हजार रुपैयाँ छुट्टयाएको छ । जिल्ल्ााको विद्यालय सुधार कार्यक्रमअर्न्तर्गत सो रकम छुट्टयाइएको हो ।
कार्यालयका अनुसार विनियोजित रकममध्ये चालू खर्चतर्फ१५ लाख ६६ हजार र पुँजीगततर्फ५० लाख ६० हजार रुपैयाँ रहेको छ ।
जिल्ल्ाा शिक्षा अधिकारी दिव्यराज कट्टेलका अनुसार प्राथमिक तहका शिक्षकहरूका लागि १९ करोड २९ लाख ९४ हजार र निम्न माध्यमिक तथा माध्यमिक विद्यालयका शिक्षकका लागि ८३ लाख ६७ हजार रकम विनियोजन गरिएको छ ।
यस वर्ष५० ओटा विद्यालयमा चारकोठे नया“ भवन निर्माण गरिनेछ । जसअनुसार सुगम गाविसका लागि प्रतिभवन ६ लाख ५० हजार र दर्ुगम गाविसका लागि ७ लाख ४० हजार प्रति भवन विनियोजन गरिएको छ ।
यातायात सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका १७ ओटा गाविसलाई दर्ुगम गाविस मानिएको छ । विद्यालयहरूमा नया“ भवन निर्माण, विद्यालय भवन मर्मत, खानेपानी र शौचालय निर्माणका लागि १० करोड ६० लाख रकम विनियोजन गरिएको छ । जसमा जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोग तथा सेभ द चिल्डे्रन र सिविन नेपालको प्राविधिक सहयोगमा भवन निर्माण गरिनेछ ।
त्यस्तै, जिल्ल्ाा शिक्षा कार्यालयको निर्माणाधीन भवन निर्माणका लागि थप ५० लाख ६० हजार रकम छुट्टयाइएको छ ।
यस वर्षप्राथमिक क्षेत्र विस्तार कार्यक्रम र अनौपचारिक प्राथमिक क्षेत्र विस्तार कार्यक्रमका लागि पाँच/पाँचओटा केन्द्रमार्फ कार्यक्रम सञ्चालन गरिने जिशिकाका शाखा अधिकृत विनाराम खड्काले बताए । खड्काका अनुसार पुराना २ सय ५२ ओटा बालविकास केन्द्रलाई निरन्तरता दिइएको छ भने आवश्यक परेका खण्डमा कात्तिक महिनाभित्र सम्बन्धित टोल तथा विद्यालयका बारेमा जानाकारी गराइनेछ । साथै, समुदायमा हस्तान्तरण भएका २२ विद्यालयलाई १ लाखका दरले प्रोत्साहन अनुदान वितरण गरिने अधिकृत खड्काले बताए ।
विद्यालयको बाहय वातावरण सुधारका लागि ५३ ओटा विद्यालयलाई २ लाखका दरले सहयोग गरिने कार्यालयले जनाएको छ । त्यस्तै, ४० ओटा विद्यालयको छात्रा शौचालय निर्माणका लागि २ लाखका दरले सहयोग प्रदान गरिनेछ । ५० ओटा विद्यालयमा कक्षाकोठा र भवन पुनर्निर्माणका लागि १ लाखका दरले रकम विनियोजन गरिएको छ । कार्यालयले निम्न माध्यमिक विद्यालयसम्मका दलित विद्यार्थीका लागि प्रतिविद्यार्थी ४ सयका दरले ९० लाख १३ हजार र निम्न माध्यमिक तहसम्मका छात्राहरूका लागि प्रतिविद्यार्थी ४ सयका दरले रकम वितरण गर्नेछ । द्वन्द्वपीडित बालबालिकाका लागि ५७ हजार २६ रुपैयाँ रकम छुट्टयाइएको छ ।
यस वर्षजिल्ल्ााका सम्पर्ूण्ा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरिनेछ । जिशअ कट्टेलले भने, 'विद्यालयको पठनपाठन व्यवस्थित बनाउन करोडौंको रकम विनियोजन गरिएको हो ।' पहिलो पटक प्रतिभाको खोजीका लागि २५ हजार रकम विनियोजन गरेको उनले बताए ।

0 comments:

Post a Comment