Pages

Subscribe:

Rukum

.

Sunday 30 August, 2009

राडी व्यवसायबाट आत्मनिर्भर

कृष्णप्रसाद गौतम
रुकुम, ग्रामीण भेगका महिलाले बुनेका राडीपाखीले राम्रो बजार पाउन थालेपछि उनीहरू राम्रो कमाइ गरेका छन् । विदेशमा समेत माग बढ्न थालेकाले उनीहरू हौसिएका छन् ।
हुकामकी सुभद्रा बुढा राडी -कम्बल) बेचेको पैसाले घरखर्च टर्ने गरेको बताउँछिन् । २०५६ सालमा श्रीमान् कालीबहादुरको माओवादी- सेनाको भिडन्तमा परी मृत्यु भएपछि तीन सन्तानको लालनपालनको जिम्मेवारी उनकै काँधमा परेको थियो । २०६० सालबाट राडी बुनेर सदरमुकाम बस्दै आएकी उनले यसैबाट मुसीकोटमा दुईकोठे पक्की घर बनाएकी छन् ।
तीन छोराछोरीमध्ये दुईलाई सदरमुकामका बोर्डिङ र एकलाई सरकारी विद्यालयमा पढाएकी छन् । उनी सातामा एउटा राडी तयार पार्छिन् । तकसेरा-६ की बिर्मी पुन पनि यसैबाट आत्मनिर्भर बनेकी छन् । एउटा राडीको मूल्य ८ सयदेखि २ हजार रुपैयाँसम्म पर्ने उनी सुनाउँछिन् । 'आम्दानी राम्रो भएकाले राडी बुन्ने पेसा रोजेको,' उनले सुनाइन् । 'मासिक ४ हजारदेखि ७ हजारसम्म आम्दानी हुन्छ,' उनले भनिन्, 'बजारको पनि समस्या छैन ।'
सजिलै बिक्री हुने र राम्रो आम्दानी हुने भएकाले महिलाहरू यो पेसाप्रति आकषिर्त भएका हुन् । भारत र चीनमा समेत यसको निर्यात हुन थालेपछि उनीहरूको व्यवसाय बढेको छ । जिल्लाको उत्तरी भागमा रहेको मगरबस्तीका महिलाहरूले राडी बुनाइलाई पेसा बनाउन थालेपछि भेडाको ऊनको पनि माग बढेको छ । भेडाको ऊनबाट निर्मित राडीपाखीले व्यावसायिकता हासिल गरेको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख सुनिलकुमार शर्मा बताउँछन् । उनका अनुसार घरेलु कार्यालयले वर्षमा एकपटक राडीपाखी बुनाई तालिम सञ्चालन गर्दै आएको छ । तकसेरा र हुकामका आधाभन्दा बढी पुरुष वैदेशिक रोजगारमा छन् ।
Posted on: 2009-08-30 23:57:49 source:kantipur

Thursday 27 August, 2009

मध्यपहाडी राजमार्ग फागुनभित्र पूर्वलाई राजधानी जोड्ने

विकास थापा
काठमाडौं, तराई मधेस बन्द वा चक्काजाम हुँदा राजधानीबाट पूर्वाञ्चल जान अब कुनै समस्या हुनेछैन । बहुचर्चित मध्यपहाडी राजमार्ग -पुष्पलाल मार्ग) अन्तर्गतको खुर्काेट-घुर्मी खण्ड आगामी फागुनदेखि पूरा हुँदैछ । यो खण्ड पूरा भएपछि पूर्वाञ्चलका सबै पहाडी र तराई जिल्ला पुग्न सकिनेछ ।
हाल एक हजार किलोमिटरको पूर्व पश्चिम -महेन्द्र) राजमार्ग मात्र छ । ओखलढुंगा, उदयपुर र सिन्धुलीको सीमा पर्ने घुर्मीदेखि सिन्धुलीको खुर्काेटसम्म ६३ किलोमिटर सडकको ट््रयाक फागुनसम्ममा खोलिसक्ने गरी सडक विभागले निर्माण गरिरहेको छ ।
हाल घुर्मीसम्म उदयपुर, ओखलढुंगा र दिक्तेलबाट गाडी सञ्चालन भइरहेको छ । घुर्मीबाट काठमाडौं आउन मोटरमा तीन घन्टा मात्र लाग्नेछ ।
बनेपा-बर्दिबास राजमार्गअन्तर्गत सिन्धुलीको खुर्काेटसम्म पिच भइसकेको छ । 'यो वर्ष जसरी पनि घुर्मीसम्मको ट्रयाक खोलिसकिनेछ,' मध्य पहाडी राजमार्गका प्रमुख प्रकाश बस्नेतले बताए, 'खुर्काेट-घुर्मी खुलिसकेपछि तराई बन्द हुँदासमेत राजधानीलाई पूर्वसम्म जोड्ने दोस्रो वैकल्पिक मार्ग हुनेछ ।'
गत वर्षदेखि निर्माण प्रारम्भ भएको १ हजार ७ सय किलोमिटर लामो राजमार्गको खुर्काेट-घुर्मी एउटा खण्ड हो । पाँचवटै विकास क्षेत्रका विभिन्न खण्डमा पर्ने ७ सय किलोमिटरको ट्रयाक एकसाथ खोल्ने कार्य भइहेको आयोजना प्रमुख बस्नेतले जानकारी दिए ।
मध्य पहाडी राजमार्गको कुल लम्बाइमध्ये एक हजार किलोमिटर बनिबनाउ छ । यो राजमार्ग सिक्किमको सिमाना नजिक पाँचथरको च्याङथापुबाट सुरु भएर बैतडीको झुलाघाटसम्म निर्माण हुनेछ । यसअन्तर्गत च्याङथापुदेखि इलामसम्म, तेह्रथुमको म्यालुङदेखि वसन्तपुर हुँदै धनकुटाको हिलेसम्म बाटो निर्माण गर्ने लक्ष्य छ ।
हिलेदेखि भोजपुर हुँदै खोटाङको दिक्तेलसम्म र त्यहाँबाट ओखलढुंगाको हिलेपानीदेखि सिन्धुलीको खुर्काेटसम्म सडक निर्माणको प्रस्ताव छ ।
खुर्काेटबाट काठमाडौं-पोखरा- बाग्लुङ र रुकुमको बुर्तीबाङ निर्माण हुनेछ । बुर्तीबाङबाट जाजरकोट-दैलेख कणर्ालीनिरको राकम-मंगलसेन साँफेबगर-डोटी-डडेल्धुरा र बैतडीको झुलाघाट गएर टुंगिनेछ ।
आर्थिक वर्ष २०६६/६७ मा राजमार्गको सबै ट्रयाक खोल्ने लक्ष्य छ । यसको विस्तृत सर्भे पूरा भएको बस्नेतले जानकारी दिए । राजमार्ग निर्माणको कुल लागत २३ अर्ब ५० करोड रुपैयाँ रहेको सडक विभागले जनाएको छ । कुल लागतमध्ये ट्रयाक खोल्न र पुल निर्माण गर्न १०/१० अर्ब र कालोपत्रे गर्ने ३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यसैगरी फिदिम ताप्लेजुङमा पर्ने मेची राजमार्गमा पर्ने गणेशचोकदेखि भारतको सिक्कम जोड्ने ५५ किलोमिटर सडक खण्ड पनि यसै वर्ष पूरा हुने जानकारी बस्नेतले दिए । यो खण्ड सम्पन्न भएपछि पूर्वाञ्चलको इलाम, ताप्लेजुङका उत्पादन सीधै भारत निकासी गर्न सहज हुनेछ ।
चालू वर्षमा करिब ८० किलोमिटर ट्रयाक खोल्न, ७५ वटा पुलेसाहरू निर्माण गर्न, ३ सय मिटर टेवा पर्खाल बनाउन, २० किलोमिटर सडक स्तरोन्नति गर्न २६ वटा ठेक्का प्याकेज भएको छ ।
राजमार्गको सबैभन्दा चुनौतीपूर्ण रहेको २ सय १० किलोमिटर बुर्तीबाङ- मुसिकोट-चौरजहारी खण्ड हो । यो नै अन्तिम ट्रयाक हो । यो ट्रयाक निर्माण भइसकेपछि बैतडीदेखि ताप्लेजुङसम्मका सबै खण्ड पूरा भइसक्नेछन् । आयोजना प्रमुख बस्नेतका अनुसार राजमार्गको ट्रयाक खोल्ने कार्यपछि कालोपत्रे गर्न द्विपक्षीय तथा बहुपक्षीय दाताहरू इच्छुक छन् । विदेशी दातामध्ये यो राजमार्गलाई सहयोग गर्न सबैभन्दा बढी इच्छुक जर्मन सरकार देखिएको छ ।
Posted on: 2009-08-27 22:35:54 Source: Kantipur

विद्यालयमा ताला

रुकुम -कास)- अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच विवादका कारण बाफीकोट ६, काँडास्थित रत्न निम्न माध्यमिक विद्यालय दस दिनदेखि तालाबन्दी गरिएको छ । शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलु खत्री र प्रधानाध्यापक अर्जुनलाल पुरीले मनपरी गरेको भन्दै भदौ १ गते अभिभावकले विद्यालयमा ताला लगाएका हुन् । विद्यालय बन्द भएको दुई साता बितिसक्दा पनि खुलाउनेतर्फ कसैले चासो देखाएको छैन । बन्दले विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयको ताला खोलेर तत्काल कक्षा सुचारु गर्न माग गर्दै बुधबार विद्यार्थीले नाराबाजीसमेत गरेका छन् ।
विद्यालयमा अनियमितता गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकमाथि कारबाही नगरुन्जेल विद्यालय नखोल्ने माओवादीका नेता हरिबहादुर केसीले बताए । प्रधानाध्यापक पुरीले भने कुनै पनि अनियमितता नभएको तर पूर्वाग्रही भएर केही व्यक्तिले विद्यालयमा राजनीति गर्न खोजेको बताए ।
Source: Kantipur

Monday 24 August, 2009

त्यो खाराको खरानी छ उस्तै

२०५६ फागुन १० गते । खारामा चिसो घटेको थिएन । अझ रातैभरि हिउँ परेर डाँडाकाँडा छपक्कै ढाकिएको थियो । हिउँदको वेला त्यति काम नभएकाले गाउँले सबै घरमै थिए । आँखा मिच्दै स-साना पेटहरू बासी ढिडोको पर्खाइमा अगेनावरिपरि झुम्मिँदै थिए । आकाश अघिल्लो रातजस्तै थियो, पृथ्वी आफ्नै गतिमा घुमिरहेको थियो । तर, पूर्ववत् गति र यतिमा त्यहाँ एकाएक झड्का लाग्छ, एकाएक ताण्डव-नाच मच्चिन्छ र घर-आँगन पनि एकाएक मसानघाट हुन्छ ।

यो रुकुमको खाराको घटना हो । अघिल्लो रात सुत्दा कसैले पनि त्यस्तो त्रासद घटनाको कल्पना गरेका थिएन् । तर, हेर्दाहेर्दै त्यो सुन्दर बस्ती एक घन्टामै खरानी-खरानी भयो । १५ जनाको जीवन एउटै चिहान भयो । ७१ घर जलेर खरानी भए । साना नानीले अघिल्लो रात सँगै सुतेका बुबालाई भोलिपल्ट कहिल्यै नउठ्नेगरी सुतेको भेट्टाए । बिहानै पानी लिन पधेरो गएका श्रीमतीहरू पानी लिएर र्फकंदा घरहरू बलिरहेका, गाईवस्तुहरू आगोमा जल्दै गरेका र श्रीमान् र छोराहरू एउटै खाटमा गोली लागेर रगतपच्छे ढलिरहेका देखे ।


'गृहमन्त्रीको आदेश छ, कसैलाई पनि नछोड्नू, सबैलाई मास्नुपर्छ,' तत्कालीन इन्स्पेक्टर शम्भु सुवेदी हुकुम दिँदै थिए । गाउँलेहरू आफ्नो मर्ने पालोमा पंक्तिबद्ध थिए । त्यहाँ मारिनेहरू कोही पनि बन्दुक बोकेका र राज्यविप्लव मच्चाएकाहरू थिएनन् । उनीहरू नेपाली कांगे्रसका सक्रिय नेता र कार्यकर्ता भएको प्रमाणित गर्न परिचयपत्र उनीहरूको घाँटीमा झुन्डिरहेको थियो । तर, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री खुमबहादुर खड्काको आदेशपालकले उनीहरूकै नेता र कार्यकतालाई लाइन लगाएर गोलीले मात्र भुटेनन्, कांग्रेसले नै बाँडेको परिचयपत्र हत्यापछि उनीहरूकै मुखमा कोचिदिए ।


सोही घटनामा गोली लागेका, तर लासको थुप्रोमा लासैजस्तो गरी ज्यान जोगाएका टन्टवीर वलीले खारा घटनाको बखान यसरी नै गरे । त्यतिवेला गाउँमा एकजना छिमेकीको घर बनाउने काम चलिरहेको थियो । 'म त्यहीँ मिस्त्रीको काम गर्थें, बिहान ७ बजे काममा जान लाग्दा गोली चलेको आवाज सुने । खोलापारीबाट प्रहरीहरू गोली चलाउँदै हाम्रो गाउँतिर आउँदै थिए । प्रहरीहरू खोला तरिसक्नेबित्तिकै सुरुकै घरमा आगो लगाउन थाले । घर दनदनी बल्न थाल्यो, मान्छेहरू चिच्याउँदै-रुँदै भाग्न थाले । हामीहरू डरले भित्र पस्यौँ । प्रहरीहरू आगो लगाउँदै माथि गाउँतिर उक्लिए,' उनले भने ।

टन्टवीरका आँखा त्यो दिन सम्झँदै गर्दा आज पनि उत्तिकै रसाएका छन् । 'जन्म दिने बाबु र एउटै कोखबाट जन्मेको दाइलाई आफ्नै अगाडि हत्या गरिँदा कसको मन पो रुन्न र ?' त्यो कहालीलाग्दो दिन सम्भझँदै टन्टवीरले भने, 'गाउँ पूरै खरानी बनाइसकेपछि प्रहरीहरू माथितिर गए, हाम्रो घरतिर आएनन् । हाम्रो घर नजल्ने भयो भन्ने आशा पलायो ।' टन्टविरका बाबु त्यतिवेला कांगे्रसका तर्फबाट वडाध्यक्ष थिए । उनी पनि कांगे्रसका सक्रिय कार्यकता थिए । 'बुबाले हामी सरकारका मान्छे हौं, कांग्रेसकै सरकार छ, केही गर्दैन, सबै परिवार सँगै बसौँ भन्नुभयो । सबैजना एकै ठाउँमा बसेका थियौं । दिनको १२ बजतिर प्रहरीहरू हाम्रो घरतिर ओर्लिए । ठुल्दाइ गोबर बोकेर खेतमा जान लाग्नुभएको थियो । प्रहरीको नाइकेले दाइलाई यहाँ आउनुहोस् भनेर बोलायो । त्यसपछि मलाई पनि बोलायो र लाइनमा बस्न भनियो । वरपरका घरबाट लोग्ने मान्छे जति तानेर लाइनमा बसायो । बुबाले हामी सबैलाई कांग्रेसको परिचयपत्र बनाइदिनुभएको थियो । त्यो दिन हामीले परिचयपत्र आ-आफ्नो घाँटीमा झुन्डाएका थियौं ।'

टन्टवीरलाई त्यस दिनको घटना सपनाजस्तो लाग्छ । गोलीले क्षतविक्षत लासका थुप्रा अहिले पनि उनको आँखामा झल्झली आउँछ । उनले भन्दै गए, 'हामीले सबैले परिचयपत्र झुन्डाएका थियौं । सबैभन्दा अगाडि बुबा हुनुहुन्थ्यो, त्यसपछि ठुल्दाइ, अनि म र क्रमशः मेरो पछाडि अरू थिए । बुबालाई प्रहरीको नाइकेले गोली ठोक्ने आदेश दियो । बुबाले प्राणको भीख माग्दै नमस्कार गरिरहनुभएको थियो । तर, नमस्कार गरेकै हातमा गोली हान्यो, बुबाका दुवै हात उडे, उहाँ ढल्नुभयो । मैले बाँच्ने आशा देखिनँ, होसहवास् उड्यो । क्रमशः गोली हान्दै आयो, ठुल्दाइ निधारमा गोली लागेर ढल्नुभयो । मेरो पालो आयो, वरिपरिका रूखहरू घरहरू घुमेजस्तै लाग्न थाल्यो । एउटै प्रहरी दसवटा देख्न थालेँ । ड्याम्म आवाज आयो । पाखुरामा केले छेडेको जस्तो लाग्यो, दाइको लासमाथि घोप्टिएँ, बुबा पानी भन्दै छट्पटाउँदै हुनुहुन्थ्यो । गोली क्रमशः अरूलाई हानियो । नाइकेले भन्यो, 'सबैलाई दोहोरो गोली हान्, कोही मरेका छैनन् ।' धेरै शरीर ममाथि घोप्टिएका थिए । फेरि दोहोरो गोली हानेर बुबालाई मार्‍यो, र परिचयपत्र मुखमा कोचिदियो । मलाई पनि मर्‍यो कि मरेन भनेर छामे । म मरेको जस्तै गरेर लासको थुप्रोमै घोप्टिरहेँ । छाम्नेवाला प्रहरीले सबै मरिसके गोली किन त्यसै खर्च गर्ने भनेपछि प्रहरीहरू गए ।'

'गाउँमा घरहरू जलेको धुवाँले आँखा देखिँदैनथ्यो । एकैछिन् पछि मुसिकोटबाट आएको हेलिकोप्टर धुवाँले गर्दा बस्न नसकेर फर्क्यो,' टन्टावीरले भने, 'त्यसपछि म बिस्तारै उठे । मेरो पाखुराको कुमबाट रगत बगिरहेको थियो । आमाले रुँदै गोली लागेको ठाउँमा कपडा बाँधिदिनुभयो । प्रहरी गएपछि गाउँलेहरू आए र रगत नरोकिएको मेरो हातलाई डोरीले दलिनमा झुन्डाएर भुइँमा सुताए । रगत चुहिने ठाउँमा कपडा थापिएको थियो । रातभरि आमाले घाउमा तेल र बेसार लगाउनुभयो । रगत चुहेर म पल्टेको ठाउँ आहाल परेको थियो । बुबा र दाजुको लास नउठाउन्जेल हामी कसैले केही खाएनौँ । पाँचौं दिन गाउँलेले लासहरू गाडे ।'

हत्याका लागि तयार पारिएको लाइनबाट भागेर बाँच्न सफल भएका थिए- नरबहादुर वली । त्यही दिन उनको आफ्नो छोरा लालबहादुर वलीको हत्या भएको थियो । उनले भने, 'गाउँमा प्रहरीले केही दिनअघिदेखि नै गस्ती गरिरहेको थियो । गाउँका कुखुरा, घ्यू, मह सबै लुटिएको थियो ।' तर, त्यस दिन भने प्रहरी एकाबिहानै गोली चलाउँदै गाउँमा पस्यो । अघिल्लो दिन हिउँ परेकाले बाहिर निस्कन गाह्रो थियो । 'परिवारका सबैजना अगेनावरिपरि बसेका थियौं । प्रहरी खोलावारि आगो झोस्दै उक्लियो । केही समयमै पूरा गाउँ खरानी भयो । घरभित्रका पैसा अन्नपात सबै जलिसकेका थिए । दस बजेतिर माथि डाँडामा हेलिकोप्टर बस्यो । प्रहरीले गाउँबाट लगेका कुखुरा र रक्सी खाएछन् ।'

वलीले भने, 'भोलिपल्ट १२ बजेतिर प्रहरी गाउँमा आयो म भैसी चराउँदै थिएँ । एकजना प्रहरीले मलाई बोलायो र राइफलको कुन्दैकुन्दाले हान्यो । डोप्याउँदै लगेर मलाई पनि लाइनमा लगायो । र, गोली हान्न थाल्यो । सकिन्छ भने भाग्नुपर्छ, आखिर मर्नु नै छ भने । मैले यस्तै ठानेँ र पछाडि फर्केर आँखा चिम्लेर भागेँ । केही प्रहरीहरू मेरो पछाडि गोली हान्दै दौडिए । अल्लि तल पुगेर म बाँसको झाडीभित्र कोचिएँ र बाँचे । बाँसको झाडीबाट निस्केर घरतिर लाग्दै गर्दा प्रहरीहरूले गाउँ छोडिसकेका थिए । गाउँलेहरूको लासको थुप्रो थियो, रगतको आहाल थियो । हामी गाउँलेहरू राति नै सदरमुकाम गयौँ । सदरमुकाममा प्रहरीले खाराका माओवादी भन्दै बन्द कोठामा कोचेर सबैलाई चुट्नसम्म चुट्यो । रातभरि सिमेन्टमा नांगै सुतायो । हामीलाई भोलिपल्ट फेरि खारातिर लखेटिदियो ।'

त्यस दिन हेलिकोप्टरले ओसारेका प्रहरी गाउँमा मात्र होइन्, जंगलभरि थिए । दुईजना गोठाला पनि मारिए । गोरुको आड लिएर बाँचेकी पार्वती खड्का भन्छिन्, 'हेलिकोप्टरले चारैतिरबाट गोली बर्साउन थाल्यो, दुईजना साथी र गाई-गोरु हेलिकोप्टरको निसाना परेर ठहरै भए । होसहवास थिएन । चार हातखुट्टा टेकेर घरमा आइपुग्दा श्रीमान्को हत्या भइसकेको रहेछ ।'

त्यस दिनको समाचार रेडियो नेपालले पनि प्रसारण गरेको थियो, मुठभेडमा १५ जना माओवादीको मृत्यु भएको र हातहतियार बरामद भएको भन्दै । खारा घटनामा कांग्रेसका वडाध्यक्ष त्रिमान वली, पार्टी सदस्यहरू धनबहादुर वली, देउमाया खत्री, गोपाल खत्री, लालबहादुर खत्री, टीकारम खत्री, हेमन्त खत्री र सर्वसाधारण गाउँलेहरू गोविन्द खड्का, देवीलाल, खर्कबहादुर, भद्रबहादुर, लक्ष्मी, लालबहादुर, प्रवीण खड्काको हत्या भएको थियो । २०५६ सालमा दनदनी बलेको खारामा अहिले समयको मलमबाहेक अरू केही सुख-शान्ति छैन । गाउँलेहरूले अहिलेसम्म न त राज्यबाट क्षतिपूर्ति पाएका छन्, न त राहत नै । गोली हान्न आदेश दिनेहरूको चुरीफुरी उस्तै छ । तर, खाराबासीको एक्लोपन र चिसो चुल्हो जस्ताको तस्तै छ । खरानी पारिएका घरहरू अहिलेसम्म व्यवस्थित हुन सकेका छैनन् ।

बितेको दशकको कहानी छ उस्तै

हेर, त्यो खाराको खरानी छ उस्तै !


Source: Naya Patrika(23/08/2009 07:46:00 शान्ता अधिकारी)

Sunday 23 August, 2009

चन्दाबाट विद्यालय

रुकुम -कास)- छिवाङ गाविसका दर्जन विद्यालय स्थानीयवासीको चन्दाबाट सञ्चालन भएका छन् । विद्यालयको भौतिक पूर्वाधार सुधार र शिक्षकको तलबका लागि बासिन्दाले घरघरबाट चन्दा उठाएका हुन् ।
स्थ्ाानीय झिमडाँडामा विद्यालय नभएका कारण गाउँले मिलेर चन्दा उर्ठा विद्यालय चलाएको स्थानीयवासी मानबहादुर ओलीले बताए । 'विद्यालयमा एकै जना सरकारी दरबन्दी छैन,' ओलीले भने, 'दैनिक सञ्चालन र र शिक्षकलाई तलब खुवाउन चन्दा अभियान सुरु गरेका हौं ।'
ज्ञानकुञ्ज प्राथमिक विद्यालय सादनचौर चौतारा सञ्चालनको मुख्य स्रोत देउसीभैलो र चन्दा भएको प्रअ काशीराम ओलीले जनाए । प्रअले भने, 'विद्यालय पूर्वाधार व्यवस्थापनका लागि प्रत्येक महिना अभिभावकबाट चन्दा लिने गरेका छौँ ।'
गाउँलेकै जनश्रमदानबाट ज्ञानपुञ्ज प्राविको तीनकोठे भवन निर्माण गरिएको अध्यक्ष छिताराम रावतले बताए । यस्तै जनजागृति प्रावि घुयालडाँडामा पनि स्थानीयकै चन्दाबाट तीनकोठे भवन निर्माण भएको छ ।
Source: kantipur

२४ बालबालिकाको मृत्यु

रुकुम -कास)- जिल्लामा दुई महिनादेखि महामारीको रूप लिएको झाडापखालाबाट २४ बालबालिकाको मृत्यु भएकोे छ । बालमजदुर सरोकार केन्द्र -सिविन) रुकुमले शुक्रबार २४ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो ।
जिल्लाको गोतमकोटबाट सुरु भएको झाडापखाला जिल्लाका ३० गाविसमा फैलिएको रोगबाट आधाभन्दा बढी बालबालिका प्रभावित भएको संस्थाले जानकारी दिएको छ । खाद्य अभाव भएपछि ती क्षेत्रका बासिन्दाले पेटभरि खान नपाएपछि कुपोषित भएका बालबालिकालाई रोगले बढी संक्रमित गरेको हो । मृत्यु हुनेमा पनि अधिकांश बालबालिका विद्यालय जाने उमेरका रहेको सिविन रुकुमका टिम लिडर सिद्धराज पनेरुले बताए ।
यसैगरी दूषित पानीको प्रयोगले अझै पनि बालबालिकालाई रोग दोहोरिन सक्ने खतरा भएको पनि कार्यक्रममा जानकारी गराएको थियो । सिविनका अनुसार झाडापखालाबाट जिल्लामा ४ हजार बढी बालबालिका प्रभावित छन् ।
Source:Kantipur

Friday 21 August, 2009

नदीमा पौडिँदै विद्यालय

कमल थापा/नयाँ पत्रिका

रुकुम, ३ भदौ : विद्यालयबाट घर र्फकेलगत्तै विद्यार्थीको मनमा प्रार्थना हुन्छ, 'हे भगवान् भरे राति पानी नपरोस् !' पानी परेपछि नदी बढेर विद्यालय जान गाह्रो हुने भएकाले उनीहरू यस्तो प्रार्थना गर्छन् ।
विद्यालय गएको समयमा बाढी आएमा अरूकै घरमा बास माग्नुपर्ने बाध्यता व्यहोर्दै आएका छन्, गरायला र झुल्ाा गाविसका विद्यार्थीले । गाउँमा माध्यमिक तहको पढाइ नभएका कारण ती विद्यार्थी वषर्ायामको नदीमा पौडिँदै छिमेकी गाविस छिवाङको महेन्द्र उच्च माध्यमिक विद्यालय जान्छन् ।
विद्यार्थीका लागि नागबेली भएर बगेको सानोभेरी नदी बाधक भएको छ । हिउँदको समयमा नदीमा पानीको मात्रा घट्ने भएकाले साँघु तरेर विद्यालय आवत-जावत गर्दै आएका विद्यार्थी वषर्ायाममा कम्मरमा 'चिन्ना' र ड्रम भिरेर विद्यालय जाने गरेका छन् । कपडा खोलेर किताब र खोलेका कपडा टाउकोमा बाँधी नदी तर्दा छात्रलाई भन्दा छात्रालाई बढी समस्या हुने गरेको छ ।
'केटाहरूले हाफपेन्ट लगाएर खोलामा पस्छन्, हामीलाई समस्या पर्छ,' दस कक्षामा अध्ययनरत भिमा पुनले भनिन्, 'पानीले भिज्ने भएकाले दुईजोर कपडा लिनुपर्छ ।'
नदीमा बाढी आए विद्यालय जान नसकिने र गए पनि साँझ कसैको घरमा बास माग्नुपरेको उनले दुखेसो पोखिन् ।
गरायला र झुला गाविसका ६० भन्दा बढी विद्यार्थी सानोभेरी नदी तरेर महेन्द्र माध्यमिक विद्यालय जाने गरेका छन् । विद्यार्थीहरूका अनुसार आजभोलि चिन्ना र ड्रम नभिरे तर्न सकिँदैन । हिउँदमा काठको साँघु बनाएर तर्ने विद्यार्थीलाई वषर्ायाममा त्यो सम्भव हँुदैन ।
सामान टाउकामा बाँधेर नदी पार गर्दा कहिलेकाहीँ कापी-कलम बगाएर रित्तै विद्यालय जाने गरेको उनीहरू बताउँछन् । कापी-कलम भिज्ने, जुत्ता-चप्पल बग्ने, भेलले पछार्दा खुट्टा फुट्ने, नङ जाने उनीहरूका लागि नियमित नै हो ।
जोखिमको यात्रा गरेर पढ्नुपर्ने हुनाले धेरै विद्यार्थीले पढाइ छाड्ने गरेको स्थानीय अभिभावक शशिराम विष्टले बताए । त्यस नदीमा ०५२ सालमै पुल बन्ने भनिए पनि द्वन्द्वका कारण गाउँमा बजेट जान नसक्दा यस्तो समस्या आइपरेको अभिभावक विष्टको भनाइ छ ।

Thursday 20 August, 2009

मूल्यवान् जडीबुटी भए मूल्यहीन

सुरेन्द्र खत्री/मुसीकोट
रुकुम, भदौ १ गते । रुकुम जिल्लामा जडीबुटीको सम्भावना हुँदाहँुदै पनि यसको उचित संरक्षण र प्रशोधनको व्यवस्था हुन सकेको छैन ।
रुकुम जिल्लाको सिस्ने गाविसमा पर्ने सिस्ने हिमालको काखमा रहेको जडीबुटीको धनी र सम्पन्न क्षेत्र मानिन्छ । यस जिल्लामा दुर्लभ तथा मूल्यवान् र अतिउपयोगी एवं लोकपि्रय जडीबुटी पाइन्छन् ।
तर, विडम्मना नै मान्नुपर्छ हामीले हाम्रा जडीबुटीको महत्त्व बुझ्न सकेका छैनाँै । विज्ञ तथा सरोकारवाला निकायहरूले यससम्बन्धमा ठोस कदम नै चाल्न सकेका छैनन् रुकुम जिल्लाका मूल्यवान जडीबुटीहरू त्यसै खेर गइरहेका छन् कतिपय जडीबुटीहरू एकदमै कम मूल्यमा बाहिरिएका छन् तर तिनै जडीबुटीबाट बनेका विदेशी औषधिहरू किन्न लाखौँ रुपियाँ खर्च गर्न परिरहेको छ ।
यस जिल्लाको केही जडीबुटीहरू दलालको माध्यमबाट निकै सस्तो मूल्यमा बिक्रीवितरण भइरहेको छ । रुकुम जिल्लामा पाइने जडीबुटीहरूमा यार्सागुम्बा, पाँचऔले, कटकटुकी, चिराइतो, सर्पगन्ध, देवदार, जटामसी, भलायो, असुरो, सुगन्धको सिलाजित, लताकस्तुरी, पाकनवेदजस्ता दुलर्भ जडीबुटीहरू यस जिल्लाका प्रशस्त मात्रामा पाइन्छन् यहाँ पाइने जडीबुटीहरूको आर्थिक महत्त्वबारे स्थानीयबासीहरू अनविज्ञ रहेको पूर्णबहादुर केसीले जानकारी दिनुभयो ।
प्रसस्त मात्रामा स्थानीय बैद्यहरू भएको यस जिल्लामा करिब दुई तिहाई जनसङ्ख्या स्वास्थ्य उपचारार्थ आयुर्वेदिक चिकित्सक पद्धतिमा नै निर्भर रहेको देखिन्छ । जिल्ला विकास रुकुमको एक तथ्याङ्क अनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडीबुटीमा यार्सागुम्बा, कुरिलो, टिम्मुर, सेतावाज, जटामसी, भलायो, बुकिफूल, लचिनि, अमला, तितेपाती, पाँचऔले, साधारण च्याउलगायतका रहेका छन् ।
यस जिल्लामा पाइने जडीबुटीहरू अत्यन्तै दुर्लभ एवं अमृततुल्य मान्यका यार्सागुम्बा, पाँचऔले कस्तुर, सिलाजित आदि दिनप्रतिदिन असुरक्षित भई लोप हुने प्रक्रियामा रहेका छन् ।
जिल्लाको हुकाम मैकोट, जानसिस्ने गाविसमा यार्सागुम्बा पाइने क्षेत्र मानिन्छ । वास्तवमा भन्ने हो भने रुकुमजस्तो विकट जिल्लामा पाइने जडीबुटीहरू अवैध बिक्रीवितरण भइरहेका छन् । जडीबुटीको चोरीनिकासी भइरहेको छ । यसको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ ।
जडीबुटी खेतीलाई प्रोत्साहान गरी यसको खेतीलाई सामाजिक अभियानको रूपमा सञ्चालन गर्दै जडीबुटीको भण्डार गर्न हामी सबैको दायित्व हो । रुकुमजस्तो न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्ने हो भने आजैदेखि हामीले योजना बनाइ कार्यान्वयन गर्नुपर्दछ ।
रुकुममा जडीबुटी विकास सम्बन्धमा यहाँ कुनै किसिमको सरकारी तथा गैरसरकारी निकायबाट संरक्षण र सम्बर्द्धनको लागि कुनै प्रक्रिया अपनाइएको छैन ।
रुकुम जिल्लाको आर्थिक विकार एवं सम्पन्नतालाई गति दिन एकातर्फ दुर्लभ महत्त्वपूर्ण जडीबुटीहरूलाई संरक्षण र संम्बर्धन गर्न आवश्यक छ प्रशोधन केन्द्रको स्थापना गरी जडीबुटी तथा लघुवन पैदावारको माध्यमबाट रोजगारको अवसरहरू सिर्जना गर्ने हो भने रुक्मेलीहरू विदेशिनु नपर्ने स्थानीयबासी धनबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
सम्बन्धित निकायले यसको लागि जनचेतना वृद्धि गराउनुको साथै व्यवस्थित रूपमा सङ्कलन र जडीबुटी खेतीसम्बन्धी प्रविधि विकासको अति आवश्यक भइरहेको महसुस गरेका छन् ।
अनुसन्धानको कमिले सही प्रयोग हुन सकेको छैन । कुन जडीबुटी कति महìव छ केही जानकारी छैन परिश्रममा कति लगानी भएको छ दिगो रूपमा कसरी निरन्तरता दिन सकिन्छ यस विषयमा कुनै सर्भेक्षण हुन सकेको छैन भने जडीबुटीसम्बन्धी ठोस नीतिनियम तथा कार्यक्रमको अभाव छ ।
जैविक विविधता ह्रास हँुदैछ । दिनानुदिन वनजङ्गल मासिदै छन् सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक स्रोतको संरक्षण जडीबुटीको व्यवस्थापन र यसलाई निरन्तरता दिँदै व्यवस्थित रूपमा सङ्कलन तथा खेती विस्तार गरे अत्याधिक मात्रामा आयआर्जन वृद्धि गरी सम्पन्नतालाई बढाउन जडीबुटी विकासलाई बढाउँदै लैजाने हो भने रुकुम जिल्ला न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्न टेवा पुग्ने थियो कि ?
source: Gorkhapatra

मूल्यवान् जडीबुटी भए मूल्यहीन

प्रहरीद्वारा बजारमै पिटिए शिक्षक

रुकुम/ जनताको सुरक्षा गर्न खटिएका प्रहरीले विनाकारण शिक्षकलाई मराणासन्न हुनेगरी कुटेका छन् । रुकुम बाँफीकोटस्थित चौकीका प्रहरी सहायक निरीक्षक -असई) लोकेन्द्र कार्कीले शंकर प्राथमिक विद्यालय बाँफीकोटका शिक्षक यज्ञबहादुर चन्दलाई नेटाबजारमा कुटपिट गरेका हुन् ।

असईको कुटाइबाट गम्भीर घाइते भएका शिक्षक चन्दलाई उपचारका लागि जिल्ला अस्पताल रुकुममा भर्ना गरिएको छ । सदरमुकामबाट घर र्फकने क्रममा पसलमा बसिरहेको वेला एक्कासि कुटपिट गरेको पीडित शिक्षक चन्दले बताए ।

'थकाइ मेट्न एकैछिन दाइको पसलमा बसेको थिएँ, दुईजना अपरिचित व्यक्ति आएर मेरो घर सोधे । त्यसलगत्तै पसलभित्रै हिर्काउन थाले,' घाइते शिक्षक चन्दले भने, 'सादा पोसाकमा भएकाले पछि मात्र प्रहरी भएको थाहा पाएँ ।'

कुटपिटबाट बेहोस भएका चन्दलाई स्थानीय बासिन्दाले बोकेर जिल्ला अस्पतालमा भर्ना गरेका थिए । 'रक्षक नै भक्षक भएपछि हामीलाई कसले सुरक्षा दिने ?' चन्दको गुनासो छ ।

शिक्षक चन्दको दायाँ आँखामा गहिरो चोट लाग्नुका साथै शरीरभरि बुटले हानेका नीलडाम छन् । चन्दलाई एक सातासम्म अस्पताल भर्ना गरिने उपचारमा संलग्न जिल्ला अस्पताल रुकुमका प्रमुख डा.विनोद गिरीले बताए ।

प्रहरी ज्यादतीविरुद्ध स्थानीयवासीले बुधबार दिनभर नेटाबजारमा विरोध र्‍याली र कोणसभा गरेका थिए । कुटपिटमा संलग्न भनिएका प्रहरी सहायक निरीक्षक कार्की दोषी ठहरिएमा कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ धानुकले बताए ।

दबाबले घाउ केस भएन

असई कार्कीबाट निर्घात पिटिएका शिक्षक चन्दको घाउ केस गरिएको छैन । तीन दिनदेखि जिल्ला स्वास्थ्य कार्यालय रुकुममा उपचारका लागि भर्ना गरिएका शिक्षक चन्दले प्रहरी दबाबका कारण घाउ केस नगरिएको बताए ।
Source: naya patrika

Wednesday 19 August, 2009

झाडापखालाले थप ६ को मृत्यु

रुकुम -कास)- जिल्लामा झाडापखालाले बुधबार ३ तीनको मृत्यु भएको छ । स्यालाखदी ६ का ७ वषर्ीय बलवीर बुढा, गोतामकोट ३ का १८ वषर्ीया प्रेमकुमारी बिष्ट र आठबिसडाँडा गाउँ ३ का ३ वषर्ीय यज्ञबहादुर

शाहीको मृत्यु भएको हो । जिल्लामा झाडापखालाले मृत्यु हुनेको संख्या ५८ पुगेको छ त्यस्तै दैलेखमा बुधबार थप दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा लयाटी बृन्दासैनी-५ की ५ वषर्ीया देविसरा नेपाली र नारायण नगरपालिका-३ का ४८ वषर्ीय नौले सार्की रहेका छन् । सार्कीको झाडापखालाबाट मृत्यु भएका आफन्तको संस्कारमा खरीगैडा गएको बेला त्यहीँ निधन भएको हो । जिल्लामा झाडाका कारण २५ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी डोटीमा पनि झाडापखालाका कारण थप १ व्यक्तिले ज्यान गुमाएका छन् । स्थानीय छपाली गाविस ४ रोकाया गाउँकी रोकाय थरकी एक महिलाको झाडापखालाले मृत्यु भएको हो ।

मृतक नाथे रोकायकी श्रीमती हुन् । पखालाले च्यापेपछि उनलाई उपचारार्थ हेल्थपोस्ट लग्दै गर्दा मृत्यु भएको थियो । उनीसहित डोटीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
Source:Kantipur

Saturday 15 August, 2009

झाडापखाला नियन्त्रणमा लागेका सभासद् नै प्रभावित

रुकुम, (नेस) झाडापखाला नियन्त्रण गर्न भनी काठमाडौंबाट विमान चढेर रुकुम पुगेका एकीकृत माओवादीका सभासद् आफैँ झाडापखालाबाट प्रभावित भएकी छन्।


सभासद् कमला रोकाको नेतृत्वमा जिल्लाको पुर्तिमकाँडा, गरायला, सिम्ली, अर्मा, खोलागाउँलगायतका गाविसमा एकीकृत जनस्वास्थ्य अभियान तथा झाडापखाला नियन्त्रण गर्न भनी गाउँ पसेको थियो। सभासद्को टोली पुर्तिमकाँडा पुग्दा शुक्रबार बिहान सभासद् रोकालाई झाडापखाला भएपछि स्थानीय मेडिकलमा सामान्य उपचार भएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाको सुरक्षामा खटिएका प्रहरी तथा इलाका प्रहरी कार्यालय पुर्तिमकाँडाका प्रहरी टोलीले रोकालाई स्थानीय बाँसको स्टेचर बनाएर उपचारका लागि चौरजहारी पुर्याएका थिए। टोलीको नेतृत्व गरेकी सभासद् रोकालाई झाडापखाला लागेपछि रोकासँग रहेका अन्य माओवादी कार्यकर्ताहरू झाडापखाला नियन्त्रण अभियान छोडेर सभासद्को उपचारमा खटिएका छन्।
Source:Nepal Samacharpatra

Sunday 9 August, 2009

बाबुराम भट्टराईको जाजरकोट यात्रा

म सहित हाम्रो पार्टीका चार जना सभासद्को टोलीले रुकुम र जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्‍यौं । त्यस क्रममा हामी जाजरकोटको मजकोट गा.वि.स.को पराले त्यसैगरी नायकवाडा गाविसको मैना र जाजरकोट सदरमुकाम खलंगा पुग्यौं । यस्तै, रुकुमको अति प्रभावित क्षेत्र गोतामकोट र राडी आठविसकोटमा पनि पुग्यौं । अन्त्यमा रुकुमको सदरमुकाम मुसिकोट पुगियो । यी दुईवटा जिल्लाको भ्रमणबाट के देखा पर्‍यो भने वाहिर करिव डेढ सय मानिसको मृत्यु भएको भनिएपनि भित्री रुपमा दुई सयको आसपास स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका रहेछन् । साथै विसौं हजार जनताहरु रोग र महामारीबाट पीडित छन् । जाजरकोटका तीसमध्ये सबै गाविस झाडापखालाबाट प्रभावित र २६ वटा गाविसमा मानिसको मृत्यु भएको रहेछ ।

बाहिरी रुपमा हेर्दा झाडापखालाको महामारीले मान्छे मरेको भनिए पनि मुख्य रुपमा त्यहाँको गरीबी, भोकमरी, दुषित पानी र खडेरीको प्रभावबाट अधिकांश मान्छेको ज्यान गएको हामीले थाहा पायौं । मर्नेमध्ये धेरैजसो दलित, विकट वस्तीका जनता र असाध्यै गरीबहरु हुनुले पनि के पुष्टि गर्छ भने रुपमा यो झाडा-पखाला भनिए पनि सारमा यो गरीबीको कारणले सिर्जित भोकमरीनै मृत्युको मुख्य कारण भएको बुझियो ।

यसक्रममा सवभन्दा दुःखद पक्ष के हो भने गणतन्त्र नेपालको स्थापना भैसकेपछि पनि हामीले ठूला विकास निर्माणका कुरा त गर्‍यौं तर ती विकट गाउँमा वास्तवमै कसैको ध्यान पुगेको छैन । जनता अहिले पनि गरीवी, वेरोजगारी र भोकमरीले मरिरहेको अवस्था छ । प्रत्यक्ष त्यहाँ पुगेर हेर्दा खासगरी मजकोटको पराले गाउँमा जुन खालको कुपोषणबाट मान्छे ग्रसित छन्, दरिद्रता, गरीवीपन आम रुपमा त्यहाँ देखा पर्दछ, त्यहाँ गरीवीको चरम रुप हामीले देख्यौं । त्यसैले हामीहरुलाई यो एक्काइसौं शताव्दीको नेपाल हो भनेर भन्न पनि साह्रै लज्जावोध भयो ।

५० वर्षदेखि विकास निर्माणका कुराहरु गर्ने, शहर-बजारका पाँचतारे होटलमा बसेर गोष्ठीहरु गर्ने र गरीवको नाउँमा खरवौं रुपियाँको ऋण देशलाई बोकाउने काम भएको छ । अहिलेसम्म हाम्रो झण्डै चार खर्वको विदेशी ऋण भैसकेको छ । तर बहुसंख्यक गाउँमा बस्ने जनता भोकले मर्न बाध्य छन् । त्यसले गर्दा हाम्रो राज्यसत्ता कति शोषणमूलक छ भन्ने कुरा प्रत्यक्ष प्रमाणित हुन्छ । त्यसो त हामीले १० वर्ष जनयुद्धको क्रममा यिनै गाउँ-ठाउँका जनताका वीचमा रहेर काम गरेको हुनाले त्यहाँको पछौटेपन, गरीवी, शोषण-उत्पीडनबाट हामी अनभिज्ञ थिएनौं । त्यसैले तिनै गरीव जनताको निम्ति एउटा विद्रोहको अगुवाइ हामीले गरेका थियौं । ती बिपन्न जनताले हामीलाई साथ दिएका थिए । तर अहिले गणतन्त्रको स्थापना भैसकेपछि पनि गाउँमा रहने ती जनताको पक्षमा व्यवहारिक रुपले काम हुन सकेको छैन । अलिकति काम हामीले आठ महिने शासन कालमा गर्न खोज्यौं । गत वर्षको बजेटमा अलि गाउँ केन्दि्रत जनमुखी बजेट जुन बनाउने प्रयास गर्‍यौं, त्यसलाई समेत उल्टाएर अहिले फेरि उनै टाठा-बाठा, उही एन्जी.ओ./आई.एन्.जी.ओ मार्फत् काम गराउने परिपाटि बसालिएको छ र अग्रगमनको प्रक्रियालाई रोकेर पश्चगमनतिर फर्काउने कोशिस गरिएको छ । त्यसले बहुसंख्यक गाउँमा बस्ने गरीव, दलित, जनजाति जनताको मुक्ति हुने हामीले कहीं कतै देख्दैनौं ।

रुकुम-जाजरकोटको हाम्रो भ्रमणपछि नेपालमा क्रान्ति अझै पूरा नभएको हामीले गम्भीर रुपमा महशुस गर्‍यौं । ती बहुसंख्यक उत्पीडित जनताले अहिले फेरि नयाँ ढंगले आÏनो विद्रोहलाई जारी नराख्ने हो भने राज्यसत्ता फेरि पुरानै युगतिर र्फकने गम्भिर खतरा हामीले देख्यौं । खाशगरी केही समय देखि देशमा गम्भीर खालको सैनिक सर्वोच्चता कायम भइराखेको छ । देशी र विदेशी प्रतिगमनकारी शक्तिहरुद्वारा उही हिजोका दरबारपरस्त तत्वहरु, राजाको माघ १९ पछिको कालमा मन्त्री भएका मान्छेहरु र चुनाव हारेका मान्छेहरुको गठवन्धन र कठपुतली सरकारको निर्माण गरिएको छ । त्यसले चाहिं भोकानांगा जनताको साँच्चै नै उपहास भएको छ भन्ने मलाई वोध भएको छ ।

यो भ्रमणपछि फेरि क्रान्तिकारी आन्दोलनलाई एउटा नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने लागेको छ । देशका बहुसंख्यक जनताको साँच्चै मुक्ति हामीले चाहने हो भने अहिलेको जुन अधुरो क्रान्ति र परिवर्तन छ यसलाई पूर्णतातिर लानै पर्दछ । ती जनतालाई सम्झेर फेरि एउटा त्याग र वलिदानीपूर्ण तरिकाले परिवर्तनलाई पूर्णतामा लैजाने ढंगले काम गरेनौं भने देशमा प्रतिगमन हावी हुनेछ । जुन दिशामा अहिले देश गैराखेको छ, त्यसले बहुसंख्यक जनताको हित गर्दैन भन्ने कुराको पूरा दृढ विश्वास वोकेर हामी फर्किएका छौं ।

अहिले तत्कालै ती भोकमरी र झाडापखलाको महामारीबाट पीडित जनताको राहतको निम्ति सरकारले केही गर्नु पर्दछ । त्यसमा हामीले आवाज त उठाउँला । तर त्यतिले मात्र पुग्छ भन्ने हामीलाई लाग्दैन । किनभने यो सरकार कति असंवेदनशील मात्र होइन कि कति पाषाणहृदयी छ भने शहर-बजारका मान्छे सामान्य दुर्घटनामा परेर मर्‍यो भने सडक अवरुद्ध गरेर १० लाखको क्षतिपूर्ति राहत लिने गर्दछन् । तर कठपुतली सरकारका प्रधानमन्त्रीले ती ठाउँहरुमा गएर प्रत्येक मृतक परिवारलाई १० हजार राहत दिने जुन हास्यास्पद घोषणा गरेर आए त्यसले गरीव जनताको घोर अपमान भएको वोध हामीलाई भएको छ । सामान्य दुर्घटनामा मर्नेले १० लाख पाउने तर सरकारको लापरवाही र गलत नीतिको कारणले ज्यान गुमाएका गरीव जनताको निम्ति १० हजार रुपियाँ राहत दिने कुरो सरासर अमानवीय र अन्यायपूर्ण हो । यस्ता खालका असंवेदनशील मानिसहरुबाट यी बहुसंख्यक गरीव जनताको हित हुन्छ भन्ने मलाई पटक्कै लागिराखेको छैन । त्यसैले यो भ्रमण पश्चात् नेपालमा फेरि आमूल परिवर्तनको ऐजेण्डालाई नयाँ ढंगले उठाउन जरुरी छ भन्ने मलाई वोध भएको छ ।

हाम्रा गरीब नेपाली जनता यति महान् छन्, यति धैर्यशील छन्, अहिले पनि त्यति दुःख-कष्ट सहेर बस्दाबस्दै पनि उनीहरु आशावान छन् । अहिले पनि केही हुन्छ भन्ने उनीहरुको धैर्यता देख्दा मलाई एकापट्टि उनीहरुप्रति असाध्यै सम्मानको भाव जाग्छ भने अर्कोपट्टि ती सोझा निमुखा जनताको जुन एउटा विश्वास र सम्मान छ त्यसलाई धोका दिएर शासनसत्ता चलाउनेहरुप्रति घृणा जागेर आएको छ । उनीहरुले धेरै पनि होइन सामान्य दुई छाक पेटभरि खाना मात्र पाउँदा, शुद्ध पानी मात्रै पीउन पाउँदा, विरामी भएको वेला न्यूनतम औषधी पाउँदा मात्रै पनि उनीहरुलाई चित्त बुझ्छ । तर त्यति पनि हामीले गर्न सकिराखेका छैनौं ।

हामीले देख्यौं त्यहाँका स्वास्थ्य चौकीको यस्तो वेहाल अवस्था छ, छानो पनि छैन, वर्षामास खुला चौरमा चिसो भुईमा सुताएर सलाइन चढाई राखेको छ, कतिपय ठाउँमा सलाइन पानीसम्म पुग्या छैन ।

हामीले जाजरकोटका सीडिओसंग कुरा गर्ने सन्दर्भमा बुझ्यौं- सेनाले ढुवानीको जिम्मा लिएको रहेछ भने वितरणको जिम्मा सीडिओ कार्यालयको रहेछ । उनीहरुवीचको आपसमा कुनै समन्वय नै छैन । औषधी लिएर चौरजहारीमा फ्याकीदिएको छ तर पीडित जनता अर्कोपट्ट छन् । यसरी सामान्य सरकारका आ-आÏना संयन्त्रमा पनि कुनै समन्वय नभएको त्यहाँ देखियो ।

भोकमरीको हलको निम्ति जाजरकोटका सीडिओसंग हामीले कुरा गर्‍यौं, उनी भन्छन्- "हामीसंग छत्तिस सय क्विन्टल चामल अहिले पनि विद्यमान छ ।" जनता भोकमरीले मरिरहेका छन्, चामल तुरुन्त वितरण गर्नु पर्‍यो भनेर हामीले अनुरोध गर्दा उनी भन्छन- "प्रक्रिया मिलाएर जानुपर्छ, बैठक बोलाउनुपर्छ, सहमति बनाउनु पर्छ, सहमति भएपश्चात युजर कमिटि बनाएर पठाउनु पर्दछ, फेरि त्यहाँ युजर कमिटि बनाएर पठायो त्यो युजर कमिटिले बीचैमा चामल बेचेर नक्कली बील पेश गर्छन् ।" त्यसकारण मूल समस्या हामीसंग साधन-स्रोत नभएर होइन कि सरकारको पुरानो सामन्ती राज्यप्रणाली र नालायकीपनको हो ।

विकट गाउँका जनतालाई आÏनो खेती-उव्जनीले तीन महिना सम्मपनि राम्रो संग खान पुग्दैन, नौ महिना उनीहरु वेरोजगार रहन्छन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नु सरकारको दायित्व हो । त्यसपछि मात्र उनीहरु खाद्यान्न किन्न सक्छन् । यस्तो अवस्थामा उनीहरुसंग किन्नको निम्ति पैसा पनि छैन । त्यसकारण सरकारले राहतस्वरुप आवश्यक खाद्यान्न तत्काल उपलव्ध गराउनु पर्दछ । एउटा सभ्य आधुनिक सरकारले जनताका निम्ति त्यति काम तुरुन्तै गर्न सक्नुपर्दछ । तर प्रक्रियागत कुरा भनेर जुन आल-टाल गरेको अनुभुति गर्‍यौं त्यसले पनि नेपाली राज्यसत्ता कति जर्जर छ, कति जनविरोधी र असंवेदनशील छ भन्ने कुराको पुष्टी गर्दछ ।

त्यसैले त आमरुपमा दश वर्षे जनयुद्धका क्रममा देखेको र म आफै पनि गाउँमा जन्मेको हुनाले गरीब जनताका ती पीडाहरु शुरुदेखि मलाई वोध नभएको होइन । दश वर्षे महान् जनयुद्धमा गाउँका गरीब जनताले हामीलाई जुन ढंगले साथ दिए, वलिदानी गरे, अब त्यसपछि पनि ती जनताको जीवन स्तरमा कुनै परिवर्तन नआउनु साँच्चै एउटा पीडा महशुस हुने गर्छ मलाई । अब अधूरो क्रान्ति र परिवर्तनलाई पूरा गर्नको निम्ति फेरि नयाँ ढंगले क्रान्तिलाई निरन्तरता दिनुपर्दछ भन्ने थप वोध मलाई भएको छ ।

आफ्नै आखाँको अगाडि मैले देखेको ती गरिव-दुःखी निमुखा जनताका पीडादायी क्षण अहिले पनि मेरो मष्तिष्कमा वरिपरि झलझली घुमिराखेको छ । ती जनताको मुक्तिको निम्ति केही गर्नैपर्छ । ती गरीब जनतालाई हामीले न्याय दिन सकेनौं भने हामीले शुरु गरेको यो अभियान र यत्रो ठूलो वलिदानको कुनै सार्थकता रहँदैन । त्यसैले पनि म सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-वहिनीहरु र विशेष गरी युर्वावर्गलाई फेरि एक चोटि मुटुमा हात राखेर गम्भिरतापूर्वक सोच्न र ती जाजरकोट-रुकुम लगायतका विकट जनताका समस्यालाई केन्द्रमा राखेर चिन्तन गर्न म हार्दिक आग्रह गर्दछु ।
Source : Naya News

Monday 27 July, 2009

झाडापखालासँगै खाद्यान्न अभाव

कान्तिपुर संवाददाता


रुकुम, जिल्ल्ाामा झाडापखालाको महामारीसँगै खाद्यान्नको पनि अभाव भएको छ । यहाँ दर्जन गाविसमा खाद्यान्न्ा नभएर अर्को समस्या देखिएको हो ।
झाडापखालाका कारण जिल्लामा ६ हजार ५ सयभन्दा बढी प्रभावित भएका छन् । ३६ जनाको मृत्यु भइसकेको छ । लामो खडेरीका कारण प्रमुख हिउँदे बाली गहुँ उत्पादनमा कमी आएपछि खाद्यान्न्ा अभाव देखिएको हो ।

पूर्वी गाविसहरू महत, कोल, काँक्री, मैकोट, तकसेरा, जाङ, हुकामलगायतमा खानेकुरा अभाव हुँदै गएको स्थानीयवासीले बताए । मकै, आलु र फापर खाएर जीवन निर्वाह गर्ने यहाँका बासिन्दा ५ महिनादेखि पानी नपरेको बताउँछन् । कोलका तारा पुनले भने, 'यही चाल हो भने आउँदो वर्ष खान नपाएरै मरिन्छ ।' जिल्ला कृषि कार्यालयका अनुसारको गोतामकोट, स्यालाखदी, सिस्ने, मग्मालगायत पश्चिमी गाविसमा प्रमुख हिउँदे बाली गहुँ उत्पादन अघिल्लो वर्षभन्दा झन्डै दुई गुना घटेको छ ।

झाडापखाला प्रभावित गोतामकोटवासीले खाद्यान्न अभावका कारण अत्यधिक मासु प्रयोग गर्ने गरेको जिल्ला जनस्वास्थ्यका डा. अपूर्व कार्कीले जानकारी दिए । उनका अनुसार मासुको बढी प्रयोगले पनि झाडापखाला फैलिन सहयोग गरेको छ । 'यसपालि पनि खाद्यान्न्ा अभाव भयो,' कोल ४ का मनवीर बुढा भन्छन्, 'अब के खाने समस्या छ ।' उनका अनुसार गाउँमा दुई सातादेखि खानेकुरा अभाव भएको हो ।

गाउँगाउँका उपभोक्ता अहिलेदेखि नै अत्तालिएका छन् । 'यसपालि अन्न्ा उत्पादन भएन,' मैकोट ५ कुलवीर बुढा भन्छन्, 'के खाने भन्न्ो समस्या छ ।' पेटभरि खानै नपाइने भो । 'गाउँमा बसेर खान नपाइने भो ।' पुर्तिमकाँडाका पदम सुनारले कान्तिपुरसित भने, 'गाउँबाट पलायन हुने स्थिति भइसक्यो ।' उनका अनुसार खाद्यान्न्ा संकट भएपछि १२/१५ परिवार भारत पलायन भइसकेका छन् ।

जिल्ल्ाामा यस वर्ष ९ सय ६० टन खाद्यान्न्ा अपुग भएको जिल्ल्ाा कृषि विकासले जनाएको छ । अघिल्लो वर्षको कुल खाद्यान्न्ा उत्पादन ५० हजार २ सय २१ मेटि्रक टन छ । यस वर्ष जिल्ला बाहिर गएको खाद्यान्न्न ३ हजार ८ सय ९२ टन रहेको कृषिले जनाएको छ । कार्यालयका अनुसार ४६ हजार ३ सय २९ मेटि्रक टन खाद्यान्न्ा खास प्रयोग भएको छ । जिल्लामा आवश्यक पर्ने ४७ हजार २ सय ८९ टन रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । उसका अनुसार जिल्लाको जनसंख्या वृद्धिदर १ दशमलव ९२ प्रतिशतले वृद्धि भएको तर त्यसअनुसार उत्पादन वृद्धि हुन नसकेपछि खाद्यान्न्ा अभाव भएको हो ।



Posted on: 2009-07-27 20:23:11

Source:Kantipur

Wednesday 22 July, 2009

रुकुममा झाडापखालाबाट मर्नेको संख्या ३६पुग्यो

नेपालीप्रेस डटकम डिसीनेपाल डटकम - संवाददाता-रुकुममा महामारीको रुपमा फैलिएको झाडापखालाका कारण आज ३ तीनजनाको मृत्यु भएपछि झाडापखालाबाट मर्नेको संख्यायस जिल्लामा ३६ पुगेको छ ।झाडापखालाका कारण वुधवार भलाक्चा ७ की ७० वषिर्य भद्रकली ओली, अर्मा-५ की भुमी विक र गोतामकोट ३ का ३७ वषिर्य अर्जुन खत्रीको मृत्यु भएको हो ।

झाडापखालाको प्रभाव जिल्लाको १७ गाविसमा फैलिएको छ भने ६ हजार ४ सयवढि प्रभावित छन । दुषित पानी सुद्धिकरण नगरि पिउने गरेकाले र फोहर खानाका कारण रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयका डा.विनोद गिरिले वताए ।रोगको अति प्रभावित गाविस गोतामकोटमा रोग नियन्त्रणमा आउन सकेको छैन । वुधवार औषधीसहित नेपाली सेनाको हेलिकप्टरवाट थप औषधी पूर्तिमकाँडा पुर्‍याइएको छ । भैरवी दल गणका गणपति राजाराम केसीका अनुसार चिकित्सक शान्ति विष्ट सहित एक दर्जन स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।
यसैबीच झाडापखालाको प्रकोपबाट मंगलवार जुगाडा गाविसमा थप एक महिलाको मृत्यु भएको छ । रोकायाको मृत्युसंगै झाडापखालाबाट हालसम्म बाजुरामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।पछिल्लो पटक मृत्यु हुनेमा जुगाडा-७ बसालाकी ३० वषर्ीया मना रोकाया रहेकी छन् । रोकायाको मृत्युसंगै जुगाडा गाविसमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आषाढ यता सुरु भएको झाडापखालाले महामारीको रुप लिएपनि स्थानीय स्वास्थ्य चौकीमा मात्रै होइन, जिल्ला स्वास्थ्य कार्यालयमा समेत आवश्यक औषधी नभएको निमित्त प्रमुख रामचन्द्र यादवले बताए ।

Tuesday 21 July, 2009

जिल्लामा १६ उच्च मावि

रुकुम -कास)- जिल्ल्ाामा उच्च मावि संख्या सोह्र पुगेको छ । यस वर्ष ४ वटा उच्च माविले स्वीकृति पाएका छन् । चार वर्षयता जिल्लाका त्रिभुवन जनता उच्च मावि खलंगा, शीतल उच्च मावि चौरजहारी, रुक्मिनी उच्च मावि रुकुमकोट, वीरेन्द्र उच्च मावि बाँफीकोट, त्रिवेणी उच्च मावि रुँघा सिम्रुतु, मुसीकोट खलंगा बहुमुखी क्याम्पस, हिमालय उच्च मावि खोलागाउँले पठनपाठन गराउँदै आएका थिए ।

यस वर्ष जनजागृति मावि महत, मावि लुकुम, जनता मावि पोखरा, हिमालय मावि प्वाड, जनकल्याण मावि पीपल, सहिद शुक्र मावि सीमा, महेन्द्र मावि छिवाड, बालकल्याण मावि आठबिसकोट, राप्ती ज्ञानोदय मावि सिम्ली, महेन्द्र मावि तकसेरा र पर्वत मावि कोलले सम्बन्धन पाएका हुन् ।

रुकुम बन्दले खाद्य संकट

६ साउन, दाङ । उद्योग वाणिज्य संघ रुकुमले गरेको अनिश्चतकालीन बन्दले जिल्लामा खाद्य संकट परेको छ । भत्कीएका सडक मर्मत गर्ने जिल्ला प्रशासन कार्यालयसँग भएको सहमति कार्यान्वयन माग गर्दै संघले सोमबारदेखि जिल्ला बन्द गरेको छ ।

संघको आह्वानमा सदरमुकाम खलङगा, मुख्य व्यापारीक केन्द्र चौरजहारी, रुकुमकोट, बाँफिकोट, बैराग्ाीठाँटी, झुल्नेटालगायतका बजारहरु बन्द भएपछि गाउँहरुमा दैनिक उपभोग्य खाद्य सामाग्रीको अभाब भएको छ । बन्दकर्ताले सदरमुकाममा तरकारी, दुध, दहि लगायतका बस्तुमा पनि प्रतिबन्ध लगाएका छन् ।

रुकुमको झुल्नेटादेखि सदरमुकाम खलङ्गासम्म सडक ग्राभेल गर्दा ठेकेदारले लापर्बाही गरेको र स्थानीय प्रशासनले मर्मतमा चासो नदेखाएको संघले आरोप लगाएको छ । आफूहरुको मागको सुनुवाइ नभएसम्म बन्द जारी रहने उद्योग बाणिज्य संघ रुकुमका कोषाध्यक्ष प्रबिर डाँगीले बताउनुभयो ।

Sunday 19 July, 2009

सडक निर्माणमा ढिलाइ

कान्तिपुर संवाददाता


रुकुम, रकम अभावका कारण जिल्ल्ाा सदरमुकामदेखि बागलुङको बुर्तिवाङ जोड्ने सडक निर्माणमा ढिलाइ भएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडक निर्माणमा पर्याप्त रकम विनियोजन नभएपछि ढिलाइ भएको हो ।
मोटर बाटो बनाउन चार वर्षअघि नेपाली सेनाको मुसिकोट-बुर्तिवाङ सडक निर्माण कार्य गणले जिम्मा लिएको थियो । तीस किलोमिटर निर्माण कार्य सम्पन्न्ा गरिएको गणले जनाएको छ । यस वर्ष ३ करोड २० लाख प्राप्त भएको सेनानी इन्दिवर गुरुङले बताए ।

९ करोडको अनुमानित लागत योजना राष्ट्रिय योजना आयोगमा पेस गरिएको समेत उनले बताए । 'अर्को आर्थिक वर्षसम्ममा सबै रकम आएमा रुकुमकोट बाटो पुर्‍याउने लक्ष्य छ,' गुरुङले भने, 'रकम सबै आउँदैन, त्यसैले समस्या भएको हो ।' गणका अनुसार सुरक्षा बेस क्याम्प टाढा भएकाले समस्या छ ।


source: Kantipur
Posted on: 2009-07-18 20:16:35

Wednesday 15 July, 2009

रुकुममा पहिलो भूकम्प प्रतिरोधात्मक विद्यालय भवन

रुकुमकोट गाविसको रुक्मिणी उच्चमाविमा जिल्लामै पहिलोपटक भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । तीनकोठे सो भवन युनाइटेड मिसन टु नेपाल, रुकुम र जिटिजेडको रु. नौ लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।

रुकुमकोटमा सञ्चालित विद्यालय सुधार कार्यक्रमअन्तर्गत विद्यार्थी र विद्यालयलाई प्रकोपबाट सुरक्षित राख्नका लागि भवन बनाउन सहयोग गरिएको प्रकोप व्यवस्थापन अधिकृत रामनाथ ओझाले बताए ।

ओझाका अनुसार गत माघदेखि भवन निर्माणको काम थालिएको हो । सो भवन निर्माणका लागि उक्त संस्थाले गाउँका मजदुरहरुलाई भवन निर्माणसम्बन्धी एक सातको तालिम दिएको युनाइटेड मिसन टु नेपाल, रुकुम कलस्टर शिक्षा अधिकृत हीरालाल श्रेष्ठले बताए ।

यस वर्षको जिल्ला परिषद्ले रुकुमका सबै विद्यालय र अन्य कार्यालयहरुमा पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न थालनी गरेको छ ।
Source: नेपाल दुबई डट कम

Thursday 9 July, 2009

माओवादी कार्यकताको हत्या

रुकुममा माओवादीनिकट दलित मुक्ति मार्चाका कार्यकर्ता जितलाल कामीको गएराति खलंगाको पातुखोला बजारमा हत्या भएको रुकुम प्रहरीले बताएको छ ।जिल्लाकै मैकोट गाबिस निबासी कामीको हत्या कस्ले गरेको भन्ने बारे केहि नखुलेको र जिल्ला प्रहरी कार्यालय रुकुमले अनुसन्धान गरीरहेको छ ।

Source: US Nepal.com
Posted by Anjan Dhakal at Thursday, July 09, 2009

तुलसीपुर-रुकुम सडक सुचारु

दाङ -कास)- पहिरोका कारण अवरुद्ध भएको राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुरदेखि रुकुमको मुसिकोटसम्मको सडक बुधबार बिहानदेखि सुचारु भएको छ । तुलसीपुर नगरपालिका १ साततलेमा मंगलबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । वषर्ाका कारण एक सातादेखि लगातार खसेको पहिरोले मंगलबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध गर्दा दाङ, सल्यान र रुकुमका यात्रुलाई समस्या परेको थियो ।

Source:Kantipur

झाडापखाला व्यापक,जाजरकोट र रुकुममा एकैदिन १६ को मृत्यु

जे पाण्डे / जाजरकोटमा भीमबहादुर सिंह र


नेपालगन्ज, झाडापखालाको प्रकोप बढेका ठाउँमा मन्त्री र सचिवको टोली हेलिकप्टरमा दुई पटक घुमिसकेका छन् । औषधिसहितको चिकित्सक टोली खच्चड, भरिया प्रयोग गरी दुर्गम बाटो लम्कँदै छ । समयमै औषधि नपुग्दा प्रकोपबाट बुधबार मात्रै जाजरकोट र रुकुमममा आठ/आठ जना बिरामीको मृत्यु भएको छ ।
मन्त्रीहरूले हेलिकप्टर भ्रमण गरेर फर्केको २४ घन्टा नबित्दै जाजरकोटको पुन्मालगायत गाविसमा औषधि उपचार नपाई आठ जनाको मृत्यु भएको हो ।

वैशाखयता बढेको प्रकोपबाट कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सरकारी निकायमा छैन । अनौपचारिक क्षेत्र सेवाकेन्द्र -इन्सेक) ले जाजरकोटमा मात्र ७४ को मृत्यु भएको जनाएको छ । लह गाविस ८ का ५५ वषर्ीय बहादुर खडका र उनका २५ वषर्ीय छोरा कालीबहादुर खडका, ढिमे २ की २५ वषर्ीया गौरी नेपाली र उनकी ६ वषर्ीया छोरी कालिकाको मृत्यु भएको छ ।

मजकोट गाविस ४ का ३० वषर्ीया रूपा खडका, पुन्मा गाविस १ का ४८ वषर्ीय तीर्थ शाही र कार्ताग ४ का ६० वषर्ीय कुमार बस्नेतको पनि मृत्यु भएको हो ।

रुकुमको दक्षिणी भेगका तीन गाविसमा दुई दिनदेखि फैलिएको झाडापखालाले आठ जनाको मृत्यु भएको हो । गोतामकोट २ का गजे कामी, बले कामी, गोतामकोट ५ का मनमती विश्वकर्मा, ललिता मल्ल, जितबहादुर नाथ, पूर्तिमकाँडा ५ का देउरूपा परियार, पूर्तिमकाँडा ७ का रूपलाल पुन र मग्मा ३ का कली नेपालीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. विनोद गिरीले जनाए ।

प्रभावित क्षेत्रमा चिकित्सक अनुप कार्कीको नेतृत्वमा तीन टोली पठाइएको उनले बताए । जिल्ला अस्पतालमा पनि झाडापखालाका बिरामीको चाप बढेको छ ।

जाजरकोट जनस्वास्थ्य कार्यालयले स्वास्थ्य विभागलाई महामारीको अवस्थाबारे जानकारी दिई औषधि र स्वास्थ्यकर्मी पठाएर सघाउन भने पनि विभागले चिकित्सक र औषधि पठाउने प्रयास गरेको छैन ।

एमाले र कांग्रेसलगायत राजनीतिक दलले स्वास्थ्यमन्त्रीँूग औषधि र चिकित्सक छिटो पठाउन हेलिकप्टर माग गरेका छन् । 'रोग प्रभावित क्षेत्रका चार स्थानलाई केन्द्र बनाएर औषधिसहित चिकित्सक पुर्‍याउनुपर्‍यो भनेका थियौं,' एमाले सचिव लालबहादुर शाहीले भने, 'इन्धन छैन भनेर टोली फक्र्यो ।' दलहरूले खगेनकोट, थल, लिम्सा र दहका बासिन्दालाई उपचार गर्न व्यापक रूपमा स्वास्थ्य शिविर सञ्चालनको माग गरेका छन् ।

मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले छिटो साधन नपाएकाले स्वास्थ्य टोली र औषधि पैदल मार्गबाट गएको जनाएको छ । साधन नपाएकाले कोही हिँडेर गएका छन् भने कोही नेपालगन्जबाट चौरजहारीसम्म जहाजमा र त्यसपछि हिँडेर जाँदैछन् । स्वास्थ्यकर्मी औषधिसहित भरिया र खच्चडमा बुधबार बिहान पैदलै गाउँतिर हिँडेका छन् । क्षेत्रीय निर्देशक आनन्द श्रेष्ठले भने, 'हिँडेर र घोडामा औषधि बोकाएर पठाउनुपरेको छ ।' सदरमुकामबाट हिँडेर जाँदा ३/४ दिन लाग्ने हँुदा बिरामी समयमै उपचार पाउनबाट वञ्चित हुने भएका छन् ।

स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, स्वास्थ्य राज्यमन्त्री खडगबहादुर सार्की, जाजरकोटका विधायक कालीबहादुर मल्ल र स्वास्थ्य सचिव दीर्घसिंह बमसहितको टोलीले नलगेकाले स्वास्थ्यकर्मीहरू पैदल महामारी फैलिएका ठाउँतर्फ हिँडेका

हुन् । हेलिकप्टर भ्रमणमा रहेका मन्त्री, विधायक र सचिवको टोली दशेराको थल गाउँमा उत्रेको थियो । औषधि उपचार नै नपाई सर्वसाधारणले ज्यान गुमाइरहेका बेला उक्त टोली सीमित औषधि छाडेर फर्केको थियो ।

क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले पठाएको औषधि पनि छिटो ढुवानी नहुँदा प्रभावित क्षेत्रमा पुगेको छैन । स्टोरले विश्व स्वास्थ्य संगठनबाट प्राप्त आपतकालीन औषधिको किट सेट १ सय ४७ कार्टुन र झाडापखालाका लागि स्लाइनसहितको ८५ कार्टुन औषधि पठाएको ४ दिन भइसके पनि प्रभावित ठाउँमा पुग्न बाँकी नै छ । जिल्लाका दुई स्वास्थ्य केन्द्रमा चिकित्सक छैनन् ।

इन्सेकले २१ ग्ााविसमा महामारी फैलिएको र मृत्यु हुनेको सख्या ७४ पुगेको जनाएको छ । क्षेत्रीय संयोजक भोला महतले विज्ञप्तिमार्फत जनाएअनुसार ती क्षेत्रमा ६ हजारभन्दा बढी बिरामी भएका छन् ।

स्वास्थ्य केन्द्र पुग्नै नपाई बिरामीको मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. कृष्णहरि सुवेदीले टेलिफोनमा कान्तिपुरलाई बताए । सुवेदीले रोग प्रभावित गाउँमा पर्याप्त औषधि नभएको र स्वास्थ्य टोली परिचालन हुन नसकेको बताए ।

चिकित्सक नहुँदा कतिपय रोगी झारफुकतिर लाग्न बाध्य छन् । कोर्तागस्थित चैते, मजकोटको ४ स्थित डाँडाकोट र नायकबाडा १ स्थित भैलोखाना, ढिमेको तर्पेनालगायत दर्जनौं दुर्गम गाउँ स्वास्थ्यकर्मी र औषधि छैनन् । मजकोटका स्थानीय बासिन्दा सुरेन्द्रबहादुर सिंहले भने, 'ती गाउँहरूमा औषधि उपचार नपाएर मृत्यु भएको छ ।'

जिल्लाको ३० गाविसमध्ये कोर्ताग, लह, पुन्मा, मजकोट, ढिमे लगायतका गाउँ बढी प्रभावित छन् । जिल्ला अस्पताल, स्थानीय स्वास्थ्य संस्था र निजी मेडिकलहरूमा उपचारका लागि सयौं बिरामी आएका छन् । सल्यानमा भने झाडापखाला प्रभावित सुइकोट गाविसका १,४, ५, ६, ७ र ८ नम्बर वडामा १ सय १६ जनालाई उपचार गरेको र एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कुवाको दूषित पानी र सडेगलेको खाद्यान्न खाएका कारण त्यहाँ झाडापखाला फैलिएको डा. उमाशंकरप्रसाद चौधरीले बताए ।



Posted on: 2009-07-08 21:01:17 Source: Kantipur

Wednesday 8 July, 2009

रुकुमेली अभियानको बैठक सम्मपन्न

क्वालालम्पुर स्थित नेपाल हाउस रेष्टुरेण्टमा रुकुम जनजागरण युवा अभियानको प्रथम बैठक समपन्न भएकोछ । हालै गठित तदर्थर् समितीको बैठकमा अभियानको अबको भावी कार्यायोजना अहिलाको गतिविधिमा ब्यापक छलफल गरिएको थियो । यहाा कार्यरत सम्पूर्ण रुकुमेली युवाहरुलाई कसरी अभियानमा आवद्ध गराउने र सदस्यता प्रधान गर्न बिषयमा बैठकमा उपस्थित सबैले धारण राखेका थिए ।

विगतका दिनहरुमा पनि स्थापना भएर सेलाएको अवस्था धेरै भएकोले अब सबैजनाले आ-आˆनो ठााउबाट सक्रियताकासाथ भूमिका निभाउनु पर्ने टंक चन्दले आˆनो धारणा राखेका थिए । अब अभियानका बाधा चुनौती र अभियानको भावी योजनाहरुलाई कसरी हामीले अगाडि लैजाने बिषयमा अध्यक्ष मनिराम बटालाले स्पष्ट पारेका थिए । त्यसै बैठकले तदर्थ समितीमा टंक चन्दलाई सल्लाहाकार समितीमा चयन गरेकोछ । भने हस्त बहादुर मल्ल, चन्द्र जंग चन्द, नरेन्द्र धितालाई नियुति गरेर १५ सदस्य कमिटी पुर्‍याएको छ । अभियानको आगामी बैठक २६ जुलाईमा बस्ने निणर्ाय पनि बैठकले गरेको छ ।

Source:www.nepalmalayakhabar.com

Tuesday 7 July, 2009

तुलसीपुर-रुकुम सडक अवरुद्ध

दाङ, पहिरोका कारण तुलसीपुर-मुसिकोट सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । तुलसीपुर १, साततलेमा मंगलबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको हो । वषर्ाका कारण सातादेखि लगातार खसेको पहिरोले मंगलबार सडक पूर्ण रूपमा अवरुद्ध गरेको हो । पहिरो हटाएर यातायात सुचारु गरिँदै आएको साततलेमा फेरि थप पहिरो खसेपछि यातायात ठप्प भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । लगातार पहिरो खसिरहेकाले अवरोध हटाउन कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।
Source: Kantipur
Posted on: 2009-07-07 20:37:10

Sunday 5 July, 2009

आयो मगरको भूमे

रोल्पा रुकुम लगायतका अठार मगराँत क्षेत्रका मगर जातिको पर्व भूमे। असार १ देखि सुरु भएको छ। प्रकृति पुजक मगर जातिले बालीनाली राम्रो होस् बाढी-पहिरो नआओस् भनेर भूमिको पूजा गर्न यो पर्व मनाउँछन्। विभिन्न मेलोमा राजधानीमा अल्झिएका मगर जातिका तरुन तन्नेरी मात्र होइन बूढाबूढी पनि परम्परागत पहिरनमा सजिएर कम्मर मर्काएर नाचे। स्कुल र कलेजका ठिटाठिटी आफ्ना पूर्खाले लगाएका पहिरन सम्झिएर एक दिन भए पनि लगाएर नाचे। बन्दका कारण उनीहरु िहंडेर खुलामाच पुगेका थिए।
sabhar: Nabin Binhas HATARU

Wednesday 1 July, 2009

झाडापखालाबाट रुकुममा ३ को म्रित्यु

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम - संवाददाता
झाडापखालाबाट रुकुममा ३ जनाको म्रित्यु भएको छ । म्रित्यु हुनेमा घेत्मा गाविस ८ का ४५ वर्षीय कलाराम पुन,वाफिकोट १ का दीपक नेपाली र महत ४ का ३२ वर्षीय देउसरी छन् । झाडापखालाबाट घेत्मा-४ का कृष्णा विक,निर्मल विक र महत-४ का राजन विक र प्रवेश विक पनि बिरामी परेका छन् । झाडापखालाको महामारी फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय,रुकुमले दुई वटा स्वास्थ्य टोली रोगप्रभावित क्षेत्रमा पठाइसकेको डा.विनोद गिरीले बताउनुभयो ।

Tuesday 30 June, 2009

अठार वर्षबित्दा पनि आएन सहयोग

रुकुम/रास-
'सर हाम्रो विद्यालयलाई सहयोग गर्नुपर्‍यो, अब हामी आफैं पैसा उठाएर बालबालिका पढाउन सक्ने अवस्थामा छैनौं,' यो भनाइ कुनै दातृनिकायको अफिसमा भनिएको होइन । स्थलगत अनुगमनमा हिँडेका स्थानीय विकास अधिकारी र जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिसमक्ष एकै स्वरमा सहयोगको आग्रह गरे साखँ सात क्वाम्म गाउँका स्थानीयवासीले ।

कक्षा ४ सम्म सञ्चालित साइकुमारी प्राविलाई २०४७ सालमा जिल्ला शिक्षा कार्यालय रुकुमले सञ्चालन अनुमति दिएको हो । तर, हालसम्म कुनै सहयोग नगरेकाले विद्यालय बन्द हुने अवस्थामा पुगेको स्थानियवासीको दुखेसो छ । 'सदरमुकाम नजिकको विद्यालयमा त राज्यको ध्यान पुगेको छैन भने विकट ठाउँका विद्यालयको अवस्था झन् के होल्ाा -' स्थानीयवासीको गुनासो सुनेपछि स्थानीय विकास अधिकारी र राजनीतिक दलका प्रतिनिधिले गम खाए ।

'विद्यालय खोल्न अनुमति दिएको १८ वर्षभइसक्यो, तर न त सरकारले शिक्षक दरबन्दी दियो, न कुनै राहत नै । बारम्बार सहयोगका लागि आग्रह गरे पनि सहयोग भएको छैन,' स्थानीय बलबहादुर गिरीले दुखेसो गरे । कसैले सहयोग नगरेपछि छोराछोरी पढाउन गाउँमै पैसा उठाएर दर्ुइ शिक्षक राखेर हालसम्म चलाएको उनले बताए । जिल्ला शिक्षा कार्यालय रुकुमले भने सो स्थानमा विद्यालय छ भन्नेसमेत थाहा नभएको जनायो ।

बजेट अभावले ँरुकुम उज्यालो’ अलपत्र

कान्तिपुर संवाददाता


काठमाडौं, एक वर्षभित्र रुकमका सबै घरमा उज्यालो पुर्‍याउने सरकारको बहुचर्चित कार्यक्रम बजेट अभावमा अलपत्र भएको छ ।
माओवादी सरकारले रुकुमका ३५ हजार घरलाई विद्युत् प्राधिकरणको ग्रीड, लघु जलविद्युत्, सोलार, वायु ऊर्जा गरी सबै वैकल्पिक उपायद्वारा विद्युतीकरण गर्ने घोषणा गरेको थियो ।

विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि करिब २५ करोड रुपैयाँ अपुग भएको संयोजक भरतराज पौडेलले बताए ।

जिल्ला विकास समिति, केन्द्र, तत्कालीन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय हुँदै अर्थमा प्रस्ताव पुगेको थियो । निर्णय हुनै लागेका बेलामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि अर्थमन्त्री डा. बाबुराम भट्टराईले स्वीकृत नगर्दा कार्यक्रम अहिले अलपत्र परेको स्रोतले बतायो । तत्कालीन माओवादी सरकारका अरू मन्त्रीहरूले भने अघिल्लो मिति राख्दै महत्त्वपूर्ण निर्णय गरेका थिए ।

डेनमार्क, नर्वे सरकारको 'ऊर्जा क्षेत्र सहयोग कार्यक्रम' -इस्याप), राष्ट्रसंघीय विकास कार्यक्रम र विश्व बैंकको सहयोगमा सञ्चालित ग्रामीण ऊर्जा कार्यक्रमबाट करिब ६० करोड रुपैयाँ, जनश्रमदान, रुकुमका गाविस र जिविस सबै गरेर खर्च जुटाउँदा पनि रकम अभाव भएको हो । यो कार्यक्रमको अनुमानित कूल लागत एक अर्ब रुपैयाँ छ ।

रुकुमका कुल घरधुरीमध्ये ३० हजारलाई लघु तथा साना जलविद्युत्मार्फत उज्यालो पुर्‍याउने योजना छ । लघु जलविद्युतका लागि केन्द्रले १ सय १४ वटा योजनाको विस्तृत अध्ययन गरिसकेको थियो । तीमध्ये २५ वटा योजना केन्द्रको प्राविधिक समितिले मूल्यांकन गरिसकेको छ । दोस्रो चरणको विस्तृत अध्ययनका लागि केन्द्रका प्राविधिकहरू रुकुम पुगेका छन् ।

जिल्लामा २५ वटा उपभोक्ता समितिहरू जलस्रोत समितिमा दर्ता भएर कामका लागि तयारी अवस्थामा रहेको पौडेलले बताए ।

बाँकी ५ हजार घरलाई सोलार तथा वायु ऊर्जाबाट विद्युत् आपूर्ति गरिने कार्यक्रम छ । वायु ऊर्जा जिल्लाकै लागि नौलो प्रविधि हुनेछ । काठमाडौंस्थित यूबीएस वान्ड पावर सिस्टम भन्ने कम्पनीले वायु ऊर्जाको सर्भेसमेत गरिसकेको छ ।

पौडेलका अनुसार वायु ऊर्जाका लागि केन्द्रले पनि २५ वटा ठाउँमा हावा मापन गरिसकेको छ । सौर्य र लघु जलविद्युतमार्फत विद्युतीकरण हुन नसकिने ठाउँमा यो प्रविधिले उज्यालो पारिने उनले बताए ।

केन्द्रले तयार पारेको प्रतिवेदनअनुसार जिल्लाभरि ३ हजार २ सय ५० किलोवाट बिजुली उत्पादन गरिनेछ । त्यसमध्ये तीनवटा ५ सय किलोवाटको हुनेछ । यी तीनवटालाई भोलि राष्ट्रिय प्रसारण लाइनमा समेत जोड्न सकिनेछ । सामान्यता एक किलोवाट विद्युत् उत्पादन गर्न २ हजार अमेरिकी डलर लागे सस्तो मान्छि ।

रुकुमका हरेक गाविसले २ लाखदेखि १८ लाख रुपैयाँसम्म आर्थिक सहायता जुटाएका छन् । गाविसबाट मात्र साढे दुई करोड रुपैयाँ संकलन उठएको पौडेलले बताए । त्यसबाहेक आयोजनाको कुल लागतको करिब २५ प्रतिशत जनश्रमदानबाट बेहोर्ने

योजना छ ।



Posted on: 2009-06-30 20:47:52

Sunday 28 June, 2009

चलचित्रकर्मी सहित एमाले अाचल कमिटीका सदस्य रुकुमेली हस्तबहादुर केसी पनि माओवादीमा


१३ असार।

काठमाडौंं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबली। नीर शाह मौसमी मल्ल दीपक श्रेष्ठ अन्जु पन्त इकु राजेन्द्र खड्गीलगायत १०८ जना कलाकार माओवादीमा प्रवेश। माला र अबिर लगाउँदै अध्यक्ष प्रचण्डले स्वागत गरिरहेको बेला पानी पर्यो। पानी परेपछि हलभित्र छिरे। तर कुनै पनि हल खाली थिएनन्। पहिलो तलाको बाहिरी भागमा कार्यक्रम गरे। नीर शाह युवराज लामा मौसमी मल्ल केपी पाठक दीपक श्रेष्ठ दीपरत्न तुलाधरले भाषण ठोके। कुनै पनि दलले राष्ट्रियता र कलाकारको ध्यान नदिएको भन्दै माओवादी मात्र बिकल्प भएकाले आफूहरु प्रवेश गरेको दाबी गरे। कार्यक्रममा एमाले अाचल कमिटीका सदस्य रुकुमेली हस्तबहादुर केसी पनि माओवादीमा छिरे। उनलाई पनि अध्यक्ष प्रचण्ड र अर्का नेता किरणले माला र अबिर लगाएर स्वागत गरे।

Thursday 25 June, 2009

सैन्य विज्ञानको पढाई र भविष्यको खोजी

टीका विष्ट, रुकुम

व्यवहारिक र प्रयोगात्मक शिक्षा आजको आवश्यकता नभन्ने आज कुनै निकाय छैन। झनै राजनैतिक दलका भातृ संगठन अन्तरगतका विद्यार्थी संगठनले त आफ्ना राजैनैतिक नारा नै बनाएका छन यसलाई। विद्यार्थी संगठनहरुका आ―आफ्नै अर्थ र परिभाषा भएतापनि व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणली र ढाँचा कस्तो हुने भन्ने बारेमा कसैको ठोस दस्ताबेज आउन नसकिरहेको अवस्था छ। हालको शिक्षा व्यवहारमा कुनै रुपमा प्रयोगमा नआउने भनिएतापनि सरकारी मान्यताले गर्दा जबर्जरजस्त लिनु पर्ने बाध्यता बनाइएको छ। एकातिर सरकारी र निजी विद्यालयको विवाद नसुल्झींदै अर्कोतिर जनबादी शिक्षा लिईरहेका मोडेल विद्यालयहरुको विबाद उठेको अवस्था छ। देश संवधान निर्माणको महत्वपुर्ण समयमा जुटिरहेको छ भने मोडेल विद्यालयमा सैन्य शिक्षा लिइरहेका विद्यार्थीहरुको शैक्षिक भविष्यको प्रश्न पनि उठिरहेको छ।
कडा जनयुद्वताका मध्ये तथा सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा केहि मोडेल र केहि जनवादी विद्यालयहरु स्थापना गरिएका थिए। ति विद्यालयहरुमा नेपाल कम्युनिष्ट पार्टी माओबादी कार्यकर्ताका छोराछोरी, शहिद परिवारका छोराछोरि र आसपासका निम्न वर्गका किसानका छोराछोरीले पढ्न पाउने प्रावधान थियो। त्यस अन्तर्गत रुकुम, रोल्पा, सल्यान,जुम्ला, कालीकोट, बझाङ, वैतडी, जाजरकोट कैलाली लगाएत ९ जिल्लामा थुप्रै विद्यालयहरु खोलीए। जसमा पार्टीका पुरै समय पार्टीकाममा खटीने कार्यकर्ताहरुले पढाउने गरेको माओबादीस्रोतले जनाएको छ।
धेरै विद्यार्थीको लागी अब वैज्ञानीक र व्यवहारिक शिक्षाको खांचो परिरहेको अवस्थामा माओवादीले भने अझै सैन्य शिक्षालाई निरतरता दिने बताएको छ।
सरकारी पहुंच नपुगेका विकट ग्रामिण क्षेत्र र आफ्नो पार्टीका कार्यकर्ताको बसोबास भएको क्षेत्रमा खोलीएका विद्यालयहरुलाई जनवादी विद्यालय भनिएको माओवादीको दावी गरेको छ। यसअन्तर्गत रुकुम चुनबाङको गलमछिने, पुर्तिमकांडाको जङ्गलगाउं, खागल, दुलिको हांसु, आठविसकोटको सुनछहरी र मैकोटको टिज्याङ लगाएत अन्य जिल्लाहरुका जनवादी विद्यालयहरु सरकारीकरण भैसकेका छन। जहाँ माओवादीले सैन्य विषयसंग केन्द्रित रहेर पाठ्यक्रम निर्माण गरि नमुना विद्यालयको घोषणा गरेका ति विद्यालयहरु भने अहिले पनि सञ्चालन भैरहेका छन।
सरकारी करण हुन नसकेका विद्यालयहरु अहिले मोडेल विद्यालय भनेर चिनिन्छन। जुन मध्ये तथा सुदुरपश्चिमाञ्चलका ९ भन्दा बढी जिल्लाहरुमा चलिरहेका छन। रुकुमको सदरमुकाम खलंगाबाट पुर्वमा अवस्थित करिव तिन दिनको पैदल दुरीमा रहेको मोरावाङ गाविसको क्याङ्सीमा वासु स्मृति नमुना विद्यालय अहिले सञ्चालनमा छ। २०५६ सालमा माओबादीका तत्कालीन पोलीट व्यूरो सदस्य सुरेस आले बासु को नामबाट स्थापना गरिएको सो विद्यालयमा एकसय एघार जना विद्यार्थीहरु अध्ययनरत छन। ति मध्ये अधिकांश जनयुद्वका शहिद परिवार, जनमुत्ति सेना र आर्थीक स्थिती कमजोर भएका पार्टीका कार्यकर्ताका छोराछोरी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनप्रसाद श्रेष्ठले जनाए। घर नजिक भएका विद्यार्थीहरु बाहेक अरुलाई आवासको व्यवस्था भएको बासु नमुना विद्यालयमा ६ जना शिक्षक र ३ जना भान्से कर्मचारी रहेका छन। २ जना बाहेक अरु सबै पार्टीका पुर्णकालिन कार्यकर्ता भएको पाइएको छ।
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले निशुल्क रुपमा काम गर्दै आइरहेको प्रद्यानाध्यापक बालकृष्ण केसीले बताए। केसीका अनुसार चार कक्षा सम्म सञ्चालित उक्त विद्यालयमा कक्षा विस्तार गर्ने भनिए पनि आवश्यक भवन नहुंदा र आर्थीक अभावका कारण अगाडी बढाउन नसकिएको हो। सरकारबाट कुनै सहयोग नपाएका कारण रुकुम, राल्पा लगाएत अन्य जिल्लाका मोडेल विद्यालयहरुको अवस्था दयनिय बन्दै गएको छ।
संस्थागत हिसाबले गतवर्ष अन्तराष्ट्रिय गैरसरकारी संस्था जि.टी.जेड. रुकुमले सामान्य स्टेशनरी, बालबालीकाको लागी ओढ्ने कम्बल र स्कुल पोषाकहरु मात्र सहयोग पाएको नमुना विद्यालयले हालै जिल्ला बालकल्या समितिको तर्फबाट नब्बेहजार सहयोग पाएको छ। अधिकांश विद्यार्थीरु आवासीय भएकोले विद्यालयको मासिक खर्च अढाईलाख हुने विद्यालय स्रोतले जानकारी दियो। यो सबै खर्च माओबादीले नै व्यहोर्दै आईरहेको छ।
नयाँ जनवादी शिक्षा क्षेत्रिय विभागले जनवादी विद्यालयहरुको लागी छुट्टै पाठ्यक्रम तयार पारेको छ। जुन नेपाल सरकारको भन्दा भिन्न छ। जनयुद्वबेला सोहि पाठ्यक्रममा ए―आर्मी, बि―बम, जि―गण, पि―पालीस जस्ता शब्दावली समाबेस गरीएके थियो। शान्ति प्रक्रिया पछि भने यस्ता शब्दावलीमा परीवर्तन गरीएको छ। अहिले पनि विद्यार्थीहरुलाई अक्षर चिनाउंदा समेत कम्युनिष्ट संग जोडिएका शब्दाक्षर चिनाईन्छ, भने अझै पनि आतहतियारको बारेमा जानकारी दिईछ। कक्षा चार देखि सैन्य विज्ञानको पाठ्यक्रम अनुसार विद्यार्थीहरुले व्यायाम तथा कवाज,रोलकल, जानकारी रिपोर्टीङ, गणना, हतियार र बन्दुक भरुवाको विभिन्न भाग सहितको चित्र र उपयोगिता, सैन्य क्षेत्रमा सुचना तथा सञ्चारको महत्व आदी पढ्नु पर्ने हुन्छ। त्यस्तै सोहि कक्षाको राजनैतिक विषय अन्तरगत विद्यार्थीहरुले सुरुमै माओबादी अध्यक्ष प्रचन्डको जीवनीका बारेमा र जनयुद्वको थालनी, मानव समाजको सामान्य परिचय तथा जनसरकारको गठन विधि, काम कर्तव्यको बारेमा समेत जनवादी विद्यालयका विद्यार्थीहरुले पढ्दै आईरहेका छन।
धेरै विद्यार्थीको लागी अब वैज्ञानीक र व्यवहारिक शिक्षाको खांचो परिरहेको अवस्थामा माओवादीले भने अझै सैन्य शिक्षालाई निरतरता दिने बताएको छ। सरकारको जस्तो पनि नहुने र जनयुद्वकालको जस्तो पनि नभई छुट्टै पाठ्यक्रमको निर्माण गर्नु पर्ने बताउने माओबादी रुकुमका सचिव मार्सल आर्थीक श्रोतको खोजी गरी मोडेललाई सँच्चिकै मोडेल बनाउनु पर्ने जिकिर गर्छन। उनका अनुसार यस विषयमा भने पार्टीभित्र कुनै पनि निर्णय भएको छैन। अबको समयमा शहिद परिवार र पार्टी कार्यकर्ता मात्र नभएर जुनसुकैले पनि बालबच्चा पढाउन सकिने प्रावधान राख्ने माओबादीको सोच छ। यदी यसो भएको खन्डमा सम्पन्न परिवारलाई भने शुल्कको व्यवस्था हुनेछ।
माओवादीले छुट्टै पाठ्यक्रम मार्फत मोडेल विद्यालयलाई निरन्तरता दिने कुरा अरु विद्यार्थी संगठनलाई चित्त बुझेको छैन।नेपाल विद्यार्थी संघ रुकुमका अध्यक्ष ताराप्रसाद ओलीले माओबादी नै सरकारमा रहेको अवस्थामा यस्तो सैन्य शिक्षाको कुनै काम नभएको बताउंछन। उनी भन्छन सामान्तया अब यस्तो शिक्षाको पनि काम छैन र शिक्षा लिईरहेका विद्यार्थीको भविष्य पनि अन्योल ग्रस्त छ, त्यसैले माओबादीले जतिसक्दो छिटो सरकारी मान्यता बमोजीम सञ्चालन गर्नु पर्छ। यस्तै एमाले निकट अनेरास्ववयुका जिल्ला सदस्य लक्ष्मण शाहीको पनि यस्तै तर्क छ। सरकारी करण गर्नुको साटो अझ यसलाई विस्तार गर्ने कुरा देशको शिक्षा प्रणाली संग कहिं कतै नमिल्ने हुदा यसको काम छैन।
सरकारीकरण गर्ने सन्दर्भमा जिल्ला शिक्षा कार्यलयलाई बुझ्दा त्यस्ता विद्यालयहरु सरकारी प्रक्रियामा आउनु पर्छ। यसो गर्दा ५ कक्षा सम्मको विद्यालयलाई सरकारले १ कक्षाको मान्यता दिने भएकोले सरकारीकरण नगर्ने मनसाय राख्छन माओबादी निकट शिक्षक संगठन रुकुमका अध्यक्ष गणेश के सी। आफ्नै पार्टी सरकारको नेतृत्व गरीरहेको बेला यस्ता विद्यालयहरुलाई के गर्ने भन्ने कुरा छलफलको विषय बनेको के सी बताउंछन। सुझाब संकलनका लागी रुकुम पुगेका सभाषदसंग माओबादीले उस विषयमा कुनै कुरा उठाएको छैन।
उता सरकारले भने माओबादीको मोडे विद्यालयलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने अहिले सम्म कुनै योजनाहरु ल्याएको छैन। तर खुल्ला विद्यालय निति अन्तरर्गत त्यस्ता विद्यालयहरुलाई सहयोग गर्न सकिने शिक्षा मन्त्रालयको भनाई छ। ‘प्रत्यक्ष रुपमा माओवादीका विद्यालयलाई सहयोग गर्ने कुनै कार्यक्रम आएका छैनन्’ शिक्षा मन्त्रालयका सचिव देपेन्द्र विक्रम थपाले भने अन्य शिर्षकहरुबाट त्यस्ता विद्यालयलाई सहयोग गर्ने कुरा भैराखेको छ। उहाँका अनुसार अब त्यस्ता मोडेल विद्यालयलाई खुल्ला विद्यालय अन्तर्गत राखेर सरकारी मायता दीलाउन सरकार लागी परेको छ। जनवादी विद्यालयहरु सरकारीकरण भएपनि मोडेल विद्यालयहरुले अहिलेसम्म सरकारी मान्यता पाएका छैनन्। शिक्षा मन्त्रालयले देश भरिका मोडेल विद्यालयहरुको तथ्याङ्क लिइरहेको छ।
अहिले देश संविधान निर्माणको क्रममा छ। संविधान सभा निर्वाचनमा बढी सिट ल्यायर निर्वाचित ठूलो पार्टी माओबादीले सरकारको नेतृत्व गरीरहेको छ। सबै जाती, भाषा, धर्म, लिङ्ग, भौगोलीक क्षेत्रका मानिसहरु संविधानमा आफ्नो अधिकारको प्रत्याभुति हुनुपर्ने माग रखेर आईरहेको अवस्थामा यस्ता मोडेल विद्यालयमा सैन्य शिक्षा लिईरहेका विद्यार्थीको भविष्य खोजिको विषय बनेको छ। मोडेलको संरक्षक पार्टी माओबादीले नै यस विषयमा ठोस विर्णय निकाल्न सकिरहेको छैन। न विद्यालय परीवारले यस सम्बम्धि सुझाव पठाए न त सभाषद् सुझाव लिन गए। व्यवहारिक र ज्ञानमुलक शिक्षाको सवाल उठिरहेको सन्दर्भमा सैन्य विज्ञान र जनवादी पाठ्यक्रम अनुरुप मोडेल विद्यालयमा दिइरहेको शिक्षाले कति गुणात्मकता पाउला यो माओबादीलाई नै पत्तो छैन। सरकारले मान्यता नदिइरहेको अवस्थामा अँझै कक्षा विस्तार गरेर लैजाने सोचले ति विद्यार्थीका भविष्य के होला? यतातिर कसैको ध्यान पुगीरहेको छैन। बरु सरकारी प्रक्रियामा गई शहिदका छोराछोरी र गरिव, विपन्न भएपनि मोडेल विद्यालयलाई सरकारी मान्यता दिऊँ। पैंसामा किनबेच हुने निजि शिक्षाको अन्त्य गरी सबै सरकारी विद्यालयमा व्यवहारिक र प्राविधिक शिक्षाको विस्तार गरौं। मोडेलमा अध्ययनरत विद्यार्थीलाई जवरजस्त सैन्य शिक्षा नदिई राष्ट्रिय शिक्षा लिन पाउने अधिकार प्रदान गरौं। नेपालको शिक्षा प्रणालीमा सकारात्मक परीवर्तन गरी गुणात्मक किसिमले मोडेल बनाउने अग्रगामी शैक्षिक अभियानमा जुटौ। त्यसमै हुनेछ नेपाल र नेपालीको सर्वौत्तम हित।

साभार : एभरेस्ट aन्सेंसर्द

Friday 19 June, 2009

जुरमुराए रुकुमेली अब मलेसियामा

कुनै बेला राजनितीक काय पटालको संघोस गदै निदाईरहेका गााउ बस्ती किल्लाहरुमा उठ अब जाग ए जुमुराउ नव युवा शक्ति सामान्तीको जन्जीर तोडी सु-दीन गरिबको जनसत्ता ल्याउनलाई बैरीको विरुध राजतन्त्रको अन्त्यर संघिय गंणतन्त्रको यहां स्थापना गर्न लाई भनि पहाडी र विकट जिल्ला रुकुम मा धेरै चुनौतीहरुको सामाना गदै गााउ बस्ती हुदै आज
सिङगो नेपाल लाई ब्युझाउन सफल विस्व सामु परिवर्तन र प्रगतीशील रुकुमेलीहरु आज फेरि प्रभासी भुमी मलेशिया मा पनि त्यस्ता अप्ठेरा र बाधा पर्खाल हरुलाई चुनौती दीदै जुरमुराउन थालेका छन् विविधकारण वस विगतमा सक्रीय एवम् निरनतता पाउन नसकी रहेको बेला मलेसियामा रहेका रुकुमेली श्रमिकहरु संगको ब्यापक छलफल पछि नयाा विचार निती उदेश्य नयाा जोस जागर सहित को शिराबाट जुरमुराउदै छन् रुकुमेलीहरु ।रुकुम जनजागरण सेवा समाजको उदेश्य रुकुम मा अशिक्षित महिलादिदी बहिनीहरु लाई सामाजिक चेताना मुलक एवम् जनजागरणका कार्यक्रमहरु दिने बालबालिका हरुलाई सन्देश एवम् ब्यात्ती सिकास मुलक कार्यक्रमहरु दिने समाजका विप्पन वर्ग असाय पिडीत वर्गहरुलाई सयोग गर्ने दलित समुदायलाई पार्दशिक रुपमा छवाछुत को भावना अनत्ये गरी माथी उकास्ने रहेका छन् । रुकुमेलीहरुको सक्रीय र एकता धेरै समय पछि मलेशियामा देखिएको छ । क्ललाम्पुर मा बसेको बैठकले तर्दथ समिती चयन गरेको छ । जसमा अधक्ष्य मनि राम बटाला, उपाअधक्ष्य धन बहादुर खड्का, सचिव मान बहादुर बटाला, सह सचिव ठान बहादुर मल्ल, कोषा अधक्ष्य नेत्र बहादुर थापा, सदश्यहरु मा क्रमश चुडामनि केशी, दिलीप बुडाथोकी, टेक बहादुर ओली, मोहनसिङ ओली, रहेका छन् ।

साभार : नेपाल मलाया खबर

Saturday 13 June, 2009

विद्यालय बन्द गरी यार्सागुम्वाको खोजिमा

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम
संवाददातारुकुममा हरेक वर्षझैं यस वर्ष पनि जेठ महिना सुरु हुनेबित्तिकै जिल्लाका पूर्वी गाविसका विद्यालय बन्द भएका छन्। विद्यार्थी र शिक्षक दुवै बहुमूल्य यार्सागुम्बा खोज्न हिँडेपछि पठनपाठन बन्द भएको हो।शिक्षक राजधन घर्तीका अनुसार यार्सागुम्बाको सिजन सुरु हुनेबित्तिकै विद्यार्थी र शिक्षक विद्यालय नआएपछि अभिभावकले विद्यालय बन्द गरेका हुन। जिल्लाको पूर्वी गाविसहरु हुकाम कोल राङ्सी तकसेरा मैकोट महत काँक्री प्याङ सिस्नेलगायतका २ दर्जनभन्दा बढी प्रावि, निमावि, मावि र उच्च मावि विद्यालय अहिले बन्द भएका छन्। काँक्री गाविसका अभिभावक सतमान बूढाले ८ देखि २० वर्षसम्मका महिला तथा पुरुष यो सिजनमा सधैं यसैगरी यार्सागुम्वा टिप्न जानेक गरेको बताए।

साभार : डीसी नेपाल डट कम

जनयुद्ध पछि रुकुम सम्मको यात्रा

सागर घिमिरे
पाल्पाबिगत दुई वर्ष अगाडी सम्म रुकुम र रोल्पाको यात्राको बारेमा सहजता पुर्वक लिनु जो कसैको लागि पनि कठिन थियो । १० बर्षे जनयुद्ध थालेको रोल्पा र जनयुद्धलाई पालेको रुकुम नेपालको राजनैतिक परिवर्तनको सवालमा पछिल्लो पटक इतिहासको पानामा कोरिएका अग्रस्थानका जिल्ला हुन भन्दा फरक नपर्ला । २ वर्ष अघिसम्म रुकुम र रोल्पाको नाम सुन्दा म स्वयं तस्रन्थे किनकि ससस्त्र द्धन्द्ध सारा नेपालीको लागि नौलो थियो र भयभित थियो अझ सामान्य ब्यक्तिका लागि रुकुम रोल्पा आफैमा कहालि लाग्दो थियो र डरलाग्दो थियो । तर आज जब म रुकुमको यात्राको लागि निस्के म निकै खुसि छु किनकी ऐतिहासिक रुकुम र रोल्पाका ति स्थान स्वयम हेर्न पाउनु आफैमा गौरव हो अझ त्यसको बारेमा बुझ्न र त्यहाँ गएर जनयुद्धमा लागेका ब्यक्तिहरु संग ति दिनहरुको बारेमा प्रत्यक्ष सुन्न पाउनु अझ ठुलो कुरा थियो ।हाम्रो रुकुम यात्राको सुरुवाद थियो गुल्मी जिल्ला चलचित्र निर्देशक मनोज पण्डित नेपाली युवा माझ चर्चित नाम हो । पछिल्लो पटक पण्डितले नेपालको इतिहास र वर्तमानमा भारतवाट मिचेका सिमाहरुको बारेमा निर्माण गर्नुभएको ग्रेटर नेपाल ूसिमानाको खोजिू नामक वृतचित्रले नेपाल सरकारलाई समेत सिमाको बारेमा सोच्न बाध्य बनायो । डकुमेन्ट्रिले अझ चर्चा त्यतिबेला पायो जव भारतिय राजदुतावासको पहलमा नेपाल सरकारले त्यसको प्रदर्शनमा रोक लगायो । त्यो नेपाल सरकारको गैरजिम्मेबार पन थियो र राष्ट्रियता माथिको प्रहार थियो । त्यहि सिमा बचाउ अभियानका चर्चित अभियानकर्ता मनोज पण्डित संग रुकुम रोल्पा जान पाउनु मेरो लागि पनि सौभाग्य थियो । पण्डित रुकुम रोल्पा जानुको मुख्य उद्देश्य जनयुद्ध पछिको गाऊको कथा खाज्नु थियो आफ्नो अर्को चलचित्रको लागि त्यसमा साथ दिने मेरो पनि उद्देश्य बन्यो ।यात्राको क्रममा हामि गुल्मीको चोरकाटे हुदै शान्तिपुर अनि आपचौरवाट वामिटक्सार हुदै वाग्लुङ्गको बुर्तिभाङ्ग जाने अनि पैदल ढोरपाटन हुदै रुकुमको मईकोट र हुकामकोट जाने योजना बनायौ । रुकुमको मईकोट नै रोज्नु हाम्रो लागि आवश्यक थियो किनकि १० बर्षे ससस्त्र जनयुद्धको बेला नेपालमै एकै गाऊका सबैभन्दा बढिले ज्यान गुमाएको स्थान थियो मईकोट । मईकोटबाट मात्रै युद्धको लागि ४८ जनाले ज्यान दिएका थिए । त्यतिमात्रै होईन गएको वर्ष सम्म जिवन बुटि अर्थात यासा्रगुम्बा टिप्न जानेहरुसंग लिएको करबाट बार्षिक करिव ५ करोड नेकपा माओबादी लाई बुझाउथे त्यसैले जनयुद्धलाई पालेको ठाउँ थियो रुकुमको मईकोट । त्यहि अनुसार हाम्रो पैदलयात्रा सुरु भयो बुर्तिभाङ्गबाट मईकोटको लागि । यो यात्रा हाम्रो लागि निकै कठिन थियो किनकि बुर्तिभाङ्गबाट ढोरपाटनको लागि पुरै २ दिन हिडनुपर्ने थियो र ढोरपाटनबाट रुकुमको मईकोटको लागि ५ दिन । हुनत स्थानिय बासिन्दाको लागि ढोरपाटनबाट रुकुमको यात्रा २ दिनको मात्र हो तर बिचमा ठुलो लेक काटनु हाम्रो लागि कठिन थियो त्यसैले हामिले रोज्यौ सजिलो तर लामो बाटो तैपनि यो यात्रालाई हामिले अवसरको रुपमा लिएका थियौ । बाग्लुङ्गको बुर्तिभाङ्ग ढोरपाटन क्षेत्र र रुकुमेलीको लागि ब्यापारिक केन्द्र नै रहेछ । दैनिक हजारौ घोडा खच्चर र गधाको आवत जावत हुन्छ यहाँबाट रुकुम रोल्पा म्याग्दि र डोल्पाको केहि स्थान र ढोरपाटनको लागि । त्यहि खच्चरहरुको हिडाईको आवाज खोलाको कलकल र गोरेटो बाटोको धुलो खादै भिर पाखा पखेरा र हिमाल हेदै यात्रा गरि नै रहयौ । यात्राको क्रममा पण्डित दाईले भर्खरै छायाङ्कन सक्नुभएको चलचित्र ूदासढुंगाू को बारेमा पनि धेरै बुझ्न सके । मदन भण्डारी र जिवराज आश्रीतको दासढुंगामा भएको हत्याको खोजिको बिषयमा तयार पारिएको उक्त चलचित्र पण्डितकै भनाईमा चलचित्र हेरेपछि अनुसंन्धान कर्ताले हत्याको खोजका लागि फेरी पाना पल्टाउन बाध्य हुने बताउनु भयो । आउदो जेष्ठ २ गते अर्थात दासढुंगा घटना भएकै दिनको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउने तयारी रहेछ । खोलाको किनारै किनारै जादा त्यो स्थान देखेर लोभ पनि लाग्यो किनकि ढोरपाटनबाट बुर्तिभाङ्गसम्म रहेको त्यो खोलामा अहिले करिव ८ वटा स्थानमा बिजुलि निकाल्ले तयारी भैरहेको छ भने कत्ति स्थानमा त्यहाँका जनताले बिजुलि बालिसकेका छन् । १६ घण्टा लोडसेडिङ्गको मार खेपिरहेका हामिलाई २४ सै घण्टा बिजुलि बलेको देख्दा लोभ पनि नलागोस कसरी पैदलयात्राको पहिलो रात बाटोमा पर्ने दोगाडी भन्ने स्थानमा एकजना माओवादी कार्यकर्ताको घरमा बास बस्न पुग्यौ । बसाई पछि दोस्रो दिन ढोरपाटनको लागि हिडयौ त्यो यात्रा रमाईलो थियो किनकि खच्चरमा सामान ओसार्ने रुकुम मईकोटकै मानिसहरुलाई भेट्टाएका थियौ र हामिसंग भएको भिडियो क्यामरा स्ट्याण्ड र झोला बोक्नु परेको थिएन तिनै खच्चरलाई बोकाएर रित्तै हिडेका थियौ । खच्चर लिएर हिडेका सबैजना माओवादी जनसेना हुनुहुदो रहेछ उहाँका बिगतका कथा सुन्दै हामि अघि बढदै थियौ । मेलै मनमा लागेका जिज्ञासा सोध्धै हुन्थे मनोज दाई ति भनाईहरु क्यामरामा कैद गर्नमा ब्यस्त हुनुहुन्थ्यो मैले सोध्धै थिए तपाईहरुले लडाईको क्रममा अर्थात आक्रमणको क्रममा सबैभन्दा बढि दुःख लागेको अर्थात हार खाएको र जितेको स्थान कुन हो उत्तर थियो ूसबैभन्दा दुःख लागेको खारा आक्रमण जहाँ हामिले २ पटक सम्म हार खानु पर्यो र जितेको अर्थात खुसि लागेको दाङ्ग आक्रमण जसबाट हामिले तत्कालिन दुस्मनका धेरै हातहतियार हात पार्न सफल भएका थियौू । यिनै प्रश्नउत्तर संगै बेलुका करिव ६ बजे हामि ढोरपाटनको उत्तरगङगा पुग्यौ ।वेलुका रात परीसकेको कारणले त्यो दिन ढोरपाटनको अवलोकल गर्न सकेनौ साथै निकै जाडो र हिऊ जमेको कारणले पनि खुल्लामा बस्नु कठिनाई थियो । सुनेको थिए त्यो ठाउष पनि स्याउको लागि प्रसिद्ध छ । त्यसैले चिसो भएपनि स्याउ खाने ईच्छा घरवेटि शकंर दाईलाई ब्यक्त गरे तर जवाफबाट दुःख लाग्यो किनकि निकासी हुन छाडेपनि त्यहाँका किसानहरुले ब्यावसाहिक रुपमा स्याउ खेति गर्न छाडेछन् र यो पटक पानी पनि नपरेको कारणले असम स्याउ फल्न सकेन । तै पनि दुई वटा स्याउ ख्वाएर भएपनि हाम्रो ईच्छा पुरा भयो । अर्को दिन बिहान दोगाडी बाट हामि संगै आउनुभएका साथिहरु लेकको बाटो जान बिहानै लाग्नुभयो तर हामि भने लेक चड्न नसक्ने ठानि लामो बाटो ततायौ रुकुमको तक्सेराको लागि ।म नेपाली हु र नेपाली हुनुमा मलाई गर्व छ किनकी हाम्रो देश बिश्व सामु अहिलेसम्म नझुकेको लडाकुको देश विश्वको सबैभन्दा ठुलो उचाईमा रहेको सगरमाथाको देश शान्तिका अग्रदुत गौतमबुद्धकॊ देश वस यति नै लाग्छ म नेपाली हुनुमा गर्व गर्ने ठाउँ तर जव म ढोरपाटन र त्यस क्षॆत्र वरपरका स्थानमा पुगे तब मलाई लाग्यो म नेपाली हुनुमा गर्व गर्ने ठाउँ निकै फराकिलो छ र धेरै छ ।ढोरपाटन वास्तवमै सुन्दर छ । डाडां माथिको फाट साच्चिकै हेर्न लाएक छ जिवनमा एकपटक यदि नेपाली हुनुमा तपाईलाई गर्व छ भने पुग्नु पर्ने ठाऊँ हो तपाँई हाम्रो ढोरपाटन ।तर वास्तवमै यो ठाउँमा जति सुन्दरता छ त्यो सुन्दरता भित्रको विकटता भयानक छ । मान्छेहरुमा जुन नम्रता र माया छ त्यो माया भित्रको गरिवी वास्तवमै डरलाग्दो छ । खच्चड र घोडाको सहाराबाट बाचेका यस क्षेत्रका बासिन्दाको स्थिती देख्दा हाम्रा देशका नेताहरुको भाषणमा झुट र भ्रमको खेति बाहेक केहि छैन जस्तो लाग्छ । ढोरपाटन रुकुम र रोल्पाको बिकासको नाममा काठमाडौंको पाचँतारे होटलमा बसेर गोष्ठि र सभा गर्ने ति ब्यक्तिहरुलाई ६० रुपैया मानो मोटो चामल खाने यि ब्यक्तिहरुको पेटले के भन्दो हो सोच्नुपर्ने कुरा हो । यात्रा गर्नु अघि मेरो मनमा रहेका प्रश्नहरु थिए । नेपालको १० बर्षको ससस्त्र द्धन्द्धलाई उचाईमा पुर्याउने त्यो ठाउँको भौगोलिक स्थिती कस्तो होला त्यहाँका मान्छे कस्ता होलान र त्यहि युद्धमा होमिने त्यस क्षेत्रका हजारौ युवा हाल के गर्दै होलान र युद्धमा आफ्नो ज्यान दिएका ति ब्यक्तिका परिवार के गर्दे होलान जे प्राप्तिका लागि युद्धमा होमिए त्यो पाए होलान या छैनन् यी प्रश्न संगै मनमा अर्को पनि कुरा खेलिरहेको थियो वास्तवमै नेपालका ति स्थानहरु कति सुन्दर होलान या नहोलान संगै मनमा केहि प्रश्नहरुको उत्तर पनि खेलिरहन्थ्यो वास्तवमै त्यो स्थानमा अहिले विकासको लहर चल्नुपर्ने हो खोला खोलामा बिद्युत निकाल्ने टर्वाईनहरु जडान भैरहेको हुनुपर्ने हो ठाउँ ठाउँमा डोजर र ब्यक्तिहरुले मोटरबाटो खनिरहेको दृष्यहरु हुनसक्छ यि र यस्तै बिचार गर्दे जव हामि ढोरपाटन रुकुमको तकसरा मईकोट र हुक्कामको यात्राको क्रममा जे भोग्यौ तब सबै प्रश्नहरु र जिज्ञासाहरुमा निरासता छायॊ ।बाटोमा थुप्रै जनयुद्धमा लागेका जनसेना र कार्यकर्तालाई भेट्यौ तर धेरैको मनमा यतिबेला निरासता पायौ रुकुम दमचनका बिष्णु यतिबेला सबैसंग प्रश्न गर्नुहुन्छ ूहामिले यत्रो जनयुद्ध दियौ जनयुद्धले खै हामिलाई के दियो ू बिष्णु जनयुद्धको बेला छाडेर गएको आफ्नो झुप्रो घर टाल्दै हुनुहुन्छ । जति जोगि आएपनि कानै चिरेका भनेझै अहिले बनेको आफ्नै सरकारबाट समेत बिष्णुलाई आस मरेको छ । १० वर्षे जनयुद्धमा लागेका हामिहरुको भावना बुझ्न नसक्नु दुर्भाग्य भएको बताउनुहुन्छ सहर र सुविधाको भोग विलासितताले नेताहरुले जनयुद्धको भावना र उपलब्धि बिसर्ीएको उहाँको आरोप छ । यतिबेला वास्तवमै जनयुद्धमा लागेकाहरु पाखा लागेका छन् मात्र जनयुद्ध पछि माओवादीमा लागेकाहरुले फाईदा र बदनाम गरेको भान भएको कुरा बिष्णु बताउनुहुन्छ ।यस्तै उपल्लो सेर्राका जुद्ध बुढा मगर को भनाई पनि उस्तै छ जुद्ध बुढा मगर विगतमा जनयुद्धताकाका फोटा हेरेर कहिले काहि टोलाउनुहुन्छ र भन्नुहुन्छ जनयुद्धका सहिदको सपना सपनामै सिमीत हुने त होईन ऊँहाले जनयुद्धबाट फर्के पछि गाउँमै युवाहरुको भलिवल टिम तयार पार्नुभएको छ । टिम युवा र युवतिको छुट्टाछुट्टै छ गएको वर्ष हुकामकोटमा भएको निकै ठुलो भलिवल खेलमा त्यो उँहाको टिम तृतिय भएको रहेछ त्यो खेलको प्रथम पुरस्कार ५० हजार नगद रहेको थियो तै पनि आफ्नो टिमले तेस्रो स्थान हात पारी २० हजार नगद जितेकोमा खुसि हुनुहुन्छ । जुद्ध बुढा मगर अहिले भलिवल टिमको प्रशिक्षक अर्थात कोच हुनुहुन्छ र अव हुने खेलमा आफ्ना खेलाडिलाई प्रथम गराई छाडने उहाँको अठोट रहको छ । जनयुद्धबाट फर्केपछि गाऊँका युवाका लागि गरेको उहाँको यो काम उदाहरणिय छ ।जुद्ध बुढा मगरको घरमा पुग्ने दिन उहाँको गाऊमा मानिसहरुको बैठक रहेछ के को बारेमा बैठक भनि प्रश्न गर्दा जुद्धको जवाफ थियो अहिलेको सरकारले गरेको निर्णय बिरुद्धको बैठक ! हामिलाई एकैछिन अचम्म लाग्यो आफुले जनयुद्ध गरेर स्थापित गरेको सरकार त्यहि सरकारले गरेको निर्णय बिरुद्ध बैठक । उहाँले अझ थप्नुभयो बिरोध स्वरुप सर्वप्रथम हाम्रो हस्ताक्षर अभियान चल्नेछ त्यसपछि प्रशासन घेराऊ त्यसबाट पनि हामिले भने अनुसार भएन भने ससक्त आन्दोलनमा उत्रने छौ । कुरा बुझ्दै जाँदा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धमा रहेछ । सरकारले एकतर्फि निर्णयबाट कोल भन्ने गाविसमा कार्यालय राख्ने निर्णय गरेको रहेछ तर अन्य तकसेरा मइकोट हुक्काम लगाएतका बासिन्दाको माग तकसेरामा प्रसासन राखेमा सबैलाई पाई पर्ने भन्ने रहेछ र दवाव पनि त्यसैको बिरुद्धमा रहेछ ।यात्राको क्रममा ८ दिनको हिडाई पछि बल्ल हामी रुकुमको मइकोटमा पुग्यौ निकै उचाईमा पर्ने मईकोट खोलाबाट उक्लन जति गाह्ो छ पुगेपछि त्यति नै रमाईलो पनि छ । मईकोट निस्कने क्रममा बाटोमा भारि बोकेर निस्कने थुप्रै मानिसहरुलाई भेट्यौ र सोध्यौ तपाईहरु माओवादी हो उहाँहरुले हास्दै जवाफ दिनुभयो ूके कुरा गरेको यहाँका त मान्छे मात्रै होईन कुकुर बिराला पनि माओवादी हुनू । वास्तवमै हामिलाई पनि त्यस्तै लाग्यो धेरै युवाहरु जनसेनाको कम्ब्याक ड्रेसको पाईन्ट या र सर्टमा नै भेटिन्थे । जव रुकुममा पुगेर नेपाली दाईको होटलमा बस्यौ तव केहि खुसि लाग्यो किनकी बिजुलि बाल्न पाईयो क्यामराको ब्याटि्र चार्ज गर्न पाईयो । जनयुद्ध पछि केहि परिवर्तन आएछ भन्ने लाग्यो । त्यहाँ माओवादीका कमाण्डर दर्शनसंग भेट भयो । दर्शनसंग भेट हुनु मेरो लागि निकै खुसीको कुरा थियो किनकी मैले प्रत्यक्ष भोगेको र देखेको पाल्पा तानसेनको आक्रमणमा माओबादीको तर्फबाट आक्रमणका आएका रहेछन् दर्शन । दर्शन पनि अहिले घर बनाउने तरखरमा छन् । जनयुद्धमा लाग्दा भताभुङ्ग भएको घर जोडन लागी पर्नुभएको दर्शन पाल्पा आक्रमणको बारेमा कुरा गर्दा सफल आक्रमण हो भन्नुहुन्छ तर पनि आफ्ना साथिहरु बढि भएकाले कत्तिलाई अन्जानमा आफ्नै साथिले गर्दा क्षति बेहोर्नु परेको उहाँको भनाई रहेको छ ।१० बर्षे ससस्त्र जनयुद्धको बेला नेपालमै एकै गाऊका सबैभन्दा बढिले ज्यान गुमाएको स्थान थियो मईकोट । मईकोटबाट मात्रै युद्धको लागि ४८ जनाले ज्यान दिएका थिए । त्यतिमात्रै होईन गएको वर्ष सम्म जिवनबुटि अर्थात यासा्रगुम्बा टिप्न जानेहरुसंग लिएको करबाट बार्षिक करिव ५ करोड नेकपा माओबादी लाई बुझाउथे त्यसैले जनयुद्धलाई पालेको ठाउँ थियो रुकुमको मईकोट । जिवन बुटि अर्थात यासा्रगुम्बा टिप्न जाने प्रति ब्यक्ति ५०० रुपैयाका दरले कर उठाउने गरिन्छ । एक बर्षमा करिव १० हजार भन्दा बढि ब्यक्ति जिवन बुटि अर्थात यासा्रगुम्बा टिप्न आउने गरेको मईकोट बासि बताउछन् । साथै त्यो उठेको रकम माओवादीलाई सहयोग मिल्थ्यो ।तर अव मईकोट वासी यो वर्षबाट त्यो रकम मईकोटकै बिकासमा लगालि गर्ने वताउछन् उनिहरुको भनाई छ त्यत्रो आर्थिक सहयोग गरेको मईकोट बासिलाई आफ्नै सरकारले खै के दियो मईकोटका बिरमान विश्वकर्मा भन्छन् अहिले सम्म त्यो रकम वास्तवमै गाऊमै लगानि गरेको भए मईकोट तपाई हामिले भन्ने गरेको पेरीस र स्विजरल्याण्ड पहिले नै बनिसक्थ्यो तर पनि देशको परिवर्तनको लागि दिएको सहयोग आज ब्यर्थ जस्तो भएको छ ।यसरि करिव १५ दिनको रुकुमको हाम्रो यात्रा निकै कठिन भयो तर उपलब्धि मुलक भयो यात्रा पछि सोच्न बाध्य बनायो बास्तवमै रुकुम र रोल्पामा सरकारले तत्काल केहि गर्न सक्नु आफैमा चुनौति छ भने तत्काल केहि गर्न नसक्नु माओवादीकै भविश्यको लागि चुनौती छ ।
साभार : नेपाल प्लस

Friday 12 June, 2009

रुकुम विद्युत् र फोनबिहीन

रुकुम, जेठ २९ (नागरिक)- दुई सातादेखि रुकुम विद्युत् र टेलिफोनबिहीन बनेको छ। बाफिकोटस्थित पावरहाउसभित्र मोटर बिग्रिएपछि विद्युत् आपूर्ति बन्द भएको रुकुमेली ऊर्जा विकास समितिले जनाएको छ। समितिका अनुसार डाइनामा बिग्रिएको र विद्युत् भोल्टेजमा कम उत्पादन भएकाले विद्युत् केही महिनाको लागि बन्द गरिएको हो। सदरमुकाम खलंगालगायत ५ गाविसमा विद्युत् छैन। विद्युत् र टेलिफोन अवरुद्ध भएपछि रुकुमका सञ्चारकर्मीहरु जेनेरेटरबाट समाचार पठाउन थालेका छन् । उता विद्युत् नभएपछि नेपाल टेलिकम रुकुमको नमस्ते मोबाइलको टावरमा चार्ज हुन सकेको छैन। जसले गर्दा टेलिफोन पनि अवरुद्ध भएका स्थानीय पत्रकार लक्ष्मण केसीले जानकारी दिएका छन् । विद्युत् कार्यालय रुकुमका अनुसार असारको पहिलो हप्ताभित्र विद्युत् आइपुग्छ।

साभार : नागरिक १२ जून

Thursday 14 May, 2009

काठमाडौंजस्तै छ रुकुमकोट, तर...

काठमाडौंजस्तै छ रुकुमकोट, तर...
चँरैतिर पहाडले घेरेको समथर फाट अनि बीचमा मनोरम रुकुमकोट वस्ती । उत्तरतिर सेताम्मे सिस्ने हिमाल, उसैको काखबाट रुकुमकोट हुँदै अवीरल बग्ने भेरी नदी । रुकुमकोटको काखमा कमलताल, छिपी दहलगायतका स-साना तालहरू र रुकुमगाडको हाहाहुहु । यही हो, रुकुमकोटको परिचय ।
रुकुमको सदरमुकाम खलङ्गादेखि ८ कोष उत्तरमा पर्ने रुकुमकोट प्रकृतिको खानी नै हो । बूढापाकाहरू यसलाई कान्छो नेपाल भन्ने गर्दछन् । अर्थात् अर्को काठमाडौं उपत्यका । उहिल्यै नेपाल अर्थात् काठमाडौं जानेहरूले 'कस्तो छ काठमाडौं ?' भन्दा 'रुकुमकोटजस्तै' भन्थे रे ! त्यसैले त अहिलेसम्म यहाँका गाउलेहरू भन्छन्, 'हामी कान्छो नेपालका बासिन्दा ।' तर काठमाडौंमा परिवर्तन भइरहादा कान्छो नेपाल भने प्रकृतिको मनोरम सौगात लिएर विकासको प्रतीक्षामा छ । चारैतिर घेरेको पहाडमा मौसमअनुसार फुल्ने कमल, लालिगुराँस, पैंयु, टिम्मुरलगायतका हजारौं फूलले यो गाउँको शोभा कहिल्यै नष्ट हुन दिादैनन् । सधैं हरियो घुम्टो ओढेर छातीमा हजारौं फूल फुलाउनु यहाँको विषेशता हो । त्यसैले होला सायद रुकुमकोट-३ रुकुमका ५० वर्षीया कृष्णबहादुर ओलीलाई रुकुमकोट सधैं दुलहीझैं लाग्छ रे !
रुकुमकोटको त्यही पाखामा कयौं प्रेम र प्रेमिकाका जोडीले घाँस-दाउरा बनाउँदाबनाउँदै प्रेम साटे होलान् । कतिले जीवनको इहलिला त्यहीा पहाडमा समाप्त गरे होलान । तर रुकुमकोट कहिल्यै जीवन्त हुन सकेन । जनयुद्धको समयमा छापामारको आश्रयस्थल बनेर नेपालको क्रान्तिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको रुकुमकोटलाई नयाँ नेपालले पनि नसम्झादा निरासाको बादल रुमल्लिएको देखिन्छ । स्थानीय वृद्ध समाजसेवी गम्भीर थापा भन्नुहुन्छ- 'कति नेताले रुकुमकोटलाई पर्यटकीयस्थल बनाउँछौ भने । तर भोट बटुल्नेबाहेक केही गरेनन् । अब नयाँ नेपालमा केही हुन्छ कि भनेर प्रतीक्षामा बसेकाछौं ।'
रुकुमकोटबाट केही दूरीमा रहेको देउराली ओढार, अाध्यारे गुफा पनि यहाँका पर्यटकीय सम्भावना बोकेका स्थानहरू हुन । 'तर के गर्ने माल पाएर चाल नपाएपछि । नेपालको सरकारले कहिल्यै हेर्दैन', यहाँका बासिन्दा यस्तै गुनासो गर्छन् ।
यहाँका पाखापखेरा विभिन्न जातिका बोटविरुवा र पशुपन्छीहरूको त खानी नै भने पनि हुन्छ । स्थानीय वुद्धिजीवी चेतराम नेपाली भन्नुहुन्छ- 'यहाँ काफल, टुसा, टिम्मुर र कमलको स्वादले जो कोहीलाई लोभ्याउँछ । सदरमुकामबाट रुकुमकोट पैदल वा घोडाको यात्रा पनि धेरैलाई रमाइलो नै लाग्छ । नलागोस् पनि कसरी ? भेरीको तिरैतिर मनोरम दृश्यहरू अवलोकन गर्दै हिाडेपछि ।
बाटामा पाइने चिउरी, लालुपाते तथा अनेकौं प्राकृतिक फूल र स्थानीय बजारमा पाइने दही र केराको स्वादले ठूलै थकान पनि मेटिन्छ । भलखोलाको माछा, घिउ र भात त झन् यस बाटोमा हिाड्नेका लागि अविष्मरणीय खाना नै हो । त्यति मात्रै होइन, घरमा आउने साँझका पाहुनालाई देवता सम्झेर ढिाडो र दही खुवाउने र निःशुल्क सुत्ने व्यवस्था गर्ने यहाँको चलन मानवताको सजीव उदाहरण हो । 'हामी त पर्यटकको सेवा गर्छौं हजुर, आउने पो आउनुपर्‍यो ।', यहाँका बासिन्दाको यो बोलिले पर्यटकको तीव्र स्वागत गरिरहेको छर्लङ्ग हुन्छ ।
जीवनका उकालीओरालीमा रुकुमकोटको यात्रा गर्ने जो कोहीलाई पनि दोहोर्‍याउन बाध्य पार्छन्, यहाँको सौन्दर्य मनोरम स्थल र डााडाकााडा तथा पहाड, कुना, कन्दरा, हरियाली र सधैं मुस्कुराइरहने फूलहरूले । ५२ पोखरी र ५३ टाकुरी रहेको यहाँको कान्छो नेपाल संरक्षणको अभावमा झन पछि झन् ताल पुरिादैजाँदा लोपोन्मुख अवस्थामा रहेको छ । पर्यटकीय विकास र लोपोन्मुख तालको संरक्षण गर्नसके यसले कोल्टे फेर्न सक्ने यहाँका बासिन्दाको भनाइ छ ।
- गणेश स्रोत : जनादेश

Friday 8 May, 2009

तीन स्थानमा इलाका प्रशासन

तीन स्थानमा इलाका प्रशासन
रुकुम -कास)- जिल्लाका तीन स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । जिल्ल्ाास्थित राजनीतिक दल, कार्यालय प्रमुखसहितको सर्वदलीय बैठकले तीन स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । जिल्ल्ााको रुकुमकोट, चौरजहारी र कोलमा इलाका प्रशासनलगायतका सरकारी कार्यालय स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी देवराज ढकालले जानकारी दिए । 'निर्णय भएको छ,' प्रजिअ ढकालले भने, 'छिट्टै स्थापना गरिनेछ ।' 'निर्देशिका र कर्मचारी दरबन्दी प्राप्त भएको छैन ।' ढकालले भने, 'प्रशासनका साथै इलाकास्तरीय कृषि, पशु सेवा, स्वास्थ्य, खाद्यलगायत कार्यालयसमेत स्थापना गरिनेछ ।'
Posted on: 2009-04-12 20:32:54 सोर्स: kantipur

Wednesday 6 May, 2009

विकासले पिछडिएको रुकुमकोट

विकासले पिछडिएको रुकुमकोट चारैतिर पहाडले घेरेको समथर फाँट! बीचमा मनोरम रुकुमकोटको बस्ती! उत्तरतिर सेताम्मे सिस्ने हिमाल, उसैको काखबाट रुकुमकोट हुदै अबिरल बग्ने भेरी नदी! रुकुमकोटको काखमा कमलदह, छिप्रीदहलगायतका साना―साना तालहरु। यहि हो रुकुमकोटको पहिलो परिचय ! रुकुमको सदरमुकाम खलङ्गादेखि ८ कोष उत्तरमा पर्ने रुकुमकोट प्रकृतिको खानी नै हो। बुढाबुढीहरु यसलाई 'कान्छो नेपाल' पनि भन्ने गर्छन् अर्थात अर्को काठमाडौं उपत्यका। उहिल्यै काठमाडौं अर्थात् नेपाल जानेहरुले कस्तो छ काठमाडौं? भन्दा रुकुमकोट जस्तै छ भन्नेे गर्थे। त्यही त यहाँका गाउलेहरु अहिलेसम्म भन्ने गर्छन् हामी त कान्छो नेपालका बासिन्दा। तर काठमाडौं दिन रात परिवर्तन भईरहदा कान्छो नेपाल भने प्रकृतिको मनोरम सौगात लिएर विकासको प्रतिक्षामा छ। चारैतिर घेरेको पहाडमा मौसमअनुसार फुल्ने कमल, लालीगुँरास, पैयँु, डिम्मुरलगायतका सयौं फूलले यो गाउूको शोभा कहिल्यै नष्ट हुन दिदैनन्। सधै हरियो घुम्टो ओढेर छातीमा हजारौ फूल फूलाउनु यहाँको विशेषता हो। त्यसैले होला सायद रुकुमकोट―३ रुकुमका ५० वर्षीय कृष्णबहादुर ओलीलाई रुकुमकोट सधै दुलहीझै सिङ्गारिएकोजस्तो लाग्ने गर्छ रे! रुकुमकोटको त्यही पाखामा कयौं प्रेम र प्रेमीहरुले घाँस दाउरा बनाउँदा बनाउँदै प्रेम साटेका होलान् त कतिले जीवनको देहलिला नै त्यही पहाडमा समाप्त गरे होलान् तर रुकुमकोट कहिल्यै जीवन्त हुन सकेन। जनयुद्धको समयमा छापामारको आश्रमस्थल बनेर नेपालको क्रान्तिमा महत्वपूर्ण योगदान पुर्याएको रुकुमकोटलाई नयाँ नेपालले पनि नसंझदा निराशाको बादलमा ऊ रुमल्लिन बाध्य भएको छ। स्थानीय वृद्ध समाजसेवी गम्भीर थापा भन्नुहुन्छ―'कति नेताले रुकुमकोटलाई पर्यटकीय स्थल बनाउँछौ भने तर भोट बटुल्नेबाहेक बाँकी केहि गर्न सकेनन। अब नयाँ नेपालमा केही हुन्छ कि भनेर प्रतिक्षागरी बसेका छौं।' रुकुमकोटबाट केही दुरीमा रहेको देउराली ओढार, अध्याँरे गुफा पनि यहाँका पर्यटकीय संभावना बोकेका स्थानहरु हुन् तर के गर्ने माल पाएर चाल नपाएपछि भनेझैं नेपालको सरकारले कहिल्यै हेर्दैन यहाँका बासिन्दा यस्तै गुनासो गर्ने गर्छन्। विभिन्न जातिका बोट विरुवा र पशुपंक्षीहरुको त यहाँका पाखा पखेरा खानी नै भने पनि हुन्छ स्थानीय बुद्धिजिवी चेताराम नेपाली भन्नुहुन्छ― 'यहाँ काफल, टुसा, डिम्मुर र कमलको स्वादले जो कोहीलाई पनि थप आकर्षण बन्न सक्छ। सदरमुकामबाट रुकुमकोट पैदल वा घोडाको यात्रा पनि धेरैलाई रमाइलो नै लाग्छ। नलागोस् पनि कसरी भेरीको तिरैतिर मनोरम दृश्यहरु अवलोकन गर्दै हिडेपछि। बाटामा पाईने चिउरी, लालुपाते तथा अनेकौ प्राकृतिक फूल र स्थानीय बजारमा पाईने दही र केराको स्वादले लामो हिडाईको थकानै मेटिन्ो गर्छ। भलखोलाको माछा, घीउ र भात त झन् यस बाटोमा हिड्नेहरुका लागि अविष्मरणीय खाना नै हो। त्यति मात्रै हैन घरमा आउने साँझका पाहुनालाई देवता संझेर ढिडो र दही खुवाउने र निःशुल्क सुत्ने व्यवस्था गर्ने यहाँको चलन मानवताको सजीव उदाहरण हो। 'हामी त पर्यटकको सेवा गर्छौं हजुर आउनु पो पर्यो' ―यहाँका बासिन्दाको यो बोलीले पर्यटकको तीव्र स्वागत गरिरहेको छर्लङ्ग देख्न सकिन्छ। जीवनका उकाली ओरालीमा रुकुमकोटको यात्रा गर्ने जो कोहिलाई पनि दोहोर्याउन बाध्य पार्ने यहाँको सौन्दर्य मनोरम स्थल र डाँडाकाँडा तथा पहाड, कुना, कन्दरा र हरियालीले सधै स्वागत गरि मुस्कुराईरहका हुन्छन्। ५२ पोखरी र ५३ टाकुरी रहेको यहाँको 'कान्छो नेपाल' संरक्षणको अभावमा झनपछि झन तालतलैयाहरु पुरिदै जाँदा लोपोन्मुख अवस्थामा रहेको छ। यहाँ पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लोपोन्मुख तालको संरक्षण गर्न सके यसले नयाँ रुपमा कोल्टे फेर्न सक्ने थियो कि?
Reply to your postDelete post

रुकुमका जडिवुटीले संरक्षण पाएनन, लाखौ घाटा

रुकुमका जडिवुटीले संरक्षण पाएनन, लाखौ घाटाView What links here ३० फाल्गुनरुकुम जिल्लाको स्रर्न्दर्भमा जडिवुटीको सम्भावना हुदाहुदै पनि यसको उचित संरक्षण र सर्म्वर्द्धन हुन सकेको छैन । जडिवुटीलाइ प्रशोधन गर्नको लागी नेताहरुले भाषणमा गरेपनि भाषणमा मात्र सिमित हने गरेको छ । रुकुम जिल्लाको सिस्ने गा.वि.समा पर्ने सिस्ने हिमाल हिमालको काखमा अवस्थित जडिवुटीको धनि र सम्पन्न जिल्ला मानिनछ यस जिल्लामा दुलभ तथा मुल्यमान र अतिउपयोगी एवं लोकप्रिय जडिवुटी पाईन्छन ।तर विडम्मना नै मान्नपर्छ हामिले हम्रा जडिवुटीको महत्व वुझ्न सकेको छैनौ । नत विज्ञ तथा सरकारवाला निकायहरुले यस सम्वन्धमा ठोस कदम नै चाल्न सुकेका छैनन रुकुम जिल्लाका मुल्यवान जडिवुटीहरु त्यसै खेर गईरहेका छन कतिपय जडिवुटीहरु एकदमै कम मुल्यमा वाहिरिएका छन तर तिनै जडिवुटीवाट वनेका विदेशि औषधिहरु किन्न लाखौ रुपैया खर्च गरिरहेका छौ । यस जिल्लाको केहि जडिवुटीहरु दलालको माधयामवाट निकै सस्तो मुल्यमा विक्रि वितरण भईरहेको छ । रुकुम जिल्लामा पाईने जडिवुटीहरुमा यास्रा गुम्वा, पाँच औले, कट कटुकी, चिर्राईतो, र्सपगन्ध, देवदार, जटामसि, भलायो, असुरो, सुगन्धको सिलाजित, लताकस्तुरी, पाकनवेद, जस्ता दर्लर्भ जडिवुटीहरु यस जिल्लाका प्रसस्त मात्रामा पाईन्छन यहाँ पाइने जडिवुटीहरुको आर्थिक महत्व वारे स्थानिय वासिहरु अनविज्ञ रहेको पर्ण् वहादुर केसीले जानकारी दिनुभयो । प्रसस्त मात्रामा स्थानिय वैध्यहरु भएको यस जिल्लामा करिव दुइ तिहाई जनसंख्या स्वास्थ्य उपचार्रार्थ आयर्वेदिक चिकित्सक पद्धतिमा नै निर्भर रहेको देखिन्छ । जिल्ला विकास रुुकमको एक तथ्याङ्क अनुसार हाल रुकुम ज्रिल्लावाट वाहिरीने जडिवुटीमा यास्रा गुम्वा, कुरीलो, टीम्मुर, सेतावाज, जटामसि, भलायो, वुकिफुल, लचिनि, अमला, तितेपाति, पाँच औले, साधारण च्याउ, लगाएतका रहेका छन । यस जिल्लामा पाईने जडिवुटीहरु अत्यन्तै दर्लभ एवं अमृत तुल्य मान्यका यास्रा गुम्वा, पाँच औले कस्तुर, सिलाजित आदि दिन प्रतिदिन असुरक्षित भइ लोप हुने प्रक्रियामा रहेका छन । जिल्लाको हुकाम मैकोट, जानसिस्ने, गा.वि.समा यास्रा गुम्वा पाईने क्षेत्र मानिन्छ । वास्तवमा भन्ने हो भने रुकुम जस्तो विकट जिल्लामा पाईने जडिवुटीहरु अवैध विक्रि वितरण भईरहेका छन । जडिवुटीको चोरी निकासी भईरहेको छ । यसको नियनत्रणमा सम्वन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ । जडिवुटी खेतीलाई प्रोत्साहान गरी यसको खेतीलाइ सामाजिक अभियानको रुपमा सञ्चालन गर्दै जडिवुटीको भण्डार गर्न हामी सवैको दायीत्व हो । रुकुम जस्तो न्युन आय भएको समुदायको आर्थिक अवस्ता सुधार्ने हो भने आजैदखि हामिले योजना वनाइृ कार्यान्वयन गर्नु पर्दछ ।रुकुममा जडिवुटी विकास सम्वन्मा यहा कुनै किसिमको सरकारी तथा गैर सरकारी निकायवाट संरक्षण र सर्म्वर्द्धनको लागी कुनै प्रक्रिया अपनाइएको छैन । रुकुमका वासिन्दाहरुलाई जडिवुटीको महत्ववारे जनचेतना नहुनु ुंककलन कर्ताले आफ्नो श्रमको उचित मुल्य नपाउनु जडिवुटीको परिणाम एकिन नहुनु जिल्लाको दर्गम क्षेत्रमा अमुल्य जडिवुटीहरु पाइए पनि उचित संकलन विधि थाहा नहनु लगाएतका समस्याले गर्दा अवरोध देखा पर्दै आईरहेको छ । रुकुम जिल्लाको आर्थिक विकार एवं सम्पन्नता लाई गति दिन एकातर्फदर्ुलभ महत्वपर्ूण्ा जडिवुटीहरुलाई संरक्षण र सर्ंवर्धन गर्न आव्रश्यक छ प्रसोधन केन्द्रको स्थापना गरी जडिवुटी तथा लघुवन पैदावारको माध्यामवाट रोजगारको अवसरहरु सृजना गर्ने हो भने रुक्मेलीहरु विदेसिनु नपर्ने स्थानियवारी धनवहादुर वुढाथोकीले जानकारी दिनुभयो । सम्वन्धित निकायले यसको लागी जनचेतना वृद्धि गराउनको साथै ब्यवस्थित रुपमा संकलन र जडिवुटी खेती सम्वन्धि प्रविधि विकासको अति आवश्यक भईरहेको महसुश गरेका छन ।अनुसन्धानको कमिले सहि प्रयोग हुन सकेको छैन । कुन जडिवुटी कति महत्व छ केहि जानकारी छैन परिश्रममा कति लगानि भएको छ दिगो रुपमा कसरी निरन्तरता दिन सकिन्छ यस विषयमा कुनै र्सवेक्षण हुन सकेको छैन भने जडिवुटी सम्वन्धि ठोस निति नियम तथा कार्यक्रमको अभाव छ । जैविक विविधता हृ्रस हुदै छ । दिनानुदिन वनजंगल मासिदै छन सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राक्रतिक स्रोतको संरक्षण जडिवुटीको ब्यवस्थापन र यसलाई निरन्तरता दिदै ब्ववस्थित रुपमा संकलन तथा खेती विस्तार गरे अत्याधिक मात्रामा आय आर्जन वृद्धि गरी सम्पन्नतालाई वढाउन जडिवुटी विकासलाई वढाउदै लैजाने हो भने रुकुम जिल्ला न्युन आय भएको समुदाएको आर्थिक अवस्था सर्ुधान टेवा पूग्ने थियो किsource: merosurkhet.com

तीन स्थानमा इलाका प्रशासन

तीन स्थानमा इलाका प्रशासनरुकुम -कास)- जिल्लाका तीन स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । जिल्ल्ाास्थित राजनीतिक दल, कार्यालय प्रमुखसहितको सर्वदलीय बैठकले तीन स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । जिल्ल्ााको रुकुमकोट, चौरजहारी र कोलमा इलाका प्रशासनलगायतका सरकारी कार्यालय स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी देवराज ढकालले जानकारी दिए । 'निर्णय भएको छ,' प्रजिअ ढकालले भने, 'छिट्टै स्थापना गरिनेछ ।' 'निर्देशिका र कर्मचारी दरबन्दी प्राप्त भएको छैन ।' ढकालले भने, 'प्रशासनका साथै इलाकास्तरीय कृषि, पशु सेवा, स्वास्थ्य, खाद्यलगायत कार्यालयसमेत स्थापना गरिनेछ ।'

विशेष बालबालिकाको पठनपाठनमा बाधा

विशेष बालबालिकाको पठनपाठनमा बाधा
कान्तिपुर संवाददाता
रुकुम, अपांग विद्यार्थीका लागि पाठ्यसामग्रीको अभाव भएपछि रुकुमका बहिरा, सुस्तश्रवण, दृष्टिविहीन जस्ता अपांग बालबालिकाका लागि पठनपाठनमा बाधा पुगेको छ ।
विद्यालयले विशेष शिक्षाअन्तर्गत अध्ययनरत विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक उपलब्ध गराउन नसकेपछि समस्या देखा परेको हो ।
जिल्ल्ााका बहिरा तथा सुस्तश्रवण स्रोत कक्षा सल्ले, सुस्तमनस्थिति स्रोत कक्षा डाङरीचौर, दृष्टिविहीन स्रोत कक्षा रुकुमकोट, सुस्तमनस्थिति आठबीसकोट गरी आधा दर्जन विशेष विद्यालयमा विद्यार्थीहरूल्ााई आफ्नो सांकेतिक
भाषामा पढ्ने, लेख्ने सामग्रीहरू नभएपछि अहिले विद्यालयले यी कक्षाका बालबालिकाहरूलाई कक्षा १ र २ का बालबालिकाहरूको पुस्तक लिएर पढाउँदै आएका छन् ।
उचित तरिकाको पाठ्यपुस्तक तथा पाठ्य सामग्री नपाएपछि विद्यार्थीहरूलाई शिक्षण गर्न कठिन भएको सुस्तमनस्थिति स्रोत कक्षा डांग्रीचौरका प्रधानाध्यापक गणेश केसीले बताए ।
कुनै विद्यालयमा शिक्षक
निर्देशिकाबाट पनि कक्षा सञ्चालन गर्दै आएका छन् भने कुनै विद्यालयमा पाठ्यपुस्तक बाहिरको सिकाइने गरेको बहिरा तथा सुस्तश्रवण कक्षा दोपाईका प्रधानाध्यापक विजय ओलीले बताए । अपांग विद्यार्थीका लागि उचित आवासको व्यवस्था नहुँदा समेत थप समस्या भएको समेत उनले बताए ।
Posted on: 2009-04-23 21:16:12
window.google_render_ad();

रुकुमको आलुले बजार पाएन

होमपेज » समाचारपत्र » आर्थिक samachar patra 30 april 2009
रुकुमको आलुले बजार पाएन
धनवीर दहाल, (रुकुम) रुकुमको पूर्वी भेगका किसानले उत्पादन गरेको आलुले बजार नपाएपछि घरमै कुहिन थालेको छ। गतवर्षो तुलनामा यस वर्षआलु धेरै उत्पादन भएको थियो। कुनै सिजनमा रोग लागेर उत्पादन नहुने र राम्रो उत्पादन भएको समयमा बजार अभावले बिक्री नहुने समस्याका कारण यहाँका किसान आलुखेतीप्रति नै नकारात्मक हुन थालेका छन्। त्यस क्षेत्रमा गहुँ, मकै र धान कम उत्पादन हुने गर्छ। सो भेगका किसानहरू आलु र फापरबाट जीवन निर्वाह गर्दै आएका छन्। गतवर्षखच्चडलाई बोकाएर सदरमुकामलगायत रुकुमकोट, नायगाड पुर्याए पनि खच्चड भाडा नउठेको भनाइ उनीहरूको छ। नाखारांसी, तकसेरा, कोल, हुकाम, मैकोट, सिस्नेका आधा दर्जन गाविसहरूमा आलुखेती हुने गरेको छ। आलु उत्पादन गरे पनि के गर्ने, बजार छैन, घरमा नै कुहिन्छ, नाखारांसी-५ का नरवहादुर विकले भने- लगाएर पनि एक पैसा आम्दानी हुँदैन, दुःख मात्र हुन्छ, बजार लग्ने यातायात छैन। आलु बिक्री नहुने र बिक्री भए पनि १२ रुपियाँ किलोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको नरबहादुरको भनाइ छ। विगतका वर्षरूमा चामल, नुन ढुवानी गरेर र्फकेका खच्चडलाई बोकाएर सदरमुकाम लैजाँदा नाफा नभएको किसानको गुनासो छ। विकट तथा भिरालो बाटो भएका कारण आवतजावत गर्न असजिलो हुँदा भारी बोकेको समयमा झनै समस्या पर्ने भएकाले पनि बजार जान कठिन हुने गरेको किसानले बताए।

रूक्मिणी ताल


रुकुम्कोट valley


Tuesday 5 May, 2009

Rukumkot

Rukumkot is a large village in Rukum district, Nepal, approximately 350 kilometres west of the Nepalese capital Kathmandu. Rukum district has many could-be-tourist-spots places, but due lack of information, many of them remain unexplored. One of the main place that could have been the major tourist destination is Mt. Sisne (सिस्ने हिमाल) also called virgin mountain, as nobody has claimed to have conquered this mountain yet. Rukum is also called The place of 'Baunna Pokhari Tripanna Takuri', means the place of 52 lakes and 53 hills.Rukumkot is the most attractive touristic destination in Rukum district in Nepal.There is very beautiful Pond called Rukmini Tal(Local name Kamal Dhaha/कमलदह) and there are a lot of mysterious caves surrounding the beautiful village Rukumkot.Among them Deurali Cave is very interesting and mysterious,is situated in eastern part of Rukumkot.It is really attractive valley having natural beauties ever.There is a beautiful Temple called Barah Temple and one more historic temple Sibalaya near by Rukmini Tal.According to the local poet Mr. Maniram Gautam(स्थानीय कवी मणिराम गौतम), this Sibalaya was built by Purna Kumari a wife of one of Rana Prim Minister.there are lots of possibilities to be one of the tourist destination in the future.नेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचल को रुकुम जिल्ला को सदरमुकम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणिय गाऊ को नाम हो रुकुमकोट । नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यस ठाउ प्राकृतिक सुन्दरताले भरिपूर्न भयको ठाउको रुपमा लीइन्छ। रुकुमकोट, रुकुम जिल्लाको शोभा गा.बि.स अन्तरगत पर्दछ । चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा रुकुम जिल्लाको सदरमुकाम थियो । [बाउन्न पोखरी त्रिपन्न टाकुरि]को नामले प्रसिद्ध रुकुमकोट मा हेर्नलायक पर्यटकिय सम्भाबना रहेका ठाउहरु:१.रुक्मिणी ताल :बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरुमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थमा पुगेको छ। ताल उत्पत्तिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो तालमा बर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ। तालमा नुहाएमा विभिन्न रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ। तालको संरक्षणसँग प्रचार प्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरु बताउँछन् । स्थानिय भाषामा कमल दह पनि भन्ने गरिन्छ। रुकुमकोट को बाहुन्थाना मा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ। यसको क्षेत्रफल १.९५ वर्ग कि.मी.छ । यहाँ नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुशार माघे सक्रान्तिमा तिर्थयात्रिहरु आएर नुहाउने चलन् छ । यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाईन्छ । प्राय चैत बैशाख महिनामा यस ताल बाट कमल निकाल्ने गरिन्छ,जुनबाट अचार या तरकारि बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त या अन्य रोगको उपचार को लागि पनि प्रयोग गरिन्छ। अनि असार,साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले रुकुमकोटमा लाग्ने तिज् मेलामा अर्कै रौनक थपेको हुन्छ।२.शिवालय(शिवजिको मन्दिर):शोभा गा.बि.स.अन्तरगत रुकुमकोटमा रहेको रुक्मिणी ताल(कमल दह)को उत्तर छेउमा अवस्थित यो मन्दिर स्थानिय बुद्धिजिबी मणीराम गौतमका अनुशार राणाकालमा बनाईयको हो । हरेक बर्ष शिवरात्रिको बेला म ठुलो मेला लाग्ने गर्दछ ।३.सिस्ने हिमाल :रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो सिस्ने हिमाल । यसलाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । यो कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ । यसको उचाई ५,८४१मि.छ । रुकुमकोटलाई वरिपरि बाट सर्प झै डा॑डा॑ले घेरेको छ त्यसैले पहिले रुकुमकोटको नाम सर्पकोट थीयो पनि भन्ने गरिन्छ। मैदान डा॑डा॑ बाट सिस्ने हिमाल को अबलोकन गर्न सकिन्छ। यस हिमालमा आजसम्म कोहि पनि नचढेको हुंदा यसलाई कन्या हिमाल पनि भनिन्छ।४.देउरालि गुफा :स्थानिय भाषामा देउरालि ओडार पनि भनिने यो गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारम अवस्थित छ। सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने बिशाल भवन भित्र प्रवेश गरेको अनुभव हुन्छ। गुफा भित्र प्राकृतिक रुपमा बनेका मानिसका बिभिन्न दैनिक क्रियाकलाप या बिभिन्न देवि देवताका मूर्तिहरु हेर्न सकिन्छ,प्राकृतिक रुपमा बनेका यि मुर्तिहरु कसरी बनेका होलान एउटा अनौठो अनुभव हुन्छ। रुकुमकोटबाट त्यहां पुग्न लगभग ४०/५० मिनेट पैदल लाग्छ। यो गुफा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ ।५.कमल दह ब्रहाजि को मन्दिर